काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो । कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरिएको जानकारी दिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेको सूचनाका आधारमा थप एक जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन २०६४…
Author: Kathmandu Khabar
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ५२ दशमलव २८ मा पुगेको छ । कुल ९५ लाख पाँच हजार छ सय आठ कित्ता शेयर रु दुई अर्ब ७९ करोढ ९१ लाख ४६ हजार चार सय ३३ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पुनःबीमा कम्पनीको संस्थापक शेयर…
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एनसेल खरिदबिक्री प्रकरणमा भएको छानबिन समितिमाथि प्रश्न उठाएका छन् । उनले समिति गठन गरेर फासफुस पार्ने प्रयास हुन सक्ने भन्दै खबरदारी गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले तीन बुँदे खबरदारी गरेका छन् । उनले समिति गठन गर्दैमा सबै सत्यतथ्य नआउने भन्दै यसमा सबैको खबरदारी आवश्यक रहेको बताए । उनले एनसेलको खरिदबिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै यो प्रकरणमा ठुलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिने पनि बताएका छन् । महामन्त्री थापाको खबरदारी जस्ताको त्यस्तै : एनसेलको खरिदबिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै यो प्रकरणमा ठुलो अनियमितता…
काठमाडौँ । काठमाडौँ महानगरपालिकासहित विश्वका आठ ठूला सहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको गहिरो जोखिमको प्रभाव अन्त्य गर्न संयुक्त प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता जनाउने सहरमा नेपालको काठमाडौँ महानगरपालिका, अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इन्डोनेसियाको जकार्ता, बङ्गलादेशको ढाका, रवङ्दाको कीगाली र उगान्डाको काम्पला छन् । संयुक्त अरव इमिरेट्समा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी २८औँ सम्मेलन (कोप–२८) जारी रहँदा स्वस्थ सहरका लागि साझेदारी (पार्टनरसीप फरहेल्दी सिटिज) को विश्व सञ्जालमा आवद्ध सहरका प्रमुखले यस्तो प्रतिबद्धता जनाए । आठ देशका प्रमुखले बुधबार सार्वजनिक संयुक्त प्रतिबद्धता पत्रमा भनिएको छ,“जनसङ्ख्याको आकार र चुनौतीसँगको निकटताले, सहरहरुले परिवर्तनको उदाहरणीय नेतृत्व…
काठमाडौं । उच्च अदालत पाटनले एनसेलको खरिद बिक्रीसम्बन्धी कार्य रोकेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री रोकेको हो । ‘दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नू नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’ आदेशमा भनिएको छ । सेयरहरू २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नू नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको उच्च अदालत पाटनले जानकारी दिएको छ । यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा बोलाएको छ ।
मन्थली । रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ । माझी समुदायको चाडपर्व तथा विशेषगरी मृत्यु संस्कारमा नभइ नहुले ढोलक, मादल र झ्याली लोप हुँदै गएको हो । रामेछापलाई माझी जातिको उद्गम थलो मानिन्छ । स्थानीय रुपमा ढोलक, मादल र झ्याली पाइन छोडेपछि ड्रम र चाँप बजाएर विधि पुर्याउने गरिएको स्थानीयवासी बलबाहादुर माझीले बताए । पछिल्लो समय युवा पुस्ताले बेवास्ता गर्नु, रोजगारी तथा शिक्षाका लागि गाउँ छोड्नु, सामग्री बनाउने कच्चा वस्तुको अभाव हुनुलगायत कारणले ढोलक, मादल र झ्याली लोप हुँदै गएका उनको भनाइ थियो । सिमान्तकृत समुदायमा पर्ने यस जातिको संस्कृतिसँग सम्बन्धित वाद्यवादन…
काठमाडौं । सरकारले एनसेलको खरिद-बिक्रीमा भएको निर्णयबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले छन् । समितिको सदस्य गौतम कानून समूहका सचिव हुन् । उनी हाल सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवको जिम्मेवारीमा छन् । भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुन् भने शाक्य आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक हुन् । चार्टर्ड एकाउन्टेण्डहरुको नियमनकारी निकाय आईक्यानका अध्यक्ष काफ्लेलाई पनि सरकारले समितिको…
