काठमाडौं । नेपाली कांग्रेस यतिखेर महासमिति बैठकमा छ । तर सबैको ध्यान महामन्त्री गगन थापाको प्रतिवेदनमाथि छ । जुन प्रतिवेदनमा ’अबदेखि चुनावमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने र रूख चिह्नबाहेक अरूमा मत हाल्न बाध्य नपार्ने’ कुरा लेखिएको छ । यो प्रतिवेदनमा महासमितिबाट पास गर्ने तयारीमा छन् महामन्त्री गगन थापा । तर यसकुरालाइ जसरी रोक्न चाहन्छ सभापति शेरबहादुर देउवा । शेरबहादुर देउवा चुनावी कुरा रणनीतिक भएकाले यो महासमितिमा छलफल गर्न नपर्ने भनेर टार्ने प्रयास गरिरहेका छन् भने महामन्त्री थापा यो प्रतिवेदन पास गरेरै छाड्ने अडानमा छन् ।
सभापति देउवा गठबन्धनको कुरा प्रस्तावबाटै हटाउने पक्षमा छन्। त्यसैले उनले महामन्त्री थापासँग यसबारे तारन्तार छलफल गरिरहेका छन्। आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने विषयमा महासमितिमा छलफलको प्रस्ताव बन्यो भने यसले अहिलेको सत्ता गठबन्धनमा विश्वासको संकट पैदा हुने भय देउवामा छ । तर महासमितिमा पेश हुने महामन्त्री थापाको सांगठनिक प्रस्तावमा गत फागुन ३ र ४ गते सानेपामा भएको केन्द्रीय समितिमा छलफल भएको थियो। केन्द्रीय सदस्यहरूले दिएका महत्वपूणर् सुझावसमेत थापाले प्रस्तावमा समेटिसकेका छन्।
यसैबीच सभापति देउवाले अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा राखिएको ’कोशी प्रकरण’ मा पनि असन्तुष्टि जनाएका छन्।