काठमाडौँ । काठमाडौँ उपत्यका भित्रका अजिमा वा योगिनीहरू वास्तवमा हिन्दु शाक्त परम्परा, बौद्ध शाक्त परम्परा र स्थानीय नेवार समुदायको मातृसत्ता प्रतिको झुकावको सम्मिश्रणबाट सृजित धार्मिक विश्वासको मूर्त स्वरूप हुन् । यस्ता अजिमाहरूको कल्पनाको प्रमुख आधार भने हिन्दु शाक्त परम्परा नै हो । त्यसैले काठमाडौँ उपत्यकाभित्रका अजिमाहरूको इतिहासको अध्ययनको लागि यहाँको शाक्त परम्पराको इतिहासलाई पुनरावलोकन गर्नु आवश्यक देखिन्छ । स्थानीय नेवार समुदायले महिला स्वरूपमा कल्पना र पूजा गर्ने महान हजूरआमा भन्ने अर्थमा स्थानीय मातृशक्तिहरूलाई अजिमाको पूजा उपासना गर्दछन् । यस्तै प्रकृतिका हिन्दु तथा बौद्ध तान्त्र या योग सम्बद्ध स्त्री देविहरूलाई काठमाडौका नेवार समुदायले योगिनीको रूपमा पनि पूजा उपासना गर्ने परम्परा रहेको…
Author: Kathmandu Khabar
काठमाडौं । कानमा एयरफोन लगाएर परीक्षा दिएको आरोपमा लोकसेवा आयोगले एक परीक्षार्थीलाई कारबाही गरेको छ । काठमाडौंको श्री नेपाल युवक मावि पकनाजोल परीक्षाकेन्द्रबाट परीक्षा दिएका एक परीक्षार्थीलाई आयोगले कारबाही गरेको हो । नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह राजपत्र अनङ्कित द्वितीय श्रेणी, अमिनको परीक्षामा सहकागी भएका रुकुमका दिपक नेपालीले उनले परीक्षाको मर्यादाविपरीत दाहिने कानमा एयरफोन लगाई मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको स्वीकार गरेको लोकसेवा आयोगको आरोप छ । आयोगले २०७९ को लोकसेवा आयोग ऐनको दफा ४१(१) खण्ड (ख) बमोजिमाको कसूर गरेको पाइएकोले उनको विज्ञापनको सबै परीक्षा रद्द गरी सोही ऐनको दफा ४१ (२) को खण्ड (क) बमोजिम आयोगबाट लिइने सबै परीक्षामा…
काठमाडौं । नेपाली सेनाले समाचार सम्पादक र फोटो ग्राफरको लागि आवेदन आह्वान गरेको छ । नेपाली सेनाले जारी थरेको कएक सूचनामा प्राविधिक उपसेनानीतर्फ खुला एक र महिला एक गरी दुई जना, फोटोग्राफर एक गरी कुल तीन जनाको दरबन्दी पूर्तिका लागि आवेदन आह्वान गरेको हो । जसका लागि आमसञ्चार तथा पत्रकारितामा स्नातक उत्तीर्ण गरेका पुरुषको हकमा २९ वर्ष र महिलाको हकमा ३० वर्ष नकटेका व्यक्तिले आवेदन दिन सक्ने बताइएको छ । त्यस्तै, श्रव्यदृश्य सामग्री पत्रपत्रिका एवम् विद्युतीय समाचार लेख्ने व्यक्ति प्राविधिक अमल्दार लगायतका पदहरुमा आवेदन आह्वान गरिएको नेपाली सेनाले जनाएको छ ।
मालिकको किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर वा कमारोलाई दास भनिन्छ। दासप्रथामा हुनेखाने वर्गले नहुने वर्गमाथि विवशता (मजवुरी)को फाइदा उठाएर शोषण गर्ने गर्दथे । यसको उन्मुलन गर्ने धेरै प्रयास भएपनि चन्द्र शमशेरले वि.स. १९८१ मा दास प्रथाको अन्त्य गर्ने घोषणा गरेका थिए । उक्त घोषणा विस १९८१ देखि कार्यान्वयन भई वि।सं। १९८२ वैशाख १ मा दास प्रथाको अन्त्य भएको घोषणा गरिएको थियो । दास दासीको व्यवस्थापन गर्न तत्कालीन समयमा रू ३६ लाख ७० हजार पशुपतिको गुठीबाट लिइएको थियो । दासदासीका मालिकलाई राज्यले रकम भुक्तानी गरी उनीहरूलाई मुक्त गरिदिएको थियो । त्यसबेला भागेका र आफैँ मुक्त भएका करिब ५७…
