Author: Kathmandu Khabar

स्थानीय तहका जनप्रतिनिधिले आफूलाइ राजा सोच्नेदेखि भ्रष्टाचारमा लिप्त हुने विषय आजभोलिका सामान्य विषय हुन् । देशभरका स्थानीय तहमा यस्ता घटना परिघटना आमरूपमा देख्न पाइन्छ । यसैबीचदार्चुलाका एक वडाध्यक्षले आफ्नै पालिकाका लेखापाललाई ज्यान मार्ने दिने धम्की दिएका छन् ।  जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जनकसिंह डाँगाले नगरकार्यपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) विजय विष्टलाई फर्जी बिल भुक्तानी नगरेको भन्दै मार्ने धम्की दिएका हुन् ।अध्यक्ष डाँगाले लेखापाल विष्टलाई फर्जी बिलको भुक्तानी नगरेको निहुँमा ज्यान मार्ने धम्की दिएको ४ मिनेट ३४ सेकेन्ड अडियो सार्वजनिक भएको छ ।  सो अडियोमा वडाध्यक्ष डाँगाले लेखापाललाई ‘भोलिदेखि शैल्यशिखरको एक चेक पनि नकाटेस् है विजयजी…

Read More

काठमाडौं । मिठाराम अधिकारी भन्नेबित्तिकै उनीसँग जोडिएको एउटा बहुप्रचारित मिथ छ ’कपनलाई जापान बनाएका व्यक्ति’ । कपनमा जब जब बाढ़ी आउँछ तब तब मिठाराम अधिकारीले ’कपनलाई मैले जापान बनाएँ’ भन्ने उक्ति सबैलाई सम्झना आउँछ । अव्यवस्थित बस्तीमा परिणत भएको कपन हरेकवर्ष वर्षामा डुब्ने गरेको दृष्य सामान्य हो । तत्कालिन कपन गाविसका अध्यक्ष मिठाराम अधिकारीको निणर्यले कपनका दर्जनौँ खहरेहरूमा ढल हालेर सडकमा परिणत गराइएका थिए । खोला पुरेर बनेका साना साना सडक अनि अव्यवस्थित घरहरूले गन्जागोल भएको कपनलाई विकासको उत्कृष्ट नमुना भन्दै करिब ७ वर्षअघि एक कार्यक्रममा मिठाराम अधिकारीले धाक दिँदै भनेका थिए, आजको यो कपन विकसित कस्ले गर्यो ?, मैले…

Read More

काठमाडौं । चालु आर्थिक वर्ष २०८० र ८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । गत असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भइ पुस मसान्त सम्ममा  १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो । योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा…

Read More

धुर्मुस-सुन्तली फाउन्डेशनले अलपत्र पारेको चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला अन्ततः सरकारले सम्पन्न गर्ने भएको छ।  आज बिहान बसेको बागमती प्रदेशको क्याबिनेट बैठकले रंगशाला निर्माणका लागि बजेट सुनिश्चितता गरी ठेक्का आह्वान गर्न स्वीकृत गरेसँगै अब निर्माण पूरा हुने बताइन्छ । यसअघि रंगशाला निर्माणमा प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानीको सहमति भएको थियो । सोहीअनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँको बजेट सुनिश्चित गरेका हुन् । रंगशाला निर्माण थालेको धुर्मुस सुन्तली फाउन्डेसनले रकम जुटाउन नसकेको र आफूहरु उल्टै ऋणमा फसेको जनाउँदै निर्र्माणको कामबाट हात झिकेपछि रंगशाला अलपत्र भएको हो ।

Read More

काठमाडौं । केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनपछि बसेको आकस्मिक बसेको केन्द्रीय कार्यसमितिको बैठकले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने गरेको हो। यस्तै पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित भएका छन्।   कांग्रेस अहिले समुदायमा कांग्रेस अभियान लिएर देश दौडाहामा थियो। यस्तै बैठकले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना निर्णय गरेको छ।

