काठमाडौं । बहाल र बहिल काठमाडौंवासीको लागि एउटा सामान्य शब्द हो । काठमाडौंका धेरै ठाउँको नाम नै बहाल र बहिलको नाम जोडेर राखिएको छ । जस्तो चाबहिल, टेबहाल, अकुबहाल जस्ता स्थानहरु बहाल र बहिलको नामबाटै राखिएका हुन् ।
काठमाडौं उपत्यकाको पाटनमा १४० बहाल र १५ बहिलहरु, काठमाडौंमा ८१ बहालहरु र १२ बहिलहरु र भक्तपुरमा २० बहाल र २ बहिल गरी जम्मा २४१ बहाल र २९ बहिलहरु रहेका छन् । काठमाडौंमा अठार प्रमुख विहारहरु छन् । तर बहाल र बहिलमा के फरक छ ? यसको बारेमा भने धेरैलाई जानकारी नहुन सक्छ ।
बहाल र बहिलको बीचको अन्तरको बारेमा अमृता महर्जनको शोधपत्रको सहयोगमा बहाल र बहिलबीचको फरकबारे उल्लेख गरिएको छ । मध्यकालमा पनि नेपालमा बौद्ध धर्मको प्रचार प्रसार थियो । भारतमा मुसलमानी आक्रमणबाट मन्दिर तथा बौद्ध विहारहरु नष्ट हुन थाल्यो । धार्मिक आक्रमणबाट आफ्ना धर्मको रक्षा गर्न भिक्षुहरु नेपाल पसे ।
भारतको नालन्दा र विक्रमशील जस्ता बौद्ध धर्मको अध्ययन अनुसन्धान गर्ने विश्वप्रसिद्ध केन्द्रबाट धार्मिक शरणार्थीहरु नेपाल आए । तर काठमाडौं उपत्यका भने बौद्ध धर्मको केन्द्र बनिनै रह्यो । यो कुरा त्यस कालमा निर्माण भएका र संस्कार ९जीर्णोद्वार० गरिएका विहारहरु तथा त्यसबेला लेखिएका धार्मिक ग्रन्थहरुबाट थाहा हुन्छ । नेपालमा हाल व्यवहारमा आएका धेरैजसो विहारहरु पूर्वमध्यकालमा निर्माण भएका र जीर्णोद्वार गरिएका देखिन्छन्। ती विहारहरुसँग जोडिएका नाम र विहारका निर्माण एवं संस्कारकर्ताहरुको नामको आधारमा समय थाहा पाउन सकिन्छ ।
संस्कृतको “विहार” शव्दलाई काठमाडौंका मानिसहरुले जनबोलिमा वहाल तथा वहिल भन्न थाले । पछि गएर यहि वहाल तथा बहिल शब्द वहाः, वहिः मा रुपान्तरण हुन गयो । नेवारी ९नेपालभाषा० को वहाः वहिःलाई नेपाली भाषामा वहाल र वहिल भनिन्छ । वास्तवमा नेपालभाषामा वहाः, वहिः नेपालीमा त्यसको अर्थ वहाल, वहिल भनिएको होइन ।
नेपालभाषाको बहाल बहिललाई नेपालीमा पनि त्यही उच्चारण गरियो । बोल्दा विस्तारै नेपालभाषामा “ल” लोप भइ विसर्गमा परिवर्तन भयो तर नेपालीमा यथावत रहिरह्यो । काठमाडौं उपत्यकामा बोलिचालिमा प्रयोग गरिने वहाल र वहिल शब्द सुन्दा उस्तै लाग्दछ । तर वास्तुकला र सामाजिक क्रियाकलापको आधारमा भिन्नता छन् । बहालको प्रवेशद्वारमा सिंह आकृति हुन्छ, बहिलको प्रवेशद्वारमा सिंह आकृति हुँदैन ।
बहालको बाहिरी भागमा वरिपरि एउटा होचो आधारपेटी रहेको हुन्छ भने बहिलको बाहिरी भागमा वरिपरि एउटा अग्लो आधारपेटी रहेको हुन्छ । बहालको प्रवेशद्वारमाथि तोरण राखिएको हुन्छ भने बहिलको प्रवेशद्वारमाथि तोरण हुँदैन । बहाल प्रवेश गर्नेबित्तिकै दायाँबायाँ काठका फल्चाहरु बनाइएका हुन्छन् भने बहिल प्रवेश गर्नेबित्तिकै पर्खाल लगाइएको हुन्छ, सम्भवतः पछि बनाएको हुन सक्छ ।
त्यस्तै, बहालमा विहारको मध्य कोठाको अघिल्लो लङ्गमा चोकतर्फ साना ९पासुका० झ्यालहरु रहेका हुन्छन् भने बहिलमा विहारको मध्य कोठाको अघिल्लो लङ्गमा चौडा प्रवेशद्वार र सडकतर्फ फर्केको भागमा बरन्डा रहेको हुन्छ । बहालमा चारवटा साँघुरो भर्याङ्गहरु हुन्छन्, जुन अलग समूहका कोठाहरुमा जानका लागि बनाएका हुन्छन् । एउटा फराकिलो ढुंगाको भर्याङ्गबाट नै माथिल्लो तल्लाको सबै कोठामा जान मिल्ने किसिमको हुन्छ । यीबाहेक पनि बहाल र बहिलमा देख्दै फरक देखिने वास्तुकला रहेको पाइन्छ ।