काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) दुई महिनादेखि उपकुलपतिविहीन छ । उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकाल गत कात्तिक १६ गते सकिएको थियो । त्रिवि उपकुलपतिविहीन भएपछि कात्तिक १९ गते कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका छन् । अहिले नयाँ उपकुलपति चयन प्रक्रियामा छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा उपकुलपति नाम सिफारिस गर्न सर्च कमिटी बनेको छ । सर्च कमिटीले सिफारिस गरेको व्यक्तिलाई प्रधानमन्त्रीले उपकुलपति बनाउने छन् । अहिलेसम्म सम्भावित उम्मेदवारको नाम खुल्न नसकेको भएपनि आगामी उपकुलपतिको नेतृत्व कसले गर्ने भन्नेमा धेरै अड्कलबाजी र जिज्ञासा भने…
Author: Kathmandu Khabar
काठमाडौँ । मध्यकालमा तीनैवटा राज्यहरुमा अलग अलग राजदरबारहरु निर्माण भएका थिए । यी तीनैवटा राजदरबारहरु विशेष गरी शहरको बीच भागमा निर्माण गरिएका छन् । यी दरबारहरु एकदमै धेरै ठूलो ठाउँ ओगटेर बनेको देखिन्छ । साधारणतया दरबार मानिस बस्नेभन्दा धेरै ठूलो र कलात्मक रुपमा बनाइएको हुन्छ । सुरक्षाको दृष्टिकोणले पनि यस्ता दरबारहरु अग्लो ठाउँमा निर्माण भएको देखिन्छ । मध्यकालीन राजाहरुले आफ्नो आवश्यकतालाई दरबारभित्र नै पूर्ति गर्ने हिसाबले दरबारहरुको निर्माण गरेको देखिन्छ । दरबारभित्र नै आफ्नो इष्ट देवता, आगमछें मन्दिर, सुन्दर बगैंचा, आकर्षक एंवम् कलात्मक मूर्तिहरु, पूजाआजा, धार्मिक कार्य गर्नको लागि डबली, शस्त्रअस्त्र राख्ने ठाउँ, स्नान गर्ने ठाउँ आदिलाई ज्यादै आकर्षक ढंगले…
जिल्लाको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चितवनमा चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो । इच्छाकामना-२ तोवाङ र इच्छाकामना- १ भाराङमा चेपाङ घरबास सञ्चालनमा ल्याएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उनले पृथ्वीराजमार्गअन्तर्गत धादिङको हुग्दीखोलाबाट चितवनको इच्छाकामना-२ काउले तोवाङ, हात्तीवाङ, सिराइचुली, वडा नम्बर १ को भाराङ चौकीडाँडा र कालिका नगरपालिकाको शक्तिखोर हुँदै सौराहासम्मको पद मार्गमा आउने पर्यटकलाई लक्षित गरी चेपाङ घरबास सञ्चालन गर्न स्थानीयलाई सहयोग गरिएको जानकारी दिए । चेपाङ समुदायको आयस्तर वृद्धिका…
भारतको अयोध्यामा नवनिर्मित प्रसिद्ध राम मन्दिरको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामको जानकी मन्दिरबाट पाहुर(कोसेली) पठाइने भएको छ। त्रेता युगामा जनकपुरधाम र अयोध्याबीच रहेको आदिकालीन सम्बन्धलाई अझ प्रगाढ बनाउन जानकी मन्दिरले राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा सयौँको संख्यामा भार पाहुर( कोसेली )पठाउने जानकी मन्दिरले जनाएको छ। जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको अगुवाइमा शनिबार भएको एक सर्वपक्षीय बैठकले कोसेली) पठाउने निणर्य गरेको हो। यसका लागि जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साह र जानकी मन्दिरका महन्थ राम दास संरक्षक रहने गरी जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासको संयोजकत्वमा ११ सय सदस्यीय जनकपुरधाम अयोध्या पाहुर यात्रा समितिसमेत गठन गरिएको छ। मिथिला परम्पराअनुसार छोरीको नयाँ घरनिर्माण भई…
