काठमाडौँ — सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका-६ रुकुमपश्चिमका किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । जनवादी गायकका रुपमा चिनाइने पुन माओवादी केन्द्र निकट कार्यकर्ता हुन् ।
Author: Kathmandu Khabar
काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६ करोड अमेरिकी डलर (करिब २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुष्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरे । सो परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यान्वयन हुनेछ । सम्झौतापत्रमा हस्ताक्षर पछि प्रतिक्रिया दिँदै अर्थसचिव पुष्करले यो परियोजना कार्यान्वयन हुने पालिकाको…
क्यानडामा नेपाली बिद्यार्थीहरूको भयाबह हालत, पढ्न भनेर आएका विद्यार्थीलाई उद्धार गरी नेपाल पठाइयो पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ ।सिद्धार्थ नगरपालिका- ८, बुद्धपथ, भैरहवाका २३ वर्षीय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरी नेपाल पठाइएको हो । पढ्न आएका श्रेष्ठले पढाइको अतिरिक्त आफूले सोचेजस्तो काम नपाएपछि डिप्रेसनमा पर्दै गएका थिए । करिब १ वर्षअगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनीसँगै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए। शुरूवातमा उनको व्यवहार राम्रो भएपनि पछि उनी डिप्रेसनमा पर्दै गएको उनले बताए। उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा…
इरानले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकाको ज्यान गएको छ । आक्रमणमा अन्य ३ जना घाइते भएका छन् । इरानले यसै हप्ता इराक र सिरियामा पनि मिसाइल आक्रमण गरेकाे थियो । आज बलुचिस्तानमा आतङ्कवादी समूह जैश अल–अदलसँग जोडिएका २ वटा ठाउँमा आक्रमण गरेको इरानी राष्ट्रिय टेलिभिजन च्यानलले उल्लेख गरेको छ । पाकिस्तानले यो आक्रमणलाई गैरकानुनी काम भन्दै यसले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएको छ । यस्तै चीनले पाकिस्तान र इरानलाई संयमता देखाउन र तनाव बढाउने काम नगर्न आग्रह गरेको छ । जैश अल–अदल समूहले पाकिस्तानसँगै इरानमा पनि आक्रमण गर्दै आएको छ ।
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा दर्जनौँ संख्यामा महिला समूह छन् । नगरपालिका र वडामार्फत बिभिन्न शीर्षकका बजेट लिने र काम गर्ने ध्येयका साथ खुलेका यस्ता महिला समूहले नामभन्दा धेरै बदनाम कमाएका छन् । बिभिन्न पार्टीका कमिटिमा रहेका महिलाहरूको हालिमुहाली रहने कतिपय महिला समूहले नगरपालिकाबाट वर्षेनी लाखोँ बजेट पनि पार्ने गर्छन् । तर ती बजेटका कामका बारेमा भन्ने खासै उल्लेख गर्ने विषय रहने गर्दैन । नगरपालिकाले पार्टीका कार्यकर्ता पाल्न रकम दिएझैँ गर्ने अनि सोहि अनुसार गुमनामरूपमै त्यसको चलन- अपचलन हुने परम्परा व्यापक छ । यद्यपि महिलासँग सम्बन्धित विषय भएकाले यो कुरा उठाउने हिम्मत भने हत्तपत्ति कसैले गर्दैनन् । यस्ता विषय उठाउदा हात…
यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए । ‘गत वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, यसपालिको गणनामा नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए’, उनले भने, ‘गत वर्षभन्दा दुई प्रजाति कम भेटिएका छन् ।’ पक्षी गणनाका क्रममा गत वर्ष देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र गत वर्ष नदेखिएको छ प्रजातिको चरा यस वर्ष देखिएको संयोजक चौधरीले जानकारी दिए ।‘गत वर्ष देखिएको सिउरे डुबुल्की चरा, कलहाँस, ध्वाँसे सिङ कुखुरो, सिङ…
काठमाडौं। चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर बुझाएको छ। कुल सरकारी राजस्वमा चौधरी ग्रुपको १.८७ प्रतिशतको योगदान रहेको जनाएको छ। अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको समयमा आफूहरुको व्यावसायिक कारोबारमा पनि असर परेको भन्दै अघिल्लो आव २०७८/७९ को तुलनामा राजस्व योगदानमासमेत कमी आएको जनाएको छ। गत वर्ष चौधरी ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो। ‘अर्थतन्त्र मन्दीबाट गुज्रिरहँदा सरकारको कुल राजस्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ। राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान…
डा श्वेता नकर्मी काठमाडौं । बाथ कुनै एक मात्रै रोग नभई विभिन्न प्रकारका रोगहरुको संकलन हो। यसमा १०० भन्दा बढी प्रकारका बाथ समेटिन्छन्। अटोइम्युनिटीको कारणले गठियाँ, मेरुदण्डको बाथ, लुपस जस्ता बाथ रोगहरु हुने गर्छन्। अटोइम्युनिटी भन्नाले मानव शरीरमा रोग प्रतिरोधी क्षमतामा गडबडी हुँदा जीवाणुसँग लड्ने कोषिकाहरुले जोर्नीलाई बिगार्छ। जसका कारण बाथ रोग देखा पर्छ। उमेर ढल्कँदै जाँदा हड्डी खिइने र त्यसका कारण ओस्टियो आरथाइटिस नामक बाथ रोग लाग्न सक्छ। घुँडाको कुरकुरे हड्डी खिइने बाथ, मेरुदण्डको हड्डी खिइने बाथ पनि उमेर ढल्कँदै जाँदा लाग्ने गर्छ। कतिपय बाथ रोगहरु खानपानसँग सम्बन्धित रहेका छन्। जस्तैः युरिक एसिडको बाथ रोग। कतिपय बाथरोग इन्फेक्सनपछि देखा…
काठमाडौं । नेपालमा विसं १९९० सालमा गएको महाभूकम्पको ९० वर्ष पूरा भएको छ । यस भूकम्पमा अधिराज्यभरिको अनुमानित क्षति तीन लाख अठ्ठासी हजार घर भत्की क्षतिग्रस्त ,१६८७५ जनाको मृत्यु र ३३१९ जना गम्भीर रूपमा घाइते भएका थिए । पशुपन्छी के कति भए त्यसको लेखाजोखा सम्भव थिएन । प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पिडितोद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा, निर्व्याजी ॠण सुविधा दिई तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए । भूकम्पमा भूकम्प पीडितले भूकम्पपीड़ितोद्वारक ऋणसंस्थाबाट ऋण सापटी लिनलाई फारम भर्नुपर्ने व्यवस्था गरेका थिए । पाटन इलाछे टोलकी लत माया चित्रकारीनीले ३०० रुपैयाँ सापटी लिनलाई भरेको आवेदन फारममा उनले…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डाको राजधानी कम्पाला जाने कार्यक्रम तय भएको छ । उनी असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै बिहान सवा २ बजे काठमाडौंबाट कतार एअरवेजको उडानमा दोहा हुँदै त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री सवार उक्त एअरवेजको उडान नम्बर क्युआर ६४५ को विमान प्रस्थानभन्दा करिब आधा घण्टा अघिदेखि झण्डै १५ मिनेट पछाडिसम्म काठमाडौं उपत्यका वरपरको आकाशमा उडान प्रतिबन्ध (नोटाम) जारी गरिएको छ । प्रधानमन्त्री दाहाल माघ ७ गते सोही एअरलाइन्सको उडान नम्बर क्युआर ६५२ मा दोहा हुँदै काठमाडौं फर्कने कार्यक्रम छ । सो दिन पनि बिहान पौने ९ बजेदेखि झण्डै साढे ९…
काठमाडौं । माघ १ गते लिम्बू जातिले मान्दै आएको कुसङ तङ्वे (नयाँ वर्ष) तेह्रथुममा पनि विभिन्न कार्यक्रमका साथ मनाइयाे । यही दिनबाट लिम्बू समुदायको पुरानो संवत् ५०८३ फेरिएर ५०८४ मा प्रवेश गरेको छ । येले तङ्वे तथा कक्फेक्वा तङ्नामका अवसरमा तेह्रथुमको म्याङलुङस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताए। लिम्बू भाषामा तङ्नामको अर्थ पर्व कक्फेक्वाको अर्थ चापको फूल र यो समय चाप फुल्ने भएकाले यो पर्वलाई कक्फेक्वा तङ्नामका रुपमा परापूर्वकालेखि नै लिम्बू समुदायले मनाउँदै आएको म्याङलुङ–१ का बलदेव तुम्बाहाङ्फेले बताए। साहित्यकार देवेन्द्र खापुङ सुर्केलीका अनुसार लिम्बू जातिले कृषि युगमा प्रवेश गरेपछि वर्षभरलाई…
काठमाडौँ । २०७२ वैशाख १२ गते बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले भत्काएका धेरै भवन र सम्पदाको पुनर्निर्माण पूरा भएका छन् । आठ वर्ष बित्नै लाग्दा पनि केही भवन र महत्त्वपूर्ण सम्पदाको पुनर्निर्माण भने अझै हुन सकेको छैन । वसन्तपुर दरबार क्षेत्र ८ वर्ष पुगिसक्दा पनि पूर्णरुपमा पुनर्निर्माण हुन सकेको छैन । भूकम्पले पूर्णरुपमा क्षति पुराएका काष्ठमण्डप, माजु देगल, जगन्नाथ मन्दिर, गद्दी बैठकको पुनर्निर्माण भइसकेको छ । वसन्तपुर डबलीको दक्षिणतर्फ रहेको नवआदर्श स्कुल, संस्कृत विश्वविद्यालयको भवन, हनुमानढोका प्रवेशद्वारसँगै रहेको आगँ छेँ, सुन्दरी चोक, मोहन चोक, कामदेव मन्दिरको काम सुरु हुन सकेको छैन। यसैगरी पाटन दरबार क्षेत्रको पनि अवस्था झण्डै यस्तै रहेको…
हमास इजरायल युद्धको १०२ दिन भएको छ। हमासले गरेको आक्रमणको जवाफमा इजरायलले हाल प्यालेस्टाइनीमाथि दमन गरिरहेको भन्दै आलोचना भइरहेको छ। इजरायलको आक्रमणबाट हालसम्म गाजामा २४ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ। हमास लक्षित भनिए पनि सो आक्रमणमा १० हजार बढी बालबालिका र ७ हजार बढी महिलाको मृत्यु भएको छ। इजरायली आक्रमणमा ६० हजार बढी प्यालेस्टाइनी घाइते भएका छन्। जसमा ८ हजार ६०० बढी बालबालिका छन्। ८ हजार बढी प्यालेस्टाइनी बेपत्ता छन्।हालसम्म इजरायली आक्रमणबाट ३ लाख ५९ हजार भन्दा बढी घरहरु गाजामा धवस्त भएका छन्। ३७४ वटा शैक्षिक संस्था बन्दा ३० वटा अस्पतालको संचालन बन्द भएको छ। वेस्ट बैंकमा पनि मानवीय र भौतिक…
दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो। दिउँसोबाट सुरु भएको हिमपात निरन्तर जारी रहेको सुनापाती होटल सञ्चालक हरि ओलीले बताए। जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिन्चोक, जिरी शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको छ। तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा मंगलवार दिउँसोबाट हिमपात सुरु भएको थियो । निरन्तर हिमपात भएका कारण कालिञ्चोक मन्दिरलगायत आसपासका पहाड र कुरी बजारसमेत सेताम्य भएको ओलीले बताए । हिउँ परेपछि कालिञ्चोकमा पर्यटकको आगमनमा वृद्धि हुने र कालिञ्चोकमा पुगेका पर्यटक खुशी देखिएको…
काठमाडौं । नेपालका धेरै गृहणी महिलाहरू विदेशमा रहेका युवाहरूसँग रातभर रातभर कुराकानी गरेर बस्ने गरेको एक अध्ययनले जनाएको छ । विशेषगरेर सहरी क्षेत्रमा बस्ने निम्न मध्यमवर्गीय महिलाहरू सामाजिक सन्जालमार्फत विदेशमा रहेका युवाहरूलाइ आकर्षित गर्ने गरेको घटनाहरू सार्वजनिक भएको हो । भरतपुरका कविन्द्र(नाम परिवर्तन) ले प्रहरीमा दिएको एक उजुरीपछि प्रहरीले गरेको अध्ययनमा घरमा काम गरेर बस्ने र श्रीमान बिभिन्न काममा व्यस्त हुने महिलाहरू विदेशमा रहेका पुरूषसँग कुराकानी गर्ने तथा उनीहरूलाइ बिभिन्न तरिकाबाट आकर्षण गर्ने गरेको पाइएको हो । कतिपय सामान्य गृहणी महिलाहरूको सामाजिक सन्जालमा कतै पनि आफन्त नपर्ने तर विदेशमा काम गर्ने युवाहरू साथी हुने गरेको पाइएको छ । विदेशमा काम गर्नेहरूसँग…
काठमाडौं । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार नेप्से ५४.५४ अंकले बढेको छ । आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम एक वर्षयताकै उच्च हो । यसअघि, गएको पुस ८ गते सात अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक २१७५.१७ विन्दुमा बन्द भएको छ । यो ६ महिनायताकै उच्च विन्दु हो । ६ महिनाअगाडि साउन ८ गते नेप्से २२ सय विन्दुमा थियो । हिजो (सोमबार) नेप्से २१२० विन्दु कायम थियो । यस दिन २१४ कम्पनीको…
काठमाडौं । होटल सङ्घ नेपाल (हान)ले आज अर्थात् माघ २ गते काठमाडौंमा नेपाल सत्कार दिवस मनाउने भएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घ स्थापनाका दिवसका अवसरमा पहिलो पटक सत्कार दिवस मनाउन लागेको जनाएको छ । दिवसका अवसरमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरूका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको भनाइ छ । अन्ठाउन्न वर्षअघि माघ २ गते स्थापना भएको सङ्घले दिवसका अवसरमा ‘नेपाल इयरबुक २०२४’ र ‘ई-लर्निङ’ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गर्ने जनाएको छ । दिवसका अवसरमा सातै प्रदेशका करिब ३ सय मौलिक रैथाने खाना तथा पेय पदार्थबाट देशभरका होटल व्यवसायीलगायत स्वदेशी तथा विदेशी पाहुनालाई…
