Author: Kathmandu Khabar

काठमाडौं । काठमाडौँ जिल्लामा निजी विद्यालयहरूको व्यापक बेथेति रहेको नगरपालिकामा बुढानीलकण्ठ सबैभन्दा अगाडि पर्दछ । धेरै निजी विद्यालय रहेको तथा अधिकांश निजी विद्यालयमा नेताहरूको लगानी भएकाले यस्ता विद्यालयको नियमन अनुगमन हुन नसक्दा बेथितिको पराकाष्ठा भएको हो । तस्वीरमा रहेको पिकप्वाइन्ट एकेडेमी भन्ने विद्यालय बुढानीलकण्ठ वडा नं १३ मा रहेको छ । यो विद्यालय ११००० भोल्टको बिजुली दौडिरहेको नांगो तारमुनि रहेको छ । कपन-चुनिखेल मार्गमै पर्ने यो विद्यालयको लगानीकर्तामध्ये एक हुन् सोही वडाका वडाध्यक्ष टिकानारायण श्रेष्ठ । बोलिचालीमा टिकेशनारायण भनिने वडाध्यक्षसहितको लगानीमा केही वर्षअघि खोलिएको यो विद्यालय भवन ११ हजार भोल्टको बिजुली नांगो तारमुनि जानीजानी खाेलिएको हो । जानाजान ११ हजार भोल्टको…

Read More

काठमाडौं । नेपालमा महिलाहरुको अधिकांश हत्या श्रीमान्को हातबाट भएको तथ्यांकले देखाएको छ। इन्सेकको मानवअधिकार वर्ष पुस्तक-२०२४ का अनुसार सन् २०२३ मा मात्रै १ सय ९ जना महिलाको श्रीमान्को हातबाट हत्या भएको छ। सन् २०२३ मा जम्मा १८६ जना महिलाको हत्या भएको छ। त्यसमध्ये १०९ जनाको हत्या श्रीमान्कै हातबाट भएको हो।दाइजोका नाममा मात्रै ७ जना महिलाको हत्या भएको छ। दाइजोकै कारण यो वर्ष हिंसामा पर्ने महिलाको संख्या ४५ छ। शरीरमा आगो लगाएर ३ महिलाको हत्या गरिएको छ। धारिलो हतियारको प्रहार गरी हत्या गरिएका महिलाको संख्या ४३ जना छ। घरेलु हिंसा, बलात्कार तथा बोक्सीको आरोपमा महिलामाथि हुने दुर्व्यवहारमा कमी आएको छैन।  अघिल्ला…

Read More

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूलाई दर्ता हुन आग्रह गरेको छ । मन्त्रालयले मंगलबार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका अनुसार दर्ता प्रक्रियामा नआए बन्द हुन सक्ने चेतावनी दिएको छ । निर्देशिका अनुसार नेपालमा हालसम्म कुनै पनि कम्पनी दर्ता प्रक्रियामा आएका छैनन् । मन्त्रिपरिषद्को गत कार्तिक २३ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ स्वीकृत गरेको थियो । त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशिका बमोजिम सामाजिक सञ्जाल कम्पनीहरूलाई तीन महिनाभित्र दर्ता हुन भनेको थियो । मसिंर १५ गते मन्त्रालयले जारी गरेको सूचना अनुसार फागुन १५ गते तीन महिना पूरा हुँदै छ ।…

Read More

काठमाण्डौ । बङ्गुरमा लाग्ने ’अफ्रिकन स्वाइन फिभर’ रोगलाई बेलैमा नियन्त्रण नगरेमा १५ अर्ब रुपैयाँभन्दा धेरैको क्षति पुग्ने सरकारले जनाएको छ । नेपाल पशु चिकित्सा परिषद्ले आज रोग रोकथामका लागि परामर्श जारी गर्दै यो रोगको समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेमा तीन लाख ६१ हजार वटा बङ्गुर मर्न सक्ने जनाएको छ । यसबाट १५ अर्ब १६ करोड ४९ लाख रुपैयाँ बराबरको आर्थिक क्षति हुने अनुमान परिषद्ले गरेको छ । विश्व पशु स्वास्थ्य सङ्गठनले दिएको वैज्ञानिक तथ्य र नेपालमा यसले पारेको प्रभावलाई आधार मान्दा समयमै रोग नियन्त्रण गरिएन भने यस रोगबाट ४० प्रतिशत बङ्गुर थप सङ्क्रमित हुने र सङ्क्रमित पशुमध्ये ६६…

Read More

काठमाडौं । बुढानीलकण्ठ सांस्कृति तथा साहित्य महोत्सवका पूर्व प्राज्ञ तथा वरिष्ठ साहित्यका डा. हेमनाथ पौडेलले यसबारे आफूलाई थाहा नै नभएको टिप्पणी गरेका छन् । बुढानीलकण्ठ भेकमा बसेर साहित्यमा लामो योगदान गरेका पौडेलले सामाजिक सन्जालमा टिप्पणी गरेका छन्ः ‘हामी त बुढानीलकण्ठमा बस्ने मात्र हौँ ।’ बुढानीलकण्ठ नगरपालिकाकी उपमेयरले साहित्य महोत्सवका नाममा भद्दा राजनीतिक स्टण्ट गरेको भनेर व्यापक आलोचना भैरहेको बेला अघिल्लो पुस्ताका अनुभवि एवम् सक्रिय साहित्यकार डा. पौडेलको यो टिप्पणी निकै अर्थपूणर् देखिन्छ । बुढानीलकण्ठ २ चपली बस्ने डा. हेमनाथ पौडेलले टिप्पणी जस्ताको त्यस्तैः ‘हाम्लाई त यस बारेमा केही थाहा छैन है प्रभु ! एक जना सर्वज्ञ व्यक्ति सायमि हुनुहुन्छ रे कालीमाटी…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन्। जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेस गर्दै थापाले यस्तो बताएका हुन्।  ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौँ,’ उनले प्रस्ताव पेस गर्दै भने, ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं।’  NC_सांगठनिक-प्रस्ताव2080_Final-Fagun-7GK

Read More

काठमाडौं ।  यतिखेरमा पोखरामा साहित्य महोत्सव चलिरहेको छ । ३ दिनपछि पोखरामै अर्को अन्तर्राष्ट्रिय साहित्य महोत्सव हुँदैछ । जनकपुरमा यसै साता साहित्य महोत्सव हुँदैछ । यसैको कार्बनकपी गरेर बुढानीलकण्ठमा गर्न लागेको साहित्य महोत्सव विवादमा परेको छ । नगरपालिकाको लगानीमा उपमेयरले आयोजना गर्न लागेको महोत्सवमा स्थानीय सहभागिता १० प्रतिशत पनि नहुनु र स्थानीय सरोकारका विषयबाहिर गएर पोखरा र जनकपुरकै महोत्सवको कार्बनकपी कार्यक्रम गर्न थालेपछि उपमेयर अनिता लामामाथि व्यापक दबाव परेको छ । कार्यक्रममा बुढानीलकण्ठमै बस्ने चिरपरिचित राष्ट्रिय बुद्धिजिवी, कवि, साहित्यकारलाइ पुरै ‘बायस’ गरेर कार्यक्रमको ब्यानर उपमेयरले प्रचार गर्न थालेपछि उनको राजनीतिक स्टण्ट नांगिएको हो । उपमेयरले संस्कृति तथा साहित्य महोत्सवको नाममा…

Read More

काठमाडौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाललाई हिन्दुराष्ट्र बनाउने अभियानमा मंगलबार हस्ताक्षर गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानमा महासमिति सदस्यहरूको हस्ताक्षर संकलन केन्द्रमा पुगेर कोइरालाले हस्ताक्षर गरेका हुन् । ललितपुरको गोदावरीस्थित सो संकलन केन्द्रमा रहेका कांग्रेस काठमाडौंका महाधिवेशन प्रतिनिधि दिवस ढुंगेलका अनुसार अहिलेसम्म ३१ केन्द्रीय सदस्य र ४०० महासमिति सदस्यले हस्ताक्षर गरिसकेका छन् ।

Read More

काठमाडौं ।  देशकै ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा पूँजिगत खर्च जम्मा १४.११ प्रतिशत गरेको छ । कुल १५ अर्ब ६ करोड ५० लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको महानगरले साउनदेखि माघसम्म २ अर्ब १२ करोड २५ लाख रुपैयाँ मात्रै खर्चिन सकेको छ । यो तथ्यांकले देशका अन्य ५ महानगरभन्दा काठमाडौँलाइ पछाडि देखाएको छ । ६ महानगरमध्ये ललिपुर ललितपुर महानगरपालिकाको पुँजीगत खर्च भने करिब ३३ प्रतिशत भएको देखिन्छ । खर्चमा सबैभन्दा अगाडि ललितपुर देखिए पनि बाँकी महानगरको हालत निकै कम देखिन्छ । काठमाडौंपछि सबैभन्दा कम खर्च गर्नेमा भरतपुर महानगर छ । भरतपुरले विनियोजित पुँजीगत खर्चको करिब १८ प्रतिशत मात्रै खर्च…

Read More

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध हुन थालेको छ । विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न सकिने यो सुविधाको महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको छ । त्यस्तै एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ । महसुल दर सस्तो भएपछि केही समयका लागि विदेश जाने वा विदेशमा बसेर पनि नेपालकै सिममार्फत बैङ्क खाता चलाउने टेलिकमको सिम निकै उपयोगी भएको कम्पनीको दाबी छ । अन्य देशको कुनै मोबाइल सेवा प्रदायकको सिम चलाउनुपर्ने झन्झटको समेत अन्त्य भएको कम्पनीले उल्लेख गरेको छ । रोमिङ सेवाको प्रभावकारी…

Read More

सार्वजनिक जग्गा विशेषः २ काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाकाको सबैभन्दा सानो वडा नै वडा नं १२ हो । साविक कपन गाविसको वडा नं १ लाइनै हाल बुढानीलकण्ठको १२ नं वडा बनाइएको हो । क्षेत्रफलले सानो भए पनि जनघनत्वले भने यो वडा बुढानीलकण्ठको एकनम्बर वडा हो । यो वडामा सास फेर्न तथा रूख् हेर्न पर्यो भने मात्र दुइवटा विकल्प छ । १, देवीस्थान मन्दिरमा जाने । २, शंकर थापाको घर कम्पाउण्डमा जाने । पूणर्रूपमा ’ओपनस्पेस’ नभएको यो वडाभित्र हाल सार्वजनिक जमिन हेर्दा ५ वटा ठूला सार्वजनिक जमिन देखिन्छन् । साविक कपन १ ग कित्ता नं १२ बालकुमारी मन्दिर(३ रोपनी २ आना), साविक कपन…

Read More

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई महामन्त्री गगन थापाको सांगठानिक प्रतिवेदनका कारण छटपटिमा छन् ।   महामन्त्री थापाको प्रतिवेदनमा गठबन्धनबारे सहमति खोज्न छलफलमा जुटेका देउवाले अन्ततः गठबन्धन नगर्ने शब्द हटाउन सकेनन् । लामाे रस्साकस्सीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्ततः महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा सहमति जनाएका छन्। सोमबार अपराह्नदेखि बुढानिलकण्ठमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्तावबारे केन्द्रित रहेर छलफल भएको थियो। महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक-शुभेच्छुकलाई रूख…

Read More

काठमाडौँ ।   चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मका माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताएका छन्। मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालामा आज बोल्दै उनले नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने बताए।  उनले मुस्ताङ, मनाङलगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र बाह्य पयर्टकहरु बढाएको स्मरण गरे। उनले नेपाली चलचित्रलाई विश्वमाझ पुर्‍याउने चुनौती अबका दिनमा नेपाली चलचित्रकर्मीहरुसँग रहेको बताए। उनले विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्ने बताए। अभिनेत्री केकी अधिकारीले सिनेमा पर्यटनलाई विशेष जोड दिन आवश्यक रहेको बताइन् । उनले सिनेमामा नेपाली सौन्दर्यहरु कैद गरेर ति दृश्य प्रस्तुत गर्दा आन्तरिक…

Read More

काठमाडौँ ।  काठमाडौँमा खाजाघर(रेस्टुरेन्ट) भित्र यौन व्यवसाय सञ्चालन गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ४ धुम्बाराहीस्थित खाजाघरमा महिलाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा खोटाङ दिक्तेलकी सीता कुमारी खत्री राईलाई प्रहरीले पक्राउ गरेको हो। सोही ठाउँमा बस्ने ४० वर्षीया सीताले किराना पसलसँगै नाम नराखी सञ्चालन गरेको खाजा घरमा महिलाहरूलाई विभिन्न परिबन्धमा पारी ग्राहकहरूसँग यौन सम्पर्क राख्न लगाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। त्यस्तै सोबापत सीताले केही रकम आफूले राखी केही रकम महिलाहरूलाई दिने गरेकी पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त खाजाघरबाट एक महिलाको उद्दार गरिएको छ भने एक ग्राहकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर २ का,…

Read More

काठमाडौं ।  नेपाली कांग्रेस यतिखेर महासमिति बैठकमा छ । तर सबैको ध्यान महामन्त्री गगन थापाको प्रतिवेदनमाथि छ । जुन प्रतिवेदनमा ’अबदेखि चुनावमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने र रूख चिह्नबाहेक अरूमा मत हाल्न बाध्य नपार्ने’ कुरा लेखिएको छ । यो प्रतिवेदनमा महासमितिबाट पास गर्ने तयारीमा छन् महामन्त्री गगन थापा । तर यसकुरालाइ जसरी रोक्न चाहन्छ सभापति शेरबहादुर देउवा । शेरबहादुर देउवा चुनावी कुरा रणनीतिक भएकाले यो महासमितिमा छलफल गर्न नपर्ने भनेर टार्ने प्रयास गरिरहेका छन् भने महामन्त्री थापा यो प्रतिवेदन पास गरेरै छाड्ने अडानमा छन् । सभापति देउवा गठबन्धनको कुरा प्रस्तावबाटै हटाउने पक्षमा छन्। त्यसैले उनले महामन्त्री थापासँग यसबारे तारन्तार छलफल…

Read More

तपाइँ हामीले पसलबाट सिल प्याक गरिएका सामान किन्ने गर्छौँ तर के त्यसको तौलका बारे सोचेको छौँ त ? बजारमा कम तौलका प्याकहरू छ्यास्छ्यास्ती पाउन थालेपछि मन्त्रीको टोलीले गरेको एक निरीक्षणमा केएल दुगडका उत्पादनमा कम तौल भेटिएको छ । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवम् पूर्वमन्त्री अब्दुल खानसहितको टोलीले बाँकेका विभिन्न उद्योगको निरीक्षण अनुगमन गरेको छ । बाँके जिल्लाका केही ठुला उद्योगहरूको अनुगमन र निरीक्षणका क्रममा जिल्लाको पिपरहास्थित केएल दुगड उद्योगअन्तर्गत रहेको फुड प्रोडक्ट प्रालिले तौल कम गरेर खाद्यान्न बजारमा पठाउने गरेको पाइएको समितिका सभापति खानले बताए । उनले सो उद्योगमा निरीक्षण गर्दा तौलमा उपभोक्तालाई ठगी गरेको…

Read More

काठमाडौं । निकै ठूलो रस्साकस्सीपछि काठमाडौँ क्षेत्र न ५ ले महासमिति सदस्य टुंगो लगएको छ । महासमिति सदस्यहरुको सम्मेलन हुने अघिल्लो दिन फागुन ६ गते राति अप्ठ्याराहरू छिचोल्दै टुंगो लगाइएका सदस्यहरूको चयनको आधार महाधिवेशन प्रतिनिधि छनौट हुँदा सबैभन्दा धेरै मत ल्याएको आधार बनाइएको थियो। महासमिति सदस्य चयन हुँदा गोकणर् केसीले देखाएका नैतिकता एवम् निष्ठाका साथमा प्रणय राणाले पार्टी छाड्नु पनि केही सदस्यका लागि भाग्य चम्किएको थियो । महाधिवेशन प्रतिनिधि चयन हुँदा थोरै मत ल्याएका कारण धेरैपछि पूर्व बार अध्यक्ष प्रेमबहादुर खड्का यसपटक गोदाबरीकोसनराइज केन्द्रमा जाने भाग्यामानीमध्ये पर्न सकेनन् । महाधिवेशन प्रतिनिधिमा कम मत ल्याएका कारण पुराना नेता कसीनाराण श्रेष्ठ पनि यसपटक…

