Author: Kathmandu Khabar

काठमाडौं। काठमाडौंको शिवपुरी बुढानीलकण्ठ राष्ट्रिय निकुन्ज अन्तर्गत गोकणर्ेश्वर नगरपालिका १ मा नागमती ड्याम बन्ने प्रक्रिया अघि बढेको छ। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बागमती सुधार आयोजनामार्फत ७ वर्षअघि विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको नागमती ड्यामको निर्माण यसै वर्षबाट अघि बढ्ने भएको हो। धाप ड्याम निर्माण सफलतापछि त्यहाँबाट केही तल नागमती ड्याम बनाउन लागिएको हो । ड्याम बनाउन सर्भे पूरा भइसकेको र एक वर्षभित्र क्षेत्रमा सडक बनाउने र ७ हजार रुख कटान गर्ने तयारी भइरहेको छ । बाँधको इआइए अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार नागमती ड्यामका लागि ५५३ मिटर लामो बाँध बनाइने छ। यो तालको उचाई ९४ मिटर…

Read More

काठमाडौं । प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ । गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको भीड लागेको गोकर्णेश्वर नगरपालिका वडा नंं ४ को अध्यक्षसमेत रहनुभएका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए। पौषकृष्ण औँसीमा विगतका वर्षमाभन्दा यस वर्ष भक्तजनको बढी भीड लागेकाले नेपाल मेडिकल कलेजबाट माथि जाने सवारी पनि जाममा परेको उनले सुनाए। दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध…

Read More

काठमाडौं । विसं. २०१० को एक राजपत्रमा भारतीयलाई विदेशी नभन्नू भन्ने एउटा आदेश भेटिएको छ । २०१० सालको पौष ७ गते तत्कालीन प्रधानमन्त्री राज्य व्यवस्था मन्त्रालयको सूचनामा भारतीयलाई विदेशी नभनी नेपाल र भारतबाहेकका अनेपाली नागरिकलाई मात्रै विदेशी लेख्ने आदेश भएको थियो । तत्कालीन सेक्रेटरी अच्युतराजले जारी गरेको सो सूचनामा धेरै भारतीयहरुले अझ पनि हामीलाई नेपाल सरकारबाट मुगलानीया भनी सम्बोधन गरेको भन्दै गुनासो गरेको उल्लेख छ । भारत स्वतन्त्र भएपछि यस्तो शब्द नहोस् भनी प्रधानमन्त्री छेउ निवेदन गर्दा गोस्वारा बोलीमा भारतका नागरिक मात्रका हकमा भए भारतीय र अन्य अनेपाली नागरिकजतिलाई विदेशी लेख्ने आदेश दिएको उल्लेख सो राजपत्रमा उल्लेख छ ।

Read More

फ्रान्सका ट्रेले नाम गरेका वैज्ञानिकले गरेको एक अध्ययनमा हवनका लागि मुख्यतया आँपको दाउरा सबैभन्दा उत्तम समिधा भएको निष्कर्ष निकालेका छन । आँपको दाउराबाट निस्कने धुवाँबाट फार्मिक एल्डिहाइड नामक ग्याँस उत्पन्न हुन्छ । जसले खतरनाक ब्याक्टेरिया र जीवाणु नष्ट गरी वातावरण शुद्द बनाइदिन्छ । अनुसन्धानका क्रममा उखुको सखर जलाउँदा पनि यही ग्याँस उत्पन्न हुने पुष्टि भएको थियो ।अर्का वैज्ञानिक टौटीकले गरेको एक अनुसन्धानबाट हवन गरिएको स्थानमा आधा घंटा मात्र बस्दा पनि, हवन गर्दा निस्किएको धुँवा शरीरमा सम्पर्कमा आउनासाथ टाइफाइड फ़ैलाउने जीवाणु तत्काल नष्ट भएको पाइयो । राष्ट्रिय वनस्पति अनुसन्धान संस्थान लखनऊमा गरिएको अर्को वैज्ञानिक अनुसंधानमा पनि हवनबाट वातावरण शुद्द हुनुका साथै…

