Author: Kathmandu Khabar

काठमाडौँ । भक्तपुरको याछें टोल बास्तबमा ‘येँ छें’ बाट अप्रभंस भै याछें हुन पुगेको थियो । यहाँ रहेको गणेशको कारण यस टोलको नाम याछें हुन पुगेको थियो । यहाँ स्थापित गणेशको नाम अशोक बिनायक हो । येँ (काठमाण्डौ) स्थित मरु गणेद्यःको नाम पनि अशोक बिनायक नै हुन । मरु गणेशको नाम कसरी मरु गणेश रह्यो र यहाँको गणेशको नाम कसरी याछें गणेश रह्यो भन्ने बिषयमा एक किंवदन्ती रहेको छ । कसैकसैले मरु गणेशको मन्दिरमा गजुर नभएकोले यस गणेशको नाम मरु गणेश रहन गएको भन्ने गरिन्छ । तर बास्तबमा गजुर नभएर मात्र नभै गणेश नै नभएकोले मरु गणेश भनेको भन्ने पनि गरिन्छ ।…

Read More

काठमाडौँ ।तत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’ को स्मरणमा आधारित लेखक कुमार भट्टराईकृत ‘२८ साल’ सार्वजनिक भएको छ । उक्त विद्रोहमा संलग्न नेता र पात्राहरूसँगको अनुभव समेटेर लेखिएको सो पुस्तकको ‘झापा विद्रोह’ का एक साक्षी ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र लेखक भट्टराईले विमोचन गरे । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको सो पुस्तक झापा विद्रोहका ३५ जना पात्रलाई केन्द्रित गरेर औपन्यासिक शैलीमा लेखिएको छ । विसं. २०२७ चैतमा ‘पूर्वकोशी प्रान्तीय कमिटी’बाट झापाली युवाहरुले विद्रोह गरेर ‘कोअर्डिनेसन केन्द्र’ को गठन गरेपछि जमिन्दारी प्रथाविरुद्ध सशस्त्र कारवाही आरम्भ गरेका थिए । कार्यक्रममा ठूलो दुर्गा…

Read More

काठमाडौं । नेपालको प्राचीन तान्त्रिक चित्रकलाको आफ्नो छुट्टै वैशिष्ट्य रहेको छ । पानीरङबाट लेखिएका चित्रहरू निर्माण गर्ने नेपाली तान्त्रिक जगत्को पुरानो परम्परा हो । आधुनिक चित्रकलामा तैलरङको व्यापक प्रयोग भएको पाइन्छ । प्राचीन चित्रहरू तैलरङमा लेखिएका मिल्न साह्रै दुर्लभ मात्र छैनन् प्रायः छँदै छैनन् भने पनि हुन्छ । अत्यन्त थोरै रङको सम्मिश्रण गरेर तान्त्रिक चित्रहरू बनाइनु नेपाली मौलिकता हो । उदाहरणस्वरूप देवदेवीहरूका मुखाकृति, वस्त्र, छाया इत्यादिका निमित्त कालो रेखाड्ढनबाट मात्र काम लिइएको पाइन्छ । कुनै कुनैमा चाहिँ कालोको सट्टा खैरो रङबाट पनि यसको काम लिइएको देखिन्छ । खैरो रङले रेखाड्ढन गर्ने शैली धेरैपछि एशियाली चित्रकला जगत्मा आएको हो । कालो…

Read More

सम्पदाले भरिएको भक्तपुरमा नयाँ एक सम्पदा थपिएको छ । भक्तपुर वडा नं ९, तौलाछें टोलमा नयाँ टेराकोटा घरको निर्माण भएको छ । यस घर तौलाछें गणेशको द्य:छे र बिश्वकर्मा भैल प्याखंको आगंछें हो । उक्त घर ढलान गरि बनाएपनि बाहिरी स्वरुप भने सबै ईटाले बनाएको छ । इँटाबाटै आँखी झ्याल, तोरण, आदि बनाएको छ । विभिन्न प्रकारका आँखी झ्यालहरूमध्ये किसि झ्य पनि एक हो । झट्ट हेर्दा सामान्य आँखी झ्याल जस्तो देखिने यो झ्याललाई गहरिएर हेर्दा २८ वटा हात्तीको टाउको मिलेर बनेको छ । यसका साथै थप आठवटा हात्तीहरु पनि कुदिएको छ । एकदमै कलात्मक यस झ्यालको टोरण पनि इँटाले…