चितवन । भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बङ्गला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ । नेपाल ट्रष्टको बुधबार बसेको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका सदस्य देवीचन्द्र उपाध्यायका अनुसार यसको सञ्चालनका सम्बन्धमा अर्काे बैठकमा निर्णय गरिँदै छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ । महानगरपालिकाको अनुरोधमा दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको उनले जानकारी दिए । उहाँका अनुसार भरतपुर महानगरपालिकासँग सहकार्य गरेर सर्वसाधारणका लागि प्रवेशको व्यवस्था मिलाइने छ । जीर्ण रहेको संरचनाको मर्मतसम्हार र अत्यावश्यक थप संरचनासमेत…
धेरैलाई जानकारी नहुन सक्छ, जंगबहादुर राणा दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउँथे । यसको पछि पनि रोचक किस्सा रहेको छ । आफ्नो प्रारम्भिक दिनमा जङ्गबहादुर लफङ्गा, जुवाडे रहेको भएता पनि आफ्नो साहस, वीरता र चतुरपनका कारण नेपालको इतिहासमा एक सफल नायकका रूपमा चिनिने गर्छन्। जङ्गबहादुर सेवामुक्त भएर हिँडिरहेको बेला वि.सं. १८९७ को माघ महिनामा हात्ती खेदामा आफ्नो बहादुरी देखाउँदा तत्कालीन राजा राजेन्द्र शाहबाट उनलाई तोपखानाको कप्तान दिएपछि उनी पुनः जागिरे हुन पुगेका थिए। जागिरे भएपछि उनले राजपरिवारको आँखामा पर्नका लागि अनेकौं वीरता देखाए । जसमा वि.सं. १९९८ मा दहचोक जङ्गलमा चितुवा काट्ने, मातेको हात्तीलाई नियन्त्रण गर्ने, त्रिशूली…
तस्वीरमा देखिएको झ्याल कीर्तिपुरको ल्याकु दरबार क्षेत्र नजिकै रहेको सुन्दर आँखी झ्याल हो । कीर्तिपुरमा अवस्थित यो सुन्दर काठको झ्याल दुई घरको बीचमा जोडिएको छ। नेपाली भाषामा यसलाई आँखी झ्या भनिन्छ, जसमा आँखीको अर्थ ‘आँखा’ र झ्याको अर्थ ‘झ्याल’ हुन्छ। यस सुन्दर झ्याललाई नेवार संस्कृतिको प्रतीकका रूपमा वर्णन गरिएको छ र नेवारी भाषामा टिकी झ्याल भनिन्छ । प्राय: बसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र साथै भक्तपुर दरबार क्षेत्रमा आँखी झ्यालहरूको अवलोकन गर्न सक्छौँ । यो झ्याल हातले नै विभिन्न डिजाइनमा काठमा कोरिन्छ। यो झ्याल विशेषगरी घर, स्मारकहरू र अन्यमा सजावट उद्देश्यका लागि पनि बनाइएको हो । नेपाल खण्डमा बस्ने नेवार…
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावले केही प्रदेशमा पानी पर्ने सम्भावना देखिएको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै बिहीबार राति कोशी,…
काठमाडौं । पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ। बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)लाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो। गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क – उमाकुण्ड – गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा ती पदार्थ निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ। बालाचतुर्दशी पर्वमा सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन समेत गर्न नपाउने सूचनामा उल्लेख छ।…
नक्कली शरणार्थी प्रकरणका प्रतिवादी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको थुनछेकबारे अर्को बिहीबार निर्णय हुने भएको छ । गोलाप्रथाबाट छानिएका न्यायाधीशको इजलासले उनी थुनामै रहने कि धरौटी वा साधारण तारेखमा रिहा हुने विषयमा आदेश दिनेछ । शुक्रबार उच्च अदालत पाटनको संयुक्त इजलासले यस प्रकरणमा थुनामा रहेकाहरू तथा सरकारले दर्ता गराएको निवेदनमाथि अन्तिम आदेश दिएको थियो । तर, खाणको हकमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको फरक–फरक राय आएपछि तेस्रो न्यायाधीशको इजलासमा पेस हुने भएको हो । २८ मंसिरमा गोलाप्रथाबाट दुवै न्यायाधीशको रायसहितको प्रतिवेदन एक न्यायाधीशको इजलासमा पेस हुने उच्चका उपरजिस्ट्रार तीर्थराज भट्टराईले बताए । गत शुक्रबार उच्चले थुनामा रहेकामध्ये नौजनालाई थुनामै राख्ने, ६ जनालाई धरौटीमा रिहा गर्ने…
काठमाडौँ ( प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ ।बुधबार बसेको समितिको बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी कारोबार संशयपूर्ण, अपारदर्शी र अवास्तविक रहेको ठहर गर्दै यसको खरिद बिक्री सम्बन्धी कारोबार विस्तृत रुपमा अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेलसम्मका लागि रोक्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै वास्तविकता पत्ता लगाउनका लागि ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न, गराउन पनि निर्देशन दिएको छ । त्यस्तै एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा भएका कामहरूको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिमयुक्त रहेको भन्ने भनाई सम्बन्धमा सरकारको धारणा ४८ घण्टाभित्र…
काठमाडौंः अवैधरूपमा नेपालीलाई रुस पठाउने प्रमुख एजेण्ट पूर्व सुरक्षाकर्मी भएको खुलेको छ। पूर्वसुरक्षाकर्मी समेत रहेका उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्माले हालसम्म १८ जनालाई रुस पठाइसकेको प्रहरीले जानकारी दिएको छ।काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२ जनालाई सार्वजनिक गर्दै काठमाडौं प्रहरी परिसर काठमाडौंले उक्त गिरोहमा पूर्व सुरक्षाकर्मीहरू समेत रहेको खुलाएको हो। परिसरका प्रमुख एवं एसएसपी भुपेन्द्रबहादुर खत्रीले पूर्व सुरक्षाकर्मीहरूले नै नेपालीहरूलाई अवैधरूपमा रुस पठाउने गरेको बताए। रुस पठाउने प्रमुख एजेण्ट नै पूर्व सुरक्षाकर्मी रहेको खुलेको छ। राम्रो आम्दानीको प्रभलोभनमा रुस जानेहरू पनि पूर्व सुरक्षाकर्मीहरू नै बढी छन्,ु एसएसपी खत्रीले भने।रुस(युक्रेन युद्ध सुरु भएपछि हातहतियारबारे जानकारसमेत रहेका पूर्व सुरक्षाकर्मीहरू त्यसतर्फ जाने गरेको उनको…
काठमाडौँ । राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ । उक्त सुन अहिले जोख्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनले भने, “बरामद सुनमध्ये केही बिस्कुट आकारमा र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ, प्रक्रिया पु¥याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउनेछ, झन्डै सात किलो परिणामको हाराहारीमा सुन भएको अनुमान छ ।” प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा उक्त परिमाणको सुन बरामद गरेको थियो । सो सुन…
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बथानबाट छुटिएर आएको दाह्रा नभएको भाले हात्ती ( मकुना) देखापरेको छ । निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका क्षेत्रमा यो हात्ती देखिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा यो हात्ती विगत तीन दिनदेखि देखिएको छ । बथान छोडेर आएका हात्तीले समाजमा क्षति पु¥याउन सक्ने उनले बताए । हात्ती देखिएपछि निकुञ्ज प्रशासनले नियमित घाँस दाउरा गर्न जाने र अन्य काममा निकुञ्ज र सामुदायिक वन क्षेत्रमा जाने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । अहिले यो हात्ती निकुञ्जको जनकपुर पोष्ट क्षेत्रमा देखिएको भन्दै निकुञ्जले कुमरोज मध्यवर्ती सामुदायिक वनमा उपभोक्तालाई एक्लो हात्तीदेखि नजिस्किन आग्रह गरेको…
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । त्यस्तै, यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । लेखा समितिको अब बस्ने बैठकमा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जानकारी माग्ने पनि समितिले निर्णय गरेको छ । एनसेल खरिद बिक्रीका क्रममा विद्यमान कानुनी व्यवस्थाको छिद्र खोजेर आर्थिक चलखेल भएको तथा प्रक्रिया मिचिएका विषयमा पनि गम्भीर हुन समितिले निर्देशन दिएको छ । विद्यमान कानुनमा देखिएका अस्पष्टतालाई आवश्यक परिमार्जन र संशोधनका…