Read More

काठमाडौं । नेपाल सरकार वैधानिक कानुन २००४ राणा प्रधानमन्त्री पद्म शमशेर जबराबाट नेपालको पहिलो संविधानको रूपमा वि.सं. २००४ माघ १३ गते जारी भएको थियो । यसलाई संविधान नभनी वैधानिक कानुन मात्र भनिएको थियो । यो २००५ वैशाख १ गतेबाट लागू हुने भनी घोषणा गरिएको थियो । यसका ६ भाग ६८ दफा र १ अनुसूची रहेका थिए । भारत स्वतन्त्र भएको हुनाले नेपालमा जनतालाई थाम्न नसक्ने ठानी पद्मशम्शेरले बैधानिक कानुन २००४ को घोषणा गराए। त्यो कार्यका निम्ति भारतबाट ३ जना सल्लाहकार झिकाएर नेपालको पहिलो संविधानको मस्यौदा तयार गरे। सो संविधान २००४ माघ ४ गते घोषणा गरी २००५ वैशाखसम्म लागू हुने टुङ्गो…

Read More

काठमाडौं ।  अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीका अनुसार  बेन्जुले अमर बहादुर पुन नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रूपैयाँ लाग्ने बताएकी थिइन्। रामबहादुरबाट पटकपटक गरी २३ लाख ५० हजार रूपैयाँ लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्।ठगिएका अमरबहादुरको उजुरीपछि बेन्जुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए।

Read More

काठमाडौं । मदन पुरस्कार विजेता पूर्वडीआईजी महेश विक्रम शाहलाई तीन वर्ष जेल सजाय तोकिएको छ । बुधबार विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार आरोपमा दोषी ठहर भएका उनलाई कैद सजाय तोकेका हुन्। यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए । शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । सिन्धुलीको दुधौली तालिमकेन्द्रका तत्कालीन समादेशक नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित चारजनालाई…

Read More

काठमाडौं । लामो समयदेखि दर्ता नवीकरण हुन नसकेको नेपाल रेडक्रस सोसाइटी निर्वाचित कार्यसमितिको पहलमा नवीकरण भएको छ । यही पुस १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट संस्था नवीकरणको प्रमाणपत्र प्राप्त भएको रेडक्रस सोसाइटीले जनाएको छ । यससँगै संस्थाले कानुनी वैधता प्राप्त गरेको छ । नेपाल रेडक्रस २०७६ सालदेखि नवीकरण हुन सकेको थिएन । आव २०८०/८१ सम्मका लागि संस्था नवीकरण भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए। उनले संस्था नवीकरण भएसँगै रेडक्रस अभियानसँग सम्बद्ध सबैमा सकारात्मक भावनाको सञ्चार भई संस्थाले थप गतिशीलता प्राप्त गरेको बताए। नेपाल रेडक्रसको यसअघिको कार्यसमितिमा विवाद हुँदा लामो समयदेखि संस्था प्रभावित…

Read More

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री दैवीप्रकोप सहायता कोष’ मा मौज्दात रकममध्येबाट विपद् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले राष्ट्रिय विकास परिषद्मा विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी÷व्यक्तिमध्येबाट २५ जना सदस्य मनोनयन गरेको छ । मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्च्याउने, नेपाल राजपत्रमा प्रकाशित हुन छुट सहिदको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिए । सरकारका प्रवक्ता मन्त्री शर्माले भनिन्, ‘मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बल, नेपालको श्रेणीविहीन पदमा स्तरवृद्धि कायम भएका श्रेणीविहीन…

Read More

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ । आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताए । उनका अनुसार बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता…

Read More

राजामती काठमाडौंकी सबैभन्दा सुन्दर नेवार केटी थिइन्, जो असफल सम्बन्धको शृङ्खलामा फसेकी थिइन् । राजामतीको कथा नेवार समाजमा प्रचलित २०० वर्ष पुरानो गीतमा आधारित छ। मध्य काठमाण्डौको ऐतिहासिक र पवित्र इलाका इतुम बहामा ताहा नानीमा राजामतीको जन्म भएको थियो । ‘राजामती’ गीत नेवारहरुको चर्चित गीतमध्ये एक हो । सन् १८५० मा प्रधानमन्त्री जंगबहादुरको इङ्ल्यान्डको राजकीय भ्रमणका क्रममा गार्ड अफ अनरले बजाएको कारण पनि यसले ख्याति कमाएको थियो। उस्ताद सेतुराम श्रेष्ठले सन् १९०८ मा कोलकातामा ग्रामोफोन डिस्कमा गीतको पहिलो रेकर्डिङ गरेका थिए। प्रेमध्वज प्रधानले अर्को गीत गाएका थिए। १९६३ मा ७८ ग्रामोफोन डिस्कमा रेकर्डिङ। त्यसपछि, यो धेरै कलाकारहरू द्वारा रेकर्ड गरिएको…

Read More

काठमाडौं । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो । ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई यही पुस १३ गते अदालतले दोषी ठहर गरेको थियो । निजले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको थियो। cदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुईलाख क्षतिपूर्ति निर्धारण गरेको छ । जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश…

Read More

काठमाण्डौ – भारतका शास्त्रीय गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन भएको छ । प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उहाँको हिजो कोलकाताको एक अस्पतालमा निधन भएको हो । भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार खानको ५५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले उहाँको निधनमा शोक व्यक्त गरेकी छिन् । उस्ताद राशिद खानको जन्म उत्तर प्रदेशको बदायूंमा भएको थियो । उनले सानै उमेरदेखि शास्त्रीय सङ्गीत सिकेका थिए । खानले हिन्दी चलचित्र ’जब वी मेट’ को ’आओगे जब तुम…’ र ’माई नेम इज खान’ को ‘अल्लाह ही रेहम’ जस्ता चर्चित गीत गाएका छन् । उनले…

Read More

काठमाडौं, २१ पुस । नेकपा एमालेका बारेमा नेपाली कांग्रेसका दलित नेता प्रकाश रसाइली ‘स्नेही’ ले गम्भीर आरोप लगाएका छन् । उनले नेकपा (एमाले) ले अरु दललाई राष्ट्रघाती बनाएर आफू राष्ट्रवादी बन्न खोजेको टिप्पणी गर्दै भनेका छन्, एमाले दिनभरी भारतलाई गाली गर्छ अनि राति लैनचौर गएर खुट्टा समात्छ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा भएका सम्झौतालाई लिएर एमाले र एमालेका नेताहरुले भ्रम फैलाउने काम गरेको उनको भनाइ छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षतकार कार्यक्रममा बोल्दै उनले भारतसँग भएको सम्झौताको विरोध गर्दैगर्दा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दूतावास, परराष्ट्र मन्त्रालय र सरकारका कुनै संरचनाहरुलाई जनकारी नदिई सत्ता जोगाउन राति…

Read More

काठमाडौं । कामका लागि मात्र हैन बसोबासकै लागि नेपाल छाड्नेहरूको संख्या पनि ह्वात्तै बढेको छ । सन् २०२३ मा करिब ७१ हजार जना नेपाली स्थायी बसोबास गर्न विदेश गएको तथ्यांक सार्वजनिक भएको छ । विभिन्न मुलुक गएका नेपालीले उल्लेख गरेका विवरणका आधारमा अध्यागमनले विभागले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। सन् २०२३ मा १६ लाख तीन हजार आठ सय ३६ जना नेपाली विदेश गएका थिए। उनीहरूमध्ये ७० हजार नौ सय १५ जनाले स्थायी बसोबास गर्न आफ्नो मुलुक छाडेको खुलाएका छन्। त्यस्तै ९१ हजार तीन सय ४९ जनाले अस्थायी बसोबासका लागि विदेश गएको उल्लेख गरेका छन्। विदेशमा रहेका आफ्नो परिवार भेट्न एक लाख…

Read More

गाब्रिअल अटल फ्रान्सका नयाँ प्रधानमन्त्रीमा चयन भएका छन्।  एमानुअल माक्रोँले आफ्नो राष्ट्रपति कार्यकाललाई नयाँ सरकारसहित पुनर्संरचना गर्न खोजिरहँदा उनको नियुक्ति भएको हो। ३४ वर्षीय गाब्रिअल अटल आधुनिक फ्रान्सको इतिहासमा प्रधानमन्त्री हुने सबैभन्दा कान्छा व्यक्ति हुन्। यसअघि समाजवादी लरेन्ट फाबिअस सन् १९८४ मा ३७ वर्षका हुँदा प्रधानमन्त्री नियुक्त भएका थिए। अटल २० महिना काम गरेर राजीनामा दिएकी एलिसाबेथ बोर्नको उत्तराधिकारी बनेका छन्। आफ्नो कार्यकालभर उनले संसद्मा बहुमतको अभावसँग सङ्घर्ष गरेकी थिइन्। उनको नियुक्तिलाई राष्ट्रपतिद्वारा आफ्नो सरकारको जीवनमा प्राण भर्ने प्रयासको रूपमा हेरिएको छ। सुधारसम्बन्धी शृङ्खलाबद्ध विवादहरूपछि सर्वेक्षणहरूले राष्ट्रपति माँक्रोले समर्थन गुमाइरहेको देखाएका छन्। शिक्षामन्त्रीका रूपमा रहेका अटलले धेरैलाई अचम्मित पार्दै…

Read More

काठमाडौं । अन्ततः पाँच वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नै घरबाट आज साँझ ७ बजे पक्राउ परेका उनले प्रहरीबाट उम्किन अन्तिमसम्म प्रयाससमेत गरेका थिए। बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता उनी फरार भएर बसेका थिए । पक्राउ गर्न नसकेपछि प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत टेकाइसकेको छ । यसअघि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम…

Read More

काठमाडौं । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष एवम् संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ । बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेर गोकर्णको थुनुवा कक्षमा राखिएको प्रभागका वरिष्ठ प्रहरी नायब निरीक्षक राजेश कार्कीले जानकारी दिए। सहकारी सञ्चालक समितिका…

Read More

कुनै पनि कामदारलाई तलबको अतिरिक्त कुनै विशेष काम गरेबापत दिइने अतिरिक्त सुविधा भत्ता हो । यो भत्ता विभिन्न शीर्षकमा दिने गरिएको छ । जसका लागि मल्लकालदेखि नै बजेट छुट्याउने गरिएको थियो । सरकारी जागिरेदेखि राजासम्मलाई वार्षिक रूपमा बेतन ठेकिन्थ्यो । ठेकिएको बेतनलाई निजामती थमौती ९सिटरोल०मा जनाइन्थ्यो । तलबसँगै ‘थ’ वा ‘खा’ लेख्ने चलन हुन्थ्यो । हरेक वर्ष पजनी हुन्थ्यो र त्यस दिन आगामी वर्षका लागि थमौती वा खारेजी वा बढुवा वा सरुवामा पर्थे । तलबले बाँच्न पुग्दैन थियो । सबै जागिरेका खेती थियो । तलबले त फर्मायसी पूरा गर्नका लागि मात्र पुग्थ्यो । महाराज खुसी भएमा सरकारी जागिरेलाई थप नगद…

Read More

काठमाडौं । जग्गा हडपेको आरोप लागेको कपनको पुलहारी गुम्बाबाट निस्किएको ढलले स्थानीयमा दुर्गन्ध फैलिएको छ । बुढानीलकण्ठ नगरपालिकाको वडा नं ११ मा हरेको सो गुम्बाबाट वर्षौंदेखि निस्किएको फोहोर पानी र ढलका कारण स्थानीयमा समस्या थपिएको हो । सो दुर्गन्धका कारण स्थानीयवासी र नियमित मर्निङवाकमा निस्कनेहरु समेत समस्यामा परेको भन्दै स्थानीयवासी र क्लबले समेत पटकपटक वडामा लिखित र मौखिक गुनासो समेत गर्दा पनि न त गुम्बाले यसबारे ढल व्यवस्थापनमा चासो दिएको छ न त वडाले नै समस्या समाधानमा पहल गरेको स्थानीयको गुनासो छ । यो दुर्गन्धले स्थानीयमा गम्भीर स्वास्थ्य समस्या पर्नेतिर पनि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। ढल व्यवस्थापन गरेर सहजै…

Read More

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमट्टेलले सीमान्तकृत समुदाय चेपाङको सम्मान हुने व्यवस्था गणतन्त्रले ल्याएको बताएका छन् । राक्सिाराङ गाउँपालिकाको १५औँ हिउँदे अधिवेशनलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अहिले जनताको पक्षमा बोल्ने र लड्ने व्यवस्था गणतन्त्रकै कारण सम्भव भएको समेत उल्लेख गरे। प्रदेश सरकारकाले चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रमको कार्यविधि पास गरेर अगाडि बढाएको भन्दै उनले माघभित्र चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने तयारीमा रहेको बताए । मुख्यमन्त्री जमकट्टेलले प्रदेशका ८५ वटा पालिकामा पकेट क्षेत्र घोषणा गरेर प्रदेश सरकार अगाडि बढेको बताउँदै चिउरी, चेपाङ र चमेरो कार्यक्रममा पालिकालाई सहकार्य गर्न आग्रह गरे । हरेक क्षेत्रमा मिलेर काम गर्न सके सपना साकार…

