काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा किर्तेका काण्डहरू भैरहन्छन् । जनप्रतिनिधिकै मिलेमतोमा एकडेढवर्ष अघि किर्ते मतदाता काण्ड चलेको थियो । सो किर्ते मतदाता काण्डका पिडीतहरू अहिले पनि समस्याग्रस्त छैन । उनीहरूको समस्याप्रति किर्ते गर्ने जनप्रतिनिधि उदासिन देखिन्छन् ।
यसैबीच बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा जनप्रतिनिधिकै हस्ताक्षर किर्ते भएको घटना बाहिरियो । ४ जना वडा सदस्यहरूले आफ्नो हस्ताक्षर किर्ते भएको भनेर त्यसको छानविनका लागि नगरप्रमुखलाई निवेदन गरेसँगै जनप्रतिनिधिकै हस्ताक्षर किर्ते भएको घटना बाहिरियो ।
यो घटनासँग्(किर्ते हस्तारक्षर) वडाध्यक्ष राजेन्द्र श्रेष्ठको प्रत्यक्ष संलग्नता भएको विषय सार्वजनिक भएपछि वडाध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्ना(पार्टीका) पत्रकारसँग सो कुराको सुरक्षा गरेका छन् । श्रेष्ठले जे विषयका किर्ते गरिएको हो सो विषयमा सही निर्णय भएको बताएका हुन् ।
किर्ते हस्ताक्षर भएको विषयसँग गणेश माविको व्यवस्थापन समितिमा तीनजना पठाइएको विषय थियो । विषय नखुलाई बिबिध भन्ने शीर्षकमा गणेश मावि व्यवस्थापन समितिमा वडाध्यक्ष राजेन्द्र श्रेष्ठसहित निशा बराल र मोहनप्रसाद लामिछानेलाइ पठाउने निणर्य भयो भनेर लेखिएको थियो ।
निर्णय पुस्तिकाको पहिलो पेजमा सबै जनप्रतिनिधिको सक्कली हस्ताक्षर भए पनि बाँकी पेजमा बुझिने गरी किर्ते हस्ताक्षर भएको भन्दै ४ जना वडा सदस्यले छानबिनका लागि नगरपालिकामा निवेदन दिएका हुन् । नगरप्रमुखले सो विषयमा छानबिन गर्नका लागि तोक लगाएका छन् ।
नगरपालिकामा निवेदन परेको दोस्रो दिन वडाध्यक्ष श्रेष्ठले आफ्नो मुखपत्रमा गणेश माविमा ३ जना पठाउने विषय सहीसध्ये भएको भन्दै किर्ते हस्ताक्षरलाई बैधता दिएका छन्। सो मुखपत्रमा छापिएको अर्को समाचारमा वडाध्यक्ष श्रेष्ठले छानबिनमा सघाउने कुरा पनि उल्लेख छ भने आफ्नो मानहानी भएको पनि उनले बताएका छन् ।
मुख्य कुरा, ४ जना वडा सदस्यले दिएको निवदेनमा कतै पनि वडाध्यक्षमाथि आरोप लगाइएको छैन । वडा सदस्यहरूले हस्ताक्षर किर्ते भएको भन्दै छानबिन गर्न भनेर निवेदन दिएकोमा वडाध्यक्षले मानहानी भएको महशुस भनेर मिडियाबाजी गरेपछि भने विषयमा ट्विस्ट आउने देखिएको छ ।