Author: Kathmandu Khabar

रुसले हालै फिनल्यान्डसँगको सीमामा पक्राउ परेका विदेशी आप्रवासीहरूलाई युक्रेनसँगको युद्धका सहभागी गराउने उद्देश्यले सेनामा भर्ती हुन लोभ्याउने प्रयास गररिहेको छ। गैरकानुनी रूपमा रुस प्रवेश गर्न खोज्दा रुस(फनिल्यान्ड सीमामा पक्राउ परेका अवैध आप्रवासीहरूलाई हरिासतमा लइिएको केही दनिभत्रिै युक्रेनी सीमानजकिै अवस्थति सैन्य शविरिहरूमा लगएिको प्रमाण बीबीसीले फेला पारेको छ। आप्रवासनसम्बन्धी नयिम उल्लङ्घन गरेकाहरूलाई आफ्नै देश फर्तिा पठाउनुअघि राखिने बन्दी केन्द्रहरूमा बिभिन्नि प्रलोभन देखाएर उनीहरूलाई युक्रेनसँगको युद्धमा सैनिकका रूपमा लड्न पठाइने अभ्यास नयाँ होइन। तर फनिल्यान्डसँगको १,३४० कलिोमटिर लामो सीमामा विदेशी आप्रवासीहरूको सङ्ख्या बढ्न थालेपछि त्यसरी लडाकुका रूपमा भर्ती गरनिेहरूको सङ्ख्या पन ह्वात्तै बढेको छ। फिनल्यान्डले रुससँगका आफ्ना सबै आठवटा सीमानाका अस्थायी रूपमा…

Read More

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश कृष्णराम कोइरालाको आजको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए। यही मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएपछि खाँणबारेको निणर्य रोकिएको थियो। खरेलले खाँणलाई थुनामै राख्नुपर्ने राय दिएका थिए भने पाण्डेले ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। दुई न्यायाधीशबीच राय बाझिएपछि तेस्रो न्यायाधीशकोमा निणर्यको अधिकार सरेको थियो। यसअघि खरेल र पाण्डेको इजलासले भुटानी शरणार्थी नेता टेकनाथ…

Read More

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन्। थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका कोइरीले सफाइ पाएका हुन्।जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा महतोलाई सफाइ दिएको जिल्ला अदालतका श्रेस्तादार नुतन झाले जानकारी दिइन्। त्यस्तै सोही मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् मधेस प्रदेशका सभासद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत महोत्तरीले जनाएको छ । अदालत स्रोतका अनुसार प्रदीप साह, संजय कुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यान सम्बन्धी कसुर गरेकाले सोही १३(३) बमोजिम जन्मकैद सजाय भएको छ। तत्कालीन मधेस दलका…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिने । “निर्वानपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । औपचारिक रुपमा अधिवेशन आजदेखि सुरु भएको छ”, उनले भने, “सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौँ । हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ ।” रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा महानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी…

Read More

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भ–भागमा मौसम सामान्यतया सफा रहनेछ । शनिबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली…

Read More

मलेखु । सयौँ मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेँसी सारिएको छ । सयौँ मानिसको लावालस्करसहित रातो घुम्टोले सिँगारिएर त्रिपुरासुन्दरी भगवती माई आज बिहान माइत झरेकी छिन् । भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान…

Read More

सन् १६६७ मा निर्मित नारायण (भगवान विष्णु) लाई समर्पित मन्दिर ढुङ्गाले पक्की आँगनमा टाँसिएको छ र हरेक दिन बिहान बेलुका भजन मण्डलीले जीवन्त हुन्छ। मन्दिर प्यागोडा शैलीको छ र सुनको छाना र ढोका तोराना छ । मन्दिरको मुखमा रहेको पाँचवटा “गरुड” गुरुको रक्षा गर्ने कछुवाहरूले समर्थन गरेको अग्लो स्तम्भको शीर्षमा बसेका छन्। अगाडिको ढोकामा चारवटा स्तम्भहरू छन्, दुईवटा अग्लोमा शंख र डिस्कस र अन्य दुईवटा छोटो स्तम्भमा नेपालको झण्डा बोकेका सिंहका मूर्तिहरू छन् । किंवदन्तीअनुसार भक्तपुरका एक कृषक आफ्नो गह्रौं कृषि कार्यका कारण आफ्नो मन पर्ने चाँगु नारायण मन्दिर जान पाएनन् । उसले टाढैबाट प्रार्थना गर्यो र आफ्नो दैनिक कामहरू…

