काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ क्षेत्र तथा अन्य क्षेत्रमा पशुपतिनाथ गुठीका नाममा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने तयारी गरेकाे । कोषका अनुसार शुक्रबारदेखि महानगरको प्राविधिक टोलीको सहयोगमा जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु गरिएकाे छ । एक-दुई दिनमा सीमाङ्कन र जग्गा खोजी काम सकिने पनि विकास काेषले जनाएको छ
कामपा-८ गाँचा पोखरीमा तीन रोपनी ६ आना एक पैसा, वडा नं ३ भगवानस्थानमा तीन रोपनी आठ आना जग्गा र सिफलस्थित लामा पोखरीमा अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको प्रवक्ता अधिकारीले जानकारी दिए । कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना खाली गराउन विकास कोषसहित महानगरलाई निर्देशन दिएका छन् ।