काठमाडौं। नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले गरेको नेपाल स्टार्टअप फेष्ट सम्पन्न भएको छ।दोस्रो संकरणको सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्टको अन्तिम प्रतिस्पर्धामा पुगेका ९ मध्ये ५ वटा स्टार्टअपमा लगानी गर्न लगानीकर्ता इच्छुक देखिएको परिसंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। गल्ली म्याप्स्, टावरअर्गानिक्स्, एसटीओएमपी, पाईटेक नेपाल र ड्रप सिपिङ्ग स्टार्टअप परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा देखाएका हुन्। यी स्टार्टअपमा हिमालयन क्यापिटल, लोटस होल्डिङ, रिलायवल भेन्चर्स, अल्फा प्लस भेन्चर लिमिटेड, टेली भेन्चर, एनआईएमबी एस क्यापिटल र टीम भेन्चर लगानी गर्न इच्छुक भएको विज्ञप्तिमा उल्लेख छ। मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्वान गर्दा पाँच सयभन्दा बढी स्टार्टअपको आवेदन परेको…
दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा अहिलेसम्मकै धेरै एक लाख ४३ हजार ८१२ जना युवाले आवेदन दिएका हुन् । सो शाखाका प्रमुख गुरुदत्त सुवेदीले अनलाइन प्रणालीबाट आवेदन दिने माग गरेयताको उच्च आवेदन परेको जानकारी दिनुभयो । तीन वर्षयता अनलाइनमार्फत इपिएसको आवेदन दिन सकिने व्यवस्था रहेको छ । सो शाखाका अनुसार गत साउनमा परीक्षामा अनुत्तीणर् भएकाले समेत परीक्षा दिन पाउने भएका छन् । त्यसले गर्दा पनि आवेदन दिनेको सङ्ख्या बढेको हो । गत साउनमा पानीजहाज…
अति भाग्यमानी व्यक्तिका श्रेणीमा पर्ने नेपाली कांग्रेसका प्रदेश सांसद सरोज थापा उर्फ रोज राणा मन्त्री बनेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दै राणा र माओवादी केन्द्रकी कृष्णा केसीलाई मन्त्री बनाएका हुन् । कांग्रेसमा देउवा पक्षधर मानिने राणालाई उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय वा वन तथा वातावरण मन्त्रालयमध्ये एक र केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने छन् । प्युठानबाट प्रदेश सभा ‘ख’ बाट बिजयी राणाको पृष्ठभूमि भने सम्झन लायक छैन । राजनीतिमा आउनुअघि उनीमाथि चेलीबेटी बेचविखन तथा गुण्डागर्दी जस्ता मुद्दा खेप्नुपरेको थियो । त्यही आरोपमा उनी पटक-पटक पक्राउसमेत परेका थिए । काठमाडौं प्रहरीको रेकर्ड…
काठमाडौं – नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो । अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निणर्य गरेपछि उनी सांसद् पदबाट निलम्बनमा थिए । गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो । सफाइ पाएसँगै निलम्बन फुकुवाको निणर्य लिएर कोइरी संसद सचिवालय पुगेका थिए । निलम्बन फुकुवा भएसँगै अब उनले संसदीय गतिविधिमा भाग लिन पाउने छन् ।
