Author: Kathmandu Khabar

काठमाडौं ः पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो। भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेटल र मट्टितेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० रुपैयाँ पुगेको छ।  नयाँ मूल्यसूची राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

Read More

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेश समितिले चैतकाे तेस्रो साता किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईज्यू (किसुन जी) को स्मृतिमा चैतको १७ गते आयोजना गर्ने बागमती प्रदेश समितिका अध्यक्ष दिपक गुरुङले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए । महिला तथा पुरुष तर्फका विजेतालर समान ७५ हजार , दोस्रो हुनेले ५०, तेस्रो हुने २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। समापनमा खेलकुद क्षेत्रमा विशेष योगदान दिने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई नगद सहितसम्मान गरिने अध्यक्ष गुरुङले जानकारी दिए। यसपटकबाट छात्रछात्राहरुको लागि रन फर फन ५ किमी…

Read More

काठमाडौं । सर्वोच्च अदालतले नक्कली बिल बिजकका आधारमा कर छलीको अभियोगमा भाटभटेनी सुपरमार्केटमाथि भएको कर निर्धारणको फैसला सदर गरेको छ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गरेको फैसला पूणर् इजलासले पनि सदर गरेको हो । राजस्वसम्बन्धी पुनरवलोकनको उक्त विवाद मङ्गलबार सर्वोच्चको पूणर् इजलासले टुङ्गो लगाएको हो । नक्कली बिल बिजकसँग सम्बन्धित ठुला व्यावसायिक घरानाका सयभन्दा बढी विचाराधीन मुद्दालाई समेत मार्गदर्शन गर्ने गरी पूणर् इजलासले फैसला गरेको हो । मङ्गलबार न्यायाधीशहरू डा. कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूणर् इजलासले २०७६ पुस २८ को संयुक्त इजलासको फैसला नै सदर गरेको हो । संयुक्त इजलासले…

Read More

चितवन- तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागि समेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ । पूर्व-पश्चिम राजमार्ग नजिकै बाइपास सडकमा जिल्ला सहकारी सङ्घले विसं २०५४ देखि नियमित तेल बिक्री गर्दै आएको छ । यतिमात्र होइन जिल्लाका विभिन्न ठाउँमा तोरी पेलेर तेल बिक्री गर्ने गरिन्छ । आफ्नै अगाडि पेलिरहेको तोरीको तेल देखेपछि जो कसैले पनि नियमित भान्छामा प्रयोग गर्ने भएकाले तेल लैजाने गर्दछन् । बजारमा आउने तेल मिसावट हुनसक्ने आशङ्काले यही पेलेको तेल प्रयोग गर्नेको सङ्ख्या बढी हुने गरेको छ । जिल्ला सहकारी सङ्घद्वारा सञ्चालित तोरीको…

Read More

काठमाडौं । नेपाल सरकारले हेटौँडा कपडा उद्योग चलाउने जिम्मा नेपाली सेनालाई दिने तयारी गरेको छ । काठमाडौं-तराई फास्टट्रयाक निर्माणको जिम्मा दिएर नेपाली सेनाले काम गर्न नसक्दा समय र खर्च बढ्दै गैरहेको बेलामा उद्योग चलाउने जिम्मा पनि सेनालाई दिइएको हो । ५ वर्षमा सम्पन्न हुनुपर्ने फास्टट्रयाकको ट्रयाक खोल्ने काम ८ वर्षमा पनि नसकिने देखिएको छ । फास्टट्रयाकमा असफलझैँ भएको सेनालाई अब सरकारले २३ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा दिने तयारी गरेको हो । नेपाली सेनालाई उद्योग सञ्चालन गर्न दिने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले बुधवार उद्योग तथा अर्थ मन्त्रालयका मन्त्री तथा सचिवहरु एवम् अन्य सरोकारवालासँग छलफल राखेका…