Read More

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मन्दिर क्षेत्रमा ९० वटा पक्की सटर निर्माण गर्न लागेको छ । १४ करोड लागतमा २२ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोषले गत असोजमा धर्म एस निर्माण सेवा कम्पनीलाई ठेक्का लगाइसकेको छ । ती संरचना भाडामा लगाउने कोषको योजना छ । पशुपतिनाथ मन्दिरको पश्चिममा रहेको गौशालातर्फको खाली जग्गामा पक्की संरचना निर्माण गरिन लागेको हो । कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार निर्माण गर्न लागिएका सबै संरचना भाडामा लगाउने प्रयोजनका हुन् । एउटा संरचनाको मासिक २५–३० हजार रुपैयाँ भाडा उठाउने कोषको लक्ष्य छ । ‘अहिले भएका टहरा निकै कम भए, टहरा भाडामा लिन नपाउनेहरूले असन्तुष्टि जनाए, त्यसैले थप संरचना निर्माण गर्न लागिएको हो,’ उनले…

Read More

काठमाडौँ — पछिल्लो समय छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड-१९ को सब-भेरियन्ट जेएन.१ नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पहिलो पटक जेएन.१ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ७ वटा नमुनामा जेएन.१ पुष्टि भएको छ । देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट १६ वटा नमुना संकलन गरी आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जिनोम सिक्वेन्सिङ गरेको थियो । मन्त्रायलले कोभिड-१९ को सब-भेरियन्टको बढ्दो संक्रमणलाई ध्यान दिँदै सीमा नाकाका हेल्थ डेस्कहरूलाई आवश्यक स्क्रिनिङ गराउन अनुरोधसमेत गरेको छ । त्यस्तै स्वास्थ्य कार्यालयहरूलाई पनि मन्त्रालयले आवश्यक स्क्रिनिङ र निगरानीका…

Read More

काठमाडौँ ।  आगामी ११ माघमा १९ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन दलहरूले सोमवार उम्मेदवारी मनोनयन गराएका छन्। प्रमुख तथा पुराना भनिएका सत्तारुढ गठबन्धनका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले साझा उम्मेदवारी दिएका छन् भने नेकपा एमाले एक्लैले सबै ठाउँमा उम्मेदवार खडा गरेको छ। यस पटकको राष्ट्रियसभा निर्वाचनमा पुराना भनिएका यी दलहरूले पुरानालाई मात्र नभई नयाँ अनुहारलाई पनि अघि सारेका छन्, जसले पुराना दलहरू सुध्रन खोजेको संकेत गरेको छ।२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा शक्तिशाली भनिएका यिनै दलका उम्मेदवारलाई पाखा लगाउँदै काठमाडौं, धरान, धनगढीलगायतका पालिकामा स्वतन्त्र युवा निर्वाचित भएका थिए भने प्रदेश र संघमा पनि…

Read More

जाजरकोट । बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ । केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो । केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताए । उनले केही वर्षयतादेखि हिमालमा हिउँ पनि देखिन छोडेको जानकारी दिए। लालीगुराँस फुल्ने भेरी नगरपालिकाका तिमिले, डिँगा, राङ्सी, मछाइना, कुशेका पाँचकाटीया, समाइला, नलगाडको लहाँ, करुवा, डाँडागाउँ, बारेकोटका रामीडाँडालगायत गाउँमा प्रशस्तमात्रामा लालीगुराँस फुल्ने गरेका छन् । सबै लालीगुराँस नफुले पनि फाट्टफुट्टरुपमा लालीगुराँस फुलेको देख्न सकिने भेरी नगरपालिका–४ का ७७ वर्षीय खम्बजङ्ग शाहले बताए । पहिला यस्तो हुदैन्थ्यो,…

Read More

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ ।सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको…

