काठमाडौं खबर माघ ९, २०८०
काठमाडौं, माघ ९ गते । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रमा पार्किङ् निषेध गरेको छ । महानगरले मङ्गलबारदेखि न्युरोड क्षेत्रका कालोपत्रे सडकमाथि सवारी पार्किङमा रोक लगाएको हो । न्युरोड क्षेत्रमा मङ्गलबार बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएको थियो । हटाउन अटेर गर्ने र पार्किङ् गरी छाडेर जानेको सावारी साधन महानगर प्रहरीले कारवाहीस्वरुप उठाएर लगेको छ ।
न्युरोडको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा महानगरले पार्किङ निषेध गरेको छ । महानगरले पार्किङ् हटाएपछि न्युरोड क्षेत्रका व्यवसायीले त्यसको विरोध गरेका छन् । पार्किङ् गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका हुन् ।