Read More

मृत्युसंस्कारमा पहिलो दिनदेखि १० दिनसम्मको अवधि भोक्तृत्वक्षमतावान् शरीर बन्नका लागि शास्त्रले निश्चित दिनसंख्या निर्धारित गरेको छ भने ११ औँ दिनमा उसलाई आवश्यक खाद्यवस्तु, अन्य आवश्यक सामग्री आदि दान गर्ने, प्रेतावस्थाको त्यस जीवात्मालाई १२ दिनमा पितृका साथमा सम्मिलित गराएपछि १३ दिनमा उत्तरपाथेय श्राद्ध, हवनादि शुद्धिकर्म गर्नुपर्ने शास्त्रविधान भएकाले १३ दिनसम्म नै पु¥याउनुपर्ने बाध्यता रहेको हो । यस प्रकार तोकिएका दिनादि संख्या तत्तत्दिनमा दिने पिण्डदान र त्यसबाट निर्माण एवं पूर्ति हुने अङ्ग प्रत्यङ्गहरूद्वारा सम्पूर्णाङ्ग पूर्ण भई तृप्त हुने विषयको स्पष्ट व्यवस्था छ । कुन कुन अङ्ग प्रत्यङ्गहरू कुन कुन पिण्डले कहिले कहिले कसरी पूर्ण हुन्छन्भन्ने विषय यहाँ स्पष्ट रूपमा देखाइन्छ । दिनव्यवस्था…

Read More

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । लुम्बिनी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका अधिकांश तराई भूभागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका केही स्थानमा फटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च…

Read More

काठमाडौं । ल्हारक्याल लामा आफैंमा विवादित छविका व्यक्ति थिए। भिक्षुको भेषमा उनले बौद्धमार्गको सिद्धान्त र दर्शन विपरीतका कार्य गरेकैले यसअघिका नियुक्तिमा पनि चर्को आलोचना खेपेका हुन्। कहिले बैंकको लकरमा बन्दुकका गोली राख्ने त कहिले पदका लागि जुन पार्टीको फेरो पनि समात्ने कर्म उनले गरे। त्यतिमात्रै नभई उनको नागरिकतासमेत विवादास्पद बन्यो। भारतीय रासनकार्डदेखि तिब्बती परिचयपत्रधारी भनेर पनि उनी विवादको घेरामा परे। अरू कोही नभए झैं गरी त्यस्ता विवादास्पद व्यक्तिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरे। जसै उनले यो पद पाए फेरि उही चरित्र देखाइहाले। अहिले आएर उनी बौद्ध सम्पदाको पवित्रतामाथि धावा बोल्दै बौद्धमागीको आस्थामा प्रहार गर्दैमात्रै…

Read More

काठमाडौं । लुम्बिनी प्रदेशमा पर्ने देवदह नगरपालिकामा एउटा ऐतिहासिक दरबार छ । हाल नगरपालिकाको ११ नं वडामा पर्ने एक राणाकालीन दरबार अहिले संरक्षणको अभावमा जीर्ण बनिरहेको छ । इँटाको पर्खाल झिँगटीको छानोबाट बनेको यो दरबार एक तलाको रहेको छ । यो तत्कालीन समयमा एउटा समृद्ध दरबारको रूपमा रहेको भए पनि यहाँ अहिले स्पष्ट इतिहास बताउने कुनै प्रमाण भेटिँदैन । वडाको बड्की गुम्मी गाउँमा रहेको राणाकालीन भवन वि।सं। २००४ सालमा बनेको हो । अहिले थारूहरूको बसोबास रहेको यो गाउँमा कुन राणा खलकले दरबार बनाए भन्ने यकिन भएको छैन । तर पुराना भौतिक संरचनाहरुको संरक्षणको अभावले भने राज्यलाई गिज्याइरहेको देखिन्छ । यस्ता…

