काठमाण्डौ – नेपालको युवा क्रिकेट टोलीले कप्तान देव खनालले एसीसी १९ वर्षमुनिको एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ । नेपाल क्रिकेट सङ्घ क्यान ले आज मङ्गलवार गरेको बिदाइ कार्यक्रममा नेपाली १९ वर्षमुनिको क्रिकेट टोलीका कप्तान देव खनालले टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गर्ने बताएका हुन् । १९ वर्षमुनिको एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको समूह ए मा छ । नेपाली युवा टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको १९ वर्षमुनिको टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्याउन आतुर रहेको प्रतिक्रिया दिए । राष्ट्रिय टोलीले पनि राम्रो गरिहेको र आफूहरू पनि हरेक…
Author: Kathmandu Khabar
काठमाडौ । बसन्तपुर दरबार क्षेत्रमा रहेको श्री कालभैरवलाई विशेष गरि आइतबार दर्शन तथा पूजा गर्ने गरिन्छ। त्रिकालदर्शी भएको तथा काल पनि उहाँकै अधिनमा रहने भएकोले कालभैरव आजुलाई ठूलो महत्व दिइन्छ। महादेवको भैरव अवतारहरूमध्ये पहिलो अवतार मानिने कालभैरवको दर्शन मात्र गरेमा पनि रोगकष्ट तथा दुस्ख अनि महादशाहरू निवारण हुने विश्वास गरिन्छ। यही सम्बन्धमा आज हनुमान ढोका दरबार क्षेत्रमा रहेको कालभैरवको मन्दिरमा पञ्चबली चढाइएको छ । आज भैरवाष्टमीको अवसरमा यो बली दिइएको हो । भैरवाष्टमी शिवको क्रोध अग्निबाट आजकै तिथिमा पहिलो पटक भैरव रूप उत्पन्न भएको मानिन्छ । आजको दिन नेवास् समुदायमा अष्टभैरव दर्शन गर्न जाने परम्परा पनि रहेको पाइन्छ । विभिन्न…
काठमाडौं । काठमाडौं उपत्यकामा पहिलोपटक हाँस प्रजातिको नयाँ पंक्षी फेला परेको छ । भक्तपुरको हनुमन्ते खोला आसपासको निश्चित क्षेत्रमा देखिएको स्वेतमाथा कलहाँस (ग्रेटर ह्वाइट फेन्टेट गुज) उपत्यकावासीको लागि नयाँ भएको पंक्षी संरक्षकहरूले बताएका छन् । पंक्षीविज्ञ सञ्जय था श्रेष्ठका अनुसार सो पंक्षी पहिलोपटक सन् २००४ मार्च २४ मा नेपालमा देखिएको थियो । त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षमा २ वटा कलहाँस देखिएका थिए । यो कलहाँस पंक्षी साइबेरिया, रूसलगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा आइपुगेको हो । हाँस प्रजातिको कलहाँस थाकेर हनुमन्ते खोलामा आएको अनुमान श्रेष्ठले गरे । गतवर्ष पनि नारायणी नदी आसपासमामा पनि ४ वटा…
काठमाडौं : डिसेम्बर ५ अर्थात् विश्व माटो दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ संसारभर डिसेम्बर ५ का दिन विश्व माटो दिवस मनइन्छ । ‘विश्व माटो दिवस २०२३’ का अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले यही मंसिर १६ गतेदेखि नै कार्यक्रम गरिरहेको छ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित शुरु भएको कार्यक्रम मंगलबारसमापन गरिँदैछ । नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायलगायतका विषयमा प्रचारप्रसार, माटोको नि:शुल्क जाँच शिविर, विद्यार्थीलाई स्वच्छ माटोको आवश्यकताबारे जानकारी दिइरहेको छ। केन्द्रले मंसिर १६ गते माटोको उर्वराशक्तिको…
