![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाबाट पार्टी नचल्ने भन्दै काँग्रेस महामन्त्री गगन थापाले कडा टिप्पणी गरेका छन् । बुधबार अनुपम फुड ल्याण्डमा आयोजित एक कार्यक्रममा उनले यस्तो कडा टिप्पणी गरेका हुन् ।
उनले सभापति देउवा एउटा गुटको मात्रै संरक्षक भएको आरोप पनि लगाएका छन् । ‘संसदीय दलको नेता फेर्न आजैबाट लागौँ। अब शेखर कोइरालाालई बनाउने अघि बढौँ’, उनले कार्यक्रममा भने, ‘देउवा नै नेतृत्वमा रहिरहने हो भने कांग्रेस यो भन्दा अझै खराब अवस्थामा पुग्छ।’
उनले सभापतिको विकल्प खोज्नका लागि अब सबै एक भएर लाग्नुपर्ने बताए । ‘एक भएर आजैदेखि पहिले नेतृत्व फेरौँ’, उनले भने, ‘त्यसपछि पार्टीभित्र र समूहभित्रका सानातिना विमत्ति मिलाउँदै जाउँला।’