Read More

फाप्लु सोलुखुम्बु जिल्लाको पुरानो र ठूलो बजारमध्येको एक हो । हवाईजहाजले आधा घण्टामै पुर्‍याउने फाप्लु, जिरीसम्म एक दिनको बसयात्रा र त्यहाँबाट दुई दिनको पैदल यात्रामा पनि पुग्न सकिन्छ। सदरमुकाम सल्लेरी र फाफ्लुलाई जुम्ल्याहा बजार पनि भन्ने चलन छ । तीनतिरबाट पहाडले छेकेको खोँचमा बसेको फाप्लु विमानस्थलदेखि नै नुम्बुर (६९५९ मि.) र कार्यालुङ (६५११ मि.) हिमालले स्वागत गर्छन्। सगरमाथा हेर्न चाहिँ फाप्लुबाट तीन घण्टाको बाटो रत्नागे वा ६ घण्टाको जुनबेसी पुग्नुपर्छ। फाप्लुबाट तीन घण्टा परको फुर्तेनबाट पनि सगरमाथाको राम्रो दृश्यावलोकन गर्न सकिन्छ। फाप्लु र सल्लेरी वरपरका एक दर्जन गुम्बा तथा पुराना शेर्पा घरहरूको आकर्षण बेग्लै छ। उत्तरतिरको अग्लो डाँडामाथिको चेवाङ गुम्बाबाट…

Read More

केशव पाठक/धर्म-संस्कृति-इतिहास काठमाडौं । सनातन संस्कृति, आर्य सभ्यता र हिन्दू दर्शनमा पशुपतिनाथको प्रत्यक्ष महत्व एवम् प्रभाव रहेको छ । पशुपतिनाथलाई शिवरूपमा पूज्ने, आत्मा रुपमा चिन्तन गर्ने, ईश्वर संझेर उपासना गर्ने परम्परा आदिमकालदेखि थियो । भनिन्छ, पशुपतिनाथलाई वैदिकालदेखि साकार  निराकार दुवैरूपमा चिन्तन गरिन्थ्यो । अथर्बवेद तथा शुक्ल यजुर्वेदका बिभिन्न मन्त्रहरूबाट यो कुरा पुष्टि हुन्छ ।  त्यसैगरी शिवपुराण रुद्रसंहितामा पशुपतिनाथिका बारेमा उल्लेख  छ । । देवीदेवता र ऋषिमुनिहरुसमेतले दर्शन तथा साधना गरेका हुँदा आदिम कालदेखि पशुपति शिवस्वरुप  रहेको कथाहरू प्रशस्त छन्  । भारतवर्षका  १२ ज्योतिर्लिङ्गमध्ये मूलआधारका रूपमा नेपालमा रहेको पशुतिनाथ नै महाज्योर्तिलिङ्ग अर्थात् पूणर्ज्योर्तिलिङ्ग मानिन्छ । केही धार्मिक कथाहरू ब्रह्मा, विष्णु र इन्द्रद्वारा…

Read More

काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन् ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किरातीले कोषको जग्गामा गैरकानुनी रूपमा सञ्चालन भएका व्यावसायिक संरचना तत्काल हटाउन निर्देशन दिएका हुन् । यसैबीच, बोर्डले तत्काल कानुनी प्रक्रिया पुर्याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घर खाली गराउने निणर्य गरेको छ । कोषको काठमाडौँ महानगरपालिका-८ गाँचा पोखरीस्थित जग्गा तथा वडा नं ३ भगवानस्थानमा बनाइएका घर र अन्य संरचना हटाउने निणर्य गरेको हो । सिफलस्थित लामपोखरीको जग्गामा रहेका संरचना हटाउन कानुनी प्रक्रिया पूरा भएको छ…

Read More

काठमाडौँ । पूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारी ‘संसद्मा केपी शर्मा ओली’ग्रन्थ लोकार्पण भएको छ । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली वर्तमान राजनीतिका सर्वाधिक लोकप्रिय र प्रतिभाशाली व्यक्तित्व भएकोले उनी सम्बोधनका शृङ्खलालाई लिपिबद्ध गरिनु महत्वपूर्ण भएको बताए । यस कृतिले नेपाली राजनीतिको एक इतिहास र समृद्धिका लागि ओलीको योगदानको झझल्को मिल्ने उहाँले बताउनुभयो । प्रा डा ऋषिराम शर्मा, प्रा डा हेमनाथ पौडेलका सहयोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा रहेका व्यञ्जना विषयक विद्यावारिधिको शोधार्थी सानुमैया खड्का (सविता)ले उक्त कृति तयार गरेका हुन् । एमाले अध्यक्ष ओली, महासचिव शङ्कर…

