काठमाडौं खबर फाल्गुन १०, २०८०
काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहीबार वर्षा भएको छ । हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । अहिले वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ भने कणर्ाली प्रदेशका केही स्थानमा पनि वर्षा भैरहेको छ ।
वर्षा भएका सबै ठाउँमा हल्का वर्षा भएको छ, मध्यम वा ठूलो वर्षा भने भएको छैन । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भएको हो । तत्कालका निम्ति यो प्रणाली शनिवारसम्म रहने सम्भावना देखिएको छ । । प्रणाली भित्रने र बाहिरिने क्रम भइरहेको छ ।