Read More

तनहुँको देवघाट गाउँपालिका-५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरेको छ। पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो। विभागको टोलीे मन्दिर परिसरको पाँचवटा मन्दिर (पञ्चदेवल)को उत्खनन गरेको थियो। पाँच सय वर्षअघि सोह्रौँ शताब्दीमा तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाटमा आई ध्यान गरी विभिन्न मठमन्दिर र देवालयको निर्माण गरेको बताइएको छ। विभिन्न प्रमाणका आधारमा त्यस समयमा निर्मित मठमन्दिर र देवालयको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागले जनाएको छ। मन्दिर परिसरमा रहेका पाँच मन्दिरमध्ये चक्रवर्ती महादेवको मन्दिरको यसअघि नै रु ८० लाखको लागतमा…

Read More

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगरमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति उनको निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए । लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित उनी पछिल्लो समय मिर्गौलाको उपचार गराइरहेका थिए । झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए । उनी प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति, राष्ट्रिय पञ्चायत सदस्य हुँदै जलस्रोत सहायक मन्त्री र सामान्य प्रशासन मन्त्रीसम्म भएका थिए । बुढाथोकीको पार्थिक शरीरलाई मंगलबार जिल्ला पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिइने हुमागाईँले जानकारी दिए । उनका दुई छोरा एक छोरी…

Read More

काठमाडौँ — नेपाल रेडक्रस सोसाइटी चरम संकटमा पुगेको छ ।नेपाल रेडक्रसमा कार्यसमितिको आधिकारिताको विषयमा भाँडभैलो बढ्दै गएपछि आईएफआरसीले इमेल पठाएर सहकार्य नगर्ने आफ्नो धारणा राखेसँगै संटको बादल मडारिएको हो  । अन्तर्राष्ट्रिय रेडक्रस महासंघ र रेडक्रिसेन्ट सोसाइटी (आईएफआरसी) ले नेपाल रेडक्रस सोसाइटीसँग थप सहकार्य नगर्ने जनाएको हो । नेपाल रेडक्रसमा हाल सुदर्शनप्रसाद नेपाल र नेत्रप्रसाद तिम्सिनाको नेतृत्वमा छुट्टाछुट्टै कार्यसमिति छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयले समेत दुवै कार्यसमितिलाई वैधानिकता नदिएको अवस्थामा रेडक्रसलाई मान्यता दिन नसकिने आईएफआरसीले उल्लेख गरेको छ । रेडक्रस केन्द्रीय कार्यालय हाताभित्रै रहेको आईएफआरसी कार्यालयका नेपाल प्रमुख अजमत उल्लाले माघ दोस्रो साता नेपाल रेडक्रसलाई इमेलमार्फत उक्त जानकारी गराएका…

Read More

काठमाडौँ – बाँसबारी छालाजुक्त काराखानाको १० रोपनी जग्गा हडपेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीमाथिको अनुसन्धान दुई दिनभित्र सक्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।अनुसन्धानका लागि पाएको चार दिनको समय सकिएपछि सोमबार थप म्यादका लागि सिआइवीले चौधरीलाई जिल्ला अदालतमा पेश गरेको थियो। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनीमाथि अनुसन्धानका लागि थप दुई दिन थुनामै राख्न अनुमति दिएको छ। दुई दिन थुनामा राखेर अनुसन्धान सक्न र नसकिएमा हाजिर जमानीमा छाडेर अनुसन्धानको बाँकी काम पूरा गर्न भनेको हो। आदेशमा भनिएको छ, ‘यी प्रतिवादीहरुवाट थप बुझ्नु पर्ने वा कागज गराउन नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने र सो नभएमा…

