Author: Kathmandu Khabar

काठमाडौं । आज कीर्तिपुर र चन्द्रागिरि भेगमा मनाइने सात गाउँले जात्राको मुख्य दिन विष्णुदेवी क्षेत्रमा धुमधामका साथ जात्रा मनाइँदैछ । कीर्तिपुर भेगका नेवार समुदायहरूमा मंसिर महिनाको थिंलाथ्व अष्टमी नवमी र दशमी गरी तीन दिनसम्म स्थानीय जात्रा मनाउने चलन पाइन्छ । जात्राको मुख्य दिन शुक्रबार चन्द्रागिरि र कीर्तिपुर नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । नवमीको दिनमा कीर्तिपुरको पाँगामा विष्णुदेवी रथ जात्रा गरिन्छ भने त्यसको भोलिपल्ट कीर्तिपुरमा इन्द्रायणी जात्रा गर्ने प्रचलन छ । पहिलो दिनलाई ‘छोयला भूः’ भनिन्छ र घरलाई लिपपोत गरी सकेपछि दिउसो छव्यला, चिउरा, हरियो लसुन, साँदेर जाँड खाने चलन छ । भोलिपल्टको दिनलाई भूःया भनिन्छ र त्यस दिन प्राय…

Read More

काठमाडौं । काठमाडौंको पशुपतिनाथको नजिकै रहेकी जयबागेश्वरी देवी एक ऐतिहासिक देवी हुन् । स्थानीय किंवदन्तीअनुसार गोपाल र किरात शासनकालको राजधानी जयबागेश्वरी थियो । लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको भन्ने कथनको आधारमा यो मन्दिरलाई परापूर्वकालदेखि स्थापना भएको भन्ने मान्ने गरिएको छ । जय बागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रूपमा मानिए पनि विद्याकी देवीका रूपमा बढी पुज्ने गरिएको छ। तन्त्र साधना गर्नेले अन्तिममा जय बागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ। मन्दिरसँगै सुनधारा पनि स्थापना भएको मान्ने गरिन्छ । जय बागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ। मल्लकालमा हाँडीगाउँबाट हनुमान ढोकामा राजधानी सारिएको इतिहासविद्हरूको भनाइ छ। ऐतिहासिक एवं…

Read More

चुरे क्षेत्रको वन तराई मधेश क्षेत्रको पर्यावरणीय सन्तुलन कायम राख्न निकै महत्वपूणर् मानिन्छ । यसैले पनि यसलाई सो क्षेत्रका निम्ति जीवनरेखाको रूपमा औँल्याउने गरिन्छ । चुरे क्षेत्र तराई मधेश क्षेत्रका निम्ति मात्र नभई नेपाल र आसपासका क्षेत्रसँग पनि यसको साइनो गाँसिएको छ । यस अर्थमा चुरे क्षेत्रको संरक्षणलाई समग्रमा महत्वपूणर् पर्यावरणीय कार्यक्रमका रूपमा लिन सकिन्छ । तर विडम्बना यस्तो महत्वपूणर् पर्यावरणीय क्षेत्रको वर्तमानमा अतिक्रमण तथा विनाशको चपेटामा परेको यथार्थ हामीसामु रहेको छ । चुरे मासिन थालेको चार दशकभन्दा बढी भयो र यसको संरक्षणको प्रयास भए पनि त्यो अझै राम्ररी संस्थागत हुन सकेको छैन । विश्वव्यापी रूपमा वन पैदावरको स्थितिको आकलन…

