![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अधर्मी र आपराधिक मनोवृत्ति भएको व्यक्तिको रूपमा टिप्पणी गरेका छन्।
मंगलवार एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य ईश्वरनारायण श्रेष्ठलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउँदा पनि कुनै लाजशरम नभएको भन्दै नेपाललाई अधर्मी र आपराधिक मनोवृत्ति भएको व्यक्तिको रूपमा टिप्पणी गरे।
उनले नेता नेपालमाथि मान्छेलाई अल्मल्याइरहेको‚ भ्रम छरेर मानिसलाई झुक्याइरहेको आरोप लगाएका छन्। नेता नेपालले जनतालाई फ्रि भिसा, फ्रि टिकट दिने भनेर भ्रम दिएर झुक्याएको आरोप उनले लगाए।
अध्यक्ष ओलीले तत्कालीन महाकाली सन्धीको विरोधमा पार्टी फुटाउने सो इस्यु त्यहीँ छाडेर फेरि एमाले प्रवेश गर्नुपरेको विगतको इतिहास रहेको उल्लेख गरे। ओलीले नेता नेपालमाथि बिजनेसका लागि राजनीति गरेको टिप्पणीसमेत गरे।