पुरैनी तालमा यस वर्ष २८ प्रजातिका आगन्तुक चरा भेटिएका छन् । उत्तरी चीन, मङ्गोलिया, रुसलगायतबाट हिउँदे आगन्तुक जलपन्छी यहाँ आएका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिर बेलौरी नगरपालिका-६ स्थित भुराकोटमा रहेको यो ताल २८ बिघा जमिनमा फैलिएको छ । तालमा सुनजुरे हाँस, मालक, कालीजुरे, हरियो टाउके, सिन्दुरे, बिजुलागैरो, खडखडे, बेल्चाठुँडे हाँससहित श्वेताँखीभौं, सुईरो पुच्छ्रे, सिउरे डुबुल्की चरा, ठुलो जलेवा लगायतका आगन्तुक चरा यसवर्ष आएको चराविद् हिरुलाल डङ्गौराले जानकारी दिए । पुरैनी तालमा आगन्तुक र स्थानीयस्तरमा पाइने गरेर ५५ प्रजातिका जलपन्छी पाइने गरेको जनाइएको छ । यो तालमा देखिएकामध्ये कैलेटाउके हाँस, सारस विश्वमै दुर्लभ र भुँडीफोर गरुड सङ्कटको नजिक रहेको पन्छी…
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आफ्नो मातहतका विद्यालयहरूमा अनुगमन गर्ने भएको छ । क्रिसमसको पूर्वसन्ध्यामा सान्टा बनाउने नाममा विदेशी संस्कृतिको प्रचार गरेको गुनासो आएपछि महानगरपालिकाले यसअघि नै अतिरिक्त पोषाक किन्न विद्यार्थीलाई बाध्य नपार्न चेतावनी दिएको थियो । स्कुलले आइतबार साना कक्षाका सबै विद्यार्थीलाई सान्टाको लुगा लगाएर आउन भनेपछि अभिभावकले महानगरमा गुनासो गरेका थिए । गुनासो बमोजिम महानगरपालिकाले यस्तो चेतावनी दिएको थियो । काठमाडौं महानगरपालिकाका शिक्षा प्रमुख सीताराम कोइरालाले आइतबारदेखि विद्यालयहरुमा अनुगमन सुरु गरिने बताए । महानगरले कुनै एउटामात्रै चाडलाई लक्षित गरी नभनेको उनको भनाइ छ । ‘सबै चाडपर्वको लागि भनेको हो । कुनै एउटा चाडलाई मात्र लक्षित गरेर भनेको होइन…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ । बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर कामपाले यस किसिमको व्यवस्था गर्न लागेको बताएको छ । “नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ,” कामपाको सामाजिक समिति संयोजक रामकुमार केसीले भन्नुभयो । उहाँका अनुसार साङ्केतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले कामपाको सेवाबाट वञ्चित हुन नपरोस् भनेर यस किसिमको व्यवस्था गर्न लागिएको हो । कार्यालयमा उपलब्ध हुने यो सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई साङ्केतिक भाषाको तालिम पनि उपलब्ध गराउने संयोजक केसीले जानकारी दिए ।…
सांस्कृतिक सम्पदा संरक्षणका लागि बनाइएको भक्तपुरको ‘सिं कमी छेँ’ लाई प्रतिष्ठित सन् २०२३ को युनेस्को एसिया-प्यासिफिक अवार्डअन्तर्गत दिगो विकासका लागि विशेष मान्यताले सम्मान गरेको छ। विश्व सम्पदामा सूचिकृत सहर भक्तपुरको मुटुमा अग्लो उभिएको ” सिं कमी छेँ” लचिलोपन र सांस्कृतिक प्रामाणिकताको प्रमाण हो। विसं २०७२ सालको विनाशकारी भूकम्पपछि परम्परागत इँटा र काठ, प्रविधिहरू प्रयोग गरेर, आधुनिक शिल्पकलासँग युगौं पुरानो कलालाई निर्बाध रूपमा प्रयोग गर्दै २०० वर्ष पुरानो घर सिकमी छेंलाई पुनर्निर्माण गरेको हो । घरले सुरक्षा मापदण्डहरू मात्र पूरा गर्दैन तर भक्तपुरको ऐतिहासिकता र संस्कृतिलाई जोगाएर भूकम्पीय सुरक्षालाई पनि ध्यानमा राखेर बनाइएको यो घर एउटा ज्वलन्त उदाहरण रहेको छ।
