बुद्धले सम्पूर्ण तन्त्र बोधिसत्व बज्रपाणीलाई दिनुभएको हुनाले उहाँ बौद्ध तन्त्रको संरक्षक मानिन्छ। हामी सबैले अर्थात बौद्ध धर्ममा आस्था राख्ने र बौद्ध गुम्बाहरूमा प्रवेश गरेका जो कोहीले पनि हातमा बज्र समातेको, उग्ररूप भएको चित्र वा थान्का बुद्धहरू भएको समिप्यमा र अरू बोधिसत्वहरू सँगसँगै भएको देख्न सकिन्छन् । प्राय:जसो अक्षोभ्य बुद्धसँग धेरै ठाउँमा देख्न सकिन्छन् । उनले नागहरूको गहना लगाएको हुन्छन् । साथै, हातमा खड्ग लिएको उग्र रूपमा देख्न सकिन्छन् । ती हुन् बज्रपाणी बोधिसत्व । उग्ररूपको अर्थ हो-संसारमा व्याप्त अज्ञानता, लोभ, लालच, भय र अन्य अकुशल कर्महरूप्रति दण्डित र त्रसित गर्नु ।
बज्रपाणिको त्यो उग्ररूपले त्यसलाई सम्बोधन गरी रहेको हुन्छन्। अम्बट्ठ सुत्तमा बज्रपाणिको बारेमा यसरी उल्लेख गरिएका छनः “प्रज्वलित फलामको एउटा डल्लो लिई अम्बष्ठ ब्राह्मणको माथितिर मडारिरहेको थियो । यदि अम्बष्ठ ब्राह्मणले भगवान् बुद्धले तीनपटकसम्म धर्मपूर्वक सोध्दा पनि जवाफ दिएनन् भने यँही नै उनको शिर सात टुक्रा पारिदिन्छु’ भने । त्यतिबेला त्यो दृश्य र श्रव्य केबल भगवान् बुद्ध र अम्बष्ठ ब्राह्मणले मात्रै देखेको र सुनेको थियो ।
उनी बज्रपाणीलाई हामी महायानीहरूले पानीको मुहानहरूमा जस्तै धारा वा कुवाको हिगींमा पनि देख्न सकिन्छन् । त्यो हिगीं राख्नुको अर्थ छ । यदि नागहरूले दु:ख दिएमा त्यस्ता ठाउँहरूमा हिगीं राखिन्छन् । जहाँ बज्रपाणीको प्रतिमा खडा गरिन्छन् । यो प्रचलन अझै पनि हिमाली बौद्ध महायानी समुदायमा अझै पनि देखिन्छन र भेटिन्छन् । बज्रपाणी बोधिसत्वलाई हामी महायानी बौद्ध धर्मलम्बीहरूले ‘नागराजा’को रूपमा पनि पूजा प्रार्थना गर्ने परम्परा छ।
यति मात्रै होइनन् । बज्रपाणिलाई हामी शक्तिको देवको रूपमा पनि पूजा आराधना गर्ने गरिन्छौं । आठवटा यिदिममध्येमा उहाँ पनि एक यिदिम देवको रूपमा मान्ने प्रचलन पनि त्यतिकै महायानी बौद्ध समुदायमा छ । महायान मातहत बुद्धहरू र बोधिसत्त्वका अस्तित्वमात्र सीमित नभई भृकुटीजस्ता देवी (ताराहरू) पनि महायान शास्त्रीय देवी देवताभित्र समाहित छन् । हिन्दूहरूले पनि बज्रपाणीलाई भैरवको रूपमा पूजा आराधना गर्ने गरेको भेटिन्छन् । काठमाडौं उपत्यकाभित्र जति पनि भैरवको मन्दिरहरू छन् । त्यो सबै बज्रपाणीको मन्दिर हुन् ।
सबैमा स्मरण रहोस् विश्वापाणी बोधिसत्व हाल तुसितलोकमा विराजमान हुन्नुहुन्छ, र भविष्यमा यसलोकको मैत्रय बुद्ध उहाँ नै हुनुहुनेछ । बज्रपाणी बोधिसत्व नै कनकमाणि बुद्ध हो ।