Read More

वि.सं‍ २००७ मा राणा शासनको पतन पछि अधिराजकुमार बसुन्धरा वीर विक्रम शाहले रुसी नागरिक बोरिस लिसानेभिच सँग मिलेर बहादुर भवन १ करोड ८० लाखमा खरिद गरे र नेपालको पहिलो विलासी होटल, होटल रोयल स्थापित गरे ।  राणा शासन कालमा चार बुर्जा दरबारको रूपमा चिनिने यो भवन वीर शमशेर ज.ब.रा.द्वारा एक निजी निवासको रूपमा १८० रोपनीको जमिनमा बनाइएको थियो। यसको निर्माण सम्पन्न हुने बित्तिकै वीर शमशेरले यो दरबार आफ्नो साहिला छोरा रुद्र शमशेरको नाममा हस्तान्तरण गरेका थिए , जो १९५९ मा वीर शमशेरको मृत्यु पछि यो दरबारमा बस्न थाले । वि.सं १९६२ मा चार बुर्जा दरबारमा आगलागी भयो र यो दरबार…

Read More

नेपाली शैलीका मन्दिर लगायत विहार, पुराना दरबार, झ्याल आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक वस्तुलाई नै तोरण भनिन्छ । माटो, ढुङ्गा, काठ र धातु सिमेन्टका तोरणहरू नै काठमाडौँ उपत्यकामा निर्माण भएका छन् । कतैकतै काठको तोरणलाई धातुका पाताले मोडेर राख्ने गरेको पनि पाइन्छ । तोरणको कलात्मक पक्ष सँगसँगै धार्मिक महत्व पनि छ । ढोका माथिको तोरणलाई पवित्र मानेर पुज्दछन् ।११० हाम्रा घर मन्दिरहरूमा देखिने कलात्मक तोरणद्वारहरू पनि पूर्णतया प्रतीकात्मक भावनाहरूमा निर्माण भएका छन् । नेपाली वास्तुकलाका अध्ययनकर्ता रोनाल्ड.एम.बर्नियरले नेपालका मन्दिर विहारहरूमा प्रयुक्त तोरणको सौन्दर्यताको मुक्त कण्ठले प्रशंसा गरेका छन् । उनले नेपालमा वास्तुकला र सजावटको वस्तुका…

Read More

जीआर रञ्जीत आधुनिक समयमा लुगा धुन विभिन्न वासिंङ मेसिनको प्रयोग गरिन्छ । वासिंङ मेसिन बन्नु अगि सर्फ र साबुनको प्रयोग गरिन्थ्यो । साबुन नै नबनेको समयमा कसरी लुगा धुन्थे ? त्यस समय लुगा धुने आफ्नै मौलिक विधि हुने गर्दथ्यो । त्यस विधिलाई खँ याङ्केगु भनिन्छ । यस विधिमा फोसी (एक प्रकारको मासु पकाउने भाडो) माथि पोतासी (रक्सी पार्ने भाडो) राखिन्छ । त्यस भित्र नौ (छ्वाली बाले पछि निस्किने ) राखिन्छ र माथिबाट पानी हालिन्छ । यसरी हालेको पानी तलबाट रातो पानी निस्किन्छ । यसै पानीलाई हाल सर्फ पानी जस्तै प्रयोग गरिन्छ । यस पानीमा हेमा (मसिनो भुस) को पनि प्रयोग…

