Author: Kathmandu Khabar

ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रम मार्फत मंगलबारबाट स्वास्थ्य सेवा सुरु गरेको छ ।  महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) को संचालन र व्यवस्थापनमा स्वास्थ्य सेवा सुरु गरेको हो । स्वास्थ्य सेवा पुल्चोकमा रहेको यल स्वास्थ्य सेवा केन्द्रबाट लिन सकिन्छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले  स्वास्थ्य बीमा महानगरले नगरबासीलाई दिएको उपहार भएको बताए । केन्द्रको उद्घाटन गर्दै उनले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यबाट महानगरबासीले उत्कृष्ट सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । ‘पाटन अस्पतालसँगको सहकार्यले कोभिडको समयमा उत्कृष्ट काम गर्न सक्यौँ, अब मुलुकै लागि उदाहरणीय बन्ने गरी स्वास्थ बीमामार्फत उपचार सेवाको काम अगाडि बढेको…

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अधर्मी र आपराधिक मनोवृत्ति भएको व्यक्तिको रूपमा टिप्पणी गरेका छन्। मंगलवार एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य ईश्वरनारायण श्रेष्ठलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउँदा पनि कुनै लाजशरम नभएको भन्दै नेपाललाई अधर्मी र आपराधिक मनोवृत्ति भएको व्यक्तिको रूपमा टिप्पणी गरे। उनले नेता नेपालमाथि मान्छेलाई अल्मल्याइरहेको‚ भ्रम छरेर मानिसलाई झुक्याइरहेको आरोप लगाएका छन्। नेता नेपालले जनतालाई फ्रि भिसा, फ्रि टिकट दिने भनेर भ्रम दिएर झुक्याएको आरोप उनले लगाए। अध्यक्ष ओलीले तत्कालीन महाकाली सन्धीको विरोधमा पार्टी…

Read More

काठमाडौं । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्वूणर् स्थान छ । बागलुङ नगरपालिका वडा नं. २ मा रहेको यो मन्दिरको पूर्व र दक्षिणमा काठेखोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र कालिगण्डकी नदीको मनोरम दृश्य देखिने देख्न सकिन्छ । मन्दिरको वरिपरि साल, सल्लो, चिलाउने र काईयोका ठूला ठूला रुखहरुले घेरिएको दृश्य देख्न पाइन्छ । शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजा आराधना गर्ने विश्वास गरिन्छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजा पाठ गर्नाले उनी प्रसन्न हुन्छिन् र फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहँदै आएको…

Read More

काठमाडौं ।  नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ख प्रदेश कमिटिले स्थानीयस्तरका नेता तथा पार्टी कमिटिका पदाधिकारीका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पछिल्ला समय नियमितरुपमा कार्यक्रम गरिरहेको प्रदेश ‘ख’ कमिटिले फागुन ५ गते शनिवार विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । वडा कार्यसमिति तथा पदाधिकारीका साथै भातृ संस्थाका पदाधिकारीलाइ दिइने प्रशिक्षण कार्यक्रममा महामन्त्री गगन थापा उपस्थित रहने बताइएको छ । पार्टी सहमहासचिव बद्रि पाण्डे, कृष्ण रिजाललगायतका केन्द्रिय नेतृत्वद्वारा दिइने प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटिका तर्फबाट विसुकुमार केसी तथा क्षेत्रीय कमिटिका तर्फबाट क्षेत्रीय सचिव दामोदर भट्टराइले प्रशिक्षण कार्यक्रममा आफ्नो प्रस्तुति दिने बताइएको छ । रामप्रसाद लुँइटेल नेतृत्वको क्षेत्र नं ४…