Read More

काठमाडौं । साइकल आविष्कारको करिव १०० वर्ष पुग्दा सन् १९१० मा भारतमा रहेको अंग्रेज सरकारले ३५ हजार थान साइकल बेलायतबाट भारत भित्राएका थिए । यी साइकलहरू विभिन्न प्रयोजनको लागि भित्राइएको थियो । भारत भित्रिएको यही साइकल मध्य केही नेपाल पनि भित्रिएको अनुमान गरिएको छ । त्यस बेलाका राणा श्री ३ महाराजाका छोरा नातिहरूको लागि केही साइकल भित्रिएको अनुमान गरिएको छ । श्री ३ वीर शम्शेरका वैज्ञानिक छोरा गेहेन्द्र शमशेरको निधन भइसकेको हुँदा नेपालमा साइकलको कुनै वैज्ञानिक आविष्कार हुन नै पाएन । तर उनका छोरा शूरशमशेर भने नेपालमा साइकल चढ्ने पहिलो व्यक्ति भएको अनुमान गरिएको इतिहास भेटिन्छ । तिर्थनारायण मानन्धरले आफ्नो पुस्तक…

Read More

नेपालले रामसार महासन्धिको सदस्यता १९८७ मा लिएको थियो र सो पश्चात नेपालमा  कुण्डा, ताल, जलसाय र धाप गरी १० प्रकारका रामसार क्षेत्रहरु छुटईयो जस आन्तर्गत माइपोखरी, कोशीटप्पु, बीसहजारी ताल, जगदीशपुर रिजर्भवायर, घोडाघोडी ताल, गोक्यो, गोसाइँकुण्ड, शे-फोक्सुन्डो, रारा ताल र पोखरा उपत्यका पर्दछन् । थुप्रै दुर्लभ, संकटाभिमुख र संकटापन्न जन्तुको बासस्थान तथा महत्त्वपूर्ण वनस्पति रहेकाले यी क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वका मानिएका हुन् । रामसार महासन्धीले विभिन्न स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगको माध्यम बाट  यसको संरक्षण गर्ने मुख्य उद्देश्य राखेको छ । रामसार महासन्धीले विभिन्न ४१ प्रकारका रामसार परिभाषित गरेको छ। हाम्रै वरपर देखिने वा भेटिने थुप्रै दृष्यहरुमध्ये ओसिलो, धापिलो, थलथले, दलदले,…

Read More

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा  फागुन ११ र १२ गते दुई दिन प्रथम बुढानीलकण्ठ संस्कृति तथा साहित्य महोत्सव हुने  भएको छ । नगरपालिकाले आयोजना गर्न लागेको भनिए पनि महोत्सव भनिएको यस कार्यक्रम नितान्त उपमेयर अनिता लामाको ‘इन्ट्रेस्ट’को कार्यक्रम भएको नगर कार्यपालिका सदस्यदेखि वडाध्यक्षहरूलेसमेत धेरैले बताएका छन् । स्थानीय वुद्धिजिवी तथा साहित्यकारहरूलाई समेत जानकारी नदिकन लुकीछिपीझै गर्न लागिएको महोत्सवका कारण उपमेयर लामाको आलोचित भएकी छिन् । राष्ट्रियरूपमा आफ्नो व्यक्तित्व उँचो बनाउन उपमेयर लामा स्टन्ट गर्न लागि परेको भन्दै उनकै पार्टीका कतिपयले दुखेसो समेत व्यक्त गरेका छन् । ०८४ मा हुने चुनावका लागि मेयर उम्मेदवारको आफू अब्बल व्यक्ति भएको भन्ने स्टन्ट गर्न…

Read More

काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन्। पोखरास्थित नम्बर-४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको हो। उनी विरुद्ध अश्लील हर्कत गरेको जाहेरी परेपछि आइतबार पक्राउ गरिएको हो। प्रहरी वृत स्वयम्भू प्रमुख डीएसपी पुर्णिमा चन्दले सशस्त्रका डीएसपी पक्राउ परेको पुष्टि गरिन्। चन्दका अनुसार केसीले स्वयम्भुस्थित न्यु इभान पोइन्ट रेष्टुरेन्टमा अश्लील हर्कत गरेको आरोप छ। प्राप्त सूचना अनुसार सशस्त्र डीएसपी केसी गत शनिबार दिउँसो उक्त रेष्टुरेन्टमा खाजा खान गएका थिए। साथीहरुसँग बसेर मदिरा पिएका केसीले रेष्टुरेन्टको महिला ट्वाइलेट भित्रको फोटो र भिडियो खिचेका थिए। साथीहरू पर्खने बहानामा उनले ट्वाइलेट पसेकी युवतीको पछाडिको भाग देखिने गरी मोबाइलमा फोटो…