Read More

चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना गरेको हो । गणना कार्यमा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयको सहयोग सहभागिता रहेको थियो । चरा गणना गर्न निकुञ्जले चार समूह बनाएर चराको सधैँ बसोबास गर्ने र तैरिने तालका निश्चित ठाउँमा खटाई सोमबार बिहान ९ देखि ११ बजेसम्म गणना गरिएको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए । चारवटै टोलीले ल्याएका चराको सङ्ख्या, प्रजातिलाई छुट्याउँदा यो मौसममा साइबेरिया र मानसरोवरबाट चिसो छल्न सोमबारसम्म कोम्मोन कोड (मरुल) एक सय ७८,…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने भएका छन् । माघ १३ देखि २६ सम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म यात्रा गर्न लागेका हुन् । यात्रा १३ माघमा झापाको छोटी भन्सारबाट सुरु हुने थापाले जानकारी दिए । १२ माघदेखि कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गर्दैछ । त्यही अभियान अन्तर्गत आफूले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा गर्न लागेको उनको भनाइ छ । ‘पार्टीको आन्तरिक कुरा सबै तहमा थाहा छ । संगठनको अवस्थाबारे थाहा छ’, महामन्त्री थापाले  भने ‘तर, त्यो भन्दा पर नागरिकको तहमा के सोचिंरहेका छन् । उनीहरुको…

Read More

काठमाण्डौ – सरकारले कृषि र पशुपालनको क्षेत्रलाई विशेष प्राथमिकता दिएको दाबी गरे पनि ६ महिनामा अर्बौँ रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार विदेशबाट हरिया सागपात र तरकारी, माछामासु, घिउ तेल, दाल चामल, कोदो मकै लगायतका खाद्यान्न ल्याउन अर्बौँ रुपैयाँ विदेशिएको छ । साउनदेखि पुससम्म २२ अर्ब २२ करोड रुपैयाँ भन्दा धेरैको खाद्यान्न मात्रै आयात भएको छ । नेपालकै पाखा पखेरामा मनग्य फलाउन सकिने कोदो पनि विदेशबाटै आएको छ । ६ महिनामा भारतबाट झन्डै ४४ करोड रुपैयाँको कोदो भित्रिएको छ । खाद्यान्न उद्योगका लागि चाहिने खाद्यान्न मात्रै १४ अर्ब रुपैयाँको आयात भएको छ । १७ अर्ब रुपैयाँको बिउबिजन भित्रिएको छ…

Read More

काठमाडौं, माघ ९ गते । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रमा पार्किङ् निषेध गरेको छ । महानगरले मङ्गलबारदेखि न्युरोड क्षेत्रका कालोपत्रे सडकमाथि सवारी पार्किङमा रोक लगाएको हो । न्युरोड क्षेत्रमा मङ्गलबार बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएको थियो । हटाउन अटेर गर्ने र पार्किङ् गरी छाडेर जानेको सावारी साधन महानगर प्रहरीले कारवाहीस्वरुप उठाएर लगेको छ । न्युरोडको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा महानगरले पार्किङ निषेध गरेको छ । महानगरले पार्किङ् हटाएपछि न्युरोड क्षेत्रका व्यवसायीले त्यसको विरोध गरेका छन् । पार्किङ् गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका…

Read More

काठमाडौं । पचली भैरव १२ वर्षे खड्ग सिद्धि जात्राअन्तर्गत माघ १२ र १३ गते (शुक्रबार र शनिबारका) दिन टोखाको ‘थनेलाछि’मा पचली भैरब गथु प्याखँ नाच हुने भएको छ । ४८ वर्षपछि यो नाच हुन लागेको बताइएको छ । उत्तरी भेगस्थित पुरानो बजार टोखामा हरेक वर्ष खड्ग जात्रा मनाउने गरिन्छ । तर गथु प्याखँ नाच भने धेरै लामो समयपछि हुन लागेको हो । त्यसो त प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीको दिन पनि टोखामा जात्रा गर्ने परम्परा छ । विधि विधानअनुसार खड्गको पूजा गरी त्यसलाई बाँसले छोपेर खटमा राख्ने गरिन्छ । स्थानीय तलेजु मन्दिरबाट निकालिएको जात्रा तल्लो लाछीसम्म पु¥याइन्छ । सो जात्रा…