काठमाडौं । पुसमा घरजग्गा कारोबार बढेको छ। कित्ताकाट खुकुलो र बैंक ब्याजदर निरन्तर घट्दै गएपछि घरजग्गा बजार केही चलायमान बनेको हो। पुसमा घरजग्गा किनबेचबाट सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। मंसिरको तुलनामा पुसमा राजस्व संकलन ६५ करोड रुपैयाँले बढेको हो। मंसिरमा देशभरका मालपोत कार्यालयले २ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेका थिए। कात्तिकमा राजस्व संकलन २ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको थियो। पछिल्लो समय सेयर बजारमा देखिएको सुधारको प्रभावसमेत घरजग्गा किनबेचमा देखिन थालेको छ। नेप्सेमा कारोबार रकममा देखिएको सुधारले घरजग्गा बजारमा समेत प्रभाव पारेको देखिन्छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पुसमा देशभरका मालपोत…
काठमाडौं । भारतको अयोध्यामा ५०० वर्षपछि पुन: निर्माण भएको राम मन्दिरको प्राणप्रतिष्ठाको अनुष्ठान आजदेखि सुरु भएको छ । भगवान श्री रामललाको प्राण-प्रतिष्ठा योगको शुभ समय पुस शुक्ल कूर्म द्वादशी, विक्रम संवत् २०८० अर्थात सोमबार, जनवरी २२, २०२४ मा हुँदैछ । यसको बारेमा विस्तृत जानकारी तल उल्लेख गरिएको छ । शास्त्रीय विधि र पूर्व समारोह परम्परा: सबै शास्त्रीय परम्पराहरू पछ्याउँदै अभिजित मुहूर्तमा अभिषेक समारोह सञ्चालन गरिने भएको छ। प्राणप्रतिष्ठाअघिको शुभ अनुष्ठान आज अर्थात् जनवरी १६, २०२४ देखि सुरु हुँदैछ, जुन २१ जनवरी २०२४ सम्म चल्नेछ। द्वादश अधिवास निम्नानुसार आयोजना गरिनेछ:- -१६ जनवरी: प्रायश्चित र कर्मकुटी पूजा -१७ जनवरी: परिसरमा मूर्तिको प्रवेश।…
काठमाडौं । कतिपय इतिहासकारहरूले कीर्तिपुर युद्धमा पृथ्वीनारायण शाहले १७ धार्नी नाक काटेको भन्ने बताउने गर्छन् । तर यसरी विश्लेषण गरिएअनुसार नाक काटेको कुरा कतै भेटिँदैन । त्यतिबेलाको अवस्थितिको विश्लेषण गर्दा त्यो बेलाको कीर्तिपुरमा १७ धार्नी नाक पुग्ने सैनिक जनसंख्या नै थिएन । विभिन्न लेखकहरुले त्यो बेला किर्तिपुरको जनसंख्या कसैले ६ हजार त कसैले ५ हजार जति थियो लेखेका छन् । हेमिल्टन (१८०३) लेख्छन्- मेरो अनुमानमा कीर्तिपुरको जनसंख्या छ हजार होला । अर्का लेखक ओल्डफिल्ड (१८५०) लेख्छन्- कीर्तिपुरको जनसंख्या होला पाँच हजार । नेपालको इतिहासको पानाअनुसार चाहिँ १२०० जनसंख्या र ३०० कीर्तिपुरे सेना थिए । त्यसमध्ये युवा कति थिए होलान् ?…
काठमाडौं । शाहकालमा राजालाई राजकाजमा राजकुमार, साहेबज्यू, चौतारिया, काजी, देवान, धर्माधिकारी, सरदार, हितहितान, रजबार, विन्त्यारु, नेव, देवान, छापदार, जिम्मुवाल–मुखियाले सघाउँथे। राजाका परामर्शदातामा चौतरियाको भूमिका हुन्थ्यो । मुख्तियार र चौतरियामा राजाका भाइभैयार्द नियुक्त हुन्थे। बझाङ राज्यका मन्त्रीलाई ‘अमात्य’ र सल्लाहकारलाई ‘हितान’ भनिन्थ्यो। दरा–गर्खाहरूको रखबारी भारदारहरूलाई दिइन्थ्यो। काजी (मन्त्री) सरहको अर्को पद ‘देवान’ हुन्थ्यो। देवानमा राजपरिवार निकटका व्यक्ति नियुक्त हुन्थे। अधिकारी, कार्की, अडै, खड्गा, बुढा, बुढथापा, थापा (क्षेत्री), राना (क्षेत्री), महतारा, रोकाया, भण्डारी विभिन्न पदमा हुन्थे। राजाको सेरा फाँट हेर्नेलाई ‘अडै’ भनिन्थ्यो। ‘अधिकारी’ले दरागर्खाको प्रशासन चलाउँथे। कर–राजस्व ‘कार्की’ले असुल्थे। गाउँस्तरका पदाधिकारी ‘महतारा’ र ‘रोकाया’ हुन्थे। खड्का, राना, थापा, बुढा, बुढथापा सैन्यसेवामा हुन्थे।…