Read More

काठमाडौं । ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वले भरिएको उमा महेश्वर मन्दिर कीर्तिपुरमा सबैभन्दा अग्लो स्थानमा अवस्थित रहेको छ । उमा महेश्वरलाई शंकर पार्वतीको रुपमा पनि पुजने गरिन्छ । यो मन्दिर समुद्रि सतहबाट करिब १४१८ मिटरको उचाइमा अवस्थित रहेको छ । वि.सं. १६५५मा राजा सिद्धिनरसिंह मल्लले भगवान शिव र पार्वतीको आराधनाका लागि यो मन्दिर बनाउन लगाएका थिए भन्ने मान्यता रहेको पाइन्छ । अग्लो स्थानमा अवस्थित यो मन्दिर प्राङणबाट काठमाडौ वरिपरिका सुन्दर दृष्य अवलोकन गर्न सकिनुको साथै उत्तर तर्फबाट चो यु, गौरिशंकर, लाङटाङ र गणेश हिमालको दृश्यावलोकन पनि गर्न सकिन्छ । प्यागोडा शैलीमा निर्मित यो मन्दिर तीन तल्ले रहेको छ । काठका ढोकाहरू,…

Read More

काठमाडौँ- वैदिक गुरुकुलमा अध्ययन गर्ने वटुक (छात्र) को व्रतबन्ध गरेको हुनुपर्छ। सन्ध्योपासनालगायतका निष्ठामा बसेको र कम्तीमा कक्षा पाँच उत्तीर्ण गरेका विद्यार्थी गुरुकुल प्रवेशका न्यूनतम मापदण्ड हुन्। अझ नेपालमा सञ्चालन भएका अधिकांश गुरुकुलमा ब्राह्मण समुदायका बालकहरूलाई मात्रै भर्ना लिइन्छ। देवघाटमा सञ्चालित गार्गीकन्या गुरुकुल कन्याहरूका लागि सञ्चालन गरिएको हो। यहाँ बालिकाहरू अध्ययन गर्छन्। जुनसुकै जातीय समुदायका बालिकाहरू गुरुकुलमा भर्ना हुन पाउँछन्। अनि उनीहरूले निःशुल्क रूपमा आवासीय सुविधासहित पढ्न पाउँछन्। त्यसैले यसलाई समावेशी कन्या गुरुकुल नामकरण गरिएको छ। गुरुकुल व्यवस्थित बनाउन गठित महायज्ञ आयोजक समितिका महासचिव रामप्रसाद वस्तीका अनुसार यो नेपालको पहिलो समावेशी गुरुकुल हो। उनले भने, ‘गुरुकुलमा भर्ना हुन यही जातीय समुदायको हुनुपर्छ…

Read More

काठमाडौं ।  नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार काठमाडौंमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०) नेपालमा अझै पनि २०. २७ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको हो। करिब १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा सो तथ्यांक सार्वजनिक गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताए।  उनका अनुसार मानिसहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरु अझै पनि २० प्रतिशतभन्दा बढी पाइएको छ। प्रदेशगत रुपमा भने सबै भन्दा कम गरिबी गण्डकी प्रदेश रहेको छ भने सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा रहेको पनि…

Read More

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियानमा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी नहुने भएका छन् ।अभियानको वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौँमा अभिनन्दन गर्ने भन्दै अभियानले निम्तो दिएको भए पनि पूर्वराजा शाह त्यसमा सहभागी नहुने भएका हुन् । प्रसाईंले आफ्नो अभियानको वार्षिकोत्सव समारोह काठमाडौँको भृकुटीमण्डपमा गर्दै छन् । कार्यक्रममा सबै राजनीतिक दलका नेता तथा स्वतन्त्र व्यक्तित्वहरूलाई पनि बोलाइएको छ । त्यही कार्यक्रममा पूर्वराजा शाहलाई अभिनन्दन गर्न अभियानको उपत्यका समितिले विभिन्न तयारी गरेको थियो । शाहकै हातबाट द्वीप प्रज्ज्वलन गर्ने कार्यक्रम थियो । अभिनन्दनका लागि ताम्रपत्रसमेत तयार गरिसकिएको थियो । तर, पूर्वराजा शाह भने प्रसाईंको अभियानको पूर्वसन्ध्यामा आइतबार नै चितवनतिर लागेका…