Read More

काठमाडौं ।बुढानीलकण्ठ नगरपालिकाका वडाध्यक्षहरूले विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लडाइँ गरिरहेको समाचार प्रकाशित भएकै बेला सो नगरपालिकाका मेयर मिठाराम अधिकारी आफै क्याम्पस सञ्चालक समितिको अध्यक्षमा बसेको  छन्  । कुनै समय “जे को भए पनि अध्यक्ष बन्न पर्ने व्यक्ति” भनेर आलोचित बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी संकटापन्न कपन बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा आफै बस्न चाहेको बुझिएको छ । नियमतः जनप्रतिनिधि कुनै पनि यस्ता समितिहरुमा बस्न नपाइने भए पनि बुढानीलकण्ठमा यस्ता नियमहरू मानिने गरिएको देखिदैन । मेयर अधिकारी उनकै निवासमा रहेकाे एक सहकारीको अध्यक्ष अझै सक्रिय रहेका छन् । बुढानीलकण्ठ वडा नं ११ का वडाध्यक्षले ग्राम शिक्षा मन्दिर मावि व्यवस्थापन समितिको अध्यक्षमा…

Read More

काठमाडौं । विक्रम संवत् २००७ सालमा प्रजातन्त्र प्राप्तिका लागि धेरै शहीदहरुले सहादत प्राप्त गरे । त्यसमध्ये सुरुमा शहीद बन्ने ४ जनाको हालसम्म पनि शहीद दिवसमा स्मरण गर्ने गरिएको छ । तर प्रजातन्त्र प्राप्तिमा जनताको बलिदानी भए पनि त्यसपछि जारी गरिएको लालमोहरमा भने राजाको लाजमर्दाे ढंगले चाकडी गरिएको थियो । राणाहरुबाट भागेर भारतमा शरण लिन पुगेका राजा त्रिभुवनलाई उनले जारी गरेको लालमोहरमा प्रयुक्त शब्दहरु आफैँलाई गिज्याउने खालका थिए । सो लालमोहरको पृष्ठभूमिमा भनिएको थियो ः ‘स्वस्तीश्री गिरिराजचक्रचुडामणि नरनारायेत्यादि विविधविरुदावली विराजमानयानोन्नत ओजस्वीराजन्य तारा ओमरामपट्ट अतुलज्योतिर्मय त्रिशक्तिपट्ट अतिप्रवल गोरखाददक्षिणबाहु महाधिपति श्रीमन्महाराजाधिराज श्री मन्महाराज त्रिभुवन वीरविक्रम जंगबहादुर शाहबहादुर शमशशेर जंगदेवानाम सदा सरविजयिनाम्…

Read More

विश्वव्यापी जलवायु परिवर्तनका समस्यासँग जुध्न अधिकांश मुलुक ‘गो ग्रिन’ अर्थात् हरित विकासतर्फ अग्रसर छन् । हालै युएईमा सम्पन्न जलवायु सम्मेलन (कोप–२८) ले पनि यस अवधारणालाई घोषणापत्रको प्राथमिकतामा राखेको छ ।  यसै गरी विकासका कुनै पनि संरचना निर्माण गर्दा प्रकृतिलाई कम क्षति पुर्‍याउने सरकारको नीति पनि छ तर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाँध निर्माण गर्दा यस्ता पक्षलाई उपेक्षा गरिएको छ । त्यसैले प्रस्तावित नागमती बाँधका सन्दर्भमा संरक्षित वन सम्पदा र जैविक विविधतामा पुग्ने क्षतिलाई बेवास्ता गरिएको छ । करिब २५ अर्ब रुपियाँको ऋण लगानीमा बन्न लागेको बाँधले सरकारको हरित विकासको लक्ष्यमा समेत प्रभाव पार्ने भएको छ । बाँधका नाममा ऋण लिएर भएको सम्पत्ति विनाश गर्न…

