काठमाडौं खबर पुस २६, २०८०
काठमाडौं । विसं. २०१० को एक राजपत्रमा भारतीयलाई विदेशी नभन्नू भन्ने एउटा आदेश भेटिएको छ । २०१० सालको पौष ७ गते तत्कालीन प्रधानमन्त्री राज्य व्यवस्था मन्त्रालयको सूचनामा भारतीयलाई विदेशी नभनी नेपाल र भारतबाहेकका अनेपाली नागरिकलाई मात्रै विदेशी लेख्ने आदेश भएको थियो ।
तत्कालीन सेक्रेटरी अच्युतराजले जारी गरेको सो सूचनामा धेरै भारतीयहरुले अझ पनि हामीलाई नेपाल सरकारबाट मुगलानीया भनी सम्बोधन गरेको भन्दै गुनासो गरेको उल्लेख छ । भारत स्वतन्त्र भएपछि यस्तो शब्द नहोस् भनी प्रधानमन्त्री छेउ निवेदन गर्दा गोस्वारा बोलीमा भारतका नागरिक मात्रका हकमा भए भारतीय र अन्य अनेपाली नागरिकजतिलाई विदेशी लेख्ने आदेश दिएको उल्लेख सो राजपत्रमा उल्लेख छ ।