नेपालमा सबैभन्दा व्यवस्थित खानालाई जनाउनका लागि ‘चौरासी व्यञ्जन’ भनिन्छ। यसमा ८४ विभिन्न व्यञ्जनहरू छन्। नेपालीमा चौरासी शब्दको अर्थ ८४ र व्यञ्जन भनेको खाना हो । त्यसैले यसलाई चौरासी व्यञ्जन भनिन्छ । यो खाना सामान्यतया विवाह र दूध छुटाउने समारोहहरूमा खाइन्छ। हामीले खाने भोजन हाम्रो शरीरमा परिवर्तन हुने र यसैले हाम्रो प्राणको रक्षा गर्ने हुँदा यिनीहरूलाई निर्धारित विधि अनुशरण गरेर ग्रहण गर्नु जरुरी हुन्छ।
चौरासी व्यञ्जनमा पर्ने खाजाका परिकारहरू :
हासको छोएला, भुतेको जौको सातु, जन्ग्लि बदेल डामेको, बोकाको रक्ति भुटेको, सपु मिचा, बोकाको भित्र्यास भुटेको, खसिबोकाको भुटन, च्याउ सादेको, माछा तारेको, दालको बारा, फापरको रोटी, बिरौला, भुटेको चिउरा, सिरौला, बट्टाइ पोलेको हासको अण्डा तारेको, नरममालपुवा, मकैको पुवा, बदाम मसला, फापरको फुलौरा, खरायो को मासुडामेको, गुन्द्रुक भटमास सादेको, सेल रोटी, चनाआलु ।
चौरासी व्यञ्जनमा पर्ने खाना :
सादा भात, मकै भात, जोगी भात, फापरको ढ़िडो, तोरीको साग झानेको, मेथि आलु, रातो सिमी र आलु, कालिजको मासु रस, बदेल तारेको, हिङ झानेको मुसुरोको दाल , केराउ र चिजको तरकारी, कालो मासको दाल, आलु काउली, मिस मास तरकारी, रामतोरिया र आलुको तरकारी, आलु जिरा, च्याङ्ग्राको मासु, उसिनेको रातो फर्सी, तरुल र आलु , बोकाको मासु पक्कु ।
चौरासी व्यञ्जन मा पर्ने चटनी परिकारहरु:
निबुवाको अचार, कागतीको अचार , खल्पी, बुन्गा र केराउको अचार, लब्सिको अचार, आपको अचार , अमलाको अचार , गोलभे्डा र धनि्याको चट्नि , मुलाको अचार , सिन्कि अचार, केराउ, आलु र काक्रोको अचार, सिद्राको अचार, भान्ग्को अचार, टीम्मुर र खुर्सानिको अचार सिलामको अचार, आलसको अचार, अदुवा सादेको, भगटेको अचार ।
गुलियो:
पन्चाञ्मृत, साबुदानाको खिर, सुजिको हलुवा, कुरौनी, गुलियो दहि ।
पेय पदार्थ परिकारहरु:
फिक्का चिया, सुरारस, सिलाजित सर्बत , मरिच र सख्खर्को सर्बत, सातु सर्बत, दुध हालेको चिया
नशालु पदार्थ
पान, सुपारी, अलैचि ,ल्वान्ग, सुकुमेल, सौफ, बोझो, चुरोट/बिडी/तमाखु, अम्मल – गाँजा वा नशालु हर्ब्स ।