Read More

महाराज वीरशमशेरलाई नेपाली भवन निर्माणमा अंग्रेजी पाराले ‘रिनासाँ’ व्यक्ति भने हुन्छ, किनभने नेपालमा ‘दरबारहरू’ बनाउने कुरामा उनलाई कसैले जित्न सकेनन्। वीरशमशेरले एक दर्जन जति दरबार निर्माण गराए नेपालमा। उपत्यकामा मात्र होइन, वीरगन्जमा समेत उनले एउटा दरबार बनाउन लगाए। गहवामाईको मन्दिर भएका नाताले पहिले ‘गहवा’ भनिने बस्तीमा आफ्ना भाइ शेरशमशेरलाई बडाहाकिम बनाएर पठाएका थिए, वीरशमशेर महाराजले। शेरशमशेरले त्यो बस्तीलाई साफसुथरा पारेर दाइ महाराजका नामबाट ‘वीरगन्ज’ नगर बनाइदिए। त्यस कार्यबाट प्रसन्न भएका वीरले त्यहाँ ‘एउटा राम्रो दरबार बनाउनू’ भनेर भाइलाई उर्दी दिए। शेरशमशेरलाई त्यति भनेपछि पुगिहाल्यो! उनले पहिले त्यहाँ डेढ-दुई सय रोपनी (बिघा हुनुपर्छ!) जग्गा घेरेर नामी नामी फलफूलका बिरुवाहरू रोपे अनि…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा लागेका छन् । मन्त्रीहरुको रिपोर्ट कार्ड नकारात्मक भएको कुरा प्रचारबाजीमा आएसँगै उनले मन्त्रिपरिषद् पुनर्गठनको लागि परामर्श गर्न थालेका हुन् । प्रचण्डले सत्ता गठबन्धन दलका नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि पहिलोचरणको परामर्श गरेका छन् । सबै मन्त्री हटाउने कि केही काम गर्नै नसकेका र विवादित मन्त्रीलाइ हटाउने बारे तीन नेताबीच विवाद रहेको बताइएको छ । मन्त्रि सुदन किराँतीले धार्मिक आस्थामाथि धावा बोलेको अभिव्यक्तिसँगै मन्त्री परिषदको पुनर्गठन प्रक्रियाले निश्चित रूप लिएको हो । कांग्रेसबाट मन्त्री भएका प्रकाश महत र मोहन बस्नेतले काम केही…

Read More

काठमाडौं ।  धेरै ठाउँको पुरानो नाम अपभ्रंश भएर जाने गरेको देखिएको छ । काष्ठमाण्डपको नाम अपभ्रंश भएर काठमाडौं भएको छ, थःबहिको नाम ठमेल भएको छ । यस्तै विभिन्न स्थानको नाम परिवर्तन भएको देखिन्छ । यस्तै, क्रममा वि.सं. १८६८ को बहिखातामा एउटा वालालीलकण्ठको नाम उल्लेख भएको भेटिएको छ । १८६८ सालको भीमसेन थापाको यस टिपोट पत्रमा विष्णुमतीको पुल बनाउँदा श्री वालालीलकण्ठ जाने बाटो उल्लेख छ । नेपाल भाषामा त जनजीब्ब्रीकरण भएको संस्कृतको भुजंगसयनाम नारायणको भुइँजसी नारायण पनि भनिएको पाइन्छ । त्यसैले वालालीलकण्ठको नाम बुढानीलकण्ठ त होइन भन्ने आशंका देखिएको छ । पुरानो नामको खोजी गर्दा बुढानीलकण्ठ क्षेत्रको बारेमा लेखिएका अभिलेखमा यो…

Read More

काठमाडौं । बूढानीलकण्ठले समृद्धि यू-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले काभ्रे एकेडेमीलाई ७९-६५ ले पराजित गर्‍यो । बूढानीलकण्ठका तेन्जिङ शेर्पाले २७ स्कोर गरे । पुरुषमै गोल्डेन गेटले समृद्धिलाई ८९-३७, सीसीआरसीले ह्वाइटहाउसलाई ६८-५४, टाइम्सले रोयल्सलाई ७७-५५ र ग्रिनफिल्डले बौद्ध युथ क्लबलाई ८८-७३ ले हराए । गोल्डेन गेटका उर्गेन लामाले २०, सीसीआरसीका प्रनिशले १२, टाइम्सका सिमोनले २८ र ग्रिनफिल्डका अमृतले २२ अंक जोडे । महिलाको राउन्ड रोविन लिगमा आईएसए नेपालले जेभियर इन्टरनेसनललाई ४२-२६ ले सहजै पाखा लगायो । विजेताकी सन्ध्या डंगोलले १६ अंक जोडिन् ।

