काठमाडौं खबर पुस ८, २०८०
काठमाडौं – नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो । अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निणर्य गरेपछि उनी सांसद् पदबाट निलम्बनमा थिए ।
गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो । सफाइ पाएसँगै निलम्बन फुकुवाको निणर्य लिएर कोइरी संसद सचिवालय पुगेका थिए । निलम्बन फुकुवा भएसँगै अब उनले संसदीय गतिविधिमा भाग लिन पाउने छन् ।