Author: Kathmandu Khabar

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटललाई दिएको कपिराइटसम्बन्धी अधिकार गैरकानुनी रहेको भेटिएको छ । सूचनामा डिजिटल कपिराइट ऐन अनुसार कारबाही हुने भनिए पनि यो नामको कपिराइट ऐन नेपालमा बनेको छैन । यसलाई प्रतिलिपि अधिकार ऐनले हेर्ने गर्छ । तर सो ऐनमा धर्ममा कपिराइट नलाग्ने उल्लेख गरिएको छ । पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती लगायतको भिडिओ कपिराइट पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटललाई मासिक एक लाख ६० हजार रुपैयाँमा बुढासुब्बा डिजिटललाई बिक्रिगरेर कोषको नामबाट पशुपति क्षेत्रमा टाँस गरिएको सूचनामा “डिजिटल कपिराइट ऐन अन्तर्गत कारवाही हुने” लेखिएको छ । “प्रतिलिपि अधिकार ऐन, २०५९” को दफा ४…

Read More

काठमाडौं । पोर्चुगल पठाइ दिने भन्दै झण्डै १० लाख ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ घर भई हाल काठमाडौं टोखा नगरपालिका-११ मनमैजु बस्ने २२ वर्षीय रचना थापालाई पक्राउ गरेको हो । उनले रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाउन प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाएर मासिक एक लाख ३० हजार रुपैयाँ तलब हुने प्रलोभनमा पारेर ठगी गरेको आरोप छ ।पीडितबाट पटक-पटक गरी ९ लाख ९० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।…

Read More

काठमाडौँ उपत्यकामा यस वर्षअन्तर्गत आज (शुक्रबार) अहिलेसम्मकै चिसो भएको छ।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस देखिएको हो।‘ यो उपत्यकाका लागि यस हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो’, उनले भनिन्, ‘अझै घट्ने सम्भावना छ।’मौसमविद् मानन्धरले आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीसम्म रहने अनुमान गरिएको बताइन्। उपत्यकाको अधिकत तापक्रम पनि केही दिनयता ओरालो लागिरहेको छ। महाशाखाको विवरणअनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस थियो।  २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम…

Read More

काठमाडौं । धार्मिक अतिक्रमणका लागि विभिन्न काम गर्दै आएको पशुपति क्षेत्र विकास कोषले अर्काे विवादित निर्णय गरेको छ । पशुपतिमा गरिने गंगा आरतीलाई व्यावसायिक कम्पनीलाई ठेक्कामा दिएर भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी पशुपति क्षेत्र विकास कोषले दिएको हो । बुझ्नुपर्ने कुरो नेपालमा यसमा लेखिएजस्तो ‘डिजिटल कपिराइट ऐन’ नामको कुनै ऐन छैन । सो विषयलाई प्रतिलिपि अधिकार ऐन २०५९ले हेर्ने गर्छ । ऐनको नामसमेत ठीकसँग नलेखी सूचनामा कोषले आम आस्तिकमाथि कारबाहीको चेतनावनी दिएको हो । यस्तो छ कोषको सूचनाः

Read More

काठमाडौं । सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा ३७.४८ प्रतिशतले बढी हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उडान सुरक्षामा सुधार र हवाई पूर्वाधारमा भएको प्रगति, जहाज सङ्ख्यामा भएको बढोत्तरीसँगै गन्तव्य विस्तारले विगतका वर्षभन्दा यस वर्ष हवाई यात्रुको सङ्ख्या बढ्दै गएको बताउनुभयो । “सन् २०२२ को ११ महिनामा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९४१ र अन्तर्राष्ट्रियतर्फ ७७ लाख ९४ हजार २१७ जनाले…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि आवेदन आह्वान गरिएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्ने समितिले शुक्रबार विज्ञप्ति जारी गरी उपकुलपतिको लागि योग्य व्यक्तिले १० दिनभित्र आवेदन दिन भनेको हो । योग्य आवेदकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेभसाइटमा गएर आवेदन भर्न सक्ने व्यवस्था गरेको छ । यस्तो छ जारी सूचना :