बुढानीलकण्ठ नगरपालिकाको १३ मा रहेको नौलिङ भद्रकाली मन्दिरको मूर्ति चोरी भएको छ । बुधबार मन्दिरको मूर्ति चोरी भएको स्थानीयले जनाएका छन् । स्थानीयका अनुसार भद्रकाली मन्दिर र मन्दिर नजिकै रहेको भजन घरमा चोरी भएको हो । मन्दिर र भजन घरमा रहेको २ वटा चन्दा बक्स्, पुजा थाली अङ्खरा,करुवा लगायत चोरी भएको हो । बुढानिलकण्ठ नगरपालिकाको गाम्चामा अवस्थित नौलिन भद्रकाली मन्दिर, काली मन्दिरहरु मध्येको प्राचिन अनि मुख्य काली मन्दिर मानिन्छ। परापूर्व कालमा केहि किशानहरुले खेतमा काम गरी राखेका बेला हालको धोबीखोलाको किनारै किनारमा एकजना सानी बालिका रोएर आइरहेको देखे। किसानहरुले ती बालिकाले केहि जवाफ नदिएपछि भोकाएको हुनुपर्छ भन्ने अनुमान गर्दै, आफुहरुलाई…
काठमाडौं । प्रहरीले काठमाडौंको एउटा सुन गाल्ने कारखानामा छापा मारेको छ । अवैध सुन आयात गरी गाल्ने गरेको सुराकीको आधारमा प्रहरीले छापा मारेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले न्युरोडको पर्ल गोल्ड प्रालिबाट केही परिणाममा सुन समेत बरामद गरेको बताइएको छ । थप अनुसन्धानका लागि सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनबारे भने अनुसन्धान भइरहेको भन्दै प्रहरीले जनाएको छ ।
दुबईमा जीवाश्म इन्धनको पैरवी गर्नेहरूको कीर्तिमानी सङ्ख्या प्रत्येक प्रतिनिधिमण्डलभन्दा धेरै हुँदा मङ्गलबार संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा कोइला, तेल र ग्यासका लागि बोल्ने स्वरहरू कडा भएको कार्यकर्ताहरूले बताएका छन् । विभाजन यति गहिरो छ कि नयाँ मस्यौदा सम्झौतामा जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्ने वा यो मुद्दालाई सम्बोधन नै नगर्ने विकल्पहरू समावेश गरिएको छ । यसबाट आगामी साताको अन्त्यमा हुने कठिन छलफलका लागि मञ्च तयार भएको छ । विश्वको सबैभन्दा ठूलो तेल निर्यातक मुलुक साउदी अरबले कडा धारणा राख्दै जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले बन्द गर्न त के चरणबद्ध तरिकाले घटाउनसमेत आफू बिल्कुलै सहमत नभएको बताएको छ । सात वर्षभित्र विश्वव्यापी तापक्रमले…
काठमाडौँ । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई शिलबन्दी गरेको हो । कपन क्षेत्रका औषधि पसलबाट लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा विभागले अनुगमन गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको…
काठमाडौं । काठमाडौं महानगरपालिकाले कानुनविपरीत सञ्चालित औषधिपसलहरु ठाउँको ठाउँ बन्द गर्ने चेतावनी दिएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले गैरकानुनीरुपमा सञ्चालित एवम् चिकित्सकको प्रस्क्रिप्सनविना नै औषधि दिने औषधि पसलहरुलाई सच्चिनको लागि १० दिनको समय दिएका हुन् । ‘काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनविना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ’, मेयर शाहले सूचना जारी गर्दै भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भएअनुसार भएको पाइएको छ, यसमा हामी गम्भीर छौँ। त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण…
काठमाडौं । चीन भ्रमणमा रहँदा हृदयघात भएर उपचारपछि नेपाल फर्किएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि बिरामी परेका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डा। अरुण मास्के सहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको र मन्त्री श्रेष्ठ सघन उपचार कक्षमा उपचाररत रहेको उल्लेख छ । गत कात्तिक २ गते औपचारिक चीन भ्रमणमा गएको बेला हृदयघात भएको थियो । सो समयमा केही दिन उपचार गरेर उनी नेपाल फर्किएका थिए । मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो ।
काठमाडौँ– काँधको देब्रे भागबाट छड्के परेर देब्रे कम्मरसम्म पुगेको जनै, कम्मरमा बेरिएको धोती र कपाल खौरिएर छाडिएको लामो सर्लक्क टुप्पी। नेपाली समाजमा बिध्यमान जात व्यवस्थाको कथित उपल्लो जातिलाई जनाउन यो बिम्ब पर्याप्त हुन्छ। उनको हातमा गुलाफको एउटा रातो फूल छ। गुलाफलाई अर्को एक पुरुषले पनि समाएका छन्। ती पुरुष भने उपल्लो जातका देखिँदैनन्। उनीहरूले समाएको गुलाफलाई प्रेमको प्रतीक बनाइएको छ। पृष्ठभूमिमा पहेँलो रङ, क्यानभासमा एक्रिलिक रङमा बनेको एउटा चित्र। ललितकला प्रज्ञा प्रतिष्ठानको भित्तोमा सजिएको दृश्य हो यो। “(चित्रको) पहेँलो रङले यो माहोलमा छाएको खुशी र रोमाञ्चकतालाई दर्शाउँछ,” कलाकार अजय उपरकोटी भन्छन्, “माया त माया नै हो नि, जो, जससँग र जसरी भए…
पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मित्रमिलन सहकारीका सञ्चालक समितिका पदाधिकारीले निबक्षेपकर्ताको बचत रकम फिर्ता नगरेका र रकम हिनामिना एवं ठगी गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसै सिलसिलामा पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख श्रवणकुमार विकले जानकारी दिए । वडाध्यक्ष सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य तथा ताण्डव न्युज पत्रिकाका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको हो ।
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा सञ्चालन हुने गुह्येश्वरी यात्राको तयारी सम्पन्न भएको छ । आजदेखि सुरू हुने जात्लाका लागि हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा रहेको मूर्ति गुह्येश्वरी पुर्याइने छ । गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पुजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पुजिने गरिन्छ । मूर्ति गुह्येश्वरी मन्दिरमा लगेसँगै आज राति बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिने प्रचलन रहेको छ । मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ । आज रातभर गुह्येश्वरी मन्दिरमा धुनी जगाइन्छ । मूर्तिलाई गुह्येश्वरीको गर्भगृहमा राखेर पूजा आराधना…
काठमाडौं । जगतपाल महाविहार कीर्तिपुर नगरपालिका, वडा नं १० मा अवस्थित छ । विहार स्थानीय जनसमुदायमा चिलंचो बहालको नामबाट बढि प्रसिद्ध छ । चिलंचो चैत्य स्थापना भइरहेको प्राङ्गणभित्र जगतपाल बर्माले निर्माण गर्न लगाएको विहार भएकाले यो विहार जगतपाल महाविहार कहलिएको छ । धार्मिक स्मारकका रूपमा स्थापित प्राचीन चिलंच्व चैत्य, कीर्तिपुर नगरका बौद्ध मार्गीहरूका लागि आस्थाको केन्द्रको रूपमा रहेको छ । यो बौद्ध स्मारक बुद्घ धर्मको महायान तथा वज्रयान धर्मको केन्द्ररूपमा रहेको छ । जगतपाल महाविहार प्राङ्गणमा निर्माण भईरहेका चैत्य (विहार)लाई चैत्यरङ्ग, चित्ररङ्ग भट्टारक, धर्मधातु बागीश्वर आदि नाउँबाट संम्बोधन गरिएको पाइन्छ । चैत्यरङ्ग र चित्ररंग अपभ्रंश भएर चिलंच्वु हुन गएको हो…
ओखलढुंगामा कांग्रेस सभापति शेरबहादुर देउवालाई कालोझन्डा देखाउने नौजना पहिचानवादी पक्राउ परेका छन्। कोशी नाम खारेज गरी प्रदेश १ को पुनः नामकरण गर्न माग गर्दै आन्दोलित नौजना पहिचान पक्षधर नेता पक्राउ परेका हुन्। जिल्लामा नवनिर्मित बिपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुंगा आएका सभापति देउवासहितका नेताले स्वर्गीय नेता बलबहादुर राईको सालिकमा माल्यार्पण गर्ने क्रममा पहिचानवादीले नारा–जुलुस गर्दै कालोझन्डा देखाउन र कार्यक्रम बिथोल्न खोजेका थिए। त्यसलगत्तै प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका जिल्ला अध्यक्ष थगेन्द्र राई, सचिव दीपेन्द्र रुम्दाली, किराँत राई यायोक्खाका केन्द्रीय महासचिव भीम राईसहित रेखराज राई, चम्मर राई,…
(फाइल फाेटाे) काठमाडौं । छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । उहाँको निजी सचिवालयका अनुसार मंगलबार राति छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा लगिएको हो । अस्पतालमा गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ । सचिवालयका अनुसार उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ अवस्था स्थिर रहेको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री श्रेष्ठ मंगलबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा सहभागी थिए ।