काठमाडौं । सरकारले सामान्यदेखि जटिल प्रकारका रोगमा प्रयोग गर्न ९८ प्रकारका औषधी नागरिकलाई निःशुल्क वितरण गर्दै आएको छ। सरकारले धेरै महत्त्व दिएर अघि सारेको यो कार्यक्रम भने कार्यन्वयनमा स्वास्थ्य सेवातर्फ लागू भएका अन्य कार्यक्रमको तुलनामा एकदमै कमजोर देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सावर्जनिक गरेको आर्थिक वर्ष २०७९ र ८० को बजेटमा आएका स्वास्थ्यका कार्यक्रमको प्रगति विवरणअनुसार सरकारले निःशुल्क गरेका सबै औषधी उपलब्ध हुन नसकेका कारण लक्ष्यअनुसारको सेवा प्रदान गर्न नसकिएको उल्लेख गरिएको छ। केही समयअघि स्वास्थ्य मन्त्रालय नै गरेको एक सर्वेक्षणले नै सरकारले निः शुल्क गराउने भनेको औषधी एकदमै न्युन मात्रामा पाइने देखाएको थियो। नेपाल हेल्थ फेसिलिटी सर्भे,…
प्रकाश सायमी गायक अरुण थापालाई धेरैले सम्झिए १ अर्को साता संगीतकार गोपाल योञ्जन–सम्झनामा कार्यक्रम हुनेछन्। तर, योञ्जन र थापाको पुस्तालाई जोड्ने होनहार संगीतकार दिव्य खालिङ गुमनामजत्तिकै बनेका छन्। उनी असारको मध्यतिरै बितेका थिए, आठ वर्षअघि। न उनलाई सांगीतिक समाजले सम्झियो कुनै प्रज्ञा प्रतिष्ठानले। जातजातिका पार्टी वा कुनै जातीय र धार्मिक संगठनबाट पनि उनलाई सम्झिइएन । नेपालको रंगमञ्चमा क्रान्ति ल्याउने तीन नाटकमध्ये दुई दार्जिलिङबाट आएका थिए–अनि देवराली रुन्छ र रातको प्रथम प्रहर। यी नाटकका निर्देशक क्रमशः मनबहादुर मुखिया र प्रताप सुब्बा हुन्। रातको प्रथम प्रहर कथा, अभिनय र निर्देशनभन्दा यसको संगीत परिकल्पनाका कारण सफल भयो। संगीत र मञ्च परिकल्पनाले नेपाली नाट्यजगतमा…
काठमाडौं । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अन्तर्राष्ट्रिय वाटरकलर महोत्सव भइरहेको छ। तेस्रो संस्कारण अन्तर्गतको यस महोत्सवमा ३९ देशका विभिन्न ३४० वटा कलाकृती प्रदर्शनमा राखिएको छ। महोत्सवमा १५० नेपाली कलाकारसहित ३० जना विदेशी कलाकारले सहभागिता जनाएका छन्। यस महोत्सवले नेपालको मौलिक पहिचान विश्वसमक्ष पुर्याउन सहयोग पुग्ने आयोजकले जनाएको छ। कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्यान्ड, बंगलादेश, भारत, अस्ट्रियालगायत देशका ३० जना कलाकार नेपालमा आएका छन्। महोत्सवमा सहभागी तीन सय ४० कला सिर्जनामध्ये नेपालका एक सय १५ कलाकारका सृजना अहिले प्रदर्शनीमा राखिएको छ। अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपालको आयोजनामा भएको यो महोत्सव मंसिर २० गतेसम्म चल्ने छ।
काठमाडौं । मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०र१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो तर दुवै कम्पनीले विभिन्न बहाना बनाएर सो चिनी नेपाल आयात नगर्दा अहिले समस्या बल्झिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भारतबाट चिनी…
पश्चिमबाट पूर्व सर्दै गएको बादलले सोमबार दिनभर काठमाडौंको आकाश ढाक्दा उपत्यकामा चिसो बढेको छ । आइतबारको तुलनामा सोमबार काठमाडौंको अधिकतम तापक्रम ४ डिग्री सेल्सियसले झरेको थियो । सोमबार अधिकतम तापक्रम १७.६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस मापन भयो । आइतबार अधिकतम तापक्रम २१.२ डिग्री सेल्सियस थियो । मौसमविद् सञ्जीव अधिकारीका अनुसार मंगलबार भने काठमाडौंको मौसममा केही सुधार आउन सक्छ । ‘काठमाडौंमा तत्काल वर्षाको सम्भावना छैन, आकाश बादलले ढाकेर चिसो भएको हो । आकाश खुल्दै पश्चिमी वायुको असर पूर्व सर्दै जाँदा काठमाडौंमा घाम लाग्न सक्छ,’ उनले भने, ‘मंगलबार कोशी र मधेश प्रदेशमा बदलीको सम्भावना छ ।’ हाल नेपालमा पश्चिमी वायुको प्रभावसँगैै भारतको उत्तर प्रदेशको आसपासमा…
गाउँका मानिस शहर पस्ने होड बढ्दो छ । तर शहरको स्वादले गाउँलाई जित्दो छ । चिउराको ठाउँ चाउचाउले लिएको छ । मूलको पानीको सट्टा बोतलको पानीले तिर्खा मेट्ने चलन बढेको छ । अधिकांश स्कुले बच्चा जंकफुडमा रमाउन थालेका छन् । अभिभावकको व्यस्तता र बालबालिकाको रोजाइ दुवै कारण जंकफुडको प्रयोग दिनप्रतिदिन बढिरहेको छ । जिब्रोको स्वादका पछि लाग्दा पछिल्लो समय हृष्टपुष्ट हुनुपर्ने गाउँका बालबालिका खिनौरा देखिन थालेका छन् । मःम, थुक्पा, चाउमिन, पानीपुरी, पिजा, बर्गरदेखि जंकफुडको सर्वत्र उपलब्धताले खानपानकै रुटिन बद्लिएको छ । बालबालिकाको स्वाद फेरिने, अभिभावकले सजिलो खोज्ने स्वार्थ मिल्दा केही अपवादका सरकारी स्कुलबाहेक अन्यत्र अस्वस्थकर खानपानको प्रभाव बढिरहेको छ । बालक देखि वृद्ध सम्म खानपान जीवनशैली पहिलाको तुलनामा निकै भिन्न भएको छ । हिजोआज धेरैजसो बालबालिकाको…
काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. चोपलाल भुसाललाई नियुक्त गरेको छ । भुसालललाई आगामी चार वर्षको निम्ति नियुक्त गरिएको बताइएको छ । यसअघि काउन्सिलका अध्यक्ष डा, भगवान कोइराला थिए । उनको कार्यकाल गत कात्तिक १८ गतेदेखि पूरा भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।
काठमाडौं । विश्वमा सबैभन्दा धेरै बाघ मार्ने शासकहरुमा अग्रपंक्तिमा आउँछन्, राणा प्रधानमन्त्री जुद्ध शमशेर । यकिन संख्याको तथ्यांक नभए पनि विश्वमा सबैभन्दा बढी बाघको शिकार गर्ने दुई व्यक्तिमध्ये पहिलोमा भारतीय शासक र दोस्रोमा जुद्ध शमशेरको नाम आउने गर्छ । इतिहासमा राजा–महाराजा, राणा शासक र विदेशी पाहुनाको सिकार सोखको कोपभाजनमा धेरै बाघ परे । बाघ संरक्षण गर्नु पर्छ भन्ने चेत त्यति बेला थिएन । जसका कारण बालीबाघ, जाभाबाघ, क्यास्पियनबाघ, साउथ चाइनाबाघ जस्तै पाटेबाघ पनि लोप हुने अवस्थामै पुग्यो । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भारत सग्रुजा स्टेटका माहाराजा रामानुज प्रताप शिंहले आफ्नो जीवनकालभरमा १७१० वटा बाघको शिकार गरेको उल्लेख भेटिन्छ । तर…
बद्रीनाथ कायस्थ यही आउने मंसिर २० गते बुधबारको सॉझबाट मंसिर २१ गते बिहीबार रातिसम्म श्री पशुपतिनाथ क्षेत्रमा अवस्थित गुह्येश्वरी शक्ति पीठमा गुह्येश्वरी जात्रा भव्यरूपमा सञ्चालन हुँदैछ । यो जात्रामा सहभागी भई धेरैभन्दा धेरै भक्तजनहरूले शक्ति प्राप्त गर्न सफल होस् । यो जात्रा कछला गा नवमी सॉझपखबाट सुरु भएर कछला गा दशमी तिथिको सॉझपखसम्म तान्त्रिक विधि विधानअनुसार भव्य शक्ति पूजा भई, अखण्ड दीपज्वाला बाली , खटमा मूर्ति राखी गुह्येश्वरीबाट पशुपतिनाथ हुँदै काठमाडौंको तलेजु भवानीमा पुर्याएर जात्रा समाप्त हुन्छ । यस जात्रामा खटमा राखिने मूर्ति हनुमान ढोका तलेजु भवानीको मूल ढोकाबाट बाहिर निकालेर खटमा राखेपछि राम्रो दर्शन हुन्छ । यस मूर्तिलाई सानो…
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार संकटमा नरहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार सम्पादकहरुसँग कुरागर्दै प्रधानमन्त्री प्रचण्डले आफू संसदमा ३२ सिट रहेको तेस्रो दलको नेता भए पनि सरकार संकटमा नरहेको बताएका हुन् । ‘मलाई थाहा छ मेरो ससंदमा ३२ सिट छ र म शक्तिशाली पनि छैन । तर पनि म लक्की छु, किनकी यो गठबन्धन तत्काल टुटनेवाला छैन’, उनले भने ।२०७९ मंसिरमा सम्पन्न निर्वाचन पछि १० पुसमा नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले करिब दुई महिनापछि राष्ट्रपति निर्वाचनका बेला नेपाली कांग्रेसलाई साथ दिएपछि एमालेसँगको सम्बन्ध टुटेको थियो । आफू नेतृत्वको सरकारले करिब एक…
अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट २०२४ मार्च ८ देखि १३ तारिख सम्म नेपालमा हुने भएको छ । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज, नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट, २०२४ हुन लागेको हो । नाराले काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता लागेको जनाएको छ । प्रतियोगितामा १६ टिमको लागि फेब्रुअरी ५ देखि २४ सम्म खुला गरेको छ । अहिलेसम्म ६ अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको पनि…
बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८०-८१ सुरु भएको चार महिना बितिसक्दा पनि सरकारले चालु, पूँजीगत र वित्तीय खर्च गरि कूल बजेटको ९ प्रतिशत मात्र खर्च गर्न सकेको देखिएको छ। गत वर्षको तुलनामा राजस्व संकलनमा केही सुधार गरेको सरकारको खर्च गर्ने प्रवृत्ति भने पुरानै देखिएको हो।प्रदेश सकारले चालु आर्थिक वर्षमा ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बराबरको बजेटको ल्याएको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कार्तिक मसान्तसम्ममा ९ प्रतिशत अर्थात ५ अर्ब ७८ करोड ७१ लाख रुपैयाँ माात्र बजेट खर्च भएको देखिएको छ । १२ महिनामा खर्च गरिसक्नुपर्ने बजेट समानुपातिक रुपमा खर्च गर्ने हो भने कूल बजेटको प्रतिमहिना ८.३३…
तस्वीरमा देखिएको मन्दिर बुढानीलकण्ठ नगरपालिकामा रहेको प्रशिद्ध रूद्रेश्वर महादेव मन्दिर हो । रूद्रमती(धोविखोला) नदी किनारमा रहेको यो मन्दिर ऐतिहासिक मानिन्छ । गुठी संस्थानलेसमेत हेरिरहेको यो मन्दिर बुढानीलकण्ठ २ मा रहेको चपली भद्रकाली क्षेत्रमा रहेको छ । यस मन्दिरदेखि केही मिटर तल प्राचीन नौलिन भद्रकाली मन्दिर रहेको छ । नदी किनारको खोँचमा रहेको यो मन्दिर क्षेत्रमै नपुगिन नदेखिने भएकाले अझै पनि स्थानीय मन्दिरका रूपमा पुजिँदै आएको छ । ऐतिहासिक पृष्ठभूमिका यो मन्दिरको प्रचारप्रसार हुन नसकेको देखिन्छ । तस्वीरः महेश श्रेष्ठ
हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो ।समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुुनु । पुुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुुराँसको…
नुवाकोट जिल्लावासीको सम्पन्नताको प्रतिकको रुपमा रहेको टोखा छहरे सुरुङ मार्ग निर्माण सुरु गर्ने यस बर्षको बजेट बक्तव्यले नुवाकोटवासीलाई पक्कै पनि खुशी तुल्याएको छ । यो सुरुङ मार्ग निर्माण कार्य सँगसँगै थान्सिङको छहरे फाँट सहरीकरण योजना पनि अगाडि बढाइने भन्ने बजेटमा उल्लेख छ। एकातिर नुवाकोट जिल्लावासीमा सुरुङ मार्गको निर्माण सुरु हुने कुराले खुशी ल्याएको छ भने थान्सिङको धान उब्जनी हुने फाँटहरूमा कंक्रिटको घरहरूले भरिने र काठमाडौं जस्तै अब्यबस्थित शहरीकरण हुँदै जाने चिन्ता पनि थपिएको छ। टोखा छहरे सुरुङ मार्गले नुवाकोट जिल्लालाई नै नयाँ काठमाडौँमा बिस्तारै रुपान्तरण गर्नेछ । काठमाडौँ र नुवाकोटको दुरी सुरुङ मार्गले ५ किलोमिटरमा झार्नेछ । टोखाबाट थान्सिङ छहरेको…
