काठमाडौं खबर पुस ५, २०८०
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त भएकी छन् । यसअघि तत्कालीन गृहमन्त्री जनार्दन शर्माको समयमा गृहमन्त्रीका प्रेस संयोजक समेत रहेकी उनलाई पशुपतिको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बुधबार भएको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई उक्त पदमा नियुक्त गरेको हो । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि यही पुस १ गते सकिएको हो ।
पुन नेकपा माओवादी केन्द्रकी सक्रिय कार्यकर्ता समेत हुन् ।