काठमाडौं खबर फाल्गुन ९, २०८०
काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले फागुन १७ गते तेस्रो किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । बुढानीलकण्ठ ८ गोल्फुटारबाट सुरू हुने राष्ट्रिय म्याराथुनमा सहभागि हुन आयोजकले खेलाडिहरूलाइ सूचित गरेको छ । सहभागि खेलाडिहरूमध्ये बिजेता ३ जना पुरस्कृत हुने आयोजकले जनाएको छ । बिजेतामध्ये प्रथम हुनेले ७५ हज़ार, दोस्रो हुनेले ५० हज़ार र तेस्रो हुनेले २५ हज़ार प्राप्त गर्ने छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले म्याराथुन प्रतियोगितामा सहभागि हुनको लागि श्रोत व्यक्ति मोबाइल नम्बरहरू उपलब्ध गराएको छ । म्याराथुन प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ ।