काठमाडौं । बुढानीलकण्ठ सांस्कृति तथा साहित्य महोत्सवका पूर्व प्राज्ञ तथा वरिष्ठ साहित्यका डा. हेमनाथ पौडेलले यसबारे आफूलाई थाहा नै नभएको टिप्पणी गरेका छन् । बुढानीलकण्ठ भेकमा बसेर साहित्यमा लामो योगदान गरेका पौडेलले सामाजिक सन्जालमा टिप्पणी गरेका छन्ः ‘हामी त बुढानीलकण्ठमा बस्ने मात्र हौँ ।’
बुढानीलकण्ठ नगरपालिकाकी उपमेयरले साहित्य महोत्सवका नाममा भद्दा राजनीतिक स्टण्ट गरेको भनेर व्यापक आलोचना भैरहेको बेला अघिल्लो पुस्ताका अनुभवि एवम् सक्रिय साहित्यकार डा. पौडेलको यो टिप्पणी निकै अर्थपूणर् देखिन्छ । बुढानीलकण्ठ २ चपली बस्ने डा. हेमनाथ पौडेलले टिप्पणी जस्ताको त्यस्तैः
‘हाम्लाई त यस बारेमा केही थाहा छैन है प्रभु ! एक जना सर्वज्ञ व्यक्ति सायमि हुनुहुन्छ रे कालीमाटी हो कि कतातिरको अनि अर्का लाजिम्पाटतिरका कि कताका पनि छन् रे भित्री सल्लाहकार । उहाँहरूकै सल्लाहमा कसलाई बोलाउने र कसलाई नबोलाउने सबै काम हुन्छ रे भन्ने सुनेको छु । हामी त बुढानीलकण्ठमा बस्ने मात्र हौँ । खासमा बुढानीलकण्ठका साहित्यकार त उहाँहरू हो रे । त्यसै महोत्सव !’