

काठमाडौं । समसामयिक नेपाली साहित्यमा गतिशील साहित्यकारको कोटीमा लिइने थोरै नाममा पर्दछन् साहित्यकार वियोगी बुढाथोकी । उनी बुढानीलकण्ठ नगरपालिकामा बस्छन् । तर बुढानीलकण्ठमा यसै हप्ता हुन लागेको साहित्य तथा सांस्कृतिक महोत्सवमा उनलाई बोलाइएको छैन । साहित्य तथा संस्कृति महोत्सवमा नगरपालिकाले एकवचन सोधनीसम्म नगरेपछि बुढाथोकीले सामाजिक सन्जालमा एक लामो स्टाटस लेखेर दुःख व्यक्त गरेका छन् ।
साहित्यकार बुढाथोकीले लेखेका छन्ः
के बूढानीलकण्ठ नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय प्रमुख अधिकृतज्यूहरूसंग मेरा प्रश्नका जबाफ छन् ? तर घमन्ड नठानियोस !
१) म बूनपास्थित हात्तीगौंडाको भूगोलमा २०११ सालमा जन्मिएं ! पुर्ख्यौली थलो यतै छ !
सायद एमए पास गर्नेहरूमा अघिल्लै पंक्तिमा पर्छु !
२) प्रमुख प्रशासक हुने अवसर पनि सायद सुरूमै पाएं !
३) २०३२ सालमा कविता छपाएर साहित्यिक यात्रानाप्ने भेगमै पहिलो हुंला !
४) २०४२ सालमा समयलाई सन्चो छैन कवितासंग्रह छपाउदा “राजघानी वीपी, बुध्द र गान्धीजस्तो हुनुपर्छ” शीर्षके वीपी शव्द मेट्न लगायो । नत्र जेल हाल्छु भन्यो !
५) हालसम्म १६ वटाकृति प्रकाशित भए । दर्जनौंले पुरस्कार पाए ।
६) २०५० सालदेखि भेगमै पहिलो “शिवपुरी सन्देश” साहित्यिक पत्रिका प्रकाशनमा ल्याएं । १०२ अंक प्रकाशन भइसकेको छ ।
७)बर्षेनी गुन्द्रुकमकै भटमास र ४ वटा पुरस्कार र सम्मान समर्पण गर्दै आएको छु !
अव भन्नुस यही भूगोलमा जन्मिएर हुर्किएको मात्रै होइन साहित्यिक क्षेत्रमा क्रियाशील रहंदा रहंदै पनि सुन्दै छु बूनपाले साहित्यिक र सांस्कृतिक महोत्सव गर्दै छ रे !
मेरो प्रश्न यतिखेर म कहां छु ! के कांग्रेसी भएकै कारण वाचकबाहेक कतै नअटाएकै हुं त ! दोष कस्को ? मैले माथि उल्लेख र सोधेका प्रश्नको जवाफ दिने हिम्मत नगरपालिकासंग छ ?