Author: Kathmandu Khabar

नेपालमा सबैभन्दा व्यवस्थित खानालाई जनाउनका लागि ‘चौरासी व्यञ्जन’ भनिन्छ। यसमा ८४ विभिन्न व्यञ्जनहरू छन्। नेपालीमा चौरासी शब्दको अर्थ ८४ र व्यञ्जन भनेको खाना हो । त्यसैले यसलाई चौरासी व्यञ्जन भनिन्छ । यो खाना सामान्यतया विवाह र दूध छुटाउने समारोहहरूमा खाइन्छ। हामीले खाने भोजन हाम्रो शरीरमा परिवर्तन हुने र यसैले हाम्रो प्राणको रक्षा गर्ने हुँदा यिनीहरूलाई निर्धारित विधि अनुशरण गरेर ग्रहण गर्नु जरुरी हुन्छ। चौरासी व्यञ्जनमा पर्ने खाजाका परिकारहरू : हासको छोएला, भुतेको जौको सातु, जन्ग्लि बदेल डामेको, बोकाको रक्ति भुटेको, सपु मिचा, बोकाको भित्र्यास भुटेको, खसिबोकाको भुटन, च्याउ सादेको, माछा तारेको, दालको बारा, फापरको रोटी, बिरौला, भुटेको चिउरा, सिरौला, बट्टाइ…

Read More

अहिले आधुनिक घर सजावटको विधिका कारण परम्परागत शैलीमा घर बनाउने चलन दुर्लभ भइसकेको छ । दुई पाखे पाली र झिँगटीको छाना भित्र हुने हरेक गतिविधि नियाल्न अहिले काठमाडौं उपत्यकामा त सम्भव नै छैन । उपत्यका बाहिर समेत यस्तो संरचनाहरु लोपोन्मुख अवस्थामा छन् । एउटा सानो पाली र अर्काे धुरी ढाक्ने मूल पाली को संरचनामा झण्डै दर्जन झ्याल भएको घर देख्न अहिले मुस्किल छ । मल्लकालीन संरचनाको एउटा जीर्ण चिनोको रूपमा ललितपुर लगायत केही दरबार क्षेत्रका संरचनाहरु देख्न सकिन्छ । तर ती संरचनाहरुमा पनि आधुनिकताको झल्को पाउन थालिसकिएको छ । झण्डै एक शताब्दी अघि नेपालको अध्ययनका लागि आएका विभिन्न विदेशी विद्वानहरूले…

Read More

अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ। देशको बिग्रिएको आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यसो गर्न लागिएको उसको भनाइ छ। अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ। त्यो सङ्ख्या कोभिड महामारीअघिको जस्तै छ। नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसा दिने नियममा पनि त्यति सहज हुने छैन। अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा भौतिक पूर्वाधारमा चाप बढेको छ। तर दक्ष कामदारको अभाव छ र तिनलाई आकर्षित गर्न अस्ट्रेलिया सङ्घर्षरत छ। गृहमन्त्री क्लेर ओ नीलले सोमवार…

Read More

काठमाडौँ । तामाङ्ग कलाकारहरुको छाता संगठन नेपाल तामाङ्ग कलाकार संघले ‘तामाङ्ग मौलिक सेलो संगीत महोत्सव’ को आयोजना गर्ने भएको छ । तामाङ्ग जातिको मौलिक गीत, संगीत, सभ्यता र संस्कृतिको उत्थान तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताइएको छ । मंसिर २९ र ३० गते राजधानीको बौद्धस्थित हायात होटलको प्राङ्गणमा कार्यक्रम हुने संघका अध्यक्ष विशाल काल्तानले बताए । तयारी अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै उनले महोत्सवले हराउँदै गएको तामाङ्ग पहिचानलाई बचाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । थुप्रै तामाङ्ग कलाकारले महोत्सवमा सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम छ । यो तेस्रो पटक आयोजना गर्न लागिएको हो । तामाङ्ग जातिको सांस्कृतिक…