काठमाडौं- नेपालको प्रमुख निकासीजन्य वस्तु हस्तकलाको आन्तरिक खपत पनि उत्तिकै बढ्न थालेको छ । हस्तकला व्यवसायीहरुका अनुसार सामाजिक संस्कार अनुसार जन्मदेखि मृत्युसम्म हस्तकलाजन्य सामग्रीकै प्रयोग हुने र पछिल्लो समय व्यापार व्यवसायमा पनि नेपाली कला-संस्कृति झल्काउने सजावट गर्ने संस्कृतिको विकास हुँदा यो क्षेत्र फस्टाउने क्रममा छ । नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार यो क्षेत्रको वार्षिक कारोबार २५ अर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ । महासंघका अनुसार गत आर्थिक वर्ष २०७९-८० मा झन्डै १२ अर्ब रुपैयाँँका हस्तकला निर्यात भएकोमा सोही हाराहारीमा आन्तरिक बजारमा खपत भएको अवस्था छ । आन्तरिक बजारमा खपत तथा विदेशी पर्यटकले नेपाल आउँदा खरिद गर्ने हस्तकलाजन्य सामग्री समेतको एकीकृत तथ्यांक राख्ने…
अयोध्याका एक पौराणिक राजा भगीरथलाई पृथ्वीमा पानी ल्याउने र देवी गंगालाई स्वर्गबाट पृथ्वीमा मार्गदर्शन गर्ने उनको महान कार्यको लागि श्रेय दिइन्छ। काठमाडौं उपत्यकामा उनलाई पोडे देउता पनि भनिन्छ। भगीरथको तस्बिरलाई पानीको थुप्रोको मुनि राखिएको छ र पृथ्वीमा पानी ल्याउनको लागि उनको दृढ संकल्प र योगदान देखाउँदछ। धेरैजसो पानीको टुक्रामा भगीरथ नमस्ते मुद्रामा बनाइन्छ वा शंख बजाउँछ। राजा सागरका नाति र राजा दिलीपका छोरा भगीरथलाई दृढ निश्चय, साहसी व्यक्ति भनेर चिनिन्छ। युधिष्ठिरलाई लोमस मुनिद्वारा राजाहरूको असल चरित्रको बारेमा व्याख्या गर्दा, सागरको महानतादेखि भगीरथले गंगामा ल्याउन कसरी सफल भएसम्म उल्लेख गरे। राजा सागरका वैदर्भी र शैव्या नामक दुई पत्नी थिए। शिव रानी…
नेवारी पेय पदार्थमा अजि थ्व मध्यकाल देखि नै लोक प्रिय रहेको मान्न सकिन्छ । धार्मिक अनुष्ठान गर्दा यसलाई महत्वपूर्ण तत्वको रूपमा लिने गर्दछन् । यस्तै प्रकृतिको शिलालेख पाटन येवहाल टोल चिवहालको शिलालेखमा उल्लेख परेको छ जसमा चैत्य प्रतिस्था गर्दा ६ पाथी भुटेको चिउरा, जाँड ३ पाथी, अजिथ्व ६ कुरुवा, मासु २ कुरुवा, र १२ कहतारा दही दिनु भनी उल्लेख गरेका छन् । थ्वँ बनाउने चामललाई आधा घण्टासम्म चिसो पानीमा भिजाइन्छ । त्यसपछि पोटासी (पिधमा प्वाल भएको माटोको भाँडो) (चित्र संख्या नं. १५) मा थोरै पराल विछ्याएर भिजेको चामललाई खन्याइन्छ । फोसी (तामाको ठूलो भाग) मा पानी हालेर उमालिन्छ र त्यसको…
थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट सफाइ पाएका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई २१ किलोको मालाले स्वागत गरिएको छ। नेपाल कुशवाहा कल्याण समाजले उनको निवास निगौलमा सम्मान गरेको हो। समाजका जिल्ला अध्यक्ष विजयकुमार महतोले सांसद महतोलाई सफल कार्यकालको शुभकामना दिएका थिए। जनताको दुःखमा मल्हम लगाउनका लागि जनमैत्री विकास निर्माणमा सक्रिय भूमिका निर्वाह गरिदिन उनीहरूको आग्रह थियो। जनतासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुको समस्या समाधानका निम्ति आफू सक्रियरूपमा लाग्ने सांसद महतोले प्रतिवद्धता जनाएका थिए। अदालतले गत बिहीबार महतोलाई सफाई दिएको थियो।
काठमाण्डौ – अत्यधिक जनसङ्ख्या, सहरीकरण, बढ्दो घर तथा भवन निर्माण, जथाभाबी प्लटिङलगायत कारणले प्राकृतिक संरचनामाथि दोहन बढिरहेको छ । ् मानव जीवनका लागि उपहारस्वरुप मानिने प्राकृतिक सम्पदामाथि भइरहेका यस्ता गतिविधिले थुप्रै समस्या निम्तिरहेका छन् । बाढी पहिरो, प्रदूषण, जलवायु परिवर्तन जस्ता समस्या यस्तै कारण निम्तिएका हुन् । अझै, विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन झनै बिग्रन थालेको हो । विश्वभर नै प्रकृतिमाथि दोहन भइरहेको छ । नेपाललगायत देश भने प्राकृतिक सम्पदामाथिको दोहन कारण उत्पन्न जलवायु परिवर्तन, प्रदूषण लगायतका विपत्तिको मारमा परिरहेका छन् । पछिल्लो समय नेपालमा पनि प्रकृतिमाथिको दोहन बढ्दो छ । आश्रित जनसङ्ख्या बढेसँगै नेपालमा पनि प्राकृतिक सम्पदाको क्षयीकरण बढेको हो । अझै बाक्लो जनसङ्ख्या रहेको काठमाण्डौ उपत्यका वरपरको…
काठमाडौं । ६ महिनाजति अघि बुढानीलकण्ठ नगरपालिकाभित्र धोविखोलामाडोजर तथा स्काइभेटर चलाएको विषय र त्यसका बारेमा समाचार एवम् चर्चा परिचर्चा धेरैले बिर्सिएका छैनन । बर्खा आउन लाग्दा यसरी खोलामा डोजर चलाएर माटो हल्लाएको भन्दै धेरैले बिरोध पनि गरेका थिए । केही दिन नगरपालिकाको ब्यानर लगाएको निजी डोजर तथा स्काइभेटरहरू धोवीखोलामा तलमाथि गरिरहेको सबैले देखे । कतिले त्यो कर्मलाइ वाहवाही गरेर सामाजिक सन्जालमा फोटो भिडियो पोस्ट गरे भने केही खोला डोजर हाल्न नहुने भनेर आलोचना गरे । त्यसैक्रममा बुढानीलकण्ठ नगरपालिकाका एक वडाध्यक्षले आफ्नो सामाजिक सन्जालमा यसरी खोलामा डोजर चलाउनुलाई ’सन्ततिका लागि सम्पदा’ भन्दै लामै समय जगहँसाइ पनि गरे । केहि दिन डोजर…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले पुस १० गते नागरिक अभिनन्दन गर्ने भएको छ । राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डलाई बसन्तपुरमा एक कार्यक्रमबीच नागरिक अभिनन्दन गर्न लागेको व्यवहोरासहित सोमबार बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र दिएको हो । प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक राज्यव्यवस्था परिवर्तन गर्दै समृद्धि, सुशासन, सामाजिक न्याय, समाजवादउन्मुख लोकतन्त्र र सङ्घीयतालाई व्यावहारिक रुपमा लागू गरेको, नेपाल सम्बत्लाई सरकारी दस्तावेजमा उल्लेख गर्न र वागमती प्रदेशमा नेपालभाषा (नेवारी) र तामाङ भाषालाई मान्यता दिन अभिभावकीय भूमिका निर्वाह गर्नुभएकाले सो नागरिक अभिनन्दन गर्न लागेको कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले जानकारी दिए । निमन्त्रणापत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले संस्कृतिमा धनी काठमाडौँ उपत्यका…