Read More

बुट्टेदार सेतो खास्तो जुन विशेषगरी महिलाहरूले लगाउने गर्छन् त्यसलाई जंगबहादुरकी छोरी डम्बर कुमारीले नेपाल भित्र्याएको भन्ने इतिहास भेट्ने गरिन्छ । यस्तो खास्तो मल्लकालमै नेपालमा अस्तित्वमा थियो भन्न सक्ने अवस्था छ । यस्तै तर फरक रंगको खास्तो धेरैपहिलेदेखि प्रचलनमा रहेको छ । गृहस्थी वा पारिवारिक जीवन त्यागेर बौद्ध प्रब्रजित पवित्र जीवन बिताउने, बुद्ध बिहारलाई आफ्नो निवास बनाउने, समाजमा तथागत बुद्धको धर्म दर्शन प्रचार गर्ने सपथ खाएका कपाल मुडुलो, पहेँलो बस्त्र पहिरेको पुरुषहरुलाई हामी भिक्षु भनेर चिन्छौ । भिक्षुहरुले दस सिल र २२७ वटा नियमहरु पालना गर्दछन । उनीहरुलाई भन्ते सम्बोधनले श्रद्धा सम्मान गरिन्छ । भन्तेहरुलाई चतुप्रत्यय (चार कुराहरूको ) को आवश्यक…

Read More

काठमाडौं । मणिचुडबाट निस्केर शालीनदी हुँदै काठमाडौं र भक्तपुर जिल्लाको सीमाना हुँदै बग्ने गर्दछ । जुन मध्यपुर थिमि नगरपालिकाको उत्तर पश्चिम सीमाना भएर बग्छ । मनोहरा नदी, बागमती नदीका अन्य सहायक नदीहरू समृद्ध सांस्कृतिक, पर्यावरणीय र जैविक महिमाले युक्त छन् । अव्यवस्थित ढल सञ्जाल, अव्यवस्थित ठोस फोहोर विसर्जन, नदी किनारमा सडक आदिका कारणले यसलाई केही प्रदूषित गराए पनि यो एउटा सभ्यताको साक्षीको रुपमा रहेको छ । देवासुर संग्रामको बेलामा विष्णु भगवानले बज्रयोगिनी देवीसँग विजय वाहिनी मन्त्र वरदान पाउन कुण्डल स्नान गरेको मणिकुण्डल अति पवित्र स्थल मानिएको छ । त्यस्तै देव दानव मिलेर समुन्द्र मन्थन गर्दा निस्केको उल्णव कालकुट विष सेवन…

Read More

काठमाडौं । राणा शासन कालमा काठमाडौं उपत्यका अन्य जिल्लाभन्दा भिन्न मानिन्थ्यो । सामान्यतया बोलिचालीको भाषामा नेपाल भनेर चिनिने काठमाडौ आउँदा बडा हाकिमको पूर्जी लिनुपर्ने थियो । वि.सं. २००९ साल वैशाख ९ गते राजपत्रमा प्रकाशित एक सूचनाअनुसार काठमाडौं आवतजावत गर्नको लागि राहदानीको व्यवस्था गरिएको उल्लेख छ । त्यो राहदानी अहिलेको जस्तो छुट्टै खालको नभएर विभिन्न अधिकारीहरुबाट अनुमति पूर्जी लिनुपर्ने व्यवस्था थियो । सो राजपत्रको भाग नौ मा भनिएको छ: अब उप्रान्त भारतबाट भारतीयहरुले काठमाडौं आउँदा जिल्ला या सिटी म्याजिस्ट््रेटबाट पर्मिट अथवा आइडेन्टी कार्ड लिएर आउनुपर्नेछ । सो लिइए आएमा नेपाल सरकारको राहदानी चाहिँदैन । सो पर्मिट अथवा आइडेन्टी कार्ड नेपाल सरकारका…