Read More

काठमाडौं । गत साता शुक्रबार बुढानीलकण्ठ नगरपालिकाले सार्वजनिक सुनुवाई भनेर जोडतोडले प्रचारप्रसार गर्यो । वडा नं ११ को वडा कार्यालय अर्थात् हाल मेयर मिठाराम अधिकारीले गाविस अध्यक्ष खाएको शंकरे डाँडामा राखिएको सार्वजनिक सुनुवाइमा आउनका लागि वडाध्यक्षहरूले भरमग्दुर प्रचार गरेको उनीहरूको सामाजिक सन्जाल तथा नगरपालिका आफैले प्रकाशित गर्ने मुखपत्रमा हेर्न सकिन्छ । जताततै सार्वजनिक सूचना गरिएको सार्वजनिक सुनुवाइलाई ‘सुझाव संकलन कार्यक्रम’ भनेर बढाइचढाई पनि गरिएको थियो । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि राखिएको उक्त कार्यक्रममा जनसमान्य भने कोही पनि उपलब्ध देखिएनन् । प्रस्तुत तस्वीरमा मेयर अधिकारी आफ्नो भनाई राखिरहेका छन् । मन्चमा उपमेयर अनिला लामा तथा प्रमुख प्रशासकीय अधिकृत देखिन्छन्…

Read More

काठमाडौँ- सांसदहरूले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र मन्त्रालयका पदाधिकारीको निणर्यप्रति प्रश्न उठाउँदै आफ्नो जिम्मेवारीप्रति संवेदनशील बन्न आग्रह गरेका छन् ।  प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा समिति सभापति भानुभक्त जोशीले मन्त्रालयको पटक पटकको निणर्य विवादित भएको भन्दै मन्त्री र सचिवसँग प्रश्न गरे । मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्धवार्षिक प्रगति एवं पुँजीगत खर्चको विषय र मन्त्रालयसँग सम्बन्धित गुनासो एवं समाधानका लागि भएका प्रयासका सम्बन्धमा बसेको बैठकमा मन्त्री बस्नेत अनुपस्थितिपछि सभापति जोशीसँँगै समितिका अन्य सदस्यहरूले समेत असन्तुष्टि जनाए । ’मन्त्री र सचिवको निणर्यविरुद्ध कर्मचारी अदालत जानुपर्ने किन ? किन त्यस्तो निणर्य गर्नुहुन्छ ? बीमा बोर्ड, वीर अस्पताल, आयुर्वेदिकका निर्देशक हटाउने फेरि आउने,…

Read More

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले भोलि मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ।  महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए। महानगर प्रहरी प्रमुख पाण्डेले भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए। उनले भने, “भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ। यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ।” उनले धर्मपथ, जुद्ध…

Read More

शिवपुरी पर्वतलाई केन्द्रमा राखेर ध्यान तपस्या र साधना गर्ने शिवपुरी बाबाले वि.सं. २०१९ सालमा काठमाडौंमा समाधी लिए । शिवपुरी बाबाको जन्म वि.सं. १८८२ सालमा भारतको केरलामा भएको थियो । सन् १९५८ मा १३२ वर्ष उमेर पूरा भएका स्वामी गोविन्द भारती अर्थात् शिवपुरी बाबा बारे अमेरिकी अखबार ‘शान्ता क्रुजले’ उनको तस्वीरसहित सन् १९५८ को अप्रिल ३० मा छापेको खबरको अंश भेटिएको छ । शान्ता क्रुजले मात्रै नभएर धेरै विदेशी पत्रिकाले उनको दीर्घ जीवन र योगदानको बारेमा चर्चा गर्दै प्रशस्तीमूलक समाचारहरू प्रकाशित गर्ने गरेका थिए । सन् १९२६ मा हिमालय पार गरेर तिब्बतबाट सय वर्षको उमेरमा उनी नेपाल आएका थिए । पैदलै…

