एक समय भगवान बुद्ध भद्दिय जातिय बनमा बिहार गर्नुहुन्थ्यो । तब मेण्डक नाति उग्गह जहाँ भगवान हुनुहुन्थ्यो, त्यहाँ गए । नजिकै गएर भगवानलाई नमस्कार गरि एक छेउमा बसे । एक छेउमा बसेका मेण्डक नाति उग्गहले भगवानसग यस्तो भने:-“भन्ते ! अन्य तीन जनाको साथमा तपाईं भोलिका लागी मेरो निमन्त्रणा स्वीकार गर्नुहोस् ।” “भगवानले मौन बसेर स्वीकार गर्नुभयो ।” तब मेण्डक नाति उग्गह भगवानको स्वीकृति जानी, आसनबाट उठि, भगवानलाई नमस्कार गरि, प्रदक्षिणा गरि, उठेर गए ।
त्यस रात बितेपछि, पूर्वाह्न समयमा चिवर धारण गरेर-पात्र बोकि, जहाँ मेण्डक नाति उग्गहको घर थियो, त्यहाँ जानुभयो । त्यहाँ ओछयाइएको आसनमा बस्नुभयो । तब मेण्डक नाति उग्गहले भगवानलाई आफ्नै हातले उत्तम भोजन गराए । भगवानले भोजन गरिसक्नु भएपछि मेण्डक नाति उग्गह एक छेउमा बसे । एक छेउमा बसेका मेण्डक नाति उग्गहले भगवानसग यो निवेदन गरे:- “भन्ते ! मेरो यी कन्या पतिको कुलमा जानेछ । भगवान यिनलाई उपदेश दिनुहोस् । भगवान यिनलाई अनुसासित गर्नुहोस्, जुन दिर्घ कालसम्म उसको हित तथा सुखका कारण होश ।”
तब भगवानले कुमारीलाई यस प्रकारले उपदेश दिनुभयो :-“कुमारी हो ! यस प्रकार तिमीहरुले सिक्नुपर्छ कि तिम्रो कल्याण चाहाने वाला, तिम्रो हित चाहने वाला, तिमी माथी अनुकम्पा गर्नेवाला माता-पिताले अनुकम्पा गरेर तिमिलाई जुन पतिलाई दिनेछ तिमी उ भन्दा पहिले ( सुतेर ) उठने वाला हुन्छौं, उ भन्दा पछी सुत्नेवाला हुन्छौं, आज्ञामा रहनेवाला हुन्छौं, अनुकूल व्यबहार गर्नेवाला हुन्छौं तथा प्रीय-वादिनि हुन्छौं । यस प्रकार कुमारीहरुले सिक्नुपर्छ ।” “त्यसैले कुमारी हो ! यस प्रकार सिक्नुपर्छ कि तिम्रो श्रीमानको जुन गौरव-कृपा हुन्छ, चाहे आमा होश-चाहे पिता होश, चाहे श्रमण-ब्राम्हण होश, हामी उसलाई सत्कार गर्नेछौ, उनीहरुको गौरव गर्नेछौ, उनीहरुलाई मान्नेछौ, उनीहरुलाई पुज्ने छौ तथा अतिथि आउँदा उनीहरुलाई आसन तथा जल दिन्छौं । यस्तै प्रकारले कुमारी हो ! सिक्नु पर्छ ।”
“त्यस्तै कुमारी हो ! यस प्रकार सिक्नु पर्छ कि जे स्वामिको सिल्प ( कर्मान्त ) हुन्छ । चाहे उनको काम होस, चाहे कपासको काम होस, त्यसमा दक्ष हुन्छ, आलस्य रहित हुन्छ, त्यसमा यथोचित उपाय तथा बिचार गर्नेवाला, त्यसको ब्यबस्था गर्नमा समर्थ । यस्तो प्रकारले कुमारी सिक्नु पर्छ ।” “कुमारी हो ! यस प्रकारले सिक्नुपर्छ कि स्वामिको घरभित्र जो जन हुन्छ-चाहे दास होस, चाहे दुत होस, चाहे नोकर-चाकर होस । उनीहरुद्वारा गरेको-नगरेको कामको जानकारी राख्ने छौ, रोगीहरुको जानकारी राख्ने छौ र उनीहरुको खाना-पिना त्यसै हिसाबले बाडेर दिन्छ । यस्तो कुमारीहरुले सिक्नुपर्छ ।”
“कुमारी हो ! यस प्रकारले सिक्नुपर्छ कि स्वामिको घरमा जे पनि धनधान्य, चादी अथवा सुन ल्याइन्छ त्यसको सुरक्षा गर्नुपर्छ, आरक्षण गर्नुपर्छ । त्यो द्रब्यप्रती धुर्त हुनुहुदैन, त्यसलाई चोर्नेवाला हुनु हुदैन, त्यसले सुरा आदि पिउनु हुदैन तथा त्यसलाई नस्ट गर्नु हुदैन । यस प्रकार कुमारीहरुले सिक्नुपर्छ ।” “हे कुमारी ! जुन स्त्रीमा यी पाँच गुणहरु हुन्छन् ऊ शरीर छुटदाखेरी, मृत्युपछि अनन्तर मनापकायिक देवताहरुको साथमा जन्म ग्रहण गर्छ ।”
योन भरती सब्बदा निच्च आतापी उस्सुको, सब्बकामहर पोसं भत्तार नातिमञ्जनी ।।
न चापी सोत्थी भत्तार इन्छाचारेन रोमये, भत्तु च गरुनो सब्बे पटिपुर्जेती पंडिता ।।
उटिठाहिका अनलसा संगहितपरिज्जना, भत्तुमनापा चरती सम्भतं अनुरक्खती ।।
या एव वत्तती नारी भत्तुछन्दवमानुगा, मनापानाम ते देवा यत्थ सा उप्पज्जती ।।
जो प्रयत्वान, उत्साहपुर्ण स्त्री आफ्नो सबै कामना पूरा गर्नेवाला पुरुषका, पतिको नित्य पोषण गर्दछीन साथै उसको अवहेलना गर्दिनन । जो आफ्नो स्वैरी ( अतिचार / कुसासन ) भावले पतिलाई रुष्ट गर्दिनन, जो विदुषि आफ्नो पतिको सबै गौरब भाजन ब्यक्तिको पुजा गर्दछिन, जो अप्रमाद युक्त हुन्छिन, जो आलस्य रहित हुन्छिन, जो परिवारको सदस्यलाई प्रीय वचन आदिले संग्रह गर्नेवाला हुन्छिन, जो पतिका अनुकूल आचरण गर्दछिन, जो पतिले कमाएको धनलाई रक्षा गर्दछिन । जो यस प्रकार स्वामिको इच्छा अनुकुल व्यबहार गर्दछिन, उ मनाप देवताका साथ उत्पत्ती ग्रहण गर्छिन ।