काठमाडौं । पश्चिमी वायु बुधबारबाट केही सक्रिय हुने भएको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षाको सम्भावना रहनेछ । बुधबार वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ । “बुधबार देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कणर्ाली प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा हुनेछ ।
यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू-भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।
काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहेको छ । दिउँसो काठमाडौंको तापक्रम बढेर २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् प्रधानाङ बताउँछन् ।
विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति पहाडी भू-भागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।