Read More

काठमाडौं । नेपालले राजदूत नियुक्त गर्न लागेको झन्डै ९ दशक लामो अवधिमा नेपालको इतिहासमा एकपटक पूर्वप्रधानमन्त्री कोइराला राजदूत नियुक्त भएका छन्। दुईदुई पटकसम्म प्रधानमन्त्री भइसकेका मातृकाप्रसाद कोइराला अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए। दुईदुई पटक प्रधानमन्त्री भएर देशको शासनसत्ता चलाइसकेको व्यक्ति कुनै देशका राजदूत नियुक्त भए भन्ने सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ। तर ६ दशकअगाडि नेपालमा यस्तै भएको थियो। प्रधानमन्त्री भइसकेर पनि राजदूत नियुक्त हुने व्यक्ति हुन् मातृकाप्रसाद कोइराला । नेपालले पहिलोपटक सन् १९३४ मा मिनिस्टर (राजदूत) नियुक्त गर्न थालेको हो। त्यसअघि उत्तरी ल्हासा र दक्षिणी ब्रिटिस भारतमा नेपालको प्रतिनिधि रहने गर्दथे। नेपाल सरकारका ती प्रतिनिधिलाई वकिल भनिन्थ्यो। नेपाल-अंग्रेजबीच…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा किर्तेका काण्डहरू भैरहन्छन् । जनप्रतिनिधिकै मिलेमतोमा एकडेढवर्ष अघि किर्ते मतदाता काण्ड चलेको थियो । सो किर्ते मतदाता काण्डका पिडीतहरू अहिले पनि समस्याग्रस्त छैन । उनीहरूको समस्याप्रति किर्ते गर्ने जनप्रतिनिधि उदासिन देखिन्छन् । यसैबीच बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा जनप्रतिनिधिकै हस्ताक्षर किर्ते भएको घटना बाहिरियो । ४ जना वडा सदस्यहरूले आफ्नो हस्ताक्षर किर्ते भएको भनेर त्यसको छानविनका लागि नगरप्रमुखलाई निवेदन गरेसँगै जनप्रतिनिधिकै हस्ताक्षर किर्ते भएको घटना बाहिरियो । यो घटनासँग्(किर्ते हस्तारक्षर) वडाध्यक्ष राजेन्द्र श्रेष्ठको प्रत्यक्ष संलग्नता भएको विषय सार्वजनिक भएपछि वडाध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्ना(पार्टीका) पत्रकारसँग सो कुराको सुरक्षा गरेका छन् । श्रेष्ठले जे विषयका किर्ते गरिएको हो…

Read More

काठमाडौं । नेपाल प्रहरीले ‘सुरक्षित काठमाडौं उपत्यकाः हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न प्रविधिमैत्री बनाउँदै लगेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र उपत्यका विभिन्न स्थानीय तह मिलेर उपत्यका विभिन्न स्थानमा अत्याधुनिक क्यामेरा जडान गर्ने कार्यलाई तीव्रता दिएको हो । यसका कारण उपत्यकाको शान्ति सुरक्षा र अपराध नियन्त्रण थप प्रभावकारी हुने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले दिए ।  प्रहरीले अटोमेटिक नम्बर प्लेट पहिचान र फेस पहिचान क्यामरा जडान द्रुत गतिमा गरिरहेको उनले बताए । उनले हाल कोटेश्वर, महाराजगन्ज र बसपार्क क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स ट्राफिक सिस्टम क्यामरा जडान भइसकेको जानकारी दिए । यसैक्रममा आइतबार बूढानीलकण्ठका विभिन्न क्षेत्रमा…

Read More

काठमाडौं ।  नेपाली कांग्रेस काठमाडौँ जिल्ला सचिव इन्द्रबहादुर थापाको प्रयासमा बुढानीलकण्ठ प्रहरी प्रभागका थुनुवाहरूका जाडोमा लागि न्यानो ओढ्नेको व्यवस्था भएको छ । जाडोमा थनुवाहरू चिसोमा बसिरहेको अबस्थालाई सम्बोधन गर्न थापाको प्रयासमा रेडक्रसमार्फत तातो ओढ्नेको व्यवस्था भएको हो । सोमवार एक अनौपचारिक कार्यक्रमका साथ सचिव थापाले रेडक्रश प्रतिनिधिका साथमा बुढानीलकण्ठ प्रभाग प्रमुखलाई कम्बल हस्तान्तरण गरेका छन् । हस्तन्तरणपछि थापाले थुनुवाहरू जाडोमा निकै चिसोमा बसिरहेकाले मानवीय हिसाबले सहयोग गरेको बताए । उनले समाजसेवा गर्ने हो भने पाइला-पाइलमा यस्ता विषयहरू रहेको बताउँदै आफूले प्रयास गरेको अनि रेडक्रश सोसाइटीले केही तातो कम्बल उपलब्ध गराएको जानकारी दिए । थापाले प्रहरी प्रभाग बुढानीलकण्ठमा दैनिक थुनुवाहरू आउने-जाने…