काठमाडौं । नेपालमा इन्टरनेट सेवा प्रदायकको बजार विस्तार हुँदै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विभिन्न इन्टरनेट सेवा प्रदायक (आईएसपी)का २८ लाख ४० हजार ६२७ ग्राहक रहेका छन् । प्राधिकरणका अनुसार फाइबर, एडीएसएल केबल र वायरलेस इन्टरनेटका ग्राहक गरेर सबैभन्दा ठूलो बजार हिस्सा वर्ल्डलिंक कम्युनिकेसनको रहेको छ । वर्ल्डलिंकका ग्राहकको संख्या आठ लाख ११ हजार ९९७ रहेको छ । दोस्रो नम्बरमा डिस मिडिया नेटवर्कका ग्राहकको संख्या तीन लाख १७ हजार ३१ रहेको छ । यस्तै, तेस्रो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का ग्राहकको संख्या दुई लाख ९५ हजार ६६१ रहेको छ ।चौथो नम्बरमा क्लासिक टेकका ग्राहकको संख्या…
मिठाइ भण्डारबाट घुस रक़म लिँदै गरेका जितपुरसिमरा उपमहानगरपालिका-३ का वडा अध्यक्ष तारा कार्की घुस रकम सहित सोमबार पक्राउ परेका छन्। कार्कीले एक स्थानीय ब्यपारीबाट जितपुरको एक मिठाइ भण्डारमा पाँच लाख घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा प्रमुख उमाकान्त आचार्यले जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष घुस लिँदै गर्दा पक्राउ गरिएको बताए। कार्की एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा भागबण्डामा नभई योग्यताको आधारमा पदाधिकारी नियुक्ति गर्ने आश्वासन दिएका छन् । सोमबार दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले भागबन्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारी नियुक्त गर्ने बताएका छन् । सोमबार दिउँसो त्रिपुरेश्वरमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो घोषणा गरेका हुन् । ‘आजको यो दिक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दीक्षान्त समारोहको तमाम शृङ्खलामा एउटा रेकर्ड हुन गयो। म आज यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने मेरिटको आधार भिसी लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईहरूको अगाडि व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले…
भगवान रामको साथमा माता सीता र भाइ लक्ष्मणको पनि उल्लेख गरिन्छ । श्रीराम १४ वर्षको लागि वनवासमा जाँदा माता सीता र लक्ष्मण पनि उनीसँगै बसे । लक्ष्मणले भगवान रामलाई कहिल्यै छोडेनन् । उनी सधैं छाया जस्तै रहे । आफ्नो वनवासमा लक्ष्मणले १४ वर्षसम्म आफ्ना भाइ श्रीराम र आमा सीताको निःस्वार्थ सेवा गरे । रामायणका अनुसार जब भगवान् श्रीराम र माता सीता आफ्नो झुपडीमा आराम गर्नुहुन्थ्यो, लक्ष्मणले कुटी बाहिर पहरा दिन्थे । लक्ष्मणले आफ्नो निद्रा त्यागेका थिए र १४ वर्षसम्म निद्राविना बसेका थिए । जब उनी वनवासको अन्त्य पछि अयोध्या फर्के, सधैं उनको साथमा रहने लक्ष्मणले श्रीरामको राज्याभिषेक देख्न सकेनन्। लक्ष्मणले…