Read More

काठमाडौं । साँखुलाई स्कन्द पुराणले ‘लावण्य देश’ पनि भनेको छ । साँखुको निर्माण विदुषी बज्रयोगिनीले गरेको विश्वास छ । जुन कुरा नेवारी मनिशैल महावदान (बज्रयोगिनीको उत्पत्तिको इतिहास)मा उल्लेख भएको प्रकाशमान बताउँछन् । मनिशैल महावदानमा भनिएको छ, ‘शंखरापुर बन्नुभन्दा अलिमाथि बज्रयोगिनी विदुषी बस्ने ठाउँमा एक मानसपुत्र जन्मिए । बज्रयोगिनीले राजालाई दिने सबै कुरा दिँदै आइन् र राज्य समृद्ध र मजबुत बनाउने काम पनि भयो ।’ त्यही समयमा बनेको राजकुलो अहिलेसम्म पनि छ । पृथ्वीनारायण शाहको समयमा कुलो हेर्नेलाई पनेरू भनिन्थ्यो । साँखुमा अहिले पनि कुलो हेर्ने कुलैया छन् । पानी पहिले हरेक घरको सामुन्ने पुग्थ्यो । भूकम्पपछि भने धेरै ठाउँमा कुलो…

Read More

काठमाडौँ –  काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।  काठमाडौं महानगरपालिकाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनी, गुट्खा प्रतिबन्ध गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको बताए । उनले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए । उनले पसलमा बेचेको पाइए दुई पटकसम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिए । उनले अनुगमनको लागि…

Read More

दक्षिण भारतीय फिल्म ‘सलार’ मा नेपालकी गायिका मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ। बुधबार निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के’ बोलको हिन्दी गीत रिलिज गरेको हो। गीत हम्बले फिल्म्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन्। गत आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले भारतीय फिल्म  ‘सलार’ मा गीत गाएको जानकारी दिएकी थिइन्। सोही गीत आज सार्वजनिक गरिएको हो। पौडेलले भनेकी थिइन्, ‘म एकदमै उत्साहित छु। किनभने, मलाई फिल्ममा गाउनका लागि अवसर मिलेको छ। यो ‘सलार’ फिल्मको गीत हो। यो मेरो पहिलो टर्निङ पोइन्ट हो।’ ‘इन्डियन…

Read More

काठमाडौं । बाल्टिनको पानीमा डुबेर काठमाडौंमा नाबालिकाको मृत्यु भएको छ।  मंगलबार दिउँसो गोकणर्ेश्‍वर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शौचालयमा रहेको बाल्टिनमा रहेको डुबेपछि नाबालिकालाई निकालेर नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लगिएको थियो।  अस्पतालमा लैजाँदै गर्दा नाबालिकाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Read More

पछिल्लो  २४ घण्टामा देशका विभिन्न स्थानमा दुई  जना मृत अवस्थामा फेला परेका छन् । गोकर्णश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका-११  कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका-५ खोनपुर बस्ने ६० वर्षीया रुन्ची थारु सोही ठाउँस्थित खेतमा पानी सिचाई गर्ने कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

Read More

भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुराएका थिए ।   सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो । साथै अन्य दुई व्यक्तिलाई भवनबाहिर हिरासतमा लिइएको थियो । तीमध्ये एकजना ओभरहेड दर्शक दीर्घाबाट संसदको तल्लो सदनको भुइँमा फाल हानेका थिए । अधिवेशनको आधिकारिक फुटेजमा एउटा उपकरण बन्द गर्नुअघि एक व्यक्तिलाई नाराबाजी गर्दै र स्तब्ध सांसदहरूको बीचको टेबलमा चढ्दै गरेको देखाइएको थियो । उपकरण बन्द भएका कारण चेम्बरमा पहेँलो धुवाँ फैलिएको थियो । उक्त जोडीको मनसाय र उनीहरू सुरक्षा जाँचबाट कसरी बच्न सफल भए भन्नेबारे स्पष्ट भएको छैन र नयाँदिल्ली प्रहरीले…

Read More

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाबाट पार्टी नचल्ने भन्दै काँग्रेस महामन्त्री गगन थापाले कडा टिप्पणी गरेका छन् । बुधबार अनुपम फुड ल्याण्डमा आयोजित एक कार्यक्रममा उनले यस्तो कडा टिप्पणी गरेका हुन् । उनले सभापति देउवा एउटा गुटको मात्रै संरक्षक भएको आरोप पनि लगाएका छन् । ‘संसदीय दलको नेता फेर्न आजैबाट लागौँ। अब शेखर कोइरालाालई बनाउने अघि बढौँ’, उनले कार्यक्रममा भने, ‘देउवा नै नेतृत्वमा रहिरहने हो भने कांग्रेस यो भन्दा अझै खराब अवस्थामा पुग्छ।’ उनले सभापतिको विकल्प खोज्नका लागि अब सबै एक भएर लाग्नुपर्ने बताए । ‘एक भएर आजैदेखि पहिले नेतृत्व फेरौँ’, उनले भने, ‘त्यसपछि पार्टीभित्र र समूहभित्रका सानातिना विमत्ति मिलाउँदै…

Read More

बुद्धले सम्पूर्ण तन्त्र बोधिसत्व बज्रपाणीलाई दिनुभएको हुनाले उहाँ बौद्ध तन्त्रको संरक्षक मानिन्छ। हामी सबैले अर्थात बौद्ध धर्ममा आस्था राख्ने र बौद्ध गुम्बाहरूमा प्रवेश गरेका जो कोहीले पनि हातमा बज्र समातेको, उग्ररूप भएको चित्र वा थान्का बुद्धहरू भएको समिप्यमा र अरू बोधिसत्वहरू सँगसँगै भएको देख्न सकिन्छन् । प्राय:जसो अक्षोभ्य बुद्धसँग धेरै ठाउँमा देख्न सकिन्छन् । उनले नागहरूको गहना लगाएको हुन्छन् । साथै, हातमा खड्ग लिएको उग्र रूपमा देख्न सकिन्छन् । ती हुन् बज्रपाणी बोधिसत्व । उग्ररूपको अर्थ हो-संसारमा व्याप्त अज्ञानता, लोभ, लालच, भय र अन्य अकुशल कर्महरूप्रति दण्डित र त्रसित गर्नु । बज्रपाणिको त्यो उग्ररूपले त्यसलाई सम्बोधन गरी रहेको हुन्छन्। अम्बट्ठ…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ । प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत…

Read More

काठमाडौं । चोलेन्द्रको निलम्बन फुकुवा गरेर विवादमा आएका संसद्का निवर्तमान महासचिव भरतराज गौतमलाई एमालेले राष्ट्रिय सभाको उम्मेदवार बनाउने भएको छ । एमाले निकट स्रोतका अनुसार उनलाई राष्ट्रिय सभाको सदस्यका लागि उम्मेदवार बनाउने सर्तमा नै राजीनामा दिन लगाएको एमाले स्रोतले जानकारी दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् । महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले आफ्नो व्यक्तिगत कारण बताउँदै राजीनामा दिएका थिए । तर उनको राजीनामा कुनै व्यक्तिगत नभई संसद्को राजनीतिकसँग…

Read More

काठमाडौं । राजा महेन्द्रले विदेश जाँदा ठूला डिपार्टमेन्टल स्टोर देखेपछि २०२६ सालमा नेपालमा पनि एउटा सुसङ्गठित बजार स्थापना गर्ने इच्छा व्यक्त गरेपछि स्थापना भएको थियो विशालबजार । त्यतिबेला यसमा सबै लगानी गर्ने हैसियत र तत्परता निजी क्षेत्रको नभएकाले केही सरकारी संस्थानहरूलाई पनि लगानी गर्न लगाइएको थियो। २०२६ साउन १४ मा वाणिज्य विभागमा र सोही वर्ष साउन २७ मा उद्योग विभागमा कम्पनी ऐन, २०२१ बमोजिम यो संस्था दर्ता भएको थियो। सुरुमा अञ्चलाधीश नै सञ्चालक समितिका अध्यक्ष वा सञ्चालक हुने गरेका थिए। नाम                                    रकम नेपाल…

Read More

काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलका दुई शिक्षक सोही बिद्यालयमा अध्ययनरत १४ र १५ वर्षीया दुई छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शिक्षकद्वय सुरेन्द्र कोइराला र कविराज पौडेल पक्राउ परेका हुन् ।  पीडित छात्राको जाहेरीका आधारमा गत शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिइएको हो । विद्यालयमा अध्ययनरत दुई छात्राले जाहेरी दिएपछि पक्राउ परेका उनीहरुलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले पदबाट राजीनामा दिएका छन् । उनले पदावधि सकिनु १५ महिनाअघि नै मंगलबार राजीनामा दिएपछि राजनिमा र उनका भावी योजनाका बारे चर्चा चल्न थालेको छ । मंगलबार उनले राजनीमा दिएको बारे उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्पष्ट पारेका छन् । मन्त्री रिजालले भने ‘उहाँ राजीनामा पत्र लिएर आउनु भयो। भोलिदेखि नै काम नगर्ने मनसाय बनाएर आउनु भएको रहेछ,’ उनले भने, ‘मैले अझै १५ महिना बाँकि छ, काम गर्नुस् भन्दा उहाँले मान्नु भएन। उहाँले अब आफू जागिरे जीवनबाट अलग हुन चाहेको बताउनुभयो।’ थानीले राजीनामा दिएर आएपछि मात्रै निगमका उच्च अधिकारीलाई डाकेर जानकारी दिएका…

Read More

काठमाडौं। युनिलिभर नेपालले गत आर्थिक वर्ष कर पछि १ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढी हो।कम्पनीले मंगलबार काठमाडौंमा भएको ३०औं साधारण सभामा गत वर्ष कमाएको मुनाफाबारे जानकारी दिएको हो। कम्पनीको अघिल्लो आर्थिक वर्षको कर तिरेपछिको मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ थियो। साधारणसभाले सेयरधनीलाई प्रति कित्ता १५८० रुपैयाँ लाभांश दिने प्रस्ताव पारित गरेको छ। साधारणसभाले पारित गरेसँगै अब सेयरधनीले लाभांश पाउनेछन्। यो लाभांश अहिलेसम्मकै धेरै हो। युनिलिभर नेपालमा ८५ प्रतिशत सेयर संस्थापक सेयरधनीको छ। बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणको हो।कम्पनीका अध्यक्ष देव बाजपेइले न्यून लगानी, जैविक विविधतामा देखिएको नकारात्मक असर,…

Read More

मकवानपुरको विकट कैलाश गाउँपालिकाको डाँडाखर्कमा गुप्तेश्वर गुफा मेला सम्पन्न भएको छ ।कैलाश गाउँपालिकाको वडा नं. १ र २ को सिमानामा आइतबारबाट सुरुभएको गुप्तेश्वर गुफा मेला मङ्गलबार सम्पन्न भएको हो । गुप्तेश्वर महामन्दिर र गुप्तेश्वर गुफा नजिकै तीन दिनदेखि लागेको मेला सोमबार रातभर नाचगान गर्दै मङ्गलबार बिहान सम्पन्न भएको कैलाश गाउँपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र घिसिङले बताए । जात्रामा होटल, फलफूलका पसलको व्यवस्थासँगै स्थानीय लोक संस्कृति र परम्पराको प्रदर्शनसहित मनोरञ्जनको व्यवस्था गरिएको थियो । मेलाका अवसरमा आयोजित कार्यक्रममा कैलाश गाउँपालिकाको अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको केन्द्र कालिकाटारबाट गुफासम्म आउने बाटोका लागि प्राथमिकतामा राखिएको बताउनुहुँदै वैकुण्ठमा होम स्टे सञ्चालनको अवधारणा ल्याइएको…

Read More

नेपाली कांग्रेस सुर्खेत सिम्ता गाउँपालिकाका सभापति वीरेन्द्र रावतलाई बलात्कार आरोप लागेको छ । स्थानीय ५५ बर्षिया महिलाले आफूलाई  बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी छन् । यता सुर्खेत प्रहरीले भने उजुरी परेको पुष्टि गरेको छ ।  १५ दिन भइसक्दा पनि आरोपी पक्राउ नपरेको पीडितको भनाई छ । यसअघि उनले ईलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दिँदा प्रहरीले दर्ता गर्न मानेको थिएन । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको यति लामो समय भइसक्दा समेत प्रहरीले राजनीतिक पहुँचको आधारमा आरोपीलाई सामान्य सोधपुछसमेत गरेको छैन । दलको प्रमुख व्यक्तिबाट यस्तो घटना हुँदासमेत प्रहरीले आफ्नो कुरा नसुनेको पीडितको गुनासो छ । यता…

Read More

काठमाडौं । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाकार हरिबोल गजुरेलले सल्लाहकारबाट राजीनामा दिएका छन् । प्रचण्डका राजनीतिक सल्लाहकारले नै ह राजीनामा दिएको विषयलाइ लिएर माओवादी केन्द्रमा खैलाबैला भएको छ। गजुरेलले मंसिर २० गते राजीनामा दिएका थिए । यद्यपि अहिलेसम्म उनको राजीनामा स्वीकृत भइसकेको छैन। उनले राजीनामामा केही गम्भीर विषय उल्लेख गरेको बताइन्छ । राजीनामा पत्र सार्वजनिक गर्न नमिल्ने उनले बताउँदै आएका छन् । गजुरेलको राजिनामासँग प्रचण्ड र उनका अन्य सहयोगिसँग व्यापक असहमतिको विषय हो भनेर गरिएको अड्कालसँगै कतिले उनी राष्ट्रियसभामा जान लागेकोले राजिनामा दिएको पनि बताउन थालेका छन् । यद्यिप उनले एक अन्तर्वार्तामा दुर्गा प्रसाईं जस्ताले सरकारलाइ थर्काउने अवस्था बन्दै गएको भन्दै…

Read More

त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी माता सीता बिच भएको विवाहको सम्झनामा जनकपुरधाममा मनाइने साताव्यापी सिताराम विवाह पञ्चमी महोत्सव मंगलबारबाट सुरु भएको छ  । विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शनको कार्यक्रम भएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिएका छन् । भगवान राम र सीताको प्रतिक बनाइएका बालबालिकालाई रथमा बसाएर पहिलो दिन जनकपुरधाम नगरको दर्शन गराइएको छ । नगर दर्शन कार्यक्रममा साधु सन्तले विभिन्न प्रकारका झाँकीसहित सयौंको संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो । उक्त अवसरमा विभिन्न प्रकारका मांगलिक गीत प्रस्तुत गरिएको थियो । पहिलो दिनको कार्यक्रम सकिएको र बुधबार दोस्रो दिन फुलबारी लिलाको कार्यक्रम…

Read More

मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।  प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए । प्रजिअ लामिछानेले भने, “चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै…

Read More

काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र प्रयोग गरेको आरोपमा नेपाल ख्रीस्टियन महासंघका निलम्बित अध्यक्ष चरीबहादुर गहतराज (सीबी) पक्राउ परेका छन् । उनले प्रयोग गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको परिसरका प्रवक्ता एवम् एसपी कुमोद ढुङ्गेलले जानकारी दिएका छन् ।सीबीलाई सिंहदरबार क्षेत्रबाट पक्राउ गरी अनुसन्धान भइइरहेको पनि एसपी ढुङ्गेलले बताए । ललितपुरको गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको र त्यसका आधामा विश्वविद्यालयलाई पत्राचार गर्दा उनको शैक्षिक प्रमाण पत्र नक्कली तथ्य फेला परेका थियो ।क्रिश्चियन धर्म प्रचारक उनले ‘महाअभियान’ नामको पत्रिका जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गर्दा स्नातक…

Read More

महेन्द्रनगर । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप मनाइँदै आएको छ । सप्ताहव्यापी रामजानकी विवाह महामहोत्सवको पहिलो दिन आज नगरदर्शन भइरहेको छ । गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार मिथिला नरेश राजर्षि जनकद्वारा गरिएको प्रतिज्ञालाई अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम भगवान् रामले धनुष तोडेर पूरा गरेकाले जानकीको विवाह उनीसँग भएको थियो । यसपालि मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापीरुपमा मनाइने श्रीरामजानकी विवाह महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण तथा विवाह सामग्री…

Read More

काठमाडौं । ‘एजुकेशन इन्टरनेशनल, एसिया प्रशान्त क्षेत्र’ले गरेको अध्ययनले यस क्षेत्रका सामुदायिक तथा निजी शिक्षालयका शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको निचोड निकालेको छ । सो सङ्गठनले आज यहाँ प्रतिवेदन सार्वजनिक गर्दै कतिपय देशमा आन्दोलनका क्रममा शिक्षकहरू हिंसात्मक निशानामा परेको, कतिपय मुलुकका प्राज्ञिक स्वतन्त्रता नभएको, श्रमिक अधिकारको निर्वाधरुपमा प्रयोग गर्न नपाएको, शिक्षाका नीति र कानुनमा शिक्षक सङ्गठनहरुसँग परामर्श नगरिएकालगायतका समस्या रहेको औँल्याइएको छ । एसिया प्यासिफिकका ३६ मध्ये २४ मुलुकका ३७ उत्तरदाताका जवाफलाई विश्लेषण गरिएको अध्ययनमा यस क्षेत्रका २९ दशमलव ७३ प्रतिशत सामुदायिक र १० दशमलव ८१ प्रतिशत निजी विद्यालयका शिक्षकहरुलाई जवाफदेहीका रुपमा संलग्न…

Read More

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी उन्नाइस वर्षमुनि (यु–१९)को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा आज भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । आजको जितसँगै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । भारतले अफगानिस्तानलाई सात विकेटले हराएको थियो भने पाकिस्तानसँग भने आठ विकेटले पराजित भएको थियो । आजको खेलमा नेपालले भारतलाई जितका लागि ५३ रनको सामान्य…

Read More