Read More

काठमाडौँ- चीनका बालबालिकामा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरूलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको बताए । बुढाथोकीका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस) ले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ । कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले उक्त रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उहाँले जानकारी दिनुभयो । बुढाथोकीले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कमा चेकजाँच कडाइ गरिएको बताए…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाभित्रको पूरानो साहित्यिक संस्था कंपन साहित्य समाजले नियमितरूपमा प्रदान गर्दै आएको कसास यात्री स्मृति सम्मानअन्तर्गत २ जना विशिष्ट स्रष्टालाई सम्मान गरेको छ । कंपन साहित्य समाजको बुनपा १० आकाशेधारामा रहेको भवन (यात्री स्मृति कक्ष)मा आयोजित एक भव्य समारोहमा ०७९ को कसास यात्री स्मृति सम्मान गोविन्द प्रसाद घिमिरेलाई तथा ०८० सालको कसास यात्री स्मृति सम्मान लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको हो । बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा कपन भेकमा बसोबास गर्ने कविहरू महत्वपूर्ण जमघट थियो । संस्थाका अध्यक्ष गणेशकुमार मिश्रको सभापतित्वमा भएको कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका उपमेयर तथा कवि अनिता लामासहितका जनप्रतिनिधिको उपस्थिति थियो ।कार्यक्रममा साहित्यकारहरू…

Read More

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुशासन र भ्रष्टाचारले जनता रिसाएको बताएका छन् । ’बिहान उठ्न साथ सुनकाण्ड, शरणार्थी काण्ड र एनसेल काण्डजस्ता भ्रष्टाचारले जनात रिसाएको हो,’ महामन्त्री थापाले भने,‘जनता आज रिसाएको छ । रिसको कारण लुकाउनु पर्दैन । कुशासन र भ्रष्टाचारका कारण रिसाएको जनतालाई संघीयता र गणतन्त्रका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै भड्काउने काम भइरहेको छ ।’ जनकपुरमा कांग्रेस मधेश प्रदेश सम्मेलनमा सम्बोधन गर्दै थापाले कांग्रेसले ०८४ को चिन्ता गर्नुभन्दा पनि ०८० मा सुशासनका लागि काम गर्नु आवश्यक रहेको बताए । थापाले संघीयता र गणतन्त्रविरुद्ध जनतालाई भड्काउने काम भइरहेकोले राजनीतिक दलले ध्यान पुर्‍याउनु पर्ने बताए । मधेशका नेतालाई काठमाडौंमा समस्या भएपछि मधेशमा आएर ‘उठु मधेश, जागु मधेश’को…

Read More

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त भएकी छन् । यसअघि तत्कालीन गृहमन्त्री जनार्दन शर्माको समयमा गृहमन्त्रीका प्रेस संयोजक समेत रहेकी उनलाई पशुपतिको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बुधबार भएको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई उक्त पदमा नियुक्त गरेको हो । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि यही पुस १ गते सकिएको हो । पुन नेकपा माओवादी केन्द्रकी सक्रिय कार्यकर्ता समेत हुन् ।

Read More

काठमाडौँ । नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानु परे सेवा शुल्क तिर्नु नपर्ने भएको छ । यस्तो शुल्क विसं २०८१ मङ्सिरसम्मका लागि नगरपालिकाले व्यहोर्ने गरी केन्द्रीय रक्तसञ्चार सेवा र नगरपालिकाबीच सम्झौता भएको छ । यसका लागि नगरपालिका र वडाले रक्तदान शिविर आयोजना गर्न प्रेरित र सहजीकरण पनि गर्नेछन् । सम्झौतामा नगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी र रक्तसेवाको तर्फबाट निर्देशक पवनकुमार गुप्ताले हस्ताक्षर गरेका छन् । भक्तपुरका सबै नगरपालिका र काठमाडौँमा महानगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका लगायत अन्य पालिकासँग पनि जनतालाई सुलभ रगतका लागि सम्झौता सम्पन्न भइसकेको छ । बाँकी…

Read More

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको इसाईमैत्री अभिव्यक्तिको सर्वत्र विरोध सुरु भएको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले इसाई धर्म नमान्नेहरू राष्ट्रद्रोही हुन् भन्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए । संस्कृतिमन्त्री नेपालीहरूका आराध्यदेव श्री पशुपतिनाथको संरक्षक समितिका अध्यक्ष समेत हुन् । खुलमखुला आफूलाई इसाई धर्मको प्रचारक मान्ने व्यक्ति पशुपतिनाथको अध्यक्ष बन्न नसक्ने भन्दै उनको सर्वत्र विरोध भएको हो । सामाजिक सञ्जालमा उनको राजीनामा वा बर्खास्तीको माग गर्दै विरोध सुरु भएको हो । किराँतीले प्रधानमन्त्री समेत इसाई मतको अनुयायी रहेको अभिव्यक्ति दिएका थिए । पशुपतिमा विरोध प्रदर्शन यसैबीच मन्त्रीको अभिव्यक्तिको विरोधमा सनातन धर्मसम्बन्धी…