काठमाडौँ उपत्यका तथा भक्तपुर राज्यमा राजा रणजीत मल्लको विशेष महत्व छ । उनका सात दरबारका कारणमात्र नभै उनका पाँच महारानीका कारण चर्चित र उल्लेखनीय मानिन्छन् । रणजीत मल्लका जेठी महारानीका जेठा पुत्र बीरनरसिंह मल्लसँग् गोरखाका राजा पृथ्वीनारायण शाहले मित लगाएका थिए । राजा रणजित मल्लका पाँच श्रीमतीहरू थिए । १. वृद्धिलक्ष्मी २. ऋद्धिलक्ष्मी ३. बुद्धिलक्ष्मी ४. नवमैजु ५. जयलक्ष्मी (मनमैजु) । पाँच महारानीबाट जन्मिएक डेढ़ दर्जन सन्तानका लागि राजा रणजीत मल्लले बहालहरू बनाएका थिए । युद्ध भयो भने भाग्न पनि हुने अनि छोराहरूलाइ बस्न पनि सजिलो हुने भएको यस्ता बहाहरू बनाएको बताइन्छ । भक्तपुरमा राजा रणजीत मल्लसँगै बिभिन्न राजाहरूले बहाहरू…
चेतना धर्मकाय प्रकृतिमा, सुखावती जस्ता शुद्ध क्षेत्रमा वा मानव क्षेत्रमा अनुकूल अस्तित्वमा स्थानान्तरण गर्न सकिन्छ भन्ने बौद्ध मान्यता रहेको छ । यो अभ्यास नरोपाका छवटा योगहरूमध्ये एक हो, तर अन्य धेरै वंश र शिक्षण प्रणालीहरूमा पनि पाइन्छ, आवश्यक फोवा अभ्यास यो अभ्यास सोग्याल रिन्पोछेले दि तिब्बती बुक अफ लिभिङ एन्ड डाइइङ्गमा दिएको सुझावबाट अपनाएको विधि हो । उनले यसलाई ‘अत्यावश्यक फोवा अभ्यास’ भनेका छन् । एक गहिरो र लाभदायक अभ्यास जुन एक मरेको व्यक्तिको लागि गर्न सकिन्छ वा जो कोही बितेको छ त्यो तिब्बती परम्पराको एक अभ्यास हो जसलाई फोवा भनिन्छ (उच्चारण “पो-वा”), जसको अर्थ चेतनाको स्थानान्तरण हो। यो अभ्यासले…
काठमाडौ उपत्यकाको सुरुवाति इतिहासका कुरा गर्दा बागमती नदीको महत्व सबैभन्दा पहिले आउँछ । बागमतीको पूण्यको कथा इच्छुमती टुकुचाको संगम कालमोचन घाटबाट शुरु हुन्छ । मञ्जुश्रीले स्थापना गरेको शहर मञ्जुपाटनको सीमा मानिन्छ । त्यस पछि बागमती र विष्णुमतीको दोभान टेकू दोभानको आउँछ । पवित्र तिर्थस्थलको रुपमा लिइने टेकू दोभानलाई नेपालको नामाकरणका प्रमुख कारणको रुपमा लिइने ने मुनी ऋषीको बासस्थानका रुपमा लिने गरिन्छ । बागमतीको पवित्र ठाउँ भएको हुँदा यहाँ घाटहरु पनि धेरै छन् । थापाथली नजिकै कालमोचन घाट, चन्द्र घाट, जुद् घाट, पुरेत घाट, कैटा घाट, हनुमान घाट, मिसा घाट, पञ्चनारी घाट, टेकु दोभान घाट लहरै घाटहरु छन् । साथै पवित्र मन्दिरहरु…
ललितपुरमा राज्यप्रकाश मल्ल राजा भएको बेला उनका दाजु कान्तिपुरका राजा जयप्रकाश मल्लको सल्लाहअनुसार तनिगलटोलका ढुंगेधाराको बगैँचासहितको चारतले चौघेराभवन केपुचिन पादरीका लागि चन्द्रशेखर मल्ल र दैवज्ञ कोटिराज जोशीलाई साक्षी राखेर विसं. १८११ मा ताम्रपत्र नै गरी प्रदान गरिदिएका थिए (आचार्य, २०६१ः२१२)। विसं. १७६७ मा कान्तिपुरमा केपुचिन सम्प्रदायका फ्र्याङ्क र एन्थोनी मेरी नाम दुई पादरी कान्तिपुर आएका थिए। राजा महिन्द्रसिंह र झगल ठकुलले उनीहरूको स्वागत गरे। विसं. १७६७ मा उनीहरूले कान्तिपुरमा चर्च बनाइसकेका थिए। तर, ब्राहृमणहरूले विरोध गर्दा ती पादरीहरू त्यहाँबाट हटेर भक्तपुर गए। भक्तपुरका राजा भूपतिन्द्र मल्लले उनीहरूको स्वागत गरे। विसं. १७७९ मा जगज्जय मल्ल कान्तिपुरका राजा भए। उनले भक्तपुरको एक…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ । अमरसिंह चोकको खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेमाथि स्टेजमै खोया प्रहार भएको हो । प्रहरीले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताएको छ । तर, रविले कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट एक करोड रुपैयाँ लिएको समाचार प्रकाशित भएपछि आक्रोशित पीडितले मकैको खोया प्रहार गरेको धेरैको भनाई छ । रानाभाटलगायतले उक्त सहकारीमा राखेको रकम डुबेको छ । सहकारीको करोडौं रुपैयाँ झिकेर रविका व्यावसायिक पाटर्नर जिबी राई बेपत्ता भएका छन् । उनै राईसँगको सहकार्यमा ग्यालेक्सी टेलिभिजनको निम्ति भन्दै गोर्खा मिडिया नेटवर्कको नाममा रविले एक…
मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ।गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर सो अवधिभर गाउँपालिकाभित्रका सम्पूणर् सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने जानकारी गराएको छ। गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा-५ का अध्यक्ष हरिबहादुर प्रजाले कार्यपालिकाको बैठकबाटै तीन दिन बिदा दिने निणर्य भएको जानकारी दिए। सोमबार क्रिसमस र मंगलबार उधौली पर्वको सार्वजनिक बिदा पर्ने हुँदा कार्यपालिका बैठकबाट आइतबार पनि सार्वजनिक बिदा दिने निणर्य भएको उनले बताए। उनका अनुसार गाउँपालिकाभित्र ४६ प्रतिशतभन्दा बढी मानिसहरूले इसाई धर्म मान्छन्। क्रिसमस…
काठमाडौं । आज नेपाली काँग्रेसको बागमती प्रदेश सम्मेलन हुँदैछ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्ट भेन्युमा हुने पहिलो सम्मेलनमा स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने गरी छलफल हुने कार्ययोजना रहेको नेपाली काँग्रेसले जनाएको छ। नेपाली कांग्रेसको यसअघि लुम्बिनी, गण्डकी र मधेश प्रदेशको सम्मेलन सम्पन्न भइसकेको छ । सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसले जनाएको छ ।
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन…
काठमाडौं । हिन्दु धर्ममा एकादशी तिथिलाई निकै महत्वका साथ मानिन्छ । यस विशेष दिनमा भक्तजनहरूले व्रत बसेर भगवान् विष्णुको पूजा–आराधना गर्छन् । यसो गर्दा साधकले शुभ फल प्राप्त गर्न सक्छ । मार्गशीर्ष शुक्ल पक्षमा पर्ने एकादशीलाई मोक्षदा एकादशी भनिन्छ। यस्तो अवस्थामा मोक्षदा एकादशीको दिन तुलसीसँग सम्बन्धित केही उपाय गर्नाले तपाईको घरमा सुख–समृद्धिको वास हुन्छ । मोक्षदा एकादशीलाई भगवान श्रीकृष्णको प्रिय मानिन्छ। यस्तो अवस्थामा यस विशेष दिनमा तुलसीजीको पूजा गर्नाले साधकले शुभ फल प्राप्त गर्न सक्छ । यस दिन तुलसीलाई जल चढाउनुहुँदैन भन्ने कुरामा ध्यान दिनुहोस्, किनकि धार्मिक मान्यता अनुसार यस दिन तुलसी माताले भगवान विष्णुको लागि निर्जल व्रत राख्छिन्। मोक्षदा…