Read More

काठमाडौं । मेलम्ची खानेपानी आयोजना शुरू भएको दुई दशक बितिसक्दा पनि उपत्यकावासीले अझै दीर्घकालीन रूपमा प्यास मेट्न पाएका छैनन्। पानी आउन सकेको छैन नै, पटक-पटक मर्मतमा करोडौँ रुपैयाँ खर्च भइरहेको छ। सन् २००१ मा शुरु भएको आयोजना दुई दशकपछि अर्थात् पहिलो पटक २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो। तर, २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍यायो। क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो। सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी ल्याउन बन्द गरेको…

Read More

मैले पहिले पनि यो शब्दको अर्थलाई व्याख्यासहित प्रस्तुत गरेको थिए । यसको अर्थ संस्कृत बौद्धधर्मका ग्रन्थमा यसरी उल्लेख गरिएको छ । तथागत शब्दको तीन फरक अर्थहरू छन् जुन बुद्ध शब्दले त्यति समेट्दैन। त्यसैले ‘बुद्ध’ भने पनि तथागत भनेर पनि उल्लेख बौद्ध सुत्र अनि शास्त्रमा हामी गरेको पाउँछौं । १) यथागन्तव्यं गत: = जसरी गन्तव्यमा जानुपर्ने त्यस्मा पुगेको वा गएको। (अर्थात् बोधी वा निर्वाणसम्म पुगिसकेको) २) सुष्ठु गत:, अपुनरावृत्ति-अर्थेन, सुनष्टज्वरवत् = कहिल्यै यो संसारमा फर्केर नआउने हिसाबले राम्रोसँग गएको, सम्पूर्ण ज्वरो निभाएको जसरी । ३) नि:शेषं वा गत:, नि:शेषज्ञेयगमनार्थेन, सुपुर्णघटवत् = वा केही पनि बाँकी नरहने गरेर जान्नुपर्ने सबै बुझेको/जानेको, जस्तो…

Read More

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव १६ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ । कुल एक करोड ६० लाख ५२ हजार एक सय एक कित्ता सेयर रु पाँच अर्ब ५८ करोड ११ लाख सात हजार आठ सय चार मूल्यमा खरिद…

Read More

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टङ्कलाल घिसिडको अध्यक्षतामा आज बसेको बैठकले उक्त प्रस्ताव गर्ने निर्णय गरेको हो । खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित हाल पुल्चोकको हरिहर भवनस्थित मन्त्री निवास ललितपुरको भैँसेपाटीमा निर्मित भवनमा स्थानान्तरणपश्चात् खेलाडी आवासका रुपमा रुपान्तरण गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको हो । विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका दौरान होटल तथा बसोबास खर्चबापत राज्यले ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न…

Read More

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ । यसअघि तोकिएका जिल्ला न्यायाधीशमध्ये अधिकांश उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका र एक जना अस्वथ्य भएकाले निर्वाचन अधिकृतहरू परिवर्तन गरिएका हुन् । आयोगको आजको निर्णयबाट जगेडामा रहेका जिल्ला न्यायाधीश कोशी प्रदेशका लागि विष्णुप्रसाद गौतम, मधेस प्रदेशका लागि चित्रबहादुर गुरुङ, बागमतीका लागि श्रीप्रसाद सञ्जेल, गण्डकी प्रदेशका लागि ऋषिराम आचार्य, लुम्बिनी प्रदेशका लागि कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशका लागि मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशका लागि विष्णुप्रसाद अवस्थीलाई तोकिएको छ । आयोगको यही पुस १२ गतेको निर्णयबमोजिम सातवटै प्रदेशमा नियुक्त निर्वाचन अधिकृत जिल्ला न्यायाधीशहरू…

Read More

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौँ, न्यू भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत, आराभाली इन्फ्रापावर भारत नयाँदिल्ली, प्रनिश इन्टरनेशनल प्रालि काठमाडौँ, कोशी निर्माण सेवा काठमाडौँ, दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड, मामा भान्जा निर्माण सेवा उदयपुर, सत्यस्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौँ र पाँचखाल कन्ट्रक्सन प्रालि काठमाडौँ छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णुप्रसाद शर्माले भने, ‘विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकामा त्यसको समयावधि पूरा गरेपछि अहिले थप सातदिने स्पष्टीकरण मागिएको हो,…

Read More

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक खेलतालिका सार्वजनिक गरेको छ । क्यानले आज यहाँ पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेलतालिका सार्वजनिक गरेको हो । नेपालले आइसिसी विश्वकप लिग दुई, टि–२० सिरिज, एकदिवसीयलगायतका सिरिजलाई खेलतालिकामा समेटेको छ । नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिकोणात्मक टि–२० सिरिज खेल्ने खेलतालिकामा उल्लेख छ । उक्त खेल नेपालमै हुनेछ । त्यस्तै १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच एकदिवसीय र तीन टि–२० खेल खेल्ने…

Read More

सन् २०२४ को पहिलो उल्का वर्षा बिहीबार र शुक्रबार हुने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार पुस १९ र २० गते राति अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको हो ।  यसलाई भूतप उल्का वर्षा नाम दिइएको उनको भनाइ छ । बुधबार अध्यक्ष भट्टराईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसैदेखि  अत्यधिक मात्रामा सक्रिय भए पनि राति ११ः३० बजेदेखि २० गतेको सूर्योदय भन्दा अगाडि हेर्न सकिनेछ।’’ उनले अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशको अवलोकन गर्न सकिने जानकारी दिए ।उल्का वर्षा प्रति घण्टा ५० देखि १२० वटासम्म…

Read More

काठमाडौं । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले बिहीबार हस्ताक्षर गर्ने कार्यक्रम तय भएको ऊर्जा मन्त्रालयका प्रवक्ता एवं सहसचिव नवीनराज सिंहले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो । प्रधानमन्त्री ‘प्रचण्ड’का भारतीय समकक्षी नरेन्द्र मोदीले सोही अवसरमा दीर्घकालीन रुपमा नेपालको बिजुली…

Read More

काठमाडौं । न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए ।

Read More

काठमाडौं । छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ । भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्नहुनु, भौतिक दुरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन् । उनले नेपालमा अणुवाङ्शिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको बताए । मन्त्रालयले विश्वका केही देशमा कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि…

Read More

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउँदै छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल भ्रमणमा आउनलाग्नु भएको पररास्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले जानकारी दिनुभयो । भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो । उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन् । भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुहुनेछ । नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय भेटघाट आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण हुन लागेको…

Read More

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ को विन्दुमा कायम भएको हो । आज तीन सय छ कम्पनीको एक करोड पाँच लाख चार सय ९८ कित्ता शेयर ९६ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा रू चार अर्ब चार करोड ८८ लाख ५७ हजार चार सय ५४ बराबरको कारोबार भएको छ । सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ०८ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ०८ प्रतिशतले बढेको छ । आजको कारोबारमा सातवटा कम्पनीको शेयर मूल्यमा…

Read More

काठमाडौँ । न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहनुभएको छ । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ ।

Read More

श्रीमहाकाल वा महंका द्यलाई येन डेको मुख्य संरक्षक मानिन्छ र महंका आजु पनि भनिन्छ। काठमाडौंमा स्थापित महांकाल वज्रयान बौद्ध धर्मको मुख्य देवतामध्ये एक हुन्, जसलाई प्रत्येक महाविहारको संरक्षकको रूपमा मानिन्छ र प्रायः ‘बज्रबीर’ भनिन्छ तर हिन्दुहरूले पनि भगवान् शिवको उग्र रूपको रूपमा पूजा गर्छन्। महांकाललाई महांकाल, बज्रवीर, बज्रसिद्दी, टुँडी भैरव, बज्र भैरव, बजर टुण्डी आदि विभिन्न नामले बोलाइन्छ। महाकालको तीर्थ तिनिख्योमा अवस्थित छ र दुष्ट आत्माहरूबाट रक्षा गर्न, बाधाहरूबाट बाहिर निस्कन र जीवनमा भाग्य ल्याउनको लागि विशेषरूपमा पूजा गरिन्छ। मन्दिर कसरी स्थापना भयो भनेर व्याख्या गर्न धेरै लोककथाहरू छन्। महाकालको मन्दिरको बारेमा एउटा प्रचलित र लिखित कथाले बताउँछ कि तत्कालीन…

