

भारतका केही राज्यमा कटन क्यान्डी खाँदा क्यान्सर हुन्छ भन्ने ठानिन्छ। अनि तिनले चिनीजस्तै गुलियो हुने गुलाबी रङ्गको कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाएका छन्। गत साता दक्षिण भारतीय राज्य तमिलनाडुले कटन क्यान्डी बेच्न रोक लगाउने निर्णय गर्यो।
उक्त राज्यमा परीक्षणका लागि प्रयोगशालापठाइएका नमुनाहरूमा क्यान्सर लगाउन सक्ने तत्त्व ‘रोडमाइन–बी‘ भेटिएपछि कटन क्यान्डीको बिक्रीमाथि प्रतिबन्ध लगाइएको हो। यसै महिनाको सुरुमा दक्षिण भारतकै पन्डीचेरीले पनि कटन क्यान्डीको बेचबिखनमा रोक लगाएको थियो । पन्डीचेरी केन्द्रशासित प्रदेश हो।