काठमाडौं उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरू जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरुको बारेमा युरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरु गरिसकेका छन् । यस्ता खाले अनुसन्धानहरू अहिलेसम्ममा अरू जातिहरूको भन्दा धेरै नेवारहरूबारे भएका छन् । तर अझै पनि यकिन कुराहरु स्पष्ट रुपमा थाहा हुन सकेको छैन । सरसरर्ती हेर्दा अरु जातिहरुभन्दा नेवार जातिहरुको विशेषता फरक देखिन्छ । जस्तो, तामाङ्ग, गुरुङ्ग, मगर, लिम्बूहरु सबै नश्लमा आधारित गति हुन् । तामाङ्गहरु सबैको एउटै रगत छ, राईहरु सबैको एकै रगत छ र त्यस्तै अरु अरुको पनि एकै नश्ल वा रगतका हुन् । त्यतिमात्र होइन, नेपाली भाषा अथवा खस भाषाभाषीहरु पनि…
इतिहासले श्री ३ चन्द्र शमशेरमाथि ठूलो अन्याय गरेको छ । उनले सन् १९२३ को सन्धिका लागि ग्रेट ब्रिटेनसँग वार्ता नगरेको भए आज नेपाल स्वतन्त्र राष्ट्र हुने निश्चित थिएन । सुगौलीको युद्धपछि नेपालको स्थिति भारतका अन्य सयौँ सामन्ती राज्यहरूजस्तै थियो। सन् १९२१ देखि चर्चा भएको १९२३ को यो महत्त्वपूर्ण सन्धिद्वारा बेलायतले नेपाललाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दियो र फ्रान्स, अमेरिका आदिलाई समान दर्जा दिँदै राष्ट्र संघमा दर्ता गराएको थियो । यो नै मुख्य कारण थियो जसले भारतलाई नेपाल कब्जा गर्नबाट रोकेको थियो, साथै यस सन्धिले संयुक्त राष्ट्र संघको सदस्यताको लागि मार्ग प्रशस्त गर्यो । यो सन् १९२३ को सन्धि चन्द्र…
बलराम थापा काठमाडौंको चहलपहल र व्यस्त महानगर पक्कै पनि आजको जस्तो थिएन। हजारौं वर्षअघि बुढा हजुरआमाले नातिनातिनालाई भनेका थिए, काठमाडौं उपत्यका यहाँ पनि छैन । यो सबै नागदह नामक विशाल तालको पानीमा डुबेको थियो। पुरातत्वविद्हरूले यसको पुष्टि गर्छन् किनभने उपत्यकाको माटो उर्वर र लेकस्ट्राइन छ, बाली र वनस्पतिहरू र विभिन्न पातहरू उब्जाउनको लागि अत्यन्त उपयुक्त छ। काठमाडौं देशको सबैभन्दा पुरानो सहरहरू मध्ये एक हो र यो १६७ ईसा पूर्व र १ ईस्वी बीचको अवधिमा पत्ता लगाउन सकिन्छ। कथा यस्तो छ कि मञ्जुश्री बोधिसत्व, एक देमी-भगवान, चोभार पहाडमा आए र आफ्नो ज्वालामुखी तरवारले पहाडलाई काटेर घाटीको पानी बगाए। चोभार पहाडमा पुगेपछि पहाडबीचको…
काठमाडौं । अहिले विश्वमा सेभेन स्टारदेखि टु स्टारसम्मका होटलहरु खुलेका छन् । कतिपय नाम चलेका होटलहरुले विश्वका विभिन्न सहरमा शाखा पनि विस्तार गरेका छन् । यस्ता होटलहरूमा बस्ने नेपालमै पनि अहिले एकै रातको १० औं हजार तिर्नुपर्छ । तर पनि अहिले होटलको दररेटको बारेमा धेरैलाई चासो हुँदैन । तर इतिहासमा होटलको दररेट कति थियो होला भन्ने कुरा भने धेरैलाई चासोको विषय हुन सक्छ । एउटा विक्रम संवत् २०१३ सालमा खुलेका काठमाडौंका केही होटलहरू र तिनीहरूको सूची हेर्दा त्यतिबेला सबैभन्दा महँगो होटलमा बस्नको लागि एकै रातको ७२ रुपैयाँ तिर्नुपर्ने गरेको थियो । करिब सात दशक अघिको यो दर साँच्चिकै महँगो थियो…
काठमाण्डौ – देशमा तीव्र बसाइँसराइको क्रम नरोकिए पुर्ख्यौली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ । जनसङ्ख्यासम्बन्धी पछिल्ला तथ्याङ्कले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र तथा बहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने तीव्र भएको देखाउँछ । यसरी बसाइँ सर्नेमा युवा र बालबालिकाको सङ्ख्या बढी रहेको छ । यस्तो प्रवृत्तिले ठूलो सामाजिक समस्याको सङ्केत गरेको विज्ञहरूको भनाइ छ । विसं २०४६ सम्म पहाडमा बढी चाप रहेकोमा क्रमशः तराईतर्फ चाप सरेको पछिल्ला जनगणनाले देखाउँछ । अहिले तराईमा कुल जनसङ्ख्याको ५४ प्रतिशत आवादी रहेको छ । यसले हिमाल र पहाड क्रमशः रित्तिँदै गएको देखाउँछ । ‘राष्ट्रिय जनगणना-२०७८’ को प्रतिवेदन र विभिन्न…