Read More

चर्चित मानवशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो उनको आफ्नै घर ललितपुरमा पत्रकार गुणराज लुइटेलले लिएको अन्तर्वार्ता जस्ताको तस्तै । अहिले केही सन्दर्भ चलिराखेको तथा उनि हराएको तथा उनको जन्मदिन पनि यसै सप्ताह परेको हुँदा सम्झना स्वरुप राखिएको हो । यो अन्तर्वार्ता लिइएको पनि २८ वर्ष हुन लागेको छ । तर यसका केही यथार्थहरु सदैव मनन योग्य छन् । उनको चर्चित पुस्तक “Fatalism and Development” को नेपाली अनुवाद “भाग्यवाद र विकास”पनि प्रकाशित भएको छ। लुइटेल – नेपालमा अहिले ‘नाक चुच्चे’ र ‘नाक थेप्चे’ अर्थात् ‘आर्य’ र ‘अनार्य’ भन्नेजस्ता साम्प्रदायिक चिन्तन हावी हुन थालेको छ। यसको कारण के होला? डोरबहादुर -…

Read More

काठमाडौं । नेपाली समाजमा विवाहलाई पवित्र नाता मानिन्छ । विवाह बन्धनमा बाँधिएपछि एकअर्काले सुखदुःखमा मात्रै नभई जिन्दगीभर साथ दिने शास्त्रीय वाचा-कसम खाएका हुन्छन् । यसरी गरिएको वाचा र जोडिएको विश्वास कायम राख्न दुवैले उत्तिकै ध्यान दिनुपर्छ । विवाह सम्बन्धमा बाँधिइसकेकाहरुले विवाहेत्तर सम्बन्ध राख्नु राम्रो मानिंदैन । विवाहेत्तर सम्बन्धका कारण दम्पतीबीच दरार पैदा गर्छ । यदि तपाईं विवाहेत्तर सम्बन्धमा हुनुहुन्छ भने त्यसबाट बाहिर निस्किनुस् र घरपरिवारको सम्बन्ध बलियो र दिगो बनाउनुस् । विवाहेत्तर सम्बन्धबाट बाहिर निस्किनु सामान्य कुरा भने होइन । तर यसबाट बाहिर निस्किन सकियो भने परिवारको खुसी र उमंग फिर्ता ल्याउन सकिन्छ । यदि तपाईं विवाहेत्तर सम्बन्धबाट बाहिर निस्किन…

Read More

काठमाडौं – लामो तयारीपछि भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यानगरमा बनाइएको राममन्दिर आज उद्घाटन भएको छ । अयोध्यामा बनाइएको भव्य राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको हो । प्राण प्रतिष्ठा कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्य भूमिका निर्वाह गरेका थिए । अयोध्या रामको जन्मभूमि भएको हिन्दु धर्मालम्बीको विश्वास छ । रामको जन्मस्थानमा रहेको मन्दिर सन् १५५८ मा भत्काएर त्यहाँ बाबरी मस्जिद ठड्याएको हिन्दूहरूको दाबी छ । यसैलाई लिएर सन् १८५३ मा सो स्थानमा धार्मिक हिंसा मच्चिएको थियो । त्यसयता पनि हिन्दु र मुस्लिमहरुबीच पटक-पटक भएको धार्मिक हिंसामा हजारौं नागरिकको मृत्यु भएको थियो । हिन्दुहरुले त्यहाँ रहेको बाबरी मस्जिद भत्काउँदा थप हिंसा भड्किएको थियो…

Read More

– सुरोज महर्जन ख्वना(खोकना) स्वनिग: (नेपाल उपत्यका)को इता(दक्षिण) दिशा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक नेवा: बस्ती हो । युरोपमा सहकारी अवधारणा विकास हुनुअघि नै व्यवस्थित सहकारी अभ्यास गर्ने पहिलो थलोको रूपमा पनि ख्वनालाई लिइन्छ। उक्त सहकारी अवधारणा पनि तोरीको तेलबाट नै सुरुवात भएको हो । सामान्यज्ञान तथा हाजिरीजवाफमा पनि बारम्बार जिकिर तोरीको तेलको लागि प्रसिद्ध ठाउँ भनी ख्वनालाई नै चिनिन्छ । ऐतिहासिक ख्वनामा पूर्णरूपमा नेवा: समुदायको बसोबास छ। त्यसमाथि लगभग ९५% ज्यापु उपसमुदायको बाहुल्यता देखिन्छ । कुनै बेला नाय(शाही,खड्गी) तथा नौ(नापित) समाज पनि ज्यापु समुदाय कै अङ्ग मानिन्थ्यो। तर वर्ग व्यवस्थाले छुट्याएको भनिन्छ । ज्यापु कृषिमा पारङ्गत उपसमुदाय हो । यस…

