नेपाली विद्यार्थीहरूको पहिलो गन्तव्य थलो बनेको अस्ट्रेलियले दुई साताअघि आफ्नो शिक्षा नीति तथा कार्यक्रममा आप्रवासन रणनीति सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा कटौती गर्ने र सेवासुविधामा कटौती गर्ने निणर्य गरेपछि नेपाली विद्यार्थीहरूमा पनि त्रासदी छाएको छ। उच्च अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय विद्यार्थीको पढाइ र काम गराइमा तालमेल नभएका कयैन् प्रमाण फेला परेपछि सरकारले उनीहरूको तथ्यांक खोतल्न थालेको थियो। सोही कारण केही नेपाली विद्यार्थीहरूको प्रवेशाज्ञा रद्द भएको र कयैनमाथि प्रश्न उठेपछि विद्यार्थीहरूमा त्रासदी छाएको हो। ‘आगामी केही वर्ष हामी विदेशी विद्यार्थीको संख्या बढाउन चाहँदैनौं,’ अस्ट्रेलियाकी गृहमन्त्री क्लेर ओनीलले अस्ट्रेलियाको संघीय सरकारको दश वर्षे आप्रवासन रणनीति सार्वजनिक गर्दै भनेकी थिइन्। नयाँ वर्षको सुरूदेखि नर्सिङमा काम गर्ने विद्यार्थीहरूको समेत काम गर्ने समयसीमा…
Author: Kathmandu Khabar
काठमाडौँ । बंगलादेशको एक अदालतले नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसलाई देशको श्रम कानुन उल्लंघन गरेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको छ । ८३ वर्षिय युनुस प्रधानमन्त्री शेख हसिनाका प्रखर आलोचक हुन् । उनका समर्थकहरुले यो मुद्दामा भएको फैसला राजनीतिक रुपमा प्रेरित भएको आरोप लगाएका छन् । युनुसमाथि राजनीतिक पूर्वाग्रहका आधारमा उत्पीडन गरिएको भन्दै भन्दै गत सेप्टेम्बरमा १७० भन्दा बढी विभिन्न देशका व्यक्तिहरुले शेख हसिनासँग आग्रह गरेका थिए । समान पृष्ठभूमिमा युनुससहित संलग्न रहेको एक टेलिकम फर्मले कामदारहरूको लागि कल्याणकारी कोष सिर्जना नगरेको ठहर गर्दै अदालतले दोषी किटान गरेको हो । तर यो फैसलाविरुद्ध उनीहरुले पुनरावेदन गर्ने भएका छन् । ‘मेरा वकिलहरूले अदालतमा दृढतापूर्वक तर्क…
काठमाडौं । पशुपतिनाथमा वाग्मती नदीपट्टि विरूपाक्षको मन्दिर तथा मूर्ति छ । विरूपाक्ष को हुन् वा के हुन् भन्ने विषय सँधै चर्चा परिचर्चा भैरहन्छ । उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक्ष नामक एक सुन्दर किराती थिए । बिरुपाक्ष १२ बर्षको उमेरमा आफ्नी आमासँग खटपट भै घर छोडेर हिँडे । धेरै समयसम्म छोराको बाटो हेर्दा हेर्दै दिक्क बनेका आमा पनि एकदिन घर छोडी फिरन्ते भएर हिँडिन् । कालान्तरमा कर्मभोगको सिलसिलामा एकदिन एक जंगलमा आमा छोराको भेट भयो, तर दुबैले एकले अर्कालाई चिनेनन् । एकान्त ठाउँ, रातको समय, आमाको सुन्दरता, दुबैमा कामतृष्णा जागृत भयो र अन्ततः दुबै बीच सहबास भएछ । कुरै कुरामा एक…
केशव पाठक यसपटक नेपालबाट अमेरिकातिर आउँदा बकेट लिस्टमा केही विषय थिए । ती केहिमध्ये थिए कोलोराडोको पुरातात्विक ठाउँ मेसा भर्डे र ऐतिहासिक डुराङ्गो सिल्भरथोन न्यारो गेज रेलवे, डेनवरको ११७ वर्ष पूरानो बकहर्न एक्सचेन्ज क्याफे, न्यूयोर्कको १०० वर्ष पुरानो क्याफे रेजियो, ३०० वर्ष पूरानो द सेभेन्टि सिक्स हाउस । न्यूयोर्क विश्वकै धेरै गतिशील र लगातार बढ्दै गरेको अमेरिकी महानगर हो । यहाँ करिब ३ लाख ५० हजार मिलेनियरहरु बसोबास गर्छन् । न्यूयोर्क लामो समयदेखि यसको समृद्ध इतिहास र प्रतिष्ठित साइटहरूको लागि प्रसिद्ध छ । यहाँ घुम्न, हेर्न र मनन गर्न लायक धेरै विषय छन् । ग्रीनविच गाउँको चहलपहल अनि उज्याला सडकहरू बीचको धेरै ठाउँहरू मध्ये…
ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम डेभिजफल (पातले छाँगो) को दृश्यावलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ । जमिनको सतहबाट एकसय मिटर पानीका थोपाले स्नान गर्दै ओरालो झरेपछि गुफाभित्र फराकिलो स्थानमा प्राकृतिक शिलामा महादेवको आकृतिको दर्शन गर्न पाइन्छ । शिव भगवानलाई दाहिने पार्दै सानो प्वालबाट निहुरिएर एक सय मिटरको दुरीभित्र पुगेपछि त्यहाँ फराकिलो ठाउँ छ । पत्रैपत्रा परेका चट्टानमा विभिन्न देवदेवीका आकृति देखिनुका साथै सिद्धार्थराजमार्गको प्राकृतिक पुलमुनीबाट उभिएर देखिने डेभिजफल (पातले छाँगो) सँगै तलाउको दृश्यले यहाँ आउने पर्यटकलाई आनन्दित बनाउने गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाले जानकारी दिनुभयो…
एमाले गण्डकीले करिब १० करोडमा पोखरा–८ सिमलचौरमा रहेको मानबहादुर गुरुङको १० आना क्षेत्रफलमा बनेको पाँच तले घर किनेको छ । पोखरा–८ सिर्जनाचोकमा मूल सडकले भेट्ने यो भवन ४० हात मोहडा र त्यत्ति नै हात पिछाडि छ। एमाले गण्डकी अध्यक्ष नवराज शर्माले पार्टीलाई सुविधा सम्पन्न भवन आवश्यक परेकाले सो भवन खरिद गरेको बताए। उनले भने, ‘पहिले १० करोड रुपैयाँ भनेपछि नकिन्ने मूडमा थियौं तर घरवालाले ९ करोड ६५ लाखमा दिन्छु भनेपछि खरिद गरेका हौं।’ अध्यक्ष शर्माका अनुसार जग्गाको बैना गरिसकिएको छ। चार महिनाको भाका राखेर गत मंसिर ४ गते बैना गरिएको उनको भनाई छ। ‘बैना बापत २५ लाख रुपैयाँ दिएका छौं,’उनले…
जीआर रञ्जित सांस्कृतिक नगरहरूमा पाइने विभिन्न संस्कृतिक सम्पदाहरूमध्ये भैल प्याखं पनि एक हो । भैल प्याखं भन्नाले भैरव नाच भन्ने अर्थ लाग्दछ । यस नाचमा भैरवलगायत दस विभिन्न देवदेवीहरू हुने गर्छ । जसमा भैरव, महाकाली, बाराही, देवी, महालक्ष्मी, बेताल -३, र भुचा-२ जना हुने गर्छ भने यस नाचमा भैरव मुख्य हुने गर्छ । किंवदन्तीअनुसार एक समय नगरमा भूतप्रेतले धेरै दु:ख दिन थालेपछि राजाकोमा सो कुराको जाहेरी हुन पुग्यो । राजाले तत्काल तान्त्रिकलाई डाकेर क्रोधरूपी भैरवको आह्वान गरे । भैरवका साथ महाकाली, बाराहीलगायत अन्य देवीहरूले भूतप्रेतमाथि जीत हासिल गरेको खुसियालीमा नवदुर्गा नाचको सुरुवात भयो । यसै नवदुर्गा नाचको मनोरञ्जन स्वरूप नै…
ल्होसार शब्द (ल्होंसार) मिलेर बनेको शब्द हो । गुरुङ्ग भाषामा ल्होको अर्थ वर्ग र सारको अर्थ नयाँ हो । त्यसैले ल्होसार भनेको नयाँ वर्ष हो अर्थात एक साल समाप्त भएर अर्को नयाँ सालको आगमन हुनु हो । तिब्बती वर्मेली उत्पतिका मुल जातिगत मान्यताहरुमा ल्होसार १२ भागमा बाडिएको हुन्छ । जुन १२ वटा जीवजन्तुहरुको नाममा नामकरण गरिएको हुन्छ । १२ जीवजन्तुमध्ये प्रत्येक वर्षका लागि एक–एकवटा तोकिएको हुन्छ । १२ वर्षको चक्र पूरा गरेपछि त्यही ‘ल्हो’ पुन दोहोरिएर आउँछ । त्यसलाई ल्हो बहोर (वर्ग चक्र) भनिन्छ । नेपालमा ल्होसार तीन प्रकारले मनाइन्छ । जुन तल निम्नानुसार रहेका छन्ः १) तोला ल्होसारः–तिब्बती भाषा…
काठमाडौं । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा मनाइने यो पर्वलाई तोला ल्होसार पनि भनिन्छ । यस दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । ल्होसार शब्द (ल्होंसार) मिलेर बनेको शब्द हो । गुरुङ्ग भाषामा ल्होको अर्थ वर्ग र सारको अर्थ नयाँहो । त्यसैले ल्होसार भनेको नयाँ वर्ष हो अर्थात एक साल समाप्त भएर अर्को नयाँ सालको आगमन हुनु…
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ । बिहीबार सुरु भएर शनिबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने गरी मापदण्ड बनाउने निर्णय गरेको हो । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेदेखि जारी बैठक आज सम्पन्न भएको हो । बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको निश्चित मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२…
काठमाडौं । विवादका कारण पुनः निर्माणको कामअघि बढ्न नसकेको हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम छेँ को पुनःनिर्माणले गति लिने भएको छ । हनुमानढोका क्षेत्रको नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर (आगम छेँ) नेपाली सीप र शैलीमा पुनःनिर्माण गर्ने विषयमा सरोकारवाला कार्यालयबीच साझा मत भएसँगै उक्त ऐतिहासिक सम्पदाको पुनःनिर्माण हुने निश्चित भएको हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनाललेले जानकारी दिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले यस क्षेत्रका ५८ सम्पदामा क्षति भएको थियो । भूकम्पले जीर्ण भएका वसन्तपुर क्षेत्रका केही सम्पदा पुनःनिर्माण भइसकेका छन् । केही पुनःनिर्माणका चरणमा छन् । चौक्वाठ शैलीमा निर्मित…
प्राचीन काठमाडौं उपत्यकाका मुख्य तीन राज्यहरू मध्य एक ख्वप अर्थात भक्तपुर वर्तमान समयसम्म पनि आफ्नो मौलिक वास्तुकला र रितिरिवाज जीवित राखिरहेको एक अनुपम सांस्कृतिक नगरको रूपमा प्रख्यात रहेको छ। भक्तपुर भ्रमण गर्ने जो कोहीलाई पनि भुतकालमा यात्रा गरेर ऐतिहासिक जीवनको अनुभव गरेको भान हुने प्राय अभिव्यक्त भएको सुन्न सकिन्छ। मुख्यतः भक्तपुरमा चर्चित सांस्कृतिक तथा पर्यटकीय स्थानहरू मल्लकालिन दरबारहरू साथै हिन्दु मठमन्दिरहरू रहेका छन् । ख्वप लायकु ( दरबार स्वायर), ङातापोल मन्दिर तथा भैरवनाथ रहेको टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र तथा पोटरी स्वायर देशी तथा विदेशी पर्यटकको लागि मुख्य गन्तव्य हुन्। तर भक्तपुर अथाह सम्पदा र संस्कृतिको भण्डार हो भन्ने बुझ्न केही…
-विधु पी कायस्थ पद्मसुन्दर मल्ल (सन् १८९०–सन् १९७४) नेपालको पहिलो इलेक्ट्रिकल इन्जिनियर र संयुक्त राज्य अमेरिका भ्रमण गर्ने पहिलो नेपाली थिए। उनले नेपालमा बिजुली उत्पादनको अग्रगामी गरे जसले देशको उदीयमान औद्योगिक क्षेत्रलाई बिजुली प्रदान गर्यो । पद्मसुन्दरको जन्म भक्तपुरको खौमा टोलमा भएको थियो, चार दाजुभाइमध्ये तेस्रो। उनका जेठा भाइ प्रख्यात शिक्षाविद् तथा लेखक जगतसुन्दर मल्ल थिए। दरबार हाईस्कुलमा पढ्नको लागि परिवार काठमाडौंको असनमा सरे। पद्मसुन्दरलाई काठमाडौंमा जापानी बौद्ध भिक्षु तथा यात्री एकाइ कावागुचीसँगको भेटपछि उच्च शिक्षाका लागि जापान जान प्रेरणा मिलेको थियो । जापान र अमेरिका सन् १९१६ मा, पद्मसुन्दर र उनका जेठा भाइ जगत सुन्दर भारतको कोलकाता गए र…
श्री ५ पृथ्वी वीरविक्रम (राजा त्रिभुवनका पिता) राजा हुँदा राममणि आदी (आचार्य दीक्षित) संवत् १९६६ कात्तिक ४ गतेदेखि राजदरबारको सेवामा प्रवेश गरेका थिए । सुल्टोलाई उल्टो र उल्टो कुरालाई सुल्टो जस्तो बनाएर कतिपय कर्मचारी एवं चाकडीबाजहरूले राजालाई पनि ढाँट्थे भनेर उनले ‘प्राचीन संस्मरण’ पुस्तकमा लेखेका छन् । जंगबहादुर कुँवरले कोतपर्वमा आफ्ना प्रतिद्वन्द्वी र शत्रु मासेर शासनको बागडोर लिई तानाशाही चलाए । उनलाई प्रधानमन्त्री र प्रधानसेनापति बनाइएपछि विशेषाधिकार प्राप्त गरे । कुँवरको सट्टा ‘राणा’ लेख्ने अनुमति पाए । अन्ततः राणाहरूले १०४ वर्षसम्म राजाहरूलाई कैदीजस्तै बनाएर पिँजडाको सुगासरह व्यवहार गरे । त्यसैले शाहवंशका राजाहरूले २४० वर्ष शासन–प्रशासन चलाए भनेर लेख्ने इतिहासकारहरूले आफ्ना…
राजा शासनकालमा प्रजातन्त्रपछि वीरेन्द्रलाई धेरैले मन पराउने गर्छन् । विकासको काममा राजा महेन्द्रले धेरै काम गरे पनि निरंकुश पञ्चायती शासन सुरु गरेको भन्दै महेन्द्रलाई केहीले आलोचना गर्ने गरेका छन् । तत्कालीन राजा वीरेन्द्रप्रति नेपाली जनता किन सकारात्मक थिए ? कुन–कुन कदम र निर्णयले उनी नेपाली जनताका प्रिय राजा बन्न सफल भएका थिए ? यस विषयमा संक्षिप्त जानकारी उल्लेख गरिएको छ । राजा वीरेन्द्रका केही विशेषताहरू छन् । जसमा उनको बौद्धिकता आदि विशेषत छन् । बौद्धिक व्यक्तित्व, शिक्षित राजा तत्कालीन राजा वीरेन्द्रले ब्रिटेनको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको हार्वर्ड विश्वविद्यालय तथा टोकियो विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेका छन् । त्यसैगरी राजा…
काठमाडौँ । बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ दल नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई गम्भीरतापूर्वक लिएकोसमेत जनाएको छ। सो घटनाको छानबिन गर्नु पर्ने कांग्रेसको माग रहेको छ। ‘कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ’, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ञनेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ ।’ घटनाको सत्य-तथ्य अध्ययन गरी…
काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दिप लामिछानेलाई जबर्जस्ती बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दिपलाई दोषी ठहर्याएको हो । न्यायधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेसँगै उनी अब कारागार चलान हुने भएका हुन् ।
काठमाडौं । कार्यसम्पादनका दृष्टिले सबैभन्दा कमजोर मन्त्री भनेर आलोचित अर्थमन्त्री डा. प्रकाशशरण महत आफूले राम्रो काम गरिरहेको बताउने थालेका छन् । जनतामा आशा किरण देखाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डको सुचिमा फ्याकिनु पर्ने मन्त्री भनेर चिनिएका महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्नुहुँदै महतले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताए । मन्त्री महतले मुलुकको आर्थिक अवस्था…
काठमाडौ । सर्वाेच्च अदालतले जनयुद्ध दिवसमा बिदा नदिन सरकारको नाममा आदेश जारी गरेको छ । शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । द्वन्द्वकालमा पिता मारिएका अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमा अदालतले यस्तो आदेश जारी गरेको हो । फागुन १ लाई सरकारले बिदा दिने यसअघिको निर्णय कार्यान्वयनमा रोक लागेको हो ।
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज शुक्रबार नै फैसला आउने भएको छ। जवाफी बहस सकिएर न्यायाधीशले फैसला लेख्न सुरु गरेका छन्। आज साँझ करिब ७ बजेतिर आदेश आउने बताइएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले साँझ ७ बजेसम्म बसेर आदेश लेख्ने जानकारी गराएका इजलासमा बसेकी अधिवक्ता मोहना अन्सारीले जानकारी दिइन्।
काठमाडौं । पाटन उच्च अदालतले ईपीएस परीक्षामा सहभागी सबैलाई परीक्षामा सहभागी गराउन ईपीएस कार्यालयलाई आदेश दिएको छ । सबैले परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा दुई जनाको ज्यान गएपछि शुक्रबार अदालतले यस्तो आदेश दिएको हो । रोजगार अनुमति प्रणाली ९इपिएस० आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा गरेको प्रदर्शनमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार सवारीमा आगजनी गरेपछि प्रहरीले गरेको फायरपछि दुई जनाको ज्यान गइसकेको छ । न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका…
ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले दुई जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । महानिरीक्षक कडायतका अनुसार मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन् । उहाँले उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको र अर्का एक जना घाइते भएको बताउनुभयो । घाइते रावतको उपचारको क्रममा किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा मृत्यु भएको हो । कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । सो क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार…
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनले भने, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पु¥याएको छ ।” ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।
काठमाडौं । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ । पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर…
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नै पशुपति क्षेत्रमा सांस्कृतिक हस्तक्षेप गरेको छ । पशुपति दक्षिण ढोका अगाडि रहेको बच्छलेश्वरी जात्रामा रथ राखेर पूजा गर्नुपर्ने पुरातात्त्विक यन्त्र हटाएपछि यसको विरोध भएको छ । पशुपति क्षेत्र विकास कोषद्वारा विनासूचना जथाभावी यो हटाएको भन्दै विरोध सुरु भएको ५ । पछिल्लो समय गैरधार्मिक व्यक्तिलाई पशुपति क्षेत्र विकास कोषमा नियुक्ति गरेको भनेर विरोध भइरहँदा यन्त्र हटाएपछि धार्मिक क्षेत्रका व्यक्तिहरू सशंकित बनेका छन् । धार्मिक अभियान्ताहरूले यो यन्त्र तत्काल स्थापित नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक नियुक्त भएकी लक्ष्मी पुनको नियुक्ति विवाद संसद्ममा पुगेको छ । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले कार्यकारी निर्देशक नियुक्तिबारे कागजात माग गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको मन्त्रीस्तरीय निर्णयबाट सो नियुक्ति भएको थियो । फरक धर्ममा आस्था राख्ने व्यक्ति पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक बनेको भन्दै चर्को विरोध भएको थियो । समितिको बैठकमा विभिन्न दलका सांसदहरूले पुनलाई पशुपति क्षेत्र विकास कोषको निर्देशकमा गरिएको नियुक्तिबारे प्रश्न उठाएका थिए । समितिको बैठकपछि निर्णय सुनाउँदै सभापति राजकिशोर यादवले ३ दिनभित्र कागजात उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र…
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । केन्द्र सरकारले उपमहानगरपालिकालाई बेवास्त गरेको भन्दै आक्रोशित भएका उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका हुन् । धरानको विकासका लागि आफूले मागेअनुसार बजेट र सहयोग नगरेको गुनासो गर्दै आएका उनले बुधबार देशका दुवै शीर्ष व्यक्तिको फोटो आफ्नो कार्यकक्षबाट हटाउने घोषणा गरेका थिए । उक्त घोषणाअनुसार प्रमुख साम्पाङले आफ्नो कार्यकक्षको भित्तामा राखिका राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइदिएका हुन्। यलम्बर प्रथम किराती राजा थिए। उनले किरातीहरूको रहनसहन व्यापार लगायत रीतिथिति, संस्कार, संस्कृति जोगाउन भूमिका खेलेको मानिन्छ। धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर उनै…
काठमाडौं । नेपाली जनताहरुले सामन्तवाद तथा निरंकुशताविरुद्ध वि.सं. १९८० को दशकदेखि संगठित आन्दोलन सुरु गरेका थिए । त्यो समयमा प्रत्यक्षरुपमा सामन्तवाद तथा निरंकुशताको प्रतिनिधित्व गर्ने संस्था निरंकुश जहानीया राणा शासन थियो । स्वभाविकरुपमा त्यसबेलाको आन्दोलन जहानिया शासनको विरुद्ध लक्षित थियो । सन् १९४० अर्थात् विसं. १९९७ सालमा नै काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा राणा शासनविरुद्ध ठूलो प्रदर्शन भएको थियो । त्यो समयमा वृटिश शासनको विरुद्धमा भारतमा स्वतन्त्रताको लागि आन्दोलन चलेको थियो । त्यो आन्दोलनको नेपालमा पनि प्रभाव परेको थियो । प्रचण्ड गोर्खा (१९८७) र नेपाल प्रजा परिषद (१९९३) जस्ता राजनीतिक संस्थाहरु राणा शासनको विरुद्धमा संगठित आन्दोलनको सुरुवात गर्ने उद्देश्यबाट खोलिएका थिए…
काठमाडौं । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । सुदुरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोसी प्रदेशले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाउदै पूरा गरयो । कोसीको जितमा काजल श्रेष्ठ र कप्तान रुबीना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे । काजलले ४८ बलमा आठ चौकाको मद्धतमा ५४ रन बनाइन भने रुबिनाले ५५ बल खेल्दै आठ चौकाको मद्धतमा ५१ रनको योगदान गरिन । बिमला मलाहले ४ रन जोडिन । सुदुरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन् । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित…
स्वर्गीय राजकुमार रवीन्द्र स्वर्गीय राजा महेन्द्रका जेठा छोरा थिए। उनको जन्म सन् १९३९ जुलाईमा राजा महेन्द्रकी पहिलो अनौपचारिक पत्नी गीता गुरुङबाट भएको थियो । उनले लखनउ (विद्यालय स्तर) मा अध्ययन गरे र थप केएम कलेज दिल्ली, भारत र पछि, त्रिचन्द्र कलेज, त्रिभुवन विश्वविद्यालय, नेपालबाट स्नातक गरे। उनको विवाह स्वर्गीय मेजर जनरल दैज्जेल जंगबहादुर राणाकी छोरी चन्दराज्यलक्ष्मी राणासँग सन् १९६६ मा भएको थियो । उनी एक भावुक कवि, गीतकार थिए र उनलाई आफ्ना पिता राजा महेन्द्र जस्तै संगीतमा ठूलो रुचि थियो। उनका गीत र कविता समेटिएका करिब ४००–५०० पुस्तक आज प्रकाशित छन् । ‘रानी तलाउ किनारा’, ‘ढल्की-ढल्की न हिँड नानी’, ‘फूलको…