Read More

काठमाडौं ।  बुढानीलकण्ठ नगरपालिकाले सबैलाइ विस्मित बनाउँदै बुढानीलकण्ठ क्षेत्र विकास समितिको नयाँ पदाधिकारी चयन गरेको छ । लामो समयदेखि पदपुर्ति नभएर अन्यौलग्रस्त बनेको बुढानीलकण्ठ मन्दिर क्षेत्र विकास समितिमा एमाले कार्यकर्ता तथा मन्दिर र व्यवस्थापन सम्बन्धि सुन्य ज्ञान भएका विदुर खड्कालाइ अध्यक्ष बनाइएको छ । वडा नं ३ मा रहेको मन्दिरको क्षेत्र विकास समिति चयन गठन गर्दा सम्बन्धित वडा नं ३ का वडाध्यक्ष आकाश धिताललाइ भने पूणर्रूपमा वाइपास गरिएको छ । नगरपालिकाले क्षेत्र विकास समितिले विशिष्ट ठाउँमा सतहि व्यक्ति पठाउने निणर्य गरिएको भनेर नगरवासीले हाँसोमा उडाएका छन् । एमाले क्षेत्र नं ४ का संयोजकसमेत रहेका विदुर खड़का एमाले राजनीतिभित्र पनि प्रशंसित…

Read More

अन्तर्वार्ता/ शेषराज भट्टराई (इक्यान अध्यक्ष) मुलुकको आर्थिक अबस्था संकटपूर्ण बनिरहेको बेला शैक्षिक परामर्श ब्यवसाय कसरी सञ्चालन गरिरहनुभएको छ ? हो, अहिले आर्थिक संकटले मुलुकलाई गाँजेको छ, त्यसको मारमा हामी जस्ता शैक्षिक परामर्सदातृ संस्थादेखि विभिन्न पेसा, ब्यबसाय, तह र तप्काका मानिसहरु परिरहेका छौ । यसका बाछिटाले हामीलाई पनि संिकटमा पारी रहेको छ । तथापि नेपाली बिद्यार्थिहरुमा उच्चशिक्षा अध्ययनको लागि बाहिर जाने क्रम नघटेको हुनाले र विदेशिहरुले पनि नेपाली बिद्यार्थीलाई अध्यनमा नरोकेको हुनाले हाम्रो ब्यबसायमा त्यस्तो संकटकै अबस्था छैन, निराशै हुने अबस्था छैन । तर राज्यको दृष्ट्रिकोण र नीतिगत तहमा हाम्रो उनुपस्थिति नहुँदा एवं विदेशि गन्तब्य मुलुकको भिसा सिष्टममा स्पष्टता नभएको र…

Read More

काठमाडौँ ।  काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका वडाध्यक्षहरू विद्यालय व्यवस्थापन समितिमा बस्ने लडाइँमा लागेको देखिन्छ । यसरी वडाध्यक्ष आफै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बस्न खोज्दा वडा नं ११ को ग्राम शिक्षा स्कूल व्यवस्थापन समिति बन्न सकेको छैन । कुनै पनि हालतमा आफै व्यवस्थापन समितिको अध्यक्षमा बस्नु पर्ने भन्ने वडाध्यक्ष राजु अधिकारीको हठका कारण लामो समयदेखि  व्यवस्थापन समिति अध्यक्ष को बन्ने बारेमा हानाथाप भैरहेको छ । बुढानीलकण्ठका १९ वटा सामुदायिक विद्यालयमा राजनीतिक दाउपेचकै आधार लामो समयदेखि व्यवस्थापन समितिमा स्थानीय नेताहरू बस्दै आएका छन् । स्थानीय नेता तथा नेता खटाएका कार्यकर्ता विद्यालय व्यवस्थापन समितिमा बस्दा बुढानीलकण्ठका सरकारी सामुदायिक विद्यालयहरूको शैक्षिक अबस्थामा तहसनहस छ ।…

Read More

काठमाडौं । आफ्नै कारणले सत्ताच्युत भएर प्रधानमन्त्रीबाट हट्न परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् । उनले फिल्म ‘नमेटिने घाउ’मार्फत अभिनयमा डेब्यु गर्दै छन् ।  काठमाडौँमा आयोजित कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभमुहूर्त यो जानकारी दिइएको हो। यस फिल्ममा ओली प्रधानमन्त्रीको भूमिकामा देखिनेछन् । रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिडपीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ। यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन्। ओली प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीहरूलाई कडा सजाय गर्ने कानून ल्याएको र पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले ओलीको हातबाट चलचित्रको शुभमुहूर्त गर्न लागिएको निर्माण टीमले जनाएको छ ।…