Read More

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल-हमासबीच नयाँ युद्धविराम सुनिश्चित गर्नका लागि सोमबार मध्यपूर्व प्रस्थान गर्नुभएको छ ।अक्टोबर ७ मा हमासको आक्रमणपछि पाँचौँ पटक यस क्षेत्रको भ्रमण गरेका ब्लिन्केनले साउदी अरब, इजरायल, इजिप्ट र कतारको भ्रमण गर्ने अपेक्षा गरिएको छ । करिब पाँच महिनादेखि जारी युद्धको घेराबन्दीमा परेको क्षेत्रमा विनाशकारी असर परेको भन्दै सहायता समूहहरूले बारम्बार चेतावनी दिएपछि उहाँले गाजामा मानवीय आवश्यकतालाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । ‘अवस्था अवणर्नीय छ,’ गाजापट्टीमा रहेको आफ्नो घरबाट भागेर इजिप्टको सिमानामा रहेको दक्षिणी शहर राफामा पुगेका प्यालेस्टाइनी नागरिक हमौदाले भने । संयुक्त राष्ट्रसङ्घले ‘निराशाको चरम अवस्था’ को संज्ञा दिएको राफाले अहिले इजरायलको आक्रमणका कारण…

Read More

काठमाडौँ । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र बन्ने नागमती बाँध पक्षी संरक्षण प्रतिकूल हुने देखिएको छ । काठमाडौँ उपत्यकामा मानव बस्ती र सहरीकरण बढ्दै जाँदा सो निकुञ्जसँगै उपत्यकाका पहाडी भेगमा बाँकी रहेका वनमा चराको बास खुम्चिएको छ । तर सोही स्थानमा चराको बासस्थान खोसिने गरी नागमती बाँध बन्न प्रस्ताव गरिएको छ । प्रस्तावित बाँध क्षेत्रमा धेरै रुखबिरुवा काट्नुपर्ने व्यवस्थाले यस्तो अवस्था सिर्जना गर्न लागेको हो । काट्नुपर्ने रुखको गणना पनि वन नियमावली प्रतिकूल रहेको पाइएको छ । नयाँ वन नियमावली अनुसार बाँध बन्ने क्रममा पाँच सेन्टिमिटर गोलाइदेखि माथिका दुई लाख बढी रुख तथा बुट्यान काटिने छन् । तर आयोजनाले पुरानो नियमावली टेकेर ३० सेन्टिमिटर गोलाइमाथिका ८० हजार रुख काट्ने…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण सम्पन्न नभइ उद्घाटन गरिहाल्ने प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ रूप मान्दै निरूत्साहितको नीति बनाउनुपर्ने बताएका छन्। सुन्धारास्थित धरहराको निर्माण पूरा नभएकाले पार्किङ नगराउन भनेर पत्र पठाइएपछि उनले त्यस्तो आक्रोश पोखेका हुन्। ‘आज भन्दा दुई वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उद्घाटन भयो। सोही उद्घाटनलाई काठमाडौंका तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नुभएको थियो-आज एक ऐतिहासिक काम सम्पन्न भएको छ। राणाकालीन अवस्थामा भएको भए केपी ओलि टावर भन्थे। तर केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ- धरहरा निर्माण हुँदैछ। पार्किङ बन्द गर्नू!’ उनले नबनेको भए म ‘बीसौँ तलामा…

Read More

काठमाडौँ-  धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको काठमाडौँको झोरस्थित बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि तारकेश्वर र टोखा नगरपालिकाले लगानी गर्ने भएका छन् । ती दुई नगरपालिकाले संयुक्त रुपमा एक करोड ९९ लाख ९६ हजार आठ सय ४४ रुपैयाँ सहयोग गर्ने भएका छन् । धार्मिक पर्यटनमार्फत तारकेश्वर र टोखा नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ दुई नगरपालिकाको सिमानामा रहेको बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि लगानी गर्न लागेका हुन् । उक्त मन्दिर परिसरलाई संयुक्तरुपमा निर्माण गर्नका लागि आइतबार दुई नगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै नगरपालिकाबाट एक-एक करोडको लगानीबाट मन्दिर परिसरमा पार्टी, मन्दिरसम्म आउने बाटोमा सिँढी निर्माण तथा पञ्चमीको दिन नुहाउनको लागि स्नान कुण्डलगायतका भौतिक…

