![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौँ । हिजोआज पति पत्नीबीचको सम्बन्ध विच्छेद नेपाली समाजमा समान्य बन्दै गएको छ। जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि पुग्नेको संख्या प्रत्येक वर्ष बढिरहेको सार्वजनिक तथ्यांकहरुले देखाउँछ।
विविध कारणले विवाद सम्बन्ध कायम गरेको छोटो अवधिमै त्यसलाई तोडेर अर्को विवाह गर्ने वा एकल रुपमै जीवन जिउनेहरुको संख्या बढिरहेको अवस्थामा जिल्ला अदालत काठमाडौँले एक मुद्दामा चाहनाले मात्रै सम्बन्ध विच्छेद नहुने फैसला सुनाएको छ।
२०७६ सालमा विवाह गरेका एक जोडीमध्ये पत्नीले आफूलाई पतिले गर्दै आएको व्यवहारमा फरक गरेकाले उनीसँगै बस्ने चाहना नभएको भन्दै २०७९ मंसिर १९ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्छिन्।
सम्बन्ध विच्छेद नगरी मिलापत्र गर्न अदालतले दुईपटक दिएको समयलाई सदुपयोग हुन नसकेपछि जिल्ला न्यायायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले गत जेठ २२ गते फैसला गर्दै दुवैको चाहना वा पर्याप्त आधार कारण भए मात्रै सम्बन्ध विच्छेदलाई मान्यता दिन सकिने फैसला गरेको हो।