Read More

राणाकालमा वि.सं. १९७२ अघि यस इलाकाका निम्ति अड्डा चौतारामा रहे पनि पछि बनेपामा सारियो । वि.सं. १९८० पछि अड्डा फेरि धुलिखेलमा सार्ने काम भयो । एकतन्त्री लामो निरंकुश शासनमा आम नेपाली जनताको चेतनास्तर जस्तै यहाँका जनताका भए पनि राणाशासनसँगको असन्तुष्टि भने बढ्दै गइरहेको थियो । तैपनि यो असन्तुष्टिलाई सचेत ढ्ङ्गले बाहिर प्रकट गर्ने अवस्था भने जिएन । एकातिर राणाहरूको शासनकालमा रोजगारी र बिर्ता पाएकाहरू नै यस जिल्लाका सबै हिसाबले अग्रणी भूमिकामा थिए भने अर्कातिर राणाका सुराकी पनि जिल्लाका थिए । त्यसैले यस क्षेत्रमा राणाविरोधी अभियान सर्वप्रथम सामाजिक र शैक्षिक जागरणमार्पmत्बीजरूपमा देखापरेको पाइन्छ । वि.सं. १९८२ सालमा काठमाडौंमा एउटा पुस्तकालय स्थापना…

Read More

काठमाडौँ ।  सत्ता र शक्तिले सँधै मोटा मोटा पदमा पुगेर पनि बुढानीलकण्ठमा सार्वजनिक जमिन अतिक्रमण गरेर बसेका ल्हारकेल लामालाई हडपेको सरकारी (सार्वजनिक) जग्गा फिर्ता ल्याउन बुढानीलकण्ठ नगरपालिकाले प्रक्रिया अघि बढाएको छ । काठमाडौँ खबरले विगत ४ वर्षदेखि उठाउँदै आएको विषयमा नगरपालिकाले लामालाई आफ्नो जग्गा के कति हो ? भनेर विवरण उपलब्ध गराउ पत्र काटेको हो । नगरपालिकाले आइतबार लामालाई पत्र काटेर हडपिएको भनिएको सार्वजनिक जग्गाबारे यथार्थ विवरण पेस गर्न भनेर एउटा पत्र काटेको हो । बुढानीलकण्ठ नगरपालिकाका पठाएको पत्रमा उल्लेख छ, “तपाईंको स्वामित्वमा रहेको साबिक चपली-८ ‘क’ र हालको बुढानीलकण्ठ नगरपालिका-२ कित्ता नम्बर २६ को जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपि उपलब्ध…

Read More

मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि दारको ठेकी संरक्षण थालिएको छ । दारको ठेकीका लागि प्रसिद्ध मकवानपुरमा ठेकी संरक्षण गर्न तालिम सुरु गरिएको हो । पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा २० जना महिला र ५ जना पुरुषसहित २५ जनाले तालिम लिइरहेका छन् । २० दिनसम्म चल्ने तालिमबाट लोप हुने अवस्थामा पुगेको दारको ठेकीलाई पुनः मकवानपुरमा स्थापित गर्ने उद्देश्य आयोजकले तालिम सुरु गरेको हो ।   दारको ठेकीको लागि प्रसिद्ध रहेको मकवानपुरमा पछिल्लो समय ठेकी लोप हुने अवस्थामा पुगेको भन्दै तालिमको आयोजना गरेर मकवानपुरे पहिचानलाई स्थापित गर्न खोजेको आयोजक एवं बागमती प्रदेशसभा सदस्य भारती पाठकले बताइन् । केही वर्ष अघिसम्म…

