बुढानीलकण्ठ संस्कृति तथा साहित्य महाेत्सवलाई सम्बाेधन गर्दै कविताः
- दामाेदर बद्रि भट्टराई
नारायण नबेच्नु ! आत्मा बेचिन्छ !!
किर्ते, जाली, तुच्छाहरू, नखोज्नु यतै भेटिन्छ ॥
पसिनाको मूल्य , उठौती बकौती जस्तै
भगवान अन्त नखोज्नु यतै देखिन्छ !!!
वरदान जस्तै, विकास दिनेछन ।
भगवान जस्तै भेटी लिनेछन !!
नारायण जस्तै सुतुन् बुढानिलकण्ठ !!!
लुट्नेछन लुटिरहन्छन, लुछ्नेले लुछिरहन्छन ।
आँसु माथि आँखा गाड्नेहरुको शासनमा
ठेला,गाडा, झुपडी माथि राज गर्ने आशनमा
विराजमान बुढानिलकण्ठ महाराज रत्यौली गरिबक्सन्छ ।
उस्तै रजगज देवीरुपी, नशा, नशा चर्काउने
गरिबको चामल लुटी, उस्तै जमिन थर्काउने
देविको दैवीरुप !!
घार्रघुर्र, भागदौड, भगवानको फुर्सद छैन !
कम्मर मर्काउने, जमिन थर्काउने, झारफुक गर्ने !
उफ्रि पाफ्री चाडै गर्नु !
उच्च आशन, तुच्छ शासन, रजगज चाडै गर्नु
जाग्छन अब नारायण
जे जे छ गर्न बाँकी चाडै गर्नु , छिट्टै गर्नु
जाग्छन अब नारायण
जे जे छ गर्न बाँकी छिट्टै गर्नु ,चाडैं गर्नु ।