Read More

काठमाडौं ।  नेपालमा सञ्चालित गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को बजेट मन्त्रालयकोभ न्दा ठूलो हुने गरेको महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री सुरेन्द्रराज आचार्यले बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा मन्त्री आचार्यले सो कुरा बताएका हुन् । सांसदलहरूले एनजीओ आईएनजीओप्रति बहश छलफल गरेको सो कार्यक्रममा ग समाज कल्याण परिषद्का पदाधिकारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र सचिव बैठकमा उपस्थित थिए । सांसदहरू एनजीओ तथा आईएनजीओमाथि उनीहरुले गम्भीर आरोप लगाएका छन् ।समाजकल्याण परिषद्को अध्यक्ष महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री रहने व्यवस्था छ ।  । बैठकमा सांसदहरूजस्तै मन्त्री आचार्य पनि एनजीओ/आईएनजीओको कामप्रति सन्तुष्ट…

Read More

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्रिए मिठाई बाँड्ने घोषणा गरेका छन्  ।  पार्टीको मधेश प्रदेश समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले आफ्ना पूर्वसहकर्मीसमेत रहेका ओलीलाई व्यंग गर्दै त्यस्तो बताएका हुन् । अध्यक्ष नेपालले ओली सुध्रिने कुनै सम्भावना नरहेको पनि दाबी गरे ।  अहंकारवादी र सर्वसत्तावादी चिन्तन हावी भएका कारण आफू एमालेबाट अलग हुनुपरेको उनको भनाइ थियो । नेपाले भने, ‘ओलीमा अहिले पनि अहंकारवादी चिन्तन भरिएको छ, सुध्रिने कुनै सम्भावना छैन । ओली सुध्रिए भने म मिठाई बाँड्छु ।’ एकीकृत समाजवादी स्थापना गर्दा आफूलाई छाडेर ओलीतिर लाग्नेहरूको अहिले बिजोग भएको पनि नेपालले…

Read More

काठमाडौँ- प्रहरीले काठमाडौँको विजय चोकस्थित सिराहा-धनुषा गेष्ट हाउसमा प्रमिला दमाईको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार पत्रकार सम्मेलन गर्दै प्रमिला दमाईको हत्या गरेको अभियोगमा दोलखा बैतेश्वर घर भइ काठमाडौँ बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरेको जनाएको हो । गत शनिबार होटलमा एक महिला मृत फेला परेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी वृत्त गौशाला र जिल्ला परिसर काठमाडौँको संयुक्त टोलीले अनुसन्धान गरेको थियो ।मृतक प्रमिला दमाई होटलमा एक पुरुषसँग बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान गर्दै जाँदा होटलमा संगै बस्ने व्यक्ति कुमार श्रेष्ठ रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्रबहादुर खत्रीले बताए ।…

Read More

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् ।कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” उनले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताए  । केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो बताएको स्रोतले जानकारी दियो । “अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ,” उनले भने ।

Read More

काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेल नेपालले सोमबार ९ विकेटले जितेसँगै नेपालले क्लिनस्वीप गरेको हो । नेपालको विजयमा अनिल साह र भीम सार्कीको किर्तिमानी शतकको प्रमुख भूमिका रहेको थियो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

Read More

काठमाडौं ।  वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको ६ महिना (पुस मसान्त)सम्म ९६ अर्ब २४ करोड ब्याज आम्दानी गरेका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले पुस मसान्तसम्म सो ब्याज आम्दानी गरेका हुन्। गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरूले ८२ अर्ब ३८ करोड रुपैयाँ ब्याज आम्दानी गरेका थिए।बैंकहरूको प्रमुख आम्दानीको स्रोत नै ब्याज आम्दानी हो। जुन, गत वर्षको सोही अवधिको तुलनामा १३ अर्ब ८६ करोड बढी हो। गत वर्षको सोही अवधिको तुलनामा बैंकहरुको ब्याज आम्दानी बढे पनि नाफा भने घटेको छ। चालू आवको ६ महिना अर्थात पुस मसान्तसम्म वाणिज्य बैंकहरुले २८ अर्ब ७३ करोड नाफा गरेका छन्। गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुले ३३ अर्ब…

Read More

काठमाडौं । पश्चिमी वायु बुधबारबाट केही सक्रिय हुने भएको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षाको सम्भावना रहनेछ । बुधबार वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ ।  “बुधबार देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कणर्ाली प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा हुनेछ । यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू-भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । काठमाडौंमा आज बिहान पौने ६ बजेको…

Read More

भारत । भारतमा पछिल्लो समय विभिन्न सेलिब्रेटीहरुमा राजनैतिक लहर चलेको छ । भलै केही मात्र राजनीतिमा स्थापित हुन सके भने केहीले छोटो समयको रहरमात्र पूरा गरे ।  यहीबीच दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता विजय थलपतिले पनि राजनीतिक यात्राको शुभारम्भ गरेका छन् । उनले ’तमिझगा वेत्री कडगम’ नामक एउटा पार्टी नै गठन गरेर नयाँ राजनीतिक यात्राको घोषणा गरेका हुन् । विजयले तामिल र तेलूगु समुदायलाई विशेष प्राथमिकतामा राखेर नयाँ पार्टी बनाएको दैनिक भाष्करले लेखेको छ । अहिले भारतमा रहेका ठूला राजनीतिक दलहरु आम आदमी पार्टी, बहुजन समाज पार्टी, भारतीय जनता पार्टी, कम्युनिष्ट पार्टी अफ इन्डिया, इन्डियन नेश्नल कंग्रेस र नेश्नल पिपुल्स…

Read More

काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लिन स्वीप गर्ने दाउसहित नेपाल आज मैदानमा उत्रिँदै छ ।सिरिजको अन्तिम खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको नेपाल आज पनि जितसहित क्लिन स्पिवको लक्ष्यका साथ खेल्ने छ । क्यानडा भने सान्त्वना जितको खोजीमा रहेको छ । नेपालबाट आज तीव्र गतिका बलर हेमन्त धामी डेब्यु हुने सम्भावना रहेको छ । नेपालले बिहीबारदेखि आईसीसी विश्वकप लिग-२ मा नेदरल्यान्ड्स र नामिबियासँग खेल्दैछ ।

Read More

काठमाडौं । शीर्षकबाटै सबैलाई रमाइलो लाग्न पनि सक्छ । तर नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणको झोला वा सुटकेसबाट विभिन्न सामान हराउने गरेको विषय भने अनौठो हैन ।  बेलाबेलामा चर्चामा आउने गरेकै विषय हो । सोही क्रममा विमानस्थलबाट एक जना सांसदको चकलेट हराएपछि सो विषय प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा उठेको छ । । नेपाली कांग्रेसकी समानुपातिक सांसद सरिता प्रसाईंले आफ्नो सुटकेस फुटाएर चकलेट चोरी भएको बताएकी छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै विमानस्थलमा आफ्नो सुटकेसबाट चकलेट चोरिएको उनले बताएकी हुन् । बैठकमा उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सम्बोधन गर्दै उनले भनिन्, ’संसारको कुन एयरपोर्टमा यात्रुको सुटकेस फुटाइन्छ ? तर नेपालको एयरपोर्टमा…

Read More

काठमाडौं ।  आज २०८० साल माघ २९ गते ।२०२४ फेब्रुअरी १२ तारिख। देवघाटमा मकर स्नान समाप्ति आजै परेको छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। आजको तपाइँको दिन कसरी बित्ला ? ज्यो.पं. खिला भण्डारीले तयार पारेको आजको फलादेशः मेषः  दिन राम्रो छ। परिवारबाट सहयोग मिल्नेछ। शिक्षा सफलता, स्वास्थ्यमा लाभ र सामाजिक क्षेत्रमा नाम रहनेछ। विदेशमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। वृषः समय राम्रो छ। बौद्धिक मित्रसँगको भेटले ज्ञान प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। स्वदेशमा देखिएको सम्भावनालाई अगाडि बढाएमा रोजगारी मिल्नेछ। मिथुनः परिवारबाट सहयोग मिल्नेछ। खानपानमा ख्याल नगरेमा स्वास्थ्यमा समस्या हुनसक्छ। धार्मिक क्षेत्रका अगुवासँगको भेटले दिन रमाइलो बन्नेछ। विदेशमा गरेको…