Read More

काठमाडौं ।  आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुने नेपाली कांग्रेस महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् । आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठकको सम्पूणर् तयारी पूरा भएको जानकारी दिए । “वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका…

Read More

काठमाडौँ । चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेजले समाजमा बिभिन्न महत्त्वपूर्ण योगदान गरेका पाँचजना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्दै कक्षा ११ मा भर्ना भएका  विद्यार्थीहरूलाई स्वागत गरेको छ । कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजा सहित उत्तीणर् विद्यार्थीहरूलाई सम्मानका लागि आयोजना गरिएको एक विशिष्ट कार्यक्रममा पाँच फरक क्षेत्रका विशिष्ट व्यक्तित्व सम्मानित भएका हुन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजना गरेको भव्य कार्यक्रममा गायिका कुन्ती मोक्तानलाई मनास्लु संगीतकर्मी सम्मान २०८०, सञ्चारकर्मी जगदीश खरेललाई मनास्लु सञ्चारकर्मी सम्मान २०८०, एसियाली खेलकुदको करातेतर्फ ऐतिहासिक पदक जिताउने कराँते खेलाडी एरिका गुरुङलाई मनास्लु खेलाडी सम्मान २०८०, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारीलाई मनास्लु…

Read More

काठमाडौं ।  समसामयिक नेपाली साहित्यमा गतिशील साहित्यकारको कोटीमा लिइने थोरै नाममा पर्दछन् साहित्यकार वियोगी बुढाथोकी । उनी बुढानीलकण्ठ नगरपालिकामा बस्छन् । तर बुढानीलकण्ठमा यसै हप्ता हुन लागेको साहित्य तथा सांस्कृतिक महोत्सवमा उनलाई बोलाइएको छैन । साहित्य तथा संस्कृति महोत्सवमा नगरपालिकाले एकवचन सोधनीसम्म नगरेपछि बुढाथोकीले सामाजिक सन्जालमा एक लामो स्टाटस लेखेर दुःख व्यक्त गरेका छन् । साहित्यकार बुढाथोकीले लेखेका छन्ः के बूढानीलकण्ठ नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय प्रमुख अधिकृतज्यूहरूसंग मेरा प्रश्नका जबाफ छन् ? तर घमन्ड नठानियोस ! १) म बूनपास्थित हात्तीगौंडाको भूगोलमा २०११ सालमा जन्मिएं ! पुर्ख्यौली थलो यतै छ ! सायद एमए पास गर्नेहरूमा अघिल्लै पंक्तिमा पर्छु ! २)…

Read More

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले टिकटकको प्रतिबद्धता व्यावहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन सकिने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटक पुनः सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको र उनीहरूले व्यक्त गरेका प्रतिबद्धताहरूको व्यावहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने बताए । ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको ’टिकटक’ सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पार्ने माध्यम भएको र यसलाई नियमन नगरिएको भन्ने जनगुनासोलाई मध्यनजर गरी २०८० कार्तिक २७ गतेको मन्त्रिपरिषद्को निणर्यबाट तत्कालका लागि रोक लगाइएको हो ।…

Read More

काठमाडौँ — मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको भन्दै नेपाल सरकारका तीन पूर्वसचिव भीम उपाध्याय सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यायसहित १८ जनामाथि आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । पूर्वसचिवहरू सञ्जय शर्मा र गजेन्द्र ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।उपाध्यायसहित तीनै जना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन् ।यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ ।

Read More

काठमाडौं । हत्तपत्ति नेता कार्यकर्ताकालागि भनेर प्रशिक्षणजस्ता गतिबिधि नगर्ने पार्टीका रूपमा चिनिने नेपाली कांग्रेस पछिल्ला समय प्रशिक्षण तथा चुस्त संगठनका विषयमा सक्रिय हुन थालेको छ । महामन्त्री गगन थापा पार्टीको संगठन विभागमा सक्रियतासँगै देशैभर सांगठनिक गतिबिधि बढेका हुन् । यसैबीच महामन्त्री थापाको चुनावी क्षेत्रमा एक प्रभावकारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कांग्रेस काठमाडौं क्षेत्र नं ४ प्रदेश (ख) ले आयोजना गरेको एक विशेष प्रशिक्षण कार्यक्रममा सहभागि स्थानीय नेताहरूले उर्जा र उत्साह प्राप्त भएको टिप्पणी गरेका छन् । क्षेत्र नं ४ मा धेरैभन्दा धेरै सांगठनिक कामहरू गर्दै आएको प्रदेश ख ले स्थानीय क्षेत्रका नेता एवम् पार्टी र भातृ संगठनका पदाधिकारीका…

Read More

आकाश सर्मा त्यसो त विकास भनेको बहुआयामिक पक्ष हो । उत्पादन र उत्पादकत्व, न्यायपूणर् वितरण, स्रोत र साधनको दिगो प्रयोग र मानिसलाई खुसी बनाउनु नै विकासको मुख्य पक्ष हो । विकासको कुरासँगै अहिलेका चलनचल्तीको भौतिक संरचनामुखी विकासले आर्थिक, सामाजिक रूपान्तरण संभव छ ? जनताको दैनिकी बदल्न संभव छ ? आर्थिक समृद्धि, प्रगति र उन्नति संभव छ ? आखिर हामीले कस्तो विकास खोजिरहेका छौं ? यस्तो विकासले कसलाई फाइदा पुग्छ ? अनि यो विकास कसका लागि हो ? जस्ता दर्जनौँ प्रश्नहरू निस्किन्छन् । तपाइँ हाम्रा वरिपरी देखिने विकासका थुप्रै ढाँचाले हामी कुटुक्क खान सक्छ ।  ‘विकास’ को अर्थ हो, अपेक्षित दिशातर्फको…

Read More

काठमाडौँ । संघीय सरकारले स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी कानुनको मस्यौदा तयार पारेको छ ।  स्थानीय सरकार संचालन ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले कुनैपनि स्थानीय सरकारलाई निलम्बनसम्म गर्नसक्ने गरी स्थानीय सरकारको अधिकारलाई संकुचनको प्रयास थालेको हो । ऐनको संसोधन मस्यौदामा स्थानीय कार्यपालिकाले भौगोलिक अखण्डता, सार्वमौमिकता राष्ट्रिय प्रतिकुलता हुने गरी कुनै निणर्य वा काम कारवाही गरेको भनेर प्रदेश मन्त्रीपरिषदबाट सिफारिस भएमा नेपाल सरकारले सम्वन्धित स्थानीय तहको कार्यपालिकालाई वढीमा ६ महिनाको लागि निलम्बन गर्न सक्ने प्रावधान राखेको छ । ‘कुनै स्थानीय तहको कार्यपालिकाले देशको भौगोलिक अखण्डता, सार्वमौमिकता राष्ट्रिय प्रतिकुलता हुने गरी कुनै निणर्य वा काम कारवाही गरेको भनी प्देश…

Read More

काठमाडौं ।  सहरमा बस्ने सबैको बैंक खाता हुन्छ । बिभिन्न बेला तथा प्रयोयजनमा उसले एक बैंकमा हैन दुइचारवटै बैंकमा खाता खोलेको हुन्छ । एकदुइ कारोबोर पनि गरेको हुन्छ । तर समयसँगै उ एउटामात्र बैंकमा सिमित बाँकी खाताहरू निस्क्रिय हुनपुग्छन् । यो सहरी जीवनको आम कथा भैसकेको छ । पछिल्लो सयम एउटा तथ्यांक सार्वजनिक भएको छ, यसरी निस्क्रिय रहेको बैंक खाताको संख्या २७ लाख रहेको छ । यी खाताहरूमा १३ अर्ब रकम रहेको छ । यसरी वाणिज्य बैंकहरूमा रहेका २७ लाख खाता निष्क्रिय खाताहरुमध्ये केन्द्रीय बैंकका अनुसार १० वर्षदेखि कारोबार नभएको निक्षेप खाताको संख्या नै २७ लाख ३२ छ। र बैंक…

Read More