काठमाडौं खबर माघ २१, २०८०
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक संवाद अभियानका क्रममा अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आएको बताएका छन् । आइतबार चितवनमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै थापाले अधिकांश कार्यक्रममा गठबन्धन गलत भएको सुझाव आएको बताएका हुन् ।
अभियानका क्रममा गठबन्धनका विषयमा आएका सुझावलाई अव पार्टीको दस्तावेजमा लेख्न सकिने उनले बताए । उनले पार्टीको गतिविधिमा नेता कार्यकर्तामाझ असन्तुष्टि भए त्यस्ता गतिविधिलाई सच्चाउनुपर्ने धारणा राखे । नागरिक संवादका क्रममा विकास योजना, बजेट लगायतका विषयमा सुझाव लिइरहेको थापाले बताए ।