काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले सबैलाइ विस्मित बनाउँदै बुढानीलकण्ठ क्षेत्र विकास समितिको नयाँ पदाधिकारी चयन गरेको छ । लामो समयदेखि पदपुर्ति नभएर अन्यौलग्रस्त बनेको बुढानीलकण्ठ मन्दिर क्षेत्र विकास समितिमा एमाले कार्यकर्ता तथा मन्दिर र व्यवस्थापन सम्बन्धि सुन्य ज्ञान भएका विदुर खड्कालाइ अध्यक्ष बनाइएको छ । वडा नं ३ मा रहेको मन्दिरको क्षेत्र विकास समिति चयन गठन गर्दा सम्बन्धित वडा नं ३ का वडाध्यक्ष आकाश धिताललाइ भने पूणर्रूपमा वाइपास गरिएको छ । नगरपालिकाले क्षेत्र विकास समितिले विशिष्ट ठाउँमा सतहि व्यक्ति पठाउने निणर्य गरिएको भनेर नगरवासीले हाँसोमा उडाएका छन् ।
एमाले क्षेत्र नं ४ का संयोजकसमेत रहेका विदुर खड़का एमाले राजनीतिभित्र पनि प्रशंसित पात्र हैन । गत संघ तथा केन्द्रको चुनावमा एमाले उम्मेदवार राजन भट्टराइ र जयराम थापाबिरूद्ध उनी सतहमै उत्रेर गाली गलोज गरेका थिए ।
बुढानीलकण्ठजस्तो धार्मिक एवम् आध्यात्मिक केन्द्रमा नगरपालिकाले एकलौटीरूपमा सतही कार्यकर्ता भर्ती गरेको भन्दै बिरोध भएको हो । स्थानीयवासीले बिदुर खड्काजस्तो सो क्षेत्रमा कुनै महत्व नराख्ने व्यक्ति राखिनु चरम राजनीतिकरूप भनेर टिप्पणी गरेका छन् ।
माघ १५ गते बिहान बसेको बुढानिलकण्ठ नगरपालिकाको कार्यपालिका बैठकले खड्कालाई अध्यक्षको जिम्मेवारी दिने निणर्य गरिएको भनिए पनि मिटिङ बस्दाबस्दै एक अनलाइनले समितिको नामावली सार्वजनिक गरेको छ । यो विषयमा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराइले असहमतिझैं गरेर साे अनलाइनको फेशबुक लिंकमा एक कमेन्ट पनि लेखेका थिए पछि सो कमेन्ट उनले डिलिट गरेका छन् । समितिमा राख्ने पात्र चयन गर्दा वडा नं ३ का वडाध्यक्ष आकाश धितालसँग कुनै पनि सल्लाह नगरेको धितालले बताए ।
बिदुर खड्कालाइ अध्यक्ष बनाउने बारेमा उपमेयर अनिता तामाङको विशेष पहल रहेको चर्चाकाबीच क्षेत्र विकास समितीको सदस्य सचिवमा राजेन्द्र खड्कालाई चयन गरेको भनिएको छ । राजेन्द्र खड्का गत स्थानीय चुनावमा वडा नं ३ मा एमालेका पराजित वडाध्यक्ष उम्मेदवार हुन् । समितिका सदस्यहरु भनेर चयन गरिएका राजु अधिकारी, ज्ञानकाजी श्रेष्ठ, गणेश कुँवर, रामजी उपाध्याय,नारायण दुलाल, मंजु बस्नेत थापा र सुशील महर्जनको सार्वजनिक चिनारी देखिदैन । बिदुर खड्का र सदस्य सचिव राजेन्द्र खड्काको पनि स्थानीय एमाले कार्यकर्ता हुनुको परिचय बाहेक खासै देखिदैन । उल्लेखित सबै व्यक्ति कतै पनि धर्म, आध्यात्म तथा ज्ञान-विज्ञानको क्षेत्रमा सक्रिय नभएको भने निश्चित छ ।