काठमाडौं खबर मंसिर २७, २०८०
काठमाडौं । चोलेन्द्रको निलम्बन फुकुवा गरेर विवादमा आएका संसद्का निवर्तमान महासचिव भरतराज गौतमलाई एमालेले राष्ट्रिय सभाको उम्मेदवार बनाउने भएको छ । एमाले निकट स्रोतका अनुसार उनलाई राष्ट्रिय सभाको सदस्यका लागि उम्मेदवार बनाउने सर्तमा नै राजीनामा दिन लगाएको एमाले स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् । महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनले आफ्नो व्यक्तिगत कारण बताउँदै राजीनामा दिएका थिए । तर उनको राजीनामा कुनै व्यक्तिगत नभई संसद्को राजनीतिकसँग जोडिएको उनी निकट स्रोतले जनाएको हो ।