Read More

काठमाडौँ, माघ २२ गते । स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिका प्रमुखले आफूखुसी त्यस्ता पदाधिकारी नियुक्त गर्दै आएका छन् ।  संविधानमा जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुन प्रदेश सरकारले बनाउने उल्लेख छ । जनप्रतिनिधिको सेवासुविधासम्बन्धी प्रदेश सरकारले बनाएको कुनै पनि कानुनमा स्वकीय सचिव र सल्लाहकार राख्न पाउने व्यवस्था छैन ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्ने गरेको जनाएको छ ।  मन्त्रालयका प्रवक्ता कमलप्रसाद…

Read More

काठमाडौं प्राचीन नेपाल मण्डल अर्थात् नेपाल कहलिएको काठमाडौँ उपत्यका तथा यसका वरिपरिका कीर्तिपुर नगरपालिकाका आदिवासीहरू वा नेवारहरूले अपनाउँदै आएको सामाजिक संस्कृतिक तथा छुट्टै दर्शनले नेवार जनजीवनमा ठूलो भूमिका खेल्दै आइरहेको पाइन्छ । विविध संस्कारहरू मध्ये नेवार छोरीहरूमा गरिने ‘इहि’ (बेल विवाह) गर्ने संस्कार पनि एक हो । बालिकाको बालापनबाट नयाँ अवस्थामा प्रवेश गर्ने अर्थात् बयस्कमा प्रवेश गर्ने अवस्थामा गरिने ‘इहि’ संस्कार ठूली भई भन्ने अर्थमा गरिने सस्कार हो । ‘ इहि’को शाब्दिक अर्थ विवाह हो । ‘इहि’ समारोहलाई नेवारहरूले उच्च महत्वका साथ हेर्ने गर्छन् । यो घरेलु संस्कार मध्ये सबैभन्दा पवित्र र उच्च धार्मिक महत्व प्रदर्शन गर्ने घटनाक्रमका रूपमा रहेको…

Read More

श्री ३ जंगबहादुरले १९१० सालको मुलुकी ऐन जारी गर्दा यसरी राजपरिवारको मोहर छाप लगाई राजीनामा लिएका थिए । श्री ५ राजेन्द्र सत्ताच्युत भइसकेकाले उनको छाप लालमोहरको नभई पहेँलो रंगको केशरी मोहर थियो । तर कतिपयले सत्ताच्युत भएको नभई उनले राजपाट त्यागी योगी भएकाले उनलाई स्वामी महाराज भनिएको पनि भन्ने गरेका छन् । योगी (जोगी) हरूले रातो रङ प्रयोग नगर्ने भएकोले उनको लालमोहरमा पनि पहेँलो प्रयोग गरेको मान्ने गरिएको छ । रातो छापलाई “लालमोहर” भनेजस्तै पहेँलो रङको भएकोले त्यसलाई “केसरी मोहर” भनिएको हो हजुर । धेरै नेपाली इतिहासकारहरुले जंगबहादुर राणाको हुकुमी शासनको आलोचना गर्नका लागि उनीहरुले केही शब्द खर्चेका छन्। जसमा…

Read More

काठमाडौँ- निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा लागेको छ। यसकै तयारीस्वरुप आइतबार उपप्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्कासँग आयोगले छलफल गरेको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्री खड्कासँग छलफल गरेका हुन्। खड्कासँग थपलियाले उपनिर्वाचन गर्नुपर्ने हालका रिक्त स्थानबारे जानकारी गराए। आयोले उपनिर्वाचन आगामी वैशाखमा गर्ने तयारीसहित सरकारलाई प्रस्ताव गरेको छ। प्रमुख निर्वाचन आयुक्त थपिलयाले प्रतिनिधिसभामा रिक्त इलाम क्षेत्र नम्बर-२ सहित २५ पदमा उपनिर्वाचनको तयारी सुरु भएको बताए। ‘सबै हिसाबले अनुकूल हुने भनेर आयोगले वैशाखभित्रै उपनिर्वाचन गर्नुपर्छ। सरकारको मानसिकता कस्तो छ तयारी अवस्थामा सरकार छ कि छैन भनेर आज उपप्रधानमन्त्रसँग कुराकानी भयो, ‘ उनले भने, ‘सरकार पनि रिक्त पद पूर्ति भइहाल्नुपर्छ भन्ने…