Read More

काठमाडौं – एसिसी यू-१९ एसिया कप अन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । समूह चरणका दुई खेलमा पराजित नेपाललाई भारतविरुद्ध जित्नैपर्ने दबाब छ । एक खेलमा हार र एकमा जित निकालेको भारतसमेत दोस्रो चरण प्रवेशका लागि खेल जित्नैपर्ने दबाबमा छ । आजै समूह ‘ए’कै अर्को खेलमा अफगानिस्तानले पाकिस्तानको सामना गर्दैछ । मंगलबारका दुवै खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट सुरु हुनेछन् । नेपाल यसअघि पाकिस्तानसँग सात विकेट र अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । भारतसमेत दोस्रो खेलमा पाकिस्तानसँग सात विकेटले नै…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ ।   महानगर पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ । यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ । खाना खान सक्दैनन् भने झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन् । त्यस्तै खोक्ने, बान्ता गर्ने, पातलो दिशा गर्ने, छारे रोगजस्तो लक्षण देखाउने, लड्बडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यस रोगका मुख्य लक्षण हुन् । स्थानीयबाट आएको सूचनाका आधारमा कुकुरमा परीक्षण गर्दा रोग पुष्टि भएको प्रमुख झाको भनाइ छ । कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को…

Read More

काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ । यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।  यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । मंगलबार भने…

Read More

काठमाडौं । बहाल र बहिल काठमाडौंवासीको लागि एउटा सामान्य शब्द हो । काठमाडौंका धेरै ठाउँको नाम नै बहाल र बहिलको नाम जोडेर राखिएको छ । जस्तो चाबहिल, टेबहाल, अकुबहाल जस्ता स्थानहरु बहाल र बहिलको नामबाटै राखिएका हुन् । काठमाडौं उपत्यकाको पाटनमा १४० बहाल र १५ बहिलहरु, काठमाडौंमा ८१ बहालहरु र १२ बहिलहरु र भक्तपुरमा २० बहाल र २ बहिल गरी जम्मा २४१ बहाल र २९ बहिलहरु रहेका छन् । काठमाडौंमा अठार प्रमुख विहारहरु छन् । तर बहाल र बहिलमा के फरक छ ? यसको बारेमा भने धेरैलाई जानकारी नहुन सक्छ । बहाल र बहिलको बीचको अन्तरको बारेमा अमृता महर्जनको शोधपत्रको…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट र अध्ययन भिसामा रुस पुगेका झन्डै दुई सय जना नेपाली त्यहाँको सैनिकमा भर्ना भएको बताएका छन्। प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दुई सय जना नेपाली रुसी सेनामा भर्ना भएको जानकारी पाएको बताए।प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत केही नेपालीहरू युक्रेनको कब्जामा रहेको समेत उनले बताए। युक्रेन सेनामा समेत केही नेपालीहरू कार्यरत रहेको सूचना भएको र त्यसबारे सरकारले अध्ययन गरिरहेको बताए।रुस र युक्रेन युद्धका क्रममा ६ जना नेपालीको मृत्यु भएको छ। सरकारले उनीहरूको शव नेपाल सरकारलाई बुझाउन यसअघि नै रुस सरकारलाई पत्र पठाइसकेको छ। सरकारले नेपालीहरूलाई आफ्नो सेनामा भर्ना नगर्न आग्रहसमेत गरेको छ।…

Read More

न्युयोर्क । नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आइतबार आयोजित ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२३’ मा नेपालका वरिष्ठ कलाकारहरुले प्रस्तुति दिए । वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्य, गायक एवं सङ्गीतकार कालिप्रसाद बाँस्कोटा, गायिका प्रविसा अधिकारी, दोहोरीगीत प्रस्तोता कृष्ण कँडेल तथा गायक विमल डाँगी र निशा विश्वकर्माको प्रस्तुतिले यहाँ भेला भएका नेपाली भाषी दर्शकलाई निकै मनोरञ्जन दिएको थियो । सोही समारोहमा नेपाली गीतमा ह्यारिसवर्ग, ल्यान्क्यास्टर र स्क्रान्टन सहरका इन्ट्रा सङ्गीत एवं नृत्य विद्यालयका बालबालिका र किशोरकिशोरीको प्रस्तुति एवं ती…