Read More

जैविक विविधतामा धनी देश मानिन्छ नेपाललाई । यहाँको विविधतापूर्ण भौगोलिक बनावट तथा जलवायुका साथै सामाजिक र धार्मिक विविधताले समेत यहाँको समग्र जैविक विविधताको विकास एवं अस्तित्वमा प्रमुख भूमिका निर्वाह गरेको छ । लिबर्डले २०७७ मा भानु नगरपालिका, तनहुँका लागि गरेको एक अध्ययन अनुसार नेपालले संसारको कुल क्षेत्रफलको ०.१ प्रतिशत भूभाग मात्र ओगटे पनि संसारमा पाइने कुल फूल फुल्ने वनस्पतिको २.२ प्रतिशत, घस्रने जीवजन्तुको १.४ प्रतिशत, माछाको २.२ प्रतिशत, चराचुरुङ्गीको २.२ प्रतिशत, स्तनधारी जनावरको ४ प्रतिशत र पुतलीको ४.२ प्रतिशत विविधता समेटेको छ ।  नेपालभर १२ कृषि पारिस्थितिकी प्रणालीमा करिब एक हजार २६ प्रजातिका बाली, ५१० प्रजातिका घाँसेबाली, ३५ प्रजातिका पशुपन्छी,…

Read More

काठमाडौं । जनप्रतिनिधिहरू नै सार्वजनिक जमिन मिच्ने धन्दामा सक्रिय भएको स्थानीय तहमा बुढानीलकण्ठ नगरपालिका पनि पर्दछ । साविक गाविस रहँदा यस नगरका ६ वटा गाविसका जनप्रतिनिधिदेखि हाल नगरपालिका भएपछिका मेयरसहितका विषयलाई जोडघटाउ गर्ने हो काठमाडौँका अरू नगरपालिकामध्ये बुढानीलकण्ठ सबैभन्दा अगाडि पर्दछ । बुढानीलकण्ठ त्यस्तो नगरपालिका हो जसले दुवै स्थानीय तह चुनावमा पूर्व गाविस अध्यक्षलाई मेयरमा जितायो । दुवै मेयर सार्वजनिक जमिनका विषयमा दागधब्बा लागेका पूर्व गाविस अध्यक्ष हुन्। हाल नगरपालिका प्रमुख रहेका मिठाराम अधिकारी साविक कपन गाविसका पूर्व अध्यक्ष हुन् । अधिकारीकै पालमा कपनका खहरेहरू सबै मासिएका थिए । विकास गरेको भन्दै परापूर्व कालदेखिका खहरेलाई सडक बनाउने भन्दै मासिएका थिए ।…

Read More

काठमाडौंको व्यस्त बजार नयाँ सडकको छेउमै संकटा भगवतीको मन्दिर छ । संकटा र करुणामयको मन्दिर एउटै हो, जसको तल्लो तलामा करुणामय र माथ्लो तलामा संकटाको मूर्ति राखिएका छन् । मस्त्येन्द्रनाथलाई करुणामय पनि भनिन्छ । यता संकटालाई भने समस्या र संकट हटाउने देवीका रूपमा लिने गरिन्छ, जसको पूजाआजा ज्यादा मात्रामा वज्राचार्यले गर्ने गरेका छन् । यो स्थल १७ औँ शताब्दीमा राजा प्रताप मल्लले निर्माण गरेको धार्मिक स्थल हो । संकटा देवीसँग सम्बन्धित तीर्थस्थल हो, जसलाई अजिमा पनि भनिन्छ । उनी आफ्ना भक्तहरूलाई दुःख र संकटबाट जोगाउने देवता हुन् भन्ने मान्यता रहेको छ । हिन्दू धर्ममा, उनी प्रायः दुर्गाको अवतारको रूपमा देखा…