Read More

कैलालीको घोडाघोडी र नकरोड तालमा जलपन्छी बढे पनि यसवर्ष सुदूरपश्चिमको तराई क्षेत्रमा रहेको प्रायः तालतलैयामा जलपन्छीको सङ्ख्या घटेको छ । पछिल्लो पटक गरिएको वार्षिक गणनाको क्रममा घोडाघोडी र नकरोड तालबाहेक अरुतिर जलपन्छी घटेको पाइएको हो । नेपालको पहिलो चरा आरक्ष घोडाघोडी चरा अभय आरण्य क्षेत्रसमेत रहेको घोडाघोडी तालमा ९०२ वटा जलपन्छी यसवर्ष अभिलेख गरिएको छ । गतवर्ष यो तालमा हिउँदमा ८५५ जलपन्छी भेटिएका थिए । यसैगरी, नकरोड तालमा ५३५ जलपन्छी फेला परेका छन् । गतवर्ष यो तालमा ३०० जलपन्छी रहेको अभिलेख गरिएको थियो ।   यद्यपि कैलालीकै अरूतिर भने जलपन्छी घटेको पाइएको छ । कणर्ाली नदीको तल्लो तटीय क्षेत्र र डल्फिन…

Read More

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। संसद्को हिउँदे अधिवेशन सुरु हुने पूर्वसन्ध्यामा दलले आ-आफ्नो तयारी पनि गरिरहेका छन्।  केही दलले संसदीय दलको बैठक सम्पन्न गरिसके भने केहीको संसदीय दल बैठक चलिरहेको छ। अधिवेशनमा गर्ने काम, दलको तर्फबाट प्रस्तुत गर्ने विषय तथा सांसदले राख्ने विषयको सम्बन्धमा दलले तयारी गरिराखेका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले संसद् अधिवेशनमा सुशासनको मुद्दालाई पहिलो मुद्दा बनाएर प्रस्तुत हुने तयारी गरेको छ। सरकार जनताप्रति जबाफदेही र उत्तरदायी हुन नसकेको कारण देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको हो। नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सुशासनको मुद्दालाई आफूहरूले पहिलो…

Read More

काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित पनौती बजार विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । पनौतीको बजार क्षेत्रमा रहेको वडा नं ७ लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र संघीय अंग (युनेस्को)को मापदण्ड पूरा गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । उक्त ऐतिहासिक क्षेत्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । विश्व सम्पदामा सूचीकृत हुने तयारी अन्तर्गत सूचीकृत हुनुपूर्व आवश्यक सम्पूणर् प्रक्रिया अन्तिम चरणमा पुगेको हो । युनेस्कोको मापदण्डका अधिकांश पूरा भइसकेकाले आवश्यक कागजात पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाइने नगरप्रमुख रामशरण भण्डारीले बताए । ‘नगरले व्यवस्थापकीय तयारी गरिरहेको छ, करिब दुई महिनामा उक्त…

Read More

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक संवाद अभियानका क्रममा अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आएको बताएका छन् ।  आइतबार चितवनमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै थापाले अधिकांश कार्यक्रममा गठबन्धन गलत भएको सुझाव आएको बताएका हुन् । अभियानका क्रममा गठबन्धनका विषयमा आएका सुझावलाई अव पार्टीको दस्तावेजमा लेख्न सकिने उनले बताए । उनले पार्टीको गतिविधिमा नेता कार्यकर्तामाझ असन्तुष्टि भए त्यस्ता गतिविधिलाई सच्चाउनुपर्ने धारणा राखे ।  नागरिक संवादका क्रममा विकास योजना, बजेट लगायतका विषयमा सुझाव लिइरहेको थापाले बताए ।

Read More

काठमाडौं- राजसंस्था समर्थकहरुले राजधानीस्थित नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गरेका छन् । मुलुकमा हिन्दू राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डासहित प्रदर्शनमा सहभागीहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले दलका नेताहरुले मुलुकलाई भ्रष्टाचारमा डुबाएको भन्दै देशमा अन्तिम आन्दोलन गर्न तयार भएको बताए । उनले मुलुकलाई अघि बढाउन हिन्दू राष्ट्रसहितको राजसंस्था अनिवार्य भइरहेको बताए । त्यसअघि उनीहरुले काठमाडौका विभिन्न स्थानमा र्‍यालीसमेत निकालेका थिए ।