Read More

मन्दिर अथवा मन्दिरजस्तै महत्त्वपूर्ण वस्तुको सबैभन्दा माथि चुचुरामा गजुर राखिएको हुन्छ । गजुर वास्तवमा पूर्णकलश हो भन्ने सबैले देखे बुझेकै कुरा हो। तर, पूर्णकलशको मुनितिर थ्याप्चो फर्सीजस्तो देखिने संस्कृतमा आमलक भनिने चक्काको विषयमा भने अधिकांश अनभिज्ञ देखिन्छ । यो संरचना नेपाल मण्डल वरपरका मन्दिर, देवघर, सतल र फल्च (पाटी)मा देख्न सकिन्छ। जेवल (मनी)ले आगो तत्वको प्रतिनिधित्व गर्दछ । कलशले पानीको तत्व र घण्टीले हावाको तत्वलाई जनाउँछ। यी तीन ढाँचाहरू यी मौलिक निकायहरूबाट गुजरने अन्तरिक्षबाट ब्रह्माण्डीय ऊर्जा सङ्कलन गर्न प्रयोग गरिन्छ र घण्टीले अन्ततः ऊर्जालाई ब्रह्माण्ड आवृत्तिमा रूपान्तरण गर्छ । जुन आधार वा पृथ्वीमा मन्दिरभित्र शिखर शैलीका मन्दिर मुनि राखिएको देवता/देवीको…

Read More

‍- जीआर रञ्जित भक्तपुर वडा नं ७ मा अवस्थित एक टोलको नाम चोर्चा हो । यस टोलको मुख्य देवता चोर्चा गणेश (सिद्धि गणेश) हो । चोर्चा शब्द नेपाल भाषाका शब्द “च्व:धचा” बाट बनेको भन्ने जनश्रूति रहेको छ । “च्व:धचा” शब्द ‘च्व’ र ‘धचा’ दुई शब्दहरू मिलेर बनेको हो । ‘च्व’ भन्नाले पुच्छर हो भने ‘धचा’ भन्नाले खोल्सा हो । यसरी पुच्छरले बनाएको खोल्साबाटै यस टोलको नाम च्व:धचा हुन्दै हाल उक्त शब्द अपभ्रंस भै चोर्चा रहन गएको हो । कसको पुच्छरबाट यस टोलमा खोल्सा बन्यो भन्ने प्रश्नमा एक जनश्रुति रहेको छ । याछें, थालाछें र चोर्चाको संगमस्थलबाट कुनै एक समयमा एक…

Read More

काठमाडौं । नेपाली कांग्रेसभित्र महासमिति महासमितिको बैठकको तयारीलाई तिव्रता दिएको छ। आगामी फागुन ७ देखि १० फागुनसम्म चल्ने बैठकको तयारी ८० प्रतिशत पूरा भइसकेको प्रचार विभाग विभागले दाबी गरिसकेको छ भने हल बुकिङ, आवास र भोजनको काम पनि भइसकेको बताइएको छ । यसअघि महासमिति सदस्य चयनमा देखिएको विवाद समाधानको जिम्मा कांग्रेसको केन्द्रीय निर्वाचन आयोग दिइएको छ आयोगले सबै कुराको अध्ययन गरेर प्रक्रियात ढंगबाट टुंग्याउने र प्रक्रिया नपुगेकोलाई प्रक्रिया पुर्याउन बदर गर्ने भन्ने निर्देशन दिएको छ । अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १४० क्षेत्रको आइसकेको छ, त्यसमा ५ देखि ७ वटा निर्वाचन क्षेत्रमा केही विवाद देखिएको छ । कांग्रेसको विधानका अनुसार प्रत्येक…