जलेश्वर(महोत्तरी) । विवाह पञ्चमीको शुभ अवसरमा गएराति भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएसँगै आजदेखि मिथिलाञ्चलका सर्वसाधारणको घरमा विवाह उत्सव शुरु भएको छ । त्रेता युगदेखि नै नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रभरि भगवान रामचन्द्र र माता सीताको विवाह भएपछि आजैका दिनदेखि सर्व साधारणले पनि आ–आफ्ना छोराछोरीको विवाह शुरु गर्ने चलन रहेकाले आजदेखि मिथिलाका प्रत्येक गाउँठाउँमा सर्वसाधारणले पनि विवाहको शुभारम्भ गरेका छन् । मिथिलामा सबैभन्दा पहिले भगवान रामचन्द्र र माता सीताको विवाह हुने तथा त्यसपछि सर्वसाधारणहरुले पनि आ–आफ्ना छोराछोरीको विवाह गर्ने त्रेता युगदेखि चल्दै आएको लोक मान्यता रहेको जलेश्वर नगरपालिका–८ का प्रख्यात पण्डित कालिकान्त झाले बताए । महोत्तरी र…
झापा । दक्षिण झापाको हल्दिबारी गाउँपालिका–४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्विक महत्त्वका सामग्री भेटिएका छन् । स्थानीयवासीले खेतबारी जोत्ने र खाल्डो खन्ने क्रममा अनौठा इँटा, भाँडाकुँडा र इनार भेटेका हुन् । ‘ती सामानको कुनै सरकारी निकायबाट खोज तथा अनुसन्धान भएको छैन । बारीमा तरकारी लगाएका थियौँ,” स्थानीय मञ्जु बरालले भने, ‘ट्युबेलको पानीले पुग्दैन भनेर इनारका लागि खाल्डो खन्दै थियौँ । अलिकति गहिरो खन्दा घ्याम्पो आकारको पुरानो इनार पो भेटियो ।” गाउँलेले गाड्धन होला भनेर अनुमान लगाए पनि त्यहाँ कुनै बहुमूल्य धातु भने नभेटिएको उनले बताP । बरालका अनुसार उक्त इनार आठ फिट गहिरोसम्म उधिनेर फेरि पुरिएको छ । बरालकै खेतबारीमा अहिले गाई,…
नयाँ दिल्ली । संसदमा हंगामा गरेको आरोपमा भारतको राज्यसभा र लोकसभाका गरी कुल ६७ विपक्षी सांसदलाई निलम्बन गरिएको छ। लोकसभामा भएको हंगामामाथि कारबाही गर्दै संसदले ३३ सांसदलाई निलम्बन गरेको छ भने राज्यसभामा अध्यक्षले ३४ विपक्षी सांसदलाई निलम्बन गरे । लोकसभामा विपक्षी सांसदहरूले प्लेकार्ड देखाएर विरोध गरेपछि यो कारबाही गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कांग्रेस नेता अधीर रञ्जन चौधरी पनि निलम्बित सांसदमा परेका छन् । यसबाहेक कांग्रेसका जयराम रमेश पनि राज्यसभाबाट निलम्बित भएका छन् । संसदले हिउँदे अधिवेशनको बाँकी कार्य दिवसका लागि सबै सांसदलाई निलम्बन गरेको छ । लोकसभामा केन्द्रीय संसदीय मामिला मन्त्री प्रह्लाद जोशीले विपक्षी सदस्यहरूलाई निलम्बन गर्न माग…
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार वैदिक मन्त्रसहित स्वस्तिवाचन गरेर सुरु गरिएको यो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट विद्यार्थीहरू दीक्षित भएका हुन् । त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका…
काठमाडौं । काठमाडौंको मौलिक बस्ती टोखामा २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त भयो । टोखा नगरपालिकामा भूकम्पबाट क्षति भएका १८०० घरमध्ये १७९७ वटा घर मौलिक शैलीमा बने भने अहिले ३ वटा घर मात्रै पुरानै शैलीमा रहेको एउटा अध्ययनले देखाएको छ । भूकम्पपछि टोखाको मौलिकतामा परेको असरको बारेमा गरिएको अध्ययनबाट सो निष्कर्ष निस्किएको हो । सो अध्ययनमा संलग्न अनुसन्धानकर्ता डा पशुपति न्यौपानेका अनुसार सामानको अभाव, खर्च धेरै लाग्ने जस्ता कारणले स्थानीयले मौलिक घर बनाउन छाडेको भेटिएको छ । यो भेगमा हाल पुरै कंक्रिटको गगनचुम्बी घर ठडिएको छ। लिच्छिविकालीन बस्ती अहिले कंक्रिटको जंगलजस्तो भएको छ। यसले इतिहास, संस्कृतिसँगै मौलिक निर्माण…
काठमाडौ । काठमाडौ उपत्यकामा बसोबास गर्ने मानिसहरुको धर्म परम्परा, संस्कृति तथा दैनिक जीवनसंग गाँसिएको बिष्णुमती नदी कुनै बेला स्वच्छ र सफा थियो । मानिसहरु यहि नदीमा नुहाउँने गर्दथे कपडा धुने गर्दथे र पिउनको लागि पनि प्रयोग गर्दथे । समयकाल तथा उच्चतम जनसंख्या बृद्धी र चेतनाको कमीले आज विष्णुमती फोहोरको ढल समान भएको छ । याे नदी हिन्दुहरुको आस्थासंग जोडिएको बागमती नदीमा टेकु दोभानमा पुगेपछि मिसिएको छ । काठमाडौ उपत्यकामा बग्ने पवित्र बागमती नदीमा बागमती सहित सात मतीहरुको संगम हुने गर्दछ । यसैले बागमती नदीलाई सप्तमती पनि भन्ने गरिन्छ । शिवपुरीको उत्तर तर्फबाट बागमती नदी बहन थालेको छ ।…
काठमाडौं । पछिल्ला केही हप्तादेखि बुढानीलकण्ठ मन्दिरका महन्थ निगमानन्द गिरिका बारेमा थुप्रै समाचार तथा आलेखहरू प्रकाशित भए । पछिल्ला डेढ दशकमा बुढानीलकण्ठमा बसेर उनले गरेका गर्न हुने नहुने कृत्यदेखि उनको व्यक्तिगत आचरणमासमेत औँला उठ्ने तरिकाले प्रकाशित समाचारप्रति जनसामान्यको सकारात्मक प्रतिक्रिया आए पनि मुख्य सरोकारवाला संस्था बुढानीलकण्ठ नगरपालिका भने असाधारण चुप्पी साँधेर बसेको छ । यसैक्रममा काठमाडौँ खबरलाइ केही वडाध्यक्षदेखि सांसद एवम् स्थानीय राजनीतिकर्मीले फोन गरेर नलेखिदिन अनुरोध तथा दबाव दिएका छन् । (ती फोन गरेका सबैजनाको फोन रेकर्ड काठमाडौँखबरसँग् सुरक्षित छ ।) बुढानीलकण्ठजस्तो धार्मिक क्षेत्रमा अधार्मिक चरित्रका महन्थ निगमानन्द गिरिलाइ हटाउन पहल गर्ने सबैभन्दा प्रभावकारी तथा प्रभावशाली संस्था भनेको नगरपालिका नै…
राष्ट्रियसभा निर्वाचनबारे सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच आइतबार बालुवाटारमा छलफल भएको छ । राष्ट्रिय सभामा रिक्त हुने एमालेको मनोनितसहित नौ सीटमध्ये कुन दललाई कति-कतिका दरले बाँड्ने भन्नेमा गाँठो परेको विषय छलफलले टुंगो भने लगाउन सकेन । गठबन्धन क़ायम राख्ने बारेमा भने सबैको एकमत रहेको बैठकले गठबन्धनमा रहेका जनमोर्चा र जसपालाई एक-एक सीट दिने मानसिकता बनाएको छ । । त्योभन्दा पनि महत्वपूर्ण चलखेल को सांसदको उम्मेदवार बन्ने ? भन्ने विषय रहेको छ । कुन पार्टीलाइ कति उम्मेदवार दिने वा कति सिट दिने विषयभन्दा पनि पार्टीभित्र को को उम्मेदवार बन्ने बारेमा व्यापक चलखेल भैरहेको छ । यसैबीच कांग्रेसमा आकांक्षीहरूको चाप थामिनसक्नु देखिएको छ…
एकपछि अर्को गर्दै विद्यार्थीको मानसिक र शारीरिक अवस्था बिग्रँदै गएपछि सिन्धुपाल्चोकको एक विद्यालयमा पठनपाठन पूणर्रुपमा बन्द गरिएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ स्थित भोटेनाम्लाङ माविका विद्यार्थीहरु कोही कराउने, कोही बरबराउने, कसैले अस्वाभाविकरुपमा शारीरिक हाउभाउ देखाउन थालेपछि विद्यालय बन्द गरिएको बताइएको छ । विद्यालयले जारी गरेको सूचनामा हिजो र आज दुई दिन विद्यालय बन्द रहेको उल्लेख छ । केही दिन यतादेखि विद्यार्थीमा स्थानीय जनविश्वास अनुसार झाँक्री (देवी देवता) चढ्न थालेको बताइएको छ । विद्यार्थीहरुमा अस्वाभाविक लक्षण देखिएपछि विद्यालय बन्द गर्नु परेको प्रधानाध्यापक गोपीकृष्ण पराजुलीको भनाई छ । एकपछि अर्को विद्यार्थीमा अस्वाभाविक मानसिक र शारीरिक समस्या देखिन थालेपछि थप विद्यार्थीमा…
काठमाडौं । वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रले पुष एक गतेको कदम चालेपछि त्यसपछि छापिने सबै पत्रिकामा त्यो राजनीतिक कदमको समाचारले पत्रिका छापिएको थियो । सबैजसो पत्रिकामा श्री ५ बाट मन्त्रिमण्डल र संसदको विघटन शीर्षकमा समाचार छापियो । तर सोही दिन प्रकाशित हुने नयाँ समाज दैनिकको अग्रपृष्ठमा एउटा रोचक समाचार छापिएको थियो । नेपाली रकेट शीर्षकमा छापिएको सो समाचारमा त्रिपुरेश्वरमा भएको एउटा दुर्घटनाको थियो । सो दुर्घटनामा त्रिभुवनको शालिकको खम्बामा एउटा ट्रकले ठक्कर दिएको थियो । सो ट्रकको चालकले मदिरा सेवन गरेको प्रहरीले जनाएको थियो । तर पुलिसले समातेपछि फेरि पनि अनियन्त्रित ट्रकले नजिकै रहेको बाबुलाल पेट्रोलपम्पमा ठक्कर दिएको थियो…
काठमाडौँ । हनुमान ढोकामा रहेको ऐतिहासिक सम्पदा काष्ठमाण्डप क्षेत्रलाई थप सुन्दर बनाउने काम भएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत वडा कार्यालय, शार्दुलजङग गुल्म, स्थानीयवासीको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेर सुन्दर बनाउन थालिएको हो । कार्यक्रमका लागि वडा नंं १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा सदस्य, शार्दुलजङग गुल्मका गुल्मपति पूर्ण प्रजापति र स्थानीयवासीको सहभागिता थियो । वडा नं २० का वडाध्यक्ष मानन्धरले भने, ‘सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेपछि सामाजिक तथा सांस्कृतिक कार्यक्रममा असर परिरहेको हुन्छ । यो असर रोक्ने अभिप्रायले संरक्षण गर्ने र सुन्दर बनाउने काम थालिएको…
काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सम्पन्न भएको छ । चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार गरिएको हो । बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा हावाहुरीले क्षति पुर्याएको स्थानीयको भनाइ छ । पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौँ महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो । काठमाडौँ–१५ मा पर्ने उक्त स्थलमा विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने गर्दछन्। सम्पदाको संरचनाको कला, कौशल, बनोटको अध्ययन तथा अनुसन्धान गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । यहाँबाट काठमाडौँ उपत्यकाको बाक्लो बस्ती तथा त्यस वरपर क्षेत्रको अवलोकनका लागि पनि सर्वसाधारण आउने गरेको पाइएको छ । प्राचीन सम्पदा भएकाले पुरातत्व…
चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ । निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले मात्रै निकुञ्ज घुम्दै गर्दा बाघ देख्न पाउँछन् । गतवर्ष निकुञ्जमा दुई लाख २५ हजार हाराहारी पर्यटक पस्दा बाघ देखेँ भन्नेको सङ्ख्या निकै कम थियो । बाघ हेर्ने अवसर भरतपुर भ्रमण वर्षले दिन लागेको हो । भरतपुर महानगरपालिका–६ देवनगरस्थित निकुञ्जको रेञ्जपोष्ट क्षेत्रमा दक्षिणकाली सामुदायिक वनभित्र वन्यजन्तु उद्धार…
आठ महिनाअघि भत्काइएको पोखरा फेवातालको बिचमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण अझै सुरु भएको छैन । पुनर्निर्माण गर्ने भन्दै गत चैतमा मन्दिर भत्काइएको थियो । योजना अनुसार मङ्सिरभित्रै मन्दिर पुनर्निर्माण सकिनुपर्ने थियो । २०७२ सालको भूकम्पका कारण मन्दिर दक्षिणतर्फ तीन इन्च ढल्किएको थियो । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले बनाएको गुरुयोजना अनुसार कात्तिक ९ गते मन्दिर निर्माण शिलान्यास भयो । तर पुरातषव विभागको स्वीकृति नलिई बनाइएको गुरुयोजनाका कारण अहिले निर्माणको कार्य रोकिएको छ । पुरानो मन्दिर भत्काएपछि अहिले नजिकैको हवनकुण्डमा पूजाआजा गरिँदै आएको छ । मूल मन्दिर नहुँदा तालबाराही पुग्ने धेरै तीर्थालु निराश हुने गरेका छन् । मन्दिर दर्शन गर्न आइपुगेकी…
संस्कार भन्ने शब्दको उल्लेख बौद्ध कालको साहित्यमा देखिँदैन तर संस्कारको अंग उपनयन, अन्त्येष्टि आदिकोवारे वर्णन गरिराखेको भेटिन्छ । त्यसैले संस्कारलाई परिभाषित गर्दा संस्कार भनेको मानिसको जीवनलाई ठीक ठाँउमा लान आवश्यक योग्यता वा अनुशासन भनी भन्न सकिन्छ । अर्को भाषामा भन्नुपर्दा संस्कार भनेको अशुद्ध वस्तु वा शरीरलाई शुद्ध र राम्रो पार्न समय समयमा गर्ने कार्य हो । समय परिवर्तन हुँदै गएपछि विभिन्न विद्धानहरुले सँस्कारलाई आ–आफ्नो विचार अनुसार विश्लेषण गर्ने गरियो । कतिले संस्कारलाई चालिस (४०) वटा, कतिले दश (१०) वटा उल्लेख गरी राखेको छ भनी गृह्य सूत्र पुस्तकमा सँस्कारलाई १२ वटा देखि १८ वटा दिइ राखेको छ । यसरी विभिन्न किताबमा…