Read More

बिक्सन महर्जन नेवा: परम्परामा नयाँ घर निर्माण सम्पन्न भएपछि कनिपा: फयकिउ गर्ने चलन रहेको छ । घरको माथिल्लो छानो (हिजो आज ढलान गरेको) राखेको समयमा आफ्ना ईष्टमित्र आफन्त बोलाई यो कार्य गरिन्छ । यो परम्परामा आफन्तले ल्याएको धोती साडी घरमा टाँग्ने गरिन्छ । यस्तै घरको मूल सदस्यलाई पिखालाखी (क्षेत्रपाल)मा राखीमाथिबाट पानि खन्याई नुहाई दिने गरिन्छ । निकै दु:ख गरी बनाएको घरमा शुभ रहोस्, कुनै अशुभ बिघ्नबाधा नआओस् भनी यो संस्कार गरेको भन्ने कथन रहेको छ । यो संस्कारको नाम ठाउँअनुसार भिन्दाभिन्दै नामकरण गरिएको पाइन्छ । काठमाडौंको चन्द्रागिरिका नेवा: बस्तीलगायत कीर्तिपुरमा यस विधिलाई कनिपा:फयकिऊ भनिन्छ भने काठमाडौंकै अन्य ठाउँमा पलिं चियीगु…

Read More

श्रीरामको नगरी अयोध्यामा २२ जनवरीमा रामललाको प्राणप्रतिष्ठा गरिने भएको छ र गर्भगृहमा रामललाको मूर्ति स्थापना गरिएको छ । शुक्रबार रामललाको मूर्तिको पहिलो झलक पनि सार्वजनिक भएको छ । यो मूर्ति कर्नाटकका अरुण योगीराजले बनाएका हुन् । को हुन् मूर्तिकार अरुण योगीराज ? मूर्तिकार अरुण योगिराज कर्नाटकको मैसूरका बासिन्दा हुन्। उनका धेरै पुस्ताहरू यस कामसँग जोडिएका छन्। उनका बुबा योगिराज शिल्पी एक प्रसिद्ध मूर्तिकार हुन् र उनका हजुरबुबा बसवन्ना शिल्पीले वाडियार घराना दरबारहरूमा आफ्नो कला प्रदर्शन गरेका थिए । अरुण मूर्तिकार मैसूर राजाका कलाकारहरूको परिवारसँग सम्बन्धित छन् । हजुरबुवाको भविष्यवाणी पूरा भयो सुरुमा अरुण योगीराज आफ्नो बुबा र हजुरबुवा जस्तै मूर्तिकार…

Read More

काठमाडौँ ।  काठमाडौँमा आज (आइतबार)देखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । आज (माघ ७ गते) महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, माघ ८ गते चपली घुम्ती चोकदेखि बुढानीलकण्ठसम्मको क्षेत्र, माघ ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र माघ १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति हुने छैन । माघ…

Read More

काठमाडौं । शिवपुरीको फेदैमा रहेर पनि बुढानीलकण्ठ,  टोखा  र तारकेश्वरलगायतका नगरपालिकाका कतिपय स्थान खानेपानीको चरम हाहाकारमा रहेको छ । यहि समस्या समाधानका लागि काठमाडौँ क्षेत्र नं ४ र ५ का सांसदहरू गगन थापा र प्रदीप पौडेलले सम्बन्धित मन्त्रालय एवम् अन्य पक्षसँग गम्भीर छलफल गरेका छन् । शिवपुरी जंगलबाट बग्ने खोला, खोल्सी तथा जरूवा मुहानका पानीलाई व्यवस्थित गरेर यस भेकलाइ खानेपानीको दीर्घकालीन व्यवस्था गर्ने तयारीस्वरूप खानेपानी मन्त्री महेन्द्र यादवसहित वन मन्त्री विरेन्द्र महतोसहितसँग छलफल गरेका हुन् । केयुकेएल, वनमन्त्रालय सचिव, खानेपानी मन्त्रालयका सचिवसहितको छफललपश्चात उपत्यका खानेपानीले यसअघि भएका यावत् कामका डकुमेन्ट्स हेर्दै १ देखि २ महिनाभित्र डिपिआरको चरणमा पुग्ने निणर्य भएको…