Read More

काठमाडौँ ।  नेपालमा विभिन्न रोगबाट निधन भएकामध्ये ११ दशमलब ११ प्रतिशतको मृत्यु क्यान्सरबाट हुने गरेको छ । विश्व क्यान्सर दिवसको अवसरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको छ ।  मन्त्रालयले सन् २०२० को तथ्याङ्कअनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको बताएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीका अनुसार फोक्सो र पाठेघरको मुखको क्यान्सरबाट निधन हुनेको संख्या सबैभन्दा बढी हुने गरेको छ ।  ‘जनसंख्यामा आधारित क्यान्सर पीडितहरुको अभिलेखअनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदरमध्ये ४० प्रतिशतभन्दा बढी फोक्सो र पाठेघरको मुखको क्यान्सरबाट हुने गर्दछ,’ उनले भने । मरासिनीले नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा…

Read More

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले  पशुपतिनाथ क्षेत्र तथा अन्य क्षेत्रमा पशुपतिनाथ गुठीका नाममा  रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने तयारी गरेकाे । कोषका अनुसार शुक्रबारदेखि महानगरको प्राविधिक टोलीको सहयोगमा जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु गरिएकाे छ । एक-दुई दिनमा सीमाङ्कन र जग्गा खोजी काम सकिने पनि विकास काेषले जनाएको छ कामपा-८ गाँचा पोखरीमा तीन रोपनी ६ आना एक पैसा, वडा नं ३ भगवानस्थानमा तीन रोपनी आठ आना जग्गा र सिफलस्थित लामा पोखरीमा अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको प्रवक्ता अधिकारीले जानकारी दिए । कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक…

Read More

काठमाडौँ । सिम्पल आर्ट्सले हरेक वर्ष साहित्य ,सङ्गीत,कला र सामाजिक क्षेत्रका पाँच जना प्रतिभालाई गर्ने सिम्पल सम्मानकाे छब्बीसौै सम्मानका लागि प्रतिभा चयन गरेको छ । सस्थाको बैठकले साहित्यकार मधुसूदनप्रसाद घिमिरे,कलाकार सरिता लामिछाने ,निर्माता तथा वितरक सरोज शर्मा,गायक तथा सङ्गीतकार सूर्य दयालु र शिक्षासेवी केदारप्रसाद तिमल्सिनालाई सिम्पल सम्मान २०८० प्रदान गर्ने निणर्य गरेको छ । साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागर संयोजक, कलाकार करुणा पोखरेल र कलाकार जमुना पोखरेल कोइराला सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले अनुमोदन गरेको बताइएको छ । सम्मान आगामी फागुन १२ गते शनिबार एक कार्यक्रम बीच समर्पण गरिने छ ।

Read More

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिकामा पर्ने साँखु क्षेत्र एक ऐतिहासिक महत्वका ढोकाहरू हुन् । यो कुनै समय छुट्टै राज्य वा भक्तपुरको शासन क्षेत्रभित्र पर्दथ्यो । वंशालीमा उल्लेख भएअनुसार कलिगत सम्बत १८०१ तिर बज्रयोगिनीको आज्ञाअनुसार जोगदेव बज्राचार्यको तत्वाधानमा काठमाडौँ जिल्लाको उत्तरी भेगमा दाहिने शंख आकारको साँखु देश स्थापना भएको थियो । साँखु देशलाई बोलचालीमा साको पनि भन्ने गरिन्छ भने हाल यसको नाम शंखरापुर रहेको छ । मल्लकालमा साँखु देशलाई सुरक्षा गर्ने उद्देश्यले नगरको चारै तिर पर्खाल लगाएका थिए भने नगर प्रवेश गर्न प्रमुख स्थानमा ध्वाका (द्वार) हरुको निर्माण गरेका थिए । यी ध्वाकाहरुमा १. भौ ध्वाका २. द्य: ध्वाका ३. म्ह्यायमचा…

Read More