दैनिक रुपमा बालबालिकामा लागूऔषधको लत बढ्न थालेको देखिएको छ । ज्योतिर्मय सामाजिक अभियान इलामले आयोजना गरेको लागूपदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले कम्तिमा १२ वर्षकै उमेरदेखि चुरोट, खैनी र गाँजाको लत बसेको पाइएको बताएका छन् । कार्यक्रममा शिक्षक तथा सामाजिक अभियनता गणेश खतिवडाले अहिले पनि हरेक विद्यालयका बालबालिका लागूऔषधको लतबाट टाढा नरहेको बताए । ‘सदरमुकामभित्र रहेका विद्यालयका ८० प्रतिशत बालबालिका विद्यालय पोशाकमै रहेर पनि चुरोट पिउनबाट टाढा छैनन् । कम्तिमा १२ वर्ष देखिका बच्चाले चुरोट पिएको देखिन्छ’ खतिवडाले भने, ‘लागूऔषधबाट जोगाउन बालबालिकाबाट जोगाउन सुरु गर्नुपर्छ ।’ प्राध्यापक तीर्थ निरौलाले सदरमुकामका धेरै क्षेत्रमा रातको समयका लागूऔषध प्रयोगकर्ताको चलखेल हुनेगरेको बताए…
काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले आफू सरकारी सेवाबाट राजीनामा दिने स्थितिमा पुगेको बताएका छन् । शुक्रबार राति ट्विटरमार्फत डा. कोइरालाले नचाहेरै राजीनामाको स्थितिमा पुगेको बताएका हुन् । ट्विटरमा उनले आफ्नो काममा ‘राजनीतिक हस्तक्षेप’ भएकोतर्फ संकेत गरेका छन् । यद्यपि उनले विस्तृतमा बताएका छैनन् । “देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्ने म मन नपरीकन पनि कसोकसो सरकारीबाट राजीनामातिर पुग्दै छु । मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइँन नै । सरी गंगालाल र धन्यवाद भाउजू ! जय नेपाल !,“ उनले ट्विटरमा लेखेका छन् । लेखक अमृता लम्सालले गरेको कमेन्टमा जवाफ दिँदै उनले…
काठमाडौं । अहिले आपत्तिजनक अभिव्यक्तिका कारण विवादमा छन् । सनातन धर्मविरुद्ध अभिव्यक्ति दिएपछि उनी अहिले सर्वत्र विरोधमा छन् । ‘क्रिस्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाएर जेल हालिदिने हो ।’ भन्ने अभिव्यक्तिपछि उनी अहिले सर्वत्र विरोध चलिरहेको छ। तर अहिले जे चर्चामा छ त्यो भन्दा भयानक र आपत्तिजनक अभिव्यक्ति उनले बुधबार आयोजित एक कार्यक्रममा दिएको भेटिएको छ । पत्रकार रमेश वाग्लेले सो कार्यक्रममा मन्त्री किराँतीले झनै भयानक अभिव्यक्ति दिएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेअनुसार किराँतीले सनातन धर्म मास्ने अभियानमा नै संलग्न रहेको भेटिएको…
काठमाडौं । क्रिसमसको कपडा किन्न बाध्य बनाएपछि काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विज्ञप्ति जारी गर्दै सबै विद्यालयहरूलाई यस्तो चेतावनी दिएका हुन् । यसरी जबर्जस्ती गर्ने विद्यालयलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिए । त्यस्तै, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले विज्ञप्ति जारी गर्दै यस्तो जबर्जस्ती गर्ने…
