अति भाग्यमानी व्यक्तिका श्रेणीमा पर्ने नेपाली कांग्रेसका प्रदेश सांसद सरोज थापा उर्फ रोज राणा मन्त्री बनेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दै राणा र माओवादी केन्द्रकी कृष्णा केसीलाई मन्त्री बनाएका हुन् ।
कांग्रेसमा देउवा पक्षधर मानिने राणालाई उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय वा वन तथा वातावरण मन्त्रालयमध्ये एक र केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने छन् ।
प्युठानबाट प्रदेश सभा ‘ख’ बाट बिजयी राणाको पृष्ठभूमि भने सम्झन लायक छैन । राजनीतिमा आउनुअघि उनीमाथि चेलीबेटी बेचविखन तथा गुण्डागर्दी जस्ता मुद्दा खेप्नुपरेको थियो । त्यही आरोपमा उनी पटक-पटक पक्राउसमेत परेका थिए । काठमाडौं प्रहरीको रेकर्ड अनुसार, उनीमाथि १२ वैशाख २०६७ सालमा सरिता सिवाकोटीले मानव बेचबिखन मुद्दामा प्रहरीमा जाहेरी दिएकी थिइन् ।
त्यही जाहेरीका आधारमा प्रहरीले १३ वैशाखमा उनलाई पक्राउ गर्यो । उनी प्रहरी थुनामै रहेका बेला राणामाथि फेरि प्रहरी वृत्त महाराजगञ्जमा त्यही प्रकृतिको अर्का जाहेरी परेको प्रहरी रेकर्डले देखाउँछ ।