Read More

सन् १९५२ मा पहिलो पटक नेपालबाट अमेरिकी फुलब्राइट छात्रवृत्ति पाएर योगप्रसाद उपाध्याय र रामचन्द्र मल्होत्रा उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेका थिए। योगप्रसाद उपाध्याय भने अमेरिकाको ‘अमेरिकन युनिभर्सिटी’ पुगेका थिए। सन् १९५३ को फेब्रुअरीमा युनिभर्सिटीकै पत्रिकामा उनको तस्बिर सहित प्रकाशित भएको खबर रहेछ यो । वि.सं. २००७ सालमा प्रजातन्त्र आउँदा नेपालमा करिव दुई प्रतिशत साक्षरता थियो भने पहिलो निर्वाचन वि.सं. २०१५ सम्म आउँदा करिव ६ प्रतिशत सम्म थियो। नेपालल कति पछि मात्र पश्चिमी आधुनिक शिक्षा संग जोडिन पुग्यो भन्ने उदाहरण हुन मल्होत्रा र उपाध्याय। अघिल्लो पुस्तालाई बिधालय स्थापना गर्नु र बालबालिका बिधालय सम्म पुर्याएर साक्षर बनाउने चुनौती थियो भने अहिलेको…

Read More

काठमाडौँ । मध्य जाडोमा पनि दैनिक एक/दुई डेंगु संक्रमित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्ने गरेका छन्। अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पछिल्ला केही वर्षयता चिसो मौसममा समेत संक्रमण देखिएको छ। सामान्यतया डेंगु संक्रममण सर्ने एडिस जातको लामखुट्टेको प्रजननका लागि १६ डिग्री सेल्सियस वा  माथिको तापक्रम उपयुक्त हुने गरी आफूलाई परिवर्तन गरिसकेको डा.पुनको भनाइ छ। डेंगी संक्रममण सर्ने एडिस जातको लामखुट्टेले आफूलाई हरेक मौसम (गर्मी तथा जाडो) जुनसुकै मौसममा पनि बाँच्न सक्ने गरी परिवर्तन गर्दा चिसो मौसममा पनि डेंगुको समस्या नघटेको बताउँछन्। ‘पछिल्लो २/३ वर्ष यता चिसो मौसममा पनि डेंगु संक्रमण देखिन रोकिएको छैन, मध्य जाडोको यो…

Read More

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केही दिनयता चहलपहल बढ्दो छ। राष्ट्रिय सभा निर्वाचनका लागि सिफारिसमा परेका उम्मेद्‍वारको चापका कारण अहिले देउवा निवासमा कडाईसमेत गरिएको छ। उम्मेद्‍वारका आकांक्षी अहिले देउवालाई रिझाउने कसरतमा छन्। आफैं भेट्ने तथा लबिङ गर्ने काम आकांक्षीहरुले गरिरहेका छन्। आफ्नो उम्मेद्‍वारी सुनिश्चित गर्न सिफारिसमा परेका कतिपय केन्द्रीय नेता लिएर देउवाकहाँ धाइरहेका छन् भने कतिपयले सुटुक्क भेटिरहेका छन्। देउवाले भेटका लागि ३ देखि ५ मिनेट समय दिने गरेको उम्मेद्‍वारका एक आकंक्षीले बताए।बाग्मतीमा ९१ जनाको नाम सिफारिस गरिको छ। जसमा केन्द्रीय सदस्य जिपछिरिङ लामा, गणेश लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, मदन अमात्य, जितजंग बस्नेत लगायत छन्। काठमाडौंका…

Read More

काठमाडौं । नेपालमा एक समय सबैभन्दा धेरै चलेको चिनियाँ एमजी कम्पनीको इलेक्ट्रिक गाडीमा आगो लागेको विषयले कम्पनीलाइ रक्षात्मक बन्न पुगेको छ । काठमाडौंको बुढानीलकण्ठमा चार्जिङमा राखिरहेको एमजीको बागमती प्रदेश ०१-०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ । गत ९ गते सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ । चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको एक प्रहरी अधिकारीले जानकारी दिएपछि कम्पनीलाइ खबर गरिएको थियो । एक प्रहरीका अनुसार प्रहरी पुग्दा विद्युतीय सवारीको चारवटै टायर बलिसकेको थियो । आगलागी नियन्त्रण भए पनि…