Read More

काठमाडौँ उपत्यकामा पाइपमार्फत पानी वितरण प्रणालीको विकास हुनुभन्दा अघिसम्म ढुङ्गेधारा (हिटी) र इनारको पानीले नै जीवनयापन हुँदै आएको जगजाहेर छ । सांस्कृतिक एवं पुरातात्त्विक महत्व बोकेका ढुङ्गेधाराले उपत्यकावासीको पानीको आवश्यकता पूरा गर्नुका साथै सहरी सभ्यता र सौन्दर्यीकरणमा समेत सघाउ पुर्‍याएका थिए । त्यसो त ढुङ्गेधारामा विभिन्न देवीदेवता तथा नागका मूर्तिहरू कुँदिएको पाउनुलाई धार्मिक सहिष्णुताको द्योतक भएको संस्कृतिविद्को अभिमत पनि छ । बालाजुका बाइस धारा र ललितपुरको कुम्भेश्वर स्नानको धार्मिक महत्व बेग्लै छ । कुम्भेश्वरका धारामा आउने पानीको मुहान पवित्रस्थल गोसाइँकुण्ड हो भन्ने किंवदन्ती छ । बाइस धारामा त हिउँदको समयमा पानी आउन छोडिसकेको छ भने कुम्भेश्वरका धारामा पनि पहिलेको तुलनामा…

Read More

आकाश सर्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकार र देशभरका स्थानीय तहसँग लगानीयोग्य परियोजना छनौट गरी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।  संघीय सरकारले आगामी बर्ष अर्थात २०८१ सालको ९ देखि ११ बैशाखमा तेस्रो लगानी सम्मेलन गर्ने निणर्य गरेको भन्दै मन्त्रालयले एक महिनाभित्र प्रदेश र स्थानीय तहसँग भएका लगानी योग्य परियोजनाको प्रस्ताव पठाउन भनेको हो । सरकारले लगानी सम्मेलन गर्ने निणर्य गर्दै मुख्यसचिवको नेतृत्वमा लगानी सम्मेलन कार्यान्वयन समिति गठन गरिसकेको छ । सो समितिको गत १९ मंसिरमा बसेको बैठकले लगानी सम्मेलनमा प्रस्तुत हने परियोजनाको पहिचान, विकास र तयारी गर्न प्राविधिक समिति बनाइसकेको छ । मिठाराम अधिकारीको नेतृत्वमा…

Read More

पाकिस्तानी खेलाडी बाबर आजम वान डे क्रिकेटको नम्बर एक ब्याट्सम्यान बनेका छन् । आईसीसीको नयाँ वरियतामा बाबजर शीर्ष स्थानमा फर्किएका हुन् । उनले भारतीय ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै पुन पुरानै वरियतामा फर्किएका हुन् । यस्तै भारतीय ब्याट्सम्यानद्धय विराट कोहली र रोहित शर्मा शीर्ष चारभित्र अटाएका छन् । दक्षिण अफ्रिकाविरुद्धको वान डे सिरिजमा गिलको अनुपस्थितीका कारण वरियतामा ठुलो फेरबदल आएको हो । बाबर ८ सय २४ रेटिङ अंक सहित नम्बर एक वान डे ब्याट्सम्यान बनेका हुन् । गिल ८ सय १० रेटिङ अंक सहित दोस्रो स्थानमा छन् । विराटको ७ सय ७५ र रोहितको ७ सय ५ सय ४४ अंक…