काठमाडौं । पुनर्निर्माण थालिएको चार वर्षमा केशरमहल भव्य र आकर्षक रूपमा तयार भएको छ । २०७६ माघदेखि पुनर्निर्माण थालिएको केशरमहलको ९५ प्रतिशत काम पूरा भएको छ ।निर्माण कम्पनीले सरकारलाई आगामी फागुनमा भवन हस्तान्तरण गर्ने योजना बनाएको छ । अब ढल व्यवस्थान, रङ्गरोगन र सरसफाइको काम मात्र बाँकी छ । गाडी पार्किङ स्थलमा ढुङ्गा छाप्ने कार्य धमाधम भइरहेको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको केशरमहलको पुनर्निर्माण कार्य गत २०७८ मङ्सिरमा सम्पन्न भइसक्नुपर्नेमा त्यहाँ रहेका कार्यालय सार्न ढिला हुँदा र कोभिड-१९ ले गर्दा निर्माण कार्य ढिला हुन पुगेको हो । निर्माणको जिम्मा पाएको खानी निर्माण सेवाका आयोजना व्यवस्थापक नरकान्त सापकोटाले…
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकहरुले २८ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मसिंरसम्म वाणिज्य बैंकहरुले कुल २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो अवधिमा १४ वटा वाणिज्य बैंकहरुले अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै नबिल बैंकले खुद नाफा कमाएको छ । नबिल बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंक र नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः २ अर्ब ७३ करोड ७९ लाख र २ अर्ब ६० करोड ९०…
काठमाडौं । पर्यटकीय नगरीका रुपमा चर्चित काठमाडौंको ठमेल चौबीसै घण्टा खुल्ने भएको छ। रात्रिकालीन समयमा पनि व्यवसाय सञ्चालनको लागि मापदण्ड बनाएर बजार खोल्न दिने तयारी भएको हो। ठमेल पर्यटन विकास परिषद्ले नै ‘व्यवस्थित ठमेल, सुरक्षित ठमेलको अवधारण अनुरुम घरधनी, व्यवसायी तथा पर्यटकको शान्तिसुरक्षा व्यवस्थापन आचारसंहिता २०८०’को मस्यौदा बनाई जिल्ला सुरक्षा समितिमा बुझाएको छ।ठमेल खुल्ला गरिँदा खासगरी दोहोरी साँझ, गजल बार, लाउञ्ज बार, डान्स रेष्टुराँ, डिस्को पप बार, लाइभ ब्यान्ड, रेष्टुराँ र व्यवसाय मध्यरातिसम्म सञ्चालन हुनेछन्। अहिले ठमेलभित्रका होटल, रेष्टुराँ, ट्रेकिङ, ट्राभल, गार्मेन्ट, क्यूरियोसप, हस्तकला सामग्री पसल, मनि चेञ्जर, स्पा, फास्टफुड, कफी तथा बेकरी सप, मार्ट, ग्रोसरी सप, फलफूल तथा तरकारी, ट्रेकिङ…
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक-एक रुपैयाँ घटाएको हो । नयाँ मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुने छ । सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको थियो । नयाँ मूल्य सूचीअनुसार अब पेट्रोलको पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि १६५ रुपैयाँ र तेश्रो वर्गका लागि १६६ रुपैयाँ मूल्य तोकिएको छ । त्यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गको लागि प्रतिलिटर १५३.५०, दोस्रो वर्गमा १५५ र तेस्रो वर्गमा १५६ रुपैयाँ निर्धारण गरिएको छ ।