Read More

काठमाडौं । प्रेस काउन्सिलले विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने भएकोछ ।काउन्सिलद्वारा प्रकाशित सूचनामा ३० वटा ल्यापटप र ६ वटा क्यामरा खरिदका लागि अनुदान दिन लागेको जनाइएको छ। सूचनामा एक ल्यापटप बराबर ४० प्रतिशत रकम उपलब्ध गराउने उल्लेख छ । ६ वटा क्यामरा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिइनेछ ।  त्यस्तै, १० जना पत्रकारलाई लेखनवृत्ति र ७ जनालाई सोधपत्र लेखनमा सघाउने पनि काउन्सिलले जनाएको छ । एउटा सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने जनाइएको छ ।  मिडिया विकास कोषको स्वीकृत योजनाअनुसार चालु आर्थिक वर्षमा दिइने उक्त अनुदानका लागि तोकिएको शर्त पूरा गरी ३५ दिनभित्र आवेदन दिन…

Read More

गोरखा जिल्लाका श्रीपाली बस्नेतहरू नेपाल एकीकरणका मुख्य सहयोगी हुन् । सेनापति बडावीर शिवराम सिंह बस्न्यातको परिवारले राजा पृथ्वीनारायण शाहलाई महत्वपूर्ण योगदान दिएका थिए । उनका चार छोराहरू (काजी नाहरसिंह बस्न्यात, सेनापति केहरसिंह बस्न्यात, मूलकाजी अभिमान सिंह बस्नेत र बडाहाकिम धोकलसिंह बस्न्यात)ले उक्त अभियानमा भाग लिएका थिए । पृथ्वीनारायण शाहको चर्चित भनाइसङ्ग्रह दिव्योपदेशमा उक्त भनाइ उल्लेखित छः पाण्डेको ढाल र बस्नेतको तरवारले मैले नेपाल उपत्यका आक्रमण गर्दैछु । केहरसिंह बस्न्यातका २ छोराहरू कीर्तिमान् सिँह बस्न्यात र बख्तावर सिंह बस्न्यात पनि मूलकाजी भएका थिए । उनीहरू काजी कालु पाण्डेका नाति हुन् । सरदार बख्तावर सिंह बस्नेतलाई ५० रोपनी जग्गा १८६७ सालमा बख्श…

Read More

काठमाडौं । कुटपिटमा संलग्न एक जना मेजर कारबाहीमा परेका छन् । यसैकारण कालीध्वज गणमा कार्यरत रोशन लामिछानेको पद घटुवा गरी क्याप्टेन कायम गरिएको छ । ब्याच नम्बर ४७१४ भएका उनले बिना अनुमति ब्यारेकबाहिर निस्किएर गैरसैनिक व्यक्तिहरूलाई हात हालेका थिए । श्री आपूर्ति तथा परिवहन निर्देशनालयका निर्देशक, सहायक रथी प्रेमबहादुर पुनको अध्यक्षतामा छानबिन गर्न गठित समरी जनरल सैनिक अदालतको सिफारिशअनुसार उक्त कारबाही भएको हो । आफ्नो काम इमान्दारिताका साथ नगर्ने प्राविधिकतर्फका लेफ्टिनेन्ट कर्णेल पनि दण्डित भएका छन् । फिल्ड निरीक्षण नगरिकन प्राप्त सुझावको आधारमा रिटेनिङ वाल थप गरी पठाउने प्राविधिक प्रमुख सेनानी लक्ष्मणप्रसाद शाहलाई सैनिक अदालतले नसिहत दिएको छ ।  पूर्वी पृतना स्थपति सेवामा कार्यरत उनले ड्रइङ्ग…

Read More