Read More

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शङ्कर भण्डारी धर्म निरपेक्षता र प्रदेश संरचनाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै आएका नेता हुन्। उनले आफ्नो दलका सबैजसो मुख्य नेताहरू सहभागी कार्यक्रममा मङ्गलवार अनौठो अभिव्यक्ति दिएका छन्:  “मैले पाएको सूचना यदि गलत छैन भने आगामी चैतभित्र संविधान खारेज हुन सक्छ।“ उनले त्यस्तो अभिव्यक्ति दिएको कांग्रेसको गण्डकी प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूसहित ठूला नेता सहभागी थिए। त्यो सूचना सुनाउनुअघि नेता भण्डारीले अप्रिय स्थिति आउने जोखिम औँल्याएका थिए। “तपाईँहरू धेरैलाई थाहा होला, म भन्दै छु- साथीहरू नोट गरेर राख्नुहोस् , आगामी चैत महिनाभित्र जे पनि हुन सक्छ मुलुकमा,” नेता भण्डारीको भनाइ थियो। पछिल्ला दिनहरूमा हिन्दू राष्ट्र…

Read More

काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले काठमाडौँ उपत्यका भित्रको अपराध नियन्त्रणका लागि सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताएका छन् । टोखा नगरपालिका-९ नयाँबसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोँगबुको भवनको आज शिलान्यास गर्दै उहाँले समाजभित्र देखिने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरीले विभिन्न स्थानीय तहको सहकार्यमा सिसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेको बताए । ‘काठमाडौँ र ललितपुर महानगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सिसी क्यामरा जडानको कामलाई उच्च प्राथमिकता दिएका छौँ, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न सकिन्छ’, उनले भने। एआइजी थापाले हालसम्म काठमाडौँ उपत्यकाभित्र तीन हजार…

Read More

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ । केही महिनादेखि चीनमा देखिएको भनिएको नयाँ भेरियन्ट जेएन वान अब भारतमा पनि देखिएको हो । भारतका धेरैजसो राज्यमा यसबाट हुने असरका घटना तीव्र रुपमा बढिरहेका छन् । केरलमा मात्रै कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । यसबाट भारतमा फेरि कोरोना भाइरसको डर फैलिएको छ । स्वास्थ्य विभागले राज्यभर कोरोनालाई लिएर अलर्ट जारी गरेको छ ।  यतिमात्र हैन कर्नाटक र तमिलनाडुमा पनि नयाँ भेरियन्टको संक्रमण तीव्र रुपले फैलिरहेको छ । अस्पतालहरुलाई पनि अलर्टमा राखिएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमहरुले लेखेका छन् । के हो जेएन वान भेरियन्ट भारतको रोग…

Read More

काठमाडौं । नेकपा माओवादी नेता एवम् संस्कृतिमन्त्री सुदन किराँतीले इसाई धर्म नमान्नेहरू संविधान विरोधी भएको संज्ञा दिएका छन् । ख्रिस्टियन महासंघको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले आफूलाई जिसस क्राइस्ट मन पर्ने भन्दै प्रधानमन्त्री पनि जिसस क्राइस्टको अनुयायी भएको सार्वजनिक मञ्चबाट नै घोषणा गरेका छन् । उनले विश्वमा सबैभन्दा धेरै इसाईहरूको जनसंख्या रहेको भन्दै हामीहरूले पनि इसाई धर्म अवलम्बन गर्नुपर्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । सुदन किराँतीको विवादास्पद अभिव्यक्तिको भिडियो सुन्न यहाँ क्लिक गर्नुहोस् ।

Read More

चितवन ।  बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौँमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन् । त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५÷६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना  छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यहाँ आयोजना गरेको अटिजमसम्बन्धी कार्यशाला गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार नेपालमा हाल अटिजम समस्याबाट ग्रसित चार हजार आठ सय ८६ जना रहेका छन् ।  मन्त्रालयका विज्ञ चिकित्सक डा शाकार खनालका अनुसार विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई आधार मान्ने हो भने एक सयमा एक जनामा गरी…

Read More

टक्सार (भोजपुर) । ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण सङ्कटमा पर्दै गएको छ । लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका टक्सारको धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हुँदै गएपछि सङ्कटमा पर्दै गएका हुन् । पछिल्लो समय दुई–तीन परिवारले मात्र पुरानो पेसा अगाल्दै आइरहेका छन् । स्थानीय बुद्धराज शाक्यलगायतले मात्र अहिले धातुका सामग्रीहरु माग भएमा बनाउँदै आएका छन् । टक्सारको धातु उद्योग र यहाँको मौलिक पहिचानलाई जीवित गराउन पलायन भएका व्यवसायीलाई स्थानीयस्तरबाट पुनः अभिप्रेरित गराउनुपर्ने तथा मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक स्रोत साधन उपलब्ध…