आज माघ १ गतेको दिन भक्तपुरमा सम्यक महादानको उत्सव देखिएको छ । काठमाडौं उपत्यकामा अपनाइने बज्रयान परम्पराअनुसार गरिने विभिन्न चर्याहरूमा दानपारमिता प्रमुख हुन् । प्राचीनकालदेखि नै विभिन्न तरिकाबाट दान दिने अभ्यास गर्दै आएका छन् । दानको अभ्यासलाई विशेष दिन पारेर पर्वको रूपमा विकसित गरेका छन् । यस्तै, पर्वहरूमध्ये एक हुन् सम्यक दान । सम्यक भन्नाले नेपाल भाषामा उत्कृष्ट वा राम्रो भन्ने अर्थ लाग्छ । प्रत्येक वर्ष माघे संक्रान्तिको दिन भक्तपुरमा सम्यक दान पर्व मनाइन्छ । नेपाल सम्बत् ७८७ मा राजा नरेश मल्लको शासनकालमा जयरत्न बज्राचार्यले शुरुवात गरेको यस सम्यक दान पर्वमा भक्तपुरस्थित क्वाठण्डौं प्रशन्नशील महाविहार, गोल्मढीको मंगल धर्मद्वीप महाविहार, साकोठाको…
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार पनि आंशिक बदलीको सम्भावना रहेको छ । पहाडी एक–दुई स्थानमा सामान्य बर्षाको सम्भावना रहेको छ । देशका अधिकांश स्थानमा बादल लाग्ने भएकाले चिसो अझ बढ्ने महाशाखाले जनाएको छ । अहिले तराईमा हुस्सु तथा कुहिरो लागेकाले चिसो जारी रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं। आर्थिक मन्दीले राजस्वमा सरकारलाई नराम्रो धक्का लागेको छ। सरकारले चालु आर्थिक वर्ष ६ महिनामा लक्ष्यको ७७ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतले हरेकजसो सार्वजनिक कार्यक्रममार्फत अर्थतन्त्रमा सुधार हुँदै गइरहेको दाबी गरिरहँदा राजस्व लक्ष्यको तुलनामा २३ प्रतिशत कम उठेको हो। सरकारले पुससम्म ६ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा त्यो भन्दा १ खर्ब ५२ अर्ब ७७ करोड रुपैयाँ कम अर्थात ५ खर्ब १५ अर्ब ४० करोड रुपैयाँ मात्र उठेको छ। पुस महिनाको लक्ष्यमा पनि सरकार असफल भएको छ। यव महिनामा १ खर्ब ८८ अर्ब १७ करोड रुपैयाँ…
काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन्। निकुञ्जमा जङ्गल सफारीमार्फत १ लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले निकुञ्जको अवलोकन गरेका हुन्। विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरुका लागि बढी रुचाइने क्षेत्र पनि हो। यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन्। यसैगरी, घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिश्रृप तथा उभयचर, बसाईंसरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका…
बडामहाराज पृथ्वीनारायण शाहालाई सम्झिरहँदा, कान्तिपुरका अन्तिम मल्ल राजा नेपालेस्वर जय प्रकाश मल्ललाई पनि नसम्झी बस्न सक्किन्नँ । एकीकरणको समयमा कान्तिपुर गोरखा राज्यभन्दा धेरै सम्पन्न थियो। राजा जय प्रकाश मल्ल पनि सुरवीर पराक्रमी राजा थिए । तर उनलाई न परिवारको साथ थियो, न प्रधान र भाइ भारदारको । भने अर्कोंतिर बडामहाराजलाई भाइ भारदार र सबै जातिको जनताको साथ थियो । राजा जय प्रकाश मल्लको नेपाल सम्बत ८७३अर्थात् विक्रम सम्बत १८०९ को राजकुमार ज्योति प्रकाश मल्ल साक्षी बसेको ताम्रपत्र छ । जति सम्पन्न भए पनि, जति पराक्रमी भए पनि जसलाई परिवारको साथ छैन, भाइ भारदार को साथ छैन, जनताको साथ छैन त्यो…