Read More

नेपाल मण्डल एक साँस्कृतिक भूमि मात्र नभएर एक विशुद्ध आध्यात्मिक भूमि पनि हो। यहाँ अनेकौं धर्मको प्रभाव रहेता पनि बौद्ध र शैव/शाक्त परम्पराका सँस्कृतिहरु बढी हावी छन् । बौद्ध परम्परा अन्तर्गत साधनाको विषय रहेको र विशेषतः गुह्य राखी अरु सर्वसाधनहरुलाई भन्न नहुने भनेर लिने गरिने आगं द्य हरुका मुर्तिहरु समेत चोरी भई , यससँग सम्बन्धित अमूर्त परम्पराहरुको समेत निरन्तरता कायम नभएर आजकालका युवापिंधिहरु यस सम्बन्धि बेखबर भई हाम्रो अमूल्य निधि गुमाउनुपर्ने अवस्था आएको हुदा यस सम्बन्धि चर्चा गर्नुपर्ने आवश्यकता ठानेर यहाँ संक्षिप्तमा केही कुराहरु राख्न चाहन्छौं । विशुद्ध बौद्ध दर्शनको सुत्र या आगमलाई उत्तेजना र शक्ति रुपान्तरको माध्यमबाट ( तान्त्रिक…

Read More

एक समय भगवान बुद्ध भद्दिय जातिय बनमा बिहार गर्नुहुन्थ्यो । तब मेण्डक नाति उग्गह जहाँ भगवान हुनुहुन्थ्यो, त्यहाँ गए । नजिकै गएर भगवानलाई नमस्कार गरि एक छेउमा बसे । एक छेउमा बसेका मेण्डक नाति उग्गहले भगवानसग यस्तो भने:-“भन्ते ! अन्य तीन जनाको साथमा तपाईं भोलिका लागी मेरो निमन्त्रणा स्वीकार गर्नुहोस् ।” “भगवानले मौन बसेर स्वीकार गर्नुभयो ।” तब मेण्डक नाति उग्गह भगवानको स्वीकृति जानी, आसनबाट उठि, भगवानलाई नमस्कार गरि, प्रदक्षिणा गरि, उठेर गए । त्यस रात बितेपछि, पूर्वाह्न समयमा चिवर धारण गरेर-पात्र बोकि, जहाँ मेण्डक नाति उग्गहको घर थियो, त्यहाँ जानुभयो । त्यहाँ ओछयाइएको आसनमा बस्नुभयो । तब मेण्डक नाति…

Read More

काठमाडौँ- हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरिथरिका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको छ । नेवार समुदायको छुट्टै मौलिक पहिचानका रूपमा विकास हुँदै आएका ती परिकार आजभोलि बजारमा बिक्रीका लागि राख्ने, ‘फूड फेष्टिबल’ प्रदर्शनमा राख्ने तथा रेष्टुराँ एवं चमेना गृहमा पनि पाइन थालेपछि यसमा अन्य समुदायको आकर्षण बढ्न थालेको हो । सयौँ थरी खाद्य परिकारका धनी नेवार समुदायको योमह्री, चटाँमरी, सन्याखुना, तःखा, बारा, कचिला, व्छय्ला आदि खाद्य परिकार विभिन्न फुड फेष्टिबल, चाडपर्व तथा चमेना गृह आदि ठाउँमा देख्न पाइन्छ । सयौँ वर्षदेखि योमह्री पुन्हीका दिन…

Read More

भक्तपुरको टौमढी टोलमा अवस्थित न्यातापोल मन्दिर इ.सं १७०८ (ने.सं ८२८) मा कलाप्रेमी राजा भूपतिन्द्र मल्लले निर्माण गर्न लगाएका हुन्। काठमाडाै उपत्यकामा भएका छाने शैलीका मन्दिरहरुमध्ये यो मन्दिर पनि एक हो । यो मन्दिर ‘सिद्धिलक्ष्मी’ भनिने तान्त्रिक देवीको मन्दिर हो र यीनलाई ‘भैरवी’ पनि भनिन्छ तर मन्दिरभित्र देवी अदृष्यरुपमा रहेको मान्यता छ । लोकोक्तिअनुसार यस मन्दिर नजिकै रहेको भैरव मन्दिरको भैरवले धेरै दुःख दिएका हुनाले भैरवले समेत मान्नु पर्ने सिद्धिलक्ष्मीको यो मन्दिर बनाइएको हो । पाँचतल्ले जगमाथि निर्माण गरिएको यस भवनको जग बनाउनका लागि राजा भूपतिन्द्र मल्लले तीनवटा इँटा आफै बोकेर ल्याएको हुनाले यस कामबाट प्रभावित भएर प्रजाहरु समेतले यस मन्दिरको निर्माणमा…

Read More