Read More

काठमाडौं । सुशासन पक्षमा तथा भ्रष्टाचारको विपक्षमा निरन्तर कलम चलाइरहेका पत्रकार तथा विश्लेषक सुदर्शन आचार्य अख्तियार दिवसका अवसरमा पुरस्कृत भएका छन् । सिन्धुपाल्चोक जिल्लामा जन्मिएका आचार्य हाल काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं.२ का स्थायी वासिन्दा हुन् । आचार्यले नियमित सुशासन तथा राजनीतिक स्थिरताको पक्षमा कलम चलाइरहेका छन् । भ्रष्टाचार सम्बन्धी खोज तथा अनुसन्धानमूलक लेख र रचना प्रकाशन गरी भ्रष्टाचार न्युनिकरणमा योगदान पुर्याएवापत अख़्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो ३३ औँ वार्षिकोत्सवमा आचार्यलाई २० हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरेको हो । फ्रिलाइन्सरूपमा पत्रकारिता एवम् लेखनमा सक्रिय आचार्य बिभिन्न मिडियामा राजनीतिक विश्लेषकको रूपमा पनि सक्रिय छन् । आइतवार आयोजित अख्तियार दिवस समारोहमा पुरस्कृत…

Read More

काठमाडौंः  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै मन्त्रिपरिषद् हेरफेर हुने घोषणा पुनः गरेका छन्। सोनाम ल्होसारको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गरेर सरकारलाई गति दिने घोषणा गरे। तर, गठबन्धनका अरू दल विशेषगरेर कांग्रेस भने तत्कालै मन्त्रिपरिषद् हेरफेरको पक्षमा छैनन्। कांग्रेस सभापति देउवा आफ्ना विश्वासपात्र अर्थमन्त्री महत तथा स्वास्थ्य मन्त्री मोहन बस्नेतलाइ हटाउन नचाहेको बताइएको छ । यही कारण देउवाले सिधै कांग्रेसका मन्त्रीलाइ नचलाउन दवाब दिएका बताइन्छ कांग्रेस महासमिति बैठकपछि मात्रै मन्त्रिपरिषद् हेरफेरका पक्षमा छ भने एकीकृत समाजवादी लगायतका अरू दलमा त्यसबारे छलफल पनि नभएको नेताहरू बताउँछन्। ‘अब छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,’ प्रधानमन्त्री दाहालले सोनाम ल्होसारको कार्यक्रममा भने, ‘पहिलो…

Read More

काठमाडौं । नेपालमा सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । युवादेखि वृद्ध-वृद्धासम्मले कुनै न कुनै सामाजिक सञ्जाल चलाउने गर्छन् । सामाजिक सञ्जालको प्रयोग बढेसँगै यसको दुरुपयोग गर्नेको संख्या पनि बढ्दो छ । दुरुपयोग बढेकै कारण पछिल्लो समय सरकारले सामाजिक सञ्जाल ‘टिकटक’माथि प्रतिबन्ध लगाएको थियो । टिकटकमाथि प्रतिबन्ध लगाइए पनि नेपालमा बढी दुरुपयोग हुने सामाजिक सञ्जालको सूचीमा अन्यको नाम अग्रस्थानमा आउँछ । नेपाल प्रहरीका अनुसार पछिल्ला करिब सात महिनाको अवधिमा साइबर अपराधसम्बन्धी १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि माघ २३ गतेसम्मको अवधिमा ती निवेदन प्रहरीकोमा परेका हुन् । ती निवेदनमध्ये…

Read More

काठमाडौंः  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३३औँ स्थापना दिवस मनाउँदै छ । ‘सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका साथ अख्तियारले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रूपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो। अख्तियारले आफ्नो हटलाइन नम्बरदेखि हुलाक र विभिन्न सामाजिक सञ्चालनमार्फत समेत उजुरी र गुनासो संकलन गर्दै आएको छ। आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दर्ता गर्दै आइरहेको छ।  आयोगका केन्द्र र ७ वटै प्रदेश कार्यालयमा गरी पुससम्म २२ हजार १ सय…