Read More

गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी दिएको छ । इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताए । “सेनाले यो पूरा वर्ष थप कार्य र युद्धको आवश्यकतालाई बुझेर भावी योजना बनाउनुपर्छ”, अक्टोबर ७ मा हमासको हमलबाट सुरु भएको द्वन्द्व अझ बढेको भन्दै उनले भने । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार हमास शासित गाजामा पुनः गोलाबारी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका…

Read More

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार हुँदै गएको छ । ७७ वर्षीय वैद्यलाई चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् ।

Read More

भक्तपुर । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका ‘देवगण’ एक सातासम्म मध्यपुरथिमिका टोलटोलमा नृत्य प्रस्तुतसँगै स्थानीयको पूजा ग्रहण गरी बिदा भएको छ । मध्यपुरथिमिमा यही पुस ११ गतेदेखि सुरु भएको नवदुर्गा नाच अन्तिम दिन सोमबार दिउँसो र राति मरुटोल र बालकुमारी प्राङ्गणमा बाराही नाच, सिम्हादुम्हा न्यालाकेगु नाच, महाकाली नाच, श्वेत भैरव न्यालाकेगु जात्रापछि आरतीसँगै प्रदर्शन गरिएको थियो । त्यसपछि स्थानीयको पूजा ग्रहण गरी नवदुर्गा नाच भक्तपुर फर्किएको मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले राससलाई जानकारी दिए । मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच चपाचोमा प्यमा द्यो नाच, भुँलाखेलमा प्यमा द्यो नाच र खाँ प्याखँ नाच, नगदेश र बोडेमा, दथुटोलमा, दधिकोटको चित्रपुरमा, मध्यपुरथिमिको मरुटोल…

Read More

काठमाण्डाै । नेपालमा एक वर्षमा झन्डै १० लाख १५ हजार जना पर्यटक आएका छन् । सन् २०२३ मा हवाई मार्गबाट दुई सय १९ वटा देश तथा क्षेत्रका १० लाख १४ हजार आठ सय ७६ जना पर्यटक आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । गएको डिसेम्बर महिनामा मात्रै ९६ हजार पाँच सय ६८ जना पर्यटक नेपाल आएका हुन् । सन् २०२३ मा नेपाल आएका पर्यटकमध्ये तीन लाख १९ हजार नौ सय ३६ जना भारतीय रहेका छन् । यस्तै अमेरिकाबाट एक लाख तीन सय ५७ जना, चीनबाट ६० हजार आठ सय ७८ जना र बेलायतबाट ५२ हजार आठ सय…

Read More

यतिखेर चर्चाको उत्कर्षमा रहेको विषय हो, रास्वपा अध्यक्ष रवि लामिछाने र ग्यालेक्सी फोर के टिभीका सञ्चालक जिबी राईबीचको सम्बन्ध । जिबी राई र रवि लामिछानेको सम्बन्धबारे टिप्पणी गर्दै पोखरा महानगरपालिकाको सहकारी महाशाखा प्रमुख भरतराज पौडेलले यो विषय एकदमै शंकास्पद रहेको बताएसँगै विषयले रवि लामिछानेलाई लखेट्न थालेको छ । सहकारीले ऐनविपरीत विभिन्न सहायक कम्पनीमार्फत् कर्जा लगानी गरेको पाइएकोले थप अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । सूर्यदर्शनमा १८ हजार बचतकर्ताको पैसा फसेको र बचतकर्ताहरूले एक अर्ब ३१ करोड रूपैयाँको मागदाबी गरेको उनले जानकारी दिए । ‘सो सहकारीमा एकदमै धेरै बेथिथि पाइयो । बचतकर्ताको रकम जथाभावी कर्जा लगानी गरिएको रहेछ । नभएको कम्पनी…

Read More