Read More

काठमाडौं । बुढानीलकण्ठमा खाली जमिनहरू भरिँदो छ । तर व्यवस्थितरूप भने कतै देखिदैन । मानौं,  हामी सहर हैन असरल्ल कंक्रिटको जंगल बनाइरहेका छौँ । सार्वजनिक जमिन संरक्षणको समस्यादेखि फोहरमैला र खानेपानीका समस्या यहाँका जनताले समाना गरिरहेका छन् । यद्यपि यो बुढानीलकण्ठको मात्र नभै समग्र काठमाडौँकै कथा हो । यही भीडमा केही जनप्रतिनिधि आफ्नो सपनासहितका काममा समर्पित छन् । ती त्यस्ता सपनामा काम गरिरहेका जनप्रतिनिधिमध्य एक हुन् श्रीराम केसी । बुढानीलकण्ठ नगरपालिका वडा नं ४ का वडाध्यक्ष केसीको नामसँग जोडिन्छ धनेश्वर खेल मैदान वा रंगशाला । एग्रेसिभ स्वभावका देखिने केसी पछिल्ला झन्नै एकदशकदेखि बुढानीलकण्ठ पासिकोटको धनेश्वरमा एउटा फुटबल मैदानको सपनामा समर्पित छन्…

Read More

काठमाडौं ः नेपालमा कुष्ठरोग पनि जनस्वास्थ्यको एक चुनौतीको रुपमा रहेको छ। नेपाल सरकारले  सन् २०१० मै देशबाट कुष्ठरोग निवारण भइसकेको घोषणा गरिएको भए पनि १४ जिल्लामा अझै कुष्ठरोगका बिरामी भेटिएको सरकारकै तथ्यांकले देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका अनुसार अझै पनि देशको १४ वटा जिल्ला लगातार हरेक बर्ष कुष्ठरोगका बिरामी थपिँदै गएका छन्। झापा, मोरङ,सिराह,धनुषा, महोत्तरी, सल्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, बांके र कैलाली जिल्लाहरु रहेका छन। यी जिल्लामा प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा बढी कृष्ठरोगका बिरामी देखिएको सरकारी तथ्यांकले देखाउँछ। यस्तै काठमाडौ,ललितपपुर सहितका देशका ५६ वटा…

Read More

काठमाडौं । काठमाडौंबाट दोहातर्फ उड्न ठिक्क परेको विमानमा यात्रुले आफूलाइ कोरोना भएको भनेपछि कतार एअरवेजको विमानलाई रनवे नपुग्दै ट्याक्सी वेबाट फर्काइएको छ । हिजो बिहान ११ बजे त्यसतर्फ हुन लागेको उडान यात्रुले आफूलाई कोरोना संक्रमण भएको बताएपछि झण्डै दुई घण्टा रोकिएको थियो । क्युआर ६५३ को विमान उडानला लागि रनवेतर्फ जाँदै गर्दा लेबनानी नागरिकले एअर होस्टेसलाई बोलाएर आफूलाई कोरोना संक्रमण भएको बताएकी थिइन् । राहदानी नम्बर २६५६००६ वाहक ४२ वर्षीया सबायोन रानियाले सँगैको सिटमा रहेका अर्का यात्रुलाई कोरोना संक्रमणबारे बताएकी हुन् । त्यसपछि पाइलटले विमानलाई पुनः पार्किङ्गमा ल्याएको बुझिएको छ । कोरोना संक्रमणको आशंकामा तेर यात्रुलाई चेकको निम्ति धुम्बाराहीस्थित ह्याम्स अस्पताल…

Read More

काठमाडौं । भारतको उत्तरप्रदेशमा एउटा सूर्य केसर प्यालेस नाम गरेको एउटा भव्य होटल रहेको छ । तत्कालीन समयमा भारतीय प्राणी सर्वेक्षणलाई कार्यालय राख्नको लागि नि:शुल्क दिइएको सो दरबार भारत स्वतन्त्र भएपछि होटलको रूपमा विकास भएको तथ्य रविजंग कार्कीले आफ्नो अध्ययनको क्रममा भेटेको उल्लेख छ । यो भव्य दरबार श्री ३ महाराज चन्द्र शम्शेरका साइला छोरा फिल्ड मार्सल केशर शम्शेर ज.ब.रा. जो श्री ३ महाराज हुन नसके श्री ३ को जस्तै रवाफिलो जीवन जीउने गर्दथे । केशर शमशेर इतिहास, पुरातत्व र वातावरणसँग एकदमै नजिक थिए । उनले सिम्रौनगढका राजा विराटको भव्य दरबार थियो भन्ने तथ्य स्थापित गरेका थिए । त्यस कारण…

Read More