![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । बाल्टिनको पानीमा डुबेर काठमाडौंमा नाबालिकाको मृत्यु भएको छ। मंगलबार दिउँसो गोकणर्ेश्वर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
शौचालयमा रहेको बाल्टिनमा रहेको डुबेपछि नाबालिकालाई निकालेर नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लगिएको थियो। अस्पतालमा लैजाँदै गर्दा नाबालिकाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।