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पाल्पामा भएको कार्यक्रममा भएको गल्तीप्रति माफी मागेका छन् । पाल्पा जिल्ला सम्मेलनको क्रममा नगरपालिकाको हलमा भएको कार्यक्रममा नगरपालिकाको ब्यानर छोपेर कार्यक्रमको ब्यानर राखिएको विषयमा माफी मागेका हुन् । थापाले बुधबार सामाजिक सञ्जालमा माफी माग्दै त्यसमा आफूले पनि ध्यान दिनुपर्नेमा ध्यान दिन नसकेकोमा माफी मागेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ुसम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्‍यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो। त्यसका…

Read More

कीर्तिपुर भेगका नेवार समुदायहरूमा मंसिर महिनाको थिंलाथ्व अष्टमी नवमी र दशमी गरी तीन दिन सम्म स्थानिय जात्रा मनाउने चलन पाइन्छ । नवमीको दिनमा कीर्तिपुरको पाँगामा विष्णुदेवी रथ जात्रा गरिन्छ भने त्यसको भोलिपल्ट कीर्तिपुरमा इन्द्रायणी जात्रा गर्ने प्रचलन छ । पहिलो दिनलाई ‘छोयला भूः’ भनिन्छ र घरलाई लिपपोत गरी सकेपछि दिउसो छव्यला, चिउरा, हरियो लसुन, साँदेर जाँड खाने चलन छ । भोलिपल्टको दिनलाई भूःया भनिन्छ र त्यस दिन प्राय मानिसहरूको घरघरमा तःखाः (थलथले मासु) बनाउने गर्दछन् । भूःयाको भोलिपल्ट मुख्य जात्रा हो भने आफ्नो साथीभाई आफन्तलाई जात्रामा भोज स्वरूप चिउरा, गेडागुडी, अचार, छयाला, तःखाः पुकाः ला, दही आदी राखेर खुवाउने चलन…

Read More

एक समय ठुलो भिक्षु संघका साथ भगवान् बुद्ध कोशल जनपदमा चारिका गर्दै हुनुहुन्थ्यो । जहाँ इच्छानगल नामक कोशल जनपद बासीका ब्राह्मण-ग्राम थियो, त्यहीँ पुग्नुभयो । त्यहाँ भगवान् इच्छानगलमा, इच्छानगलको वन-खण्डमा बिहार गर्नुहुन्थ्यो । इच्छानगलका ब्राह्मण-गृहपतिहरूले सुने शाक्यकुलबाट-प्रब्रजित शाक्यपुत्र श्रमण गौतम इच्छानगल आएका छन्, इच्छानगलको वन खण्डमा उहाँ भगवान गौतमको यश, कीर्ति सुनिन्छ कि उहाँ भगवान् अर्हत हुन्, सम्यक सम्बुद्ध हुन्, विद्या तथा आचरणले युक्त छन्, सुगत हुन्, लोकको जानकार हुन्, अनुपम छन्, ( दुष्ट ) पुरुषलाई दमन गर्नेवाला सारथि हुन्, देवता तथा मनुष्यका शास्ता हुन् । उहाँ बुद्ध भगवान् हुनुहुन्छ । उहाँ देवसहित, मारसहित, ब्रह्मसहित यश लोकलाई, श्रमण-ब्राह्मणसहित, देवता र…

Read More

काठमाडौं । नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले नेपालमा पहिलोपटक विश्वविद्यालयको अवधारणा ल्याएको पाइएको छ । नेपालमा विश्वविद्यालय खोल्ने तयारी शमशेरले २००४ सालमै गरेको भेटिएको हो । नेपालका नयाँ श्री ३ महाराज एवम् प्रधानमन्त्री भएका मोहन शमशेरको सिन्दूरजात्रा हनुमानढोका दरबारमा भएको बेलामा मोहन शमशेरले आफ्नो आगामी नीति तथा कार्यक्रमलाई समेटेर वक्तव्य जारी गर्दा विश्वविद्यालय स्थापना गर्ने विषय यसरी लेखेका थिए – ‘उच्च शिक्षाको पनि नितान्त आवश्यकता भएकाले नेपालमा एक विश्वविद्यालयको स्थापना गर्ने हाम्रो लक्ष्य छ । यसका लागि कस्तो बन्दोबस्त चाहिन्छ, सबै कुरा विचार गरी एक मोटामोटी योजना खडा गरेर हाम्रा हजुरमा सकभर चाँडो जाहेर गर्नका लागि एक विश्वविद्यालय योजना…