Read More

गाउँखाने कथा यस जिल्लामा प्रचलित लोकसाहित्यका विधामध्येको एक हो । सुख–दुःखका क्षणमा विभिन्न किसिमका प्रश्नोत्तर गरी मनोरञ्जन प्राप्त गर्ने र फुर्सदको समय बिताउने महत्वपूर्ण साधन ग्राम्य समाजमा गाउँखाने कथा भएको पाइन्छ । यसमा कुनै कुराको अड्को थापेर प्रश्न सोधी अरूबाट उत्तरको अपेक्षा गरिन्छ । यस्ता प्रशनहरू सोझा नभएर घुमाउरा वा साङ्केतिक किसिमका हुन्छन्र सोही आधारमा उत्तर पनि प्रतीकात्मक नै हुन्छ । यदि उत्तरकर्ताले उत्तर दिन सकेन भने उसले हारेको ठहरिन्छ र हार्नेले जित्नेलाई गाउँ दिनुपर्दछ । काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न किसिमका गाउँखाने कथा प्रचलनमा रहेको पाइन्छ । यहाँ प्रचलित गाउँखाने कथाका प्रकृतिलाई हेर्दा तिनले घरेलु, जीवन, मानवशरीर, प्रकृति, कृषि व्यवसाय तथा…

Read More

काठमाडौँ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका छन् । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा दिएका हुन् । महासचिव डा गौतम विसं २०५१ मा सेवामा प्रवेश गर्नुभएको थियो भने विसं २०७७ वैशाख २२ गते संसद्को महासचिव पदमा नियुक्त भएका थिए। रिक्त सङ्घीय संसद्को महासचिव पदमा नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त निर्णयबाट सचिवालयका सचिव पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।

Read More

भक्तपुर । बालाचतुर्दशीका दिन आज बिहानै भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि ज्योर्तिलिङगेश्वर महादेव मन्दिरसम्म शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्र्गकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएकाले भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले नजिकका शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा एक हजारभन्दा बढी भक्तजनले हिजो साँझदेखि रातभरी जाग्राम बसेर आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप, तथा महादीप बालेर आज बिहानै शतबीज छरेका छन् । सूर्यविनायक नगरपालिका–८ सिपोडोल निवासी बागमती प्रदेशसभा  सदस्य…

Read More

मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। पशुपतिनाथ क्षेत्रमा सोमबार सबेरैदेखि शतबीज छर्ने क्रम शुरु भएको को छ। यसअघि आइतबार साँँझ श्रद्धालु पितृका दीप बाली रातभर जाग्राम बसेका थिए। त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप बाली रातभर जाग्राम बस्ने र चतुर्दशीका दिब बिहानै नदीमा बत्ती बगाउने परम्परा छ। श्रद्धालु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्छन्। शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो,अमला आदि फलका र विभिन्न किसिमका फूल हुन्छन्। शतबीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती चाहिँ अलिक अनौठो लाग्न सक्छ । बाला…

Read More

सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित प्रादेशिक संरचनामा नेपाल गइसकेपछि मौलिक सम्पदाको संरक्षण र सम्बद्र्धनको लागि युवा पुस्ता खुलेर आएका छन्।   युवाको सक्रियता बढेकाले कीर्तिपुर क्षेत्रमा केही वर्षदेखि निरन्तर रुपमा बाँसुरी, दाफा ९दापा०, धिमे, धाँ, नाय्खी, काँ बाजा बजाउन आकर्षण बढेको छ।  यसअघि दुई दशकसम्म यहाँका युवा पाश्चात्य सङ्गीतमा रमाउने गर्थे। वरिष्ठ सङ्गीतकार तीर्थ मालीले केही वर्षदेखि बाँसुरी, दाफा ९दापा०, धिमे, धाँ, नाय्खीलगायतका बाजागाजाहरुमा युवा पुस्ताको आकर्षण बढेकाले आफूहरुलाई भ्याईनभ्याई हुने बताउछन् । कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक पहिचानसहितको विशेष नगर घोषणा भएपछि यहाँका गुठीगाना, खलः पुच, सांस्कृतिक समूह र नाट्यमण्डलीहरुको जन्म भइरहेका छन्। प्रत्येक हप्तामा कुनै न कुनै समूहहरुले लामो समयको अभ्यास…

Read More

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन्। दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन्।   गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै बारीमै कुहिन थालेका वडाअध्यक्ष उद्धव नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेँडाले बजार नपाउँदा भने निकै निरास भएका छन्। गत वर्ष तीन लाख सत्तरी हजारको गोलभेँडा बिक्री गरेको जनाउँदै किसान रेशमबहादुर आलेमगरले यस वर्ष रू एक लाखको पनि बिक्री नभएको बताए।…

Read More

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ ।  विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उहाँलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । उनलाई तत्काल इनरुवा अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव…

Read More

काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। पशुपतिनाथ क्षेत्रमा सोमबार सबेरैदेखि शतबीज छर्ने क्रम शुरु भएको को छ। यसअघि आइतबार साँँझ श्रद्धालु पितृका दीप बाली रातभर जाग्राम बसेका थिए। त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप बाली रातभर जाग्राम बस्ने र चतुर्दशीका दिब बिहानै नदीमा बत्ती बगाउने परम्परा छ। श्रद्धालु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्छन्। शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो,अमला आदि फलका र विभिन्न किसिमका फूल हुन्छन्। भगवान् शिव मृगरूप लिएर घुमेको विश्वास गरिने पुण्यक्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान…

Read More

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा नहुने सम्भावना बढ्दै गएको छ । पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकमा नै पुस १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने टुंगो लागेको महासमिति बैठक सार्नुपर्ने धारण राखेका थिए । कांग्रेसले यसअघि मंसिर १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, पछि समय अभाव भन्दै मंसिर २९ देखि २ पुस सम्मको मिति तय गरेको कांग्रेसले कार्तिक १७ मा जाजरको केन्द्र भएर गएको भूकम्पलाई देखाउँदै बैठक पछि धकेलेको थियो । सभापति देउवाले अब फागुनमा महासमिति बैठक सार्ने तयारी गरेको कांग्रेस निकट स्रोतले जनाएको…

Read More

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दहालको बारे बेलाबेलमा बिभिन्न टिप्पणी हुने गरेको छ । प्रधानमन्त्री प्रचण्डले स्वकीय सचिव तथा सल्लाहकारको रूपमा छोरीलाइ राख्नसँग पैसा उठाउने काम जोडिएर बेलाबेलामा समाचार पनि प्रकाशित भएका छन् । यसैबीच संसदमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहको नामबाट लेखिएको एउटा ट्विट भाइरल भएको छ । भाइरल ट्विटमा लेखिएको छ, गंगा दहालले कुन कुन व्यपारीसँग कति कति रकम बुझेकी छिन् त्यो प्रमाण मसँग सुरक्षित छ । स्क्रिन सटमा भाइरल भएको ट्विटलाइ विश्लेषक मुमाराम खनालले सेयर गर्दै लेखेका छन्,  सांसद अमरेशकुमार सिंहको कुरा सतप्रतिसत सत्य हो। प्रचण्डका ल्याप्चे छोरीहरू पैसा उठाउनवाहेक अरु कुनै पनि काम गर्न सक्ने…

Read More

एमालेबाट बिजयी भएका एक जना जनप्रतिनिधि परस्त्रीसँग शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा पक्राउ परेका छन् । सुनसरीको रामधुनी नगरपालिका–७ का वडाध्यक्ष केशव गौतम अर्की महिलासँग सम्बन्ध राखिरहँदा रंगेहात पक्राउ परेका हुन् । नेकपा एमालेका स्थानीय नेतासमेत रहेका गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ । उनलाई धरान उप–महानगरपालिका–१२ स्थित शुभकामना होटलबाट हिजो दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक ९डिएसपी० नवराज मल्लले बताए । उनका अनुसार वडाध्यक्ष गौतमसँग सोधपुछ भइरहेको छ । ती महिलाको श्रीमानले दिएको सूचनाकै आधारमा उनी पक्राउ परेका हुन् । एमाले सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका गौतम २०७४ को…

Read More

काठमाडौं । बालाचतुर्दशी पर्वमा मृतकहरूका आफन्त र भक्तजन महाद्वीप बाल्न र शतबीज छर्न पशुपतिमा बसेका छन्। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा आज रातिदेखि हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण व्‍यवस्था मिलाएको बताएको छ । । आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनले आज रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था समेत कोषले मिलाएको  छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइएको छ ।  चिसो नहोस् भनेर पालको व्‍यवस्था गरिएको छ ।…

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सुशासनका लागि जन्मिएको काँग्रेस अहिले काण्डैकाण्डमा फस्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले काँग्रेस सरकारमा भएको बेलामा नै यस्ता काण्डहरू आउन थालेको भन्दै दु:ख व्यक्त गरेका हुन् । ‘कुशासन की नियतसँग जोडिएको छ की अयोग्यतासँग जोडिएको छ। शासन हामीले गरिरहेका छौँ। सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो। त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन्। यति धेरै…

Read More

काठमाडौं । आइतबार काठमाडौंमा यो वर्षको अहिलेसम्मकै सबैभन्दा जाडो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र बागमतीमा बदली हुनेछ । यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना पनि छ । पूर्वी तराईका जिल्लाहरुमा आज बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । यो क्रमिक रुपमा हट्दै जाने र दिउँसो घाम लाग्नेछ । यो यस वर्षको अहिलेसम्म मापन भएको न्यूनतम तापक्रममध्येमा सबैभन्दा कम भएको बताइन् । यसअघि काठमाडौं न्यूनतम…

Read More

काठमाडौं । भारतको नयाँ दिल्लीमा रहेको लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयमा एक नेपाली विद्यार्थीले स्वर्णपदक पाएका छन् । भारतको नयाँ दिल्लीमा राष्ट्रपति द्रौपदी मुर्मीले उद्घाटन गरेको दीक्षान्त समारोहमा पर्वतका रामचन्द्र रेग्मीले स्वर्णपदक पाएका हुन् । उनले स्ननातक तहमा सर्वाधिक अंक ल्याएर प्रथम भएका थिए । भारतको दिल्लीमा बसेर पाणिनीय व्याकरण शास्त्रमा पूर्व मध्यमा (नौ र दश), उत्तरमध्यमा (११ र १२) पास गरेर दिल्लीस्थित श्रीलालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयबाट शास्त्री (स्नातकोत्त)मा सर्वाधिक अंक प्राप्त गरेका हुन् । रेग्मीले २०१८ मा भारतका पूर्व राष्ट्रपति श्रीरामनाथ कोविन्दको हातबाट पनि गोल्ड पदक प्राप्त गरेका थिए ।

Read More

लुँती अजिमाको जात्रामा काठमाडौको माथिल्लोमा पर्ने ज्याठा, त्यौड, ठहिटी, क्षेत्रपाटी, पकनाजोल, ढल्को आदि क्षेत्रका बासिन्दाको मुख्य सहभागिता रहने गर्छ । चान्द्रमास अनुसार प्रत्येक वर्ष मंसिर कृष्ण त्रयोदशी, चतुर्दशी र आमावस्याको दिन यो जात्रा मनाउने गरिन्छ । यसमा गुठीयारहरू मिलेर राँगो र बोकाको बली चढाएर शक्तिको पूजा गर्ने गर्छन् । यो जात्रामा शक्ति प्राप्त गर्न पशुबली दिने चलन छ । लुँती अजिमामा पूजा र जात्रा गरी ढल्कोको माथिल्लो भागका बासिन्दाको पञ्चयज्ञ सम्पन्न हुन्छ । यहाँ होम गर्नुभन्दा पहिले पितृहरूको पूजा हुन्छ । जसलाई पितृ यज्ञ भनिन्छ । इन्द्रायणीमा पूजा र जात्रा गर्नको लागि सबभन्दा पहिले द्योःछेंमा राखिएको मूतिलाई खटमा राखेर बाजागाजाको…

Read More

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आइतबार राति हुने सद्बीज रोप्ने कार्यक्रमका लागि सद्वीजारोपण मार्ग तोकेको छ । आइतबार महाद्वीप बाल्ने र सोमबार सद्वीज छर्ने कार्यक्रम रहेको छ । कोषले बालाचतुर्दशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ । आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । यसैगरी मृगस्थलीभित्र मृग राखेको स्थानमा पनि शतबीज छर्ने परम्परा भएको मृगस्थली प्रवेश गर्ने द्वारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने कोषले जनएको छ । कोषले पर्व,…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा पर्ने पुलहारी गुम्बाले सरकारी जग्गा हडपेको आरोप लागेको छ । यस सम्बन्धमा अख्तियारले बुढानीलकण्ठ नगरपालिकालाई पत्र काटेपछि यसबारेमा खुलासा भएको हो । पुलहारी गुम्बा बुढानीलकण्ठ नगरपालिका वडा नं ११ कपनको जगडोलमा रहेको छ । अख्तियारमा परेको उजुरीअनुसार सो गुम्बाले ४० रोपनी सरकारी जग्गा हडपेको आरोप लागेको छ । अख्तियारले बुढानीलकण्ठ नगरपालिकालाई लेखेको पत्रमा सो गुम्बाले हालसाबिक गर्दा ४० राेपनी सरकारी जमिन हडपेको विषयमा उजुरी परेकोले सो गुम्बाको नाममा रहेको जमिन यकिन गर्न भनेकाे छ । अख्तियारले गत कार्तिक १५ गते काटेको पत्र अनुसार बुढानीलकण्ठ नगरपालिकालाई रायप्रतिक्रिया प्रकट गर्न भनेको छ । अख्तियारको पत्र आएपछि नगरपालिकाले नगरपालिकाको…

Read More

काठमाडौं : बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज पशुपतिनाथ परिसरमा महादीपदान गरिँदैछ। पितृका नाममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको सन्ध्यामा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बनाउँछन्।  श्रद्धालु त्रयोदशीका साँझ दीप बालेर रातभर जाग्राम बस्ने र बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीच छर्ने गर्छन्। १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि स्थानमा शतबीज छर्नाले पितृको मुक्ति हुने विश्वास छ। यसैगरी शतबीजको प्रत्येक दान एक रति सुवर्णदान समान हुने बताइन्छ। देशका विभिन्न भागबाट आएका श्रद्धालुले ‍दीप कुर्ने क्रममा राति भजनकीर्तन गरेर चुड्का गाएर रात बिताउँछन्। अचेल आफ्नो नजिक रहेका शिवालयमा पनि शतबीज छर्ने चलन छ। पशुपति क्षेत्र…

Read More

पद्म शमशेर जङ्गबहादुर राणा नेपालको राणा शासनका १५औं श्री ३ महाराज हुन्। उनका दुई छोराहरू र चार छोरीहरू थिए। म राष्ट्रको नोकर हुूँ भनी उद्घोषण गर्ने पद्म शमशेर उदार तथा सुधारका पक्षधर थिए । वि।स। २००२ मंसिर १४ गते जुद्ध शमशेर आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्म शमशेर श्री ३ महाराज भए र नियम अनुसार सिंहदरबार सर्नुपथ्र्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे। वि सं २००२ मार्ग ४ गते बृहद् भारदारी सभामा जुद्ध शमशेरले आफ्नै हातले श्रीपेच झिकी पद्मशमशेरलाई लगाइदिए। आफ्ना भतिज पद्म शमशेरलाई श्री ३ बनाई जुद्ध शमशेरआफू सन्यासी बनेर पाल्पाको रिडीमा बसे। पद्मशमशेर श्री ३ महाराज…

Read More