काठमाडौं खबर पुस ४, २०८०
काठमाडौं । नेकपा माओवादी नेता एवम् संस्कृतिमन्त्री सुदन किराँतीले इसाई धर्म नमान्नेहरू संविधान विरोधी भएको संज्ञा दिएका छन् । ख्रिस्टियन महासंघको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले आफूलाई जिसस क्राइस्ट मन पर्ने भन्दै प्रधानमन्त्री पनि जिसस क्राइस्टको अनुयायी भएको सार्वजनिक मञ्चबाट नै घोषणा गरेका छन् । उनले विश्वमा सबैभन्दा धेरै इसाईहरूको जनसंख्या रहेको भन्दै हामीहरूले पनि इसाई धर्म अवलम्बन गर्नुपर्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन् ।
सुदन किराँतीको विवादास्पद अभिव्यक्तिको भिडियो सुन्न यहाँ क्लिक गर्नुहोस् ।