Read More

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रुख चिह्नविरुद्ध लाग्नेलाई पार्टीबाट सँधैका लागि बिदा गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन सत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीमा पद र अवसर लिनेहरुले चुनावमा अन्तर्घात गर्ने गरेको बताउँदै उनले भने, ‘तर नेता र नेतृत्वले गल्ती गर्दा चौतारीमा बसेर आलोचना गर्नेहरू अहिले रिसाएका छन्। उनीहरु ती व्यक्तिहरू हुन् जो चुनावमा रुखबाहेकमा भोट हाल्दैनन्।’ त्यसैले अब कांग्रेसले कसैसँग गठबन्धन गर्न नहुने बताउँदै उनले अगाडि थपे, ‘त्यसैले ती ईमान्दार २२ लाख कार्यकर्तालाई भन्नैपर्छ हामी हारे हारौंला, सिंहदरबार वा धुलो जे हुन्छ त्यसमा बसौंला। अब आइन्दा कुनैपनि चुनावमा कांग्रेसजनको आस्थामा कुनै…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल सेयर खरिद बिक्रीमा आफ्नो परिवारको नाम जोडेर व्यवस्थामाथि हमला गरेको आरोप लगाएका छन्। राज्य व्यवस्था समितिको बैठकमा मंगलबार जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफूलाई ह्युमिलेट (अपमानित) गर्न खोजिएको बताए। ’मेरो परिवार घट्दै गएर तीन जना रहेका छौं। त्योमध्ये एक जना भरतपुर महानगरपालिकाको मेयर छे, हामी सबैलाई थाहा छ। उतै बढी इंगेज हुन्छे। एउटी छोरी छ, विचारा त्यो कस्तो छ त तपाइँहरूले थाहा पाउनुभएकै छ,’ उनले भने, ’उनलाई जोडेर उचालेको छ। म के ठान्छु भने यो संवैधानिक व्यवस्था, गणतन्त्र र लोकतन्त्रविरुद्धको हमला हो।’ उनले आफ्नो परिवारको संलग्ना नरहेको साँचो भएरै आफू बाँचिरहेको बताए। ’त्यो साँचो भएको…

Read More

काठमाडौं । मंगलबार सर्वोच्चका न्यायाधीशद्धय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निणर्य कार्यान्वयनमा रोक लगाएको हो । आफूलाई वीर अस्पतालको निर्देशकबाट हटाएर मन्त्रालयमा सरुवा गर्ने निणर्यविरुद्ध डा.पौडेलले गएको मंसिर १८ गते रिट दायर गरेका थिए । उनले रिटमा आफू नियुक्त भएको पदमा पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग गरेका थिए । अब अदालतबाट अन्तिम आदेश नहुँदासम्म उनले निर्देशककै रूपमा काम गर्न पाउने भएका छन् । डा.पौडेल नेकपा एमालेका सदस्य र जनसंगठनका महासचिव पदमा क्रियाशील रहेको उजुरी परेको थियो । सोही उजुरीउपर राष्ट्रिय सतर्कता केन्द्रले उनको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन,…

Read More

चीन । उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् । गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् ।  त्यहाँ माइनस १७ डिग्री तापक्रम रहने अनुमान छ । सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छिमेकी किङ्घाई प्रान्तको ह्याडोङमा थप १४ जनाको मृत्यु र एक सय ९८ जना घाइते भएका छन् ।  सरकारी प्रसारक सिसिटिभीका अनुसार भूकम्पबाट एक लाख ५५ हजारभन्दा धेरै भवन क्षतिग्रस्त भएका छन् र बासिन्दाहरू सुरक्षाका लागि चिसो सडकमा भागेका थिए ।…

Read More