काठमाडौं । कानमा एयरफोन लगाएर परीक्षा दिएको आरोपमा लोकसेवा आयोगले एक परीक्षार्थीलाई कारबाही गरेको छ । काठमाडौंको श्री नेपाल युवक मावि पकनाजोल परीक्षाकेन्द्रबाट परीक्षा दिएका एक परीक्षार्थीलाई आयोगले कारबाही गरेको हो ।
नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह राजपत्र अनङ्कित द्वितीय श्रेणी, अमिनको परीक्षामा सहकागी भएका रुकुमका दिपक नेपालीले उनले परीक्षाको मर्यादाविपरीत दाहिने कानमा एयरफोन लगाई मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको स्वीकार गरेको लोकसेवा आयोगको आरोप छ ।
आयोगले २०७९ को लोकसेवा आयोग ऐनको दफा ४१(१) खण्ड (ख) बमोजिमाको कसूर गरेको पाइएकोले उनको विज्ञापनको सबै परीक्षा रद्द गरी सोही ऐनको दफा ४१ (२) को खण्ड (क) बमोजिम आयोगबाट लिइने सबै परीक्षामा आगामी दुई वर्षसम्म उम्मेदवार बन्न नपाउने गरी कारबाही गरिएको आयोगले जनाएको छ ।
त्यस्तै, सहयोगी लेखक र उम्मेदवार दुवैले उत्तर पुस्तिका लेखेको आरोपमा स्याङ्जाका विनोदबाबु शर्मा र सहायक केन्द्राध्यक्ष र निरीक्षकले खाली पानामा कलमले काट्नु भनेकोमा उम्मेदवारले उत्तरपुस्तिकाको खाली पाना च्यातेको आरोपमा डोटीका दिवाकर सापकोटालाई पनि कारबाही गरी उनीहरुको पनि परीक्षा रद्द गरेको छ । उनीहरुलाई अरु परीक्षामा उम्मेदवार बन्न रोक भने लगाइएको छैन ।