काठमाडौं खबर पुस ३, २०८०
काठमाडौं । नेपाली सेनाले समाचार सम्पादक र फोटो ग्राफरको लागि आवेदन आह्वान गरेको छ । नेपाली सेनाले जारी थरेको कएक सूचनामा प्राविधिक उपसेनानीतर्फ खुला एक र महिला एक गरी दुई जना, फोटोग्राफर एक गरी कुल तीन जनाको दरबन्दी पूर्तिका लागि आवेदन आह्वान गरेको हो ।
जसका लागि आमसञ्चार तथा पत्रकारितामा स्नातक उत्तीर्ण गरेका पुरुषको हकमा २९ वर्ष र महिलाको हकमा ३० वर्ष नकटेका व्यक्तिले आवेदन दिन सक्ने बताइएको छ ।
त्यस्तै, श्रव्यदृश्य सामग्री पत्रपत्रिका एवम् विद्युतीय समाचार लेख्ने व्यक्ति प्राविधिक अमल्दार लगायतका पदहरुमा आवेदन आह्वान गरिएको नेपाली सेनाले जनाएको छ ।