काठमाडौं । कानुनतः लगभग ६ वर्षपछि नेपाल सरकारको स्वामित्व हुने एनसेलको लगानीकर्ता मलेसियन टेलिकम कम्पनी एक्जियटा ग्रुपले सेयर खरिद–बिक्री हुनुलाई शंकास्पद ठान्दै सार्वजनिक लेखा समितिले नियमनकारी निकायसँग प्रष्टीकरण सोधेको छ । नियमनकारी निकायलाई कुनै जानकारी नदिइकन हालै एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री भएको थियो ।समितिले आइतबार आन्तरिक राजस्व कार्यालय, कम्पनी रजिष्टारको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै प्रश्न गरेको छ, ‘‘नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा सो कारोबारको वैधानिकता के हुन्छ ?’’ स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै सोलाई समेत असर पर्न सक्ने गरी भएको कारोबारलाई अनुमति वा स्वीकृति प्रदान गर्ने, नगर्ने सम्बन्धमा नियमनकारी निकायको भनाइ के रहेको छ ?’’ त्यसअतिरिक्त ऐनसेल…
काठमाडौं । देशका केही भू–भागमा बिहानै वर्षा भइरहेको छ । लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको भइरहेको छ । केही भू–भागमा हिमपात भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ । दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया…
वाग्मती प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ। सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान कायमै राख्दा बैठक निष्कर्षविहीन भएको हो। बैठकमा बजेट कार्यान्वयन, समितिका सभापतिको चयन र पूर्वाधार विकास कोषको रकम सम्बन्धमा छलफल भएको नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए। सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नजुटेकाले पुनः अर्को बैठक बस्नेगरी आइतबारको बैठक स्थगित भएको नेता खनालले बताए। यद्यपि सहमतिको प्रयासलाई भने सत्तापक्षले जारी राख्ने उनले स्पष्ट पारे। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने सरकार प्रदेशको विकास र गणतन्त्रप्रति गम्भीर नबनेको आरोप लगाएको छ। एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारलाई सही बाटोमा हिँड्न र…
बद्रीनाथ कायस्थ काठमाडौं । नेवाः समुदायबाट मान्यता प्राप्त दश ( १० ) दर्शन र सिद्धान्तहरुमध्येको एक महत्वपूर्ण दर्शन र सिद्धान्त अनुसार शवित पीठहरुलाई शक्तिको श्रोत मानिन्छ । आज म यही शक्तिको श्रोत शक्ति पीठहरु उपत्यकामा कहाँकहाँ अवस्थित छन् भन्ने बारेमा यहाँ उल्लेख गरिएको छ। १॥ नेपाल मण्डलमा शक्ति पीठहरु मुख्य रूपमा दुई प्रकारका छन् । पहिलो दश महाविद्याहरुको शक्ति पीठहरु र दोस्रो अष्ट मातृकाहरु को शक्ति पीठहरु हुन । यसबाहेकका अन्य शक्ति पीठहरु के हुन प्रष्ट रुपमा बुझ्न जरुरी छ । २। श्री गुह्येश्वरी शक्ति पीठः सतीदेवीको अंग पतन भएर उत्पवित भएको पचास शक्ति पीठहरु मध्येको एक पहिलो र महत्वपूर्ण…
वाग्मती किनारमा रहेको सप्तर्षिघाट र उत्तरवाहिनी तीर्थको बीचमा पिङ्गला योगिनी नामक एउटा देवीको शक्तिपीठ रहेको छ । मंगला, पिंगला, धान्य, भ्रामरी, भद्रिका, उल्का, सिद्धा र शंकटा आदि अष्ट योगिनीहरूमध्ये पिंगला दोस्रो योगिनी हुन् । यो स्थल पहिले एकान्त एउटा पोखरीको रूपमा रहेको थियो । एउटा महत्वपूर्ण शक्तिपीठका रूपमा रहेको यो पिङ्गला योगिनी क्षेत्र आसपास हाल बालीनाली लगाइएको देखिन्छ । योठाउँलाई पिङ्गलास्थान या पिङ्गलथान पनि भनिन्छ । गोकर्ण क्षेत्रमै भगवान् महादेवले आफ्नी पत्नी सतीदेवी दक्षप्रजापतिले गरेको यज्ञकुण्डमा होमी प्राण त्याग गरेपछि शोक विह््वल भई सतीको निर्जीव देह बोकेर घुम्दा अङ्गपतन हुने क्रममा सतीदेवीको बायाँ कान पतन हुन गई गोकर्ण पीठ, भैरवीदेवीका…
काठमाडौं- प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रिक्त हुँदा झन्डै दुई सय स्थानीय तह प्रभावित बनेका छन् । प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार, प्रशासनिक बाँडफाँट, विकास निर्माण र सेवा प