काठमाडौं खबर पुस १२, २०८०
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नै पशुपति क्षेत्रमा सांस्कृतिक हस्तक्षेप गरेको छ । पशुपति दक्षिण ढोका अगाडि रहेको बच्छलेश्वरी जात्रामा रथ राखेर पूजा गर्नुपर्ने पुरातात्त्विक यन्त्र हटाएपछि यसको विरोध भएको छ । पशुपति क्षेत्र विकास कोषद्वारा विनासूचना जथाभावी यो हटाएको भन्दै विरोध सुरु भएको ५ ।
पछिल्लो समय गैरधार्मिक व्यक्तिलाई पशुपति क्षेत्र विकास कोषमा नियुक्ति गरेको भनेर विरोध भइरहँदा यन्त्र हटाएपछि धार्मिक क्षेत्रका व्यक्तिहरू सशंकित बनेका छन् । धार्मिक अभियान्ताहरूले यो यन्त्र तत्काल स्थापित नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।