![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दहालको बारे बेलाबेलमा बिभिन्न टिप्पणी हुने गरेको छ । प्रधानमन्त्री प्रचण्डले स्वकीय सचिव तथा सल्लाहकारको रूपमा छोरीलाइ राख्नसँग पैसा उठाउने काम जोडिएर बेलाबेलामा समाचार पनि प्रकाशित भएका छन् । यसैबीच संसदमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहको नामबाट लेखिएको एउटा ट्विट भाइरल भएको छ । भाइरल ट्विटमा लेखिएको छ, गंगा दहालले कुन कुन व्यपारीसँग कति कति रकम बुझेकी छिन् त्यो प्रमाण मसँग सुरक्षित छ ।
स्क्रिन सटमा भाइरल भएको ट्विटलाइ विश्लेषक मुमाराम खनालले सेयर गर्दै लेखेका छन्, सांसद अमरेशकुमार सिंहको कुरा सतप्रतिसत सत्य हो। प्रचण्डका ल्याप्चे छोरीहरू पैसा उठाउनवाहेक अरु कुनै पनि काम गर्न सक्ने हैसियतकै होइनन, कसरी प्रचण्डका सल्लाहकार भए? प्रचण्ड स्वयं भ्रष्ट कागजी बाघ हो, भ्रष्ट छोरीहरू त पैसाका लागि जे पनि गर्ने नै भए।
सांसद सिंहको ट्विट रियल वा फेक के हो भन्न नसकिए पनि कुनै बेला माओवादी नेता पनि रहेका मुमाराम खनालले लेखेको शब्द र भाषा भने कडा नै छ । उनले प्रचण्ड पुत्रीहरूलाइ ल्याप्चे भनेर सम्बोधन गरेका छन् प्रचण्डलाइ कागजी बाघ भनेका छन् ।