Read More

बाराहीलाई अजिमा माता पर्वतीका नौ दुर्गाको रुपहरु मध्य एक मानिन्छ । सृष्टिको स्थिति राख्न असुरहरुको बिनास गरि शान्ती सुरक्षा प्रदान गर्न माता पर्वतीले यो रुप धारण गरेको भन्ने गरिन्छ । उपत्यकामा प्रमुख चार बाराही पिठ रहेको छ । १. निलबाराही २. बज्रबाराही ३. धुमबाराही ४.श्वेत बाराही ४ बाराहीमध्ये राजा बिष्णु गुप्तद्वारा स्थापित यस निलबाराही भक्तपुर जिल्लाको मध्यपुर नगरपालिकाको बोडेको तिगनी भननेमा अवस्थित रहेको छ । निलबाराही एक शक्ति पिठ रहेको कारणले दशैंको दिन मेला लाग्ने गर्दछ भने बिस्का जात्राको दिन पनि विशेष पुजा हुने गर्दछ । अरु मन्दिरहरु भन्दा छुट्टै स्वरुपको यस मन्दिरमा गजुर भने छैन । नागको छत्रले छोपेको…

Read More

संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा पहिलो हिन्दू मन्दिर निर्माण भएको छ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबारदेखि संयुक्त अरब इमिरेट्स (युएई) को दुई दिने भ्रमण गर्ने र सो मन्दिर उदघाटन गर्ने कार्यक्रम रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । सन् २०१५ यता प्रधानमन्त्रीको यो सातौं युएई भ्रमण हो । अबुधाबीमा रहेको बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बिएपिएस) मन्दिरको प्रधानमन्त्रीले फागुन २ गते उद्घाटन गर्ने कार्यक्रम छ ।  सो मन्दिर फागुन १८ गतेदेखि सर्वसाधारणका लागि खुला हुनेछन्। मन्दिर परिसरमा आगन्तुक केन्द्र, प्रार्थना हल, प्रदर्शनी, सिकाइ क्षेत्र, खेलकुदलगायतका कक्ष रहेका छन्। बालबालिका र युवाका लागि क्षेत्र, विषयगत बगैंचा, पानी सुविधाहरू, पुस्तक…

Read More

बद्रीनाथ कायस्थ श्री स्वस्थानी परमेश्वरी ब्रतकथा मा उमामहेश्वर को उल्लेख धेरै ठाउंहरुमा भएको छ । शैव शाक्त धर्म मान्ने नेवा समुदाय ले यस शिवशक्ति स्वरुप लाई धेरै मान्यता दिएको छ ।उमामहेश्वर महादेव र सतीदेबी लाई पनि मानिन्छ र शिव पार्वती लाई पनि मानिन्छ । शैव शाक्त धर्म मान्ने नेवा समुदाय ले पार्वती लाई सतीदेबी को पुनर्जन्म को रुपमा लिएको छ । उमामहेश्वर को बर्णन धेरै प्रकारले गरिएको देखिन्छ । आज म यहॉ श्री स्वस्थानी परमेश्वरी ब्रतकथा मा बिशेष उल्लेख भएको १. पबित्र कोषबाट कन्याहरु को जन्म २. सुबिधाजनक सृष्टि को क्रम , र ३. सर्बजन हिताय कल्याणकारी शक्ति पीठहरु, को…

Read More

धनकुटाको पाख्रीबास नगरपलिका वडा नं. ५ स्थित अरुण नदी किनारमा रहेको खेतमा किसानहरुले लगाएको तोरी खेती । जिल्ला कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक नुसार जिल्लामा छ सय २० हेक्टरमा तोरी खेती हुने गरेको छ । तस्बिर : नारायण कुमार राई/रासस 

Read More