काठमाडौं खबर मंसिर २५, २०८०
काठमाडौँ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका छन् ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा दिएका हुन् । महासचिव डा गौतम विसं २०५१ मा सेवामा प्रवेश गर्नुभएको थियो भने विसं २०७७ वैशाख २२ गते संसद्को महासचिव पदमा नियुक्त भएका थिए।
रिक्त सङ्घीय संसद्को महासचिव पदमा नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त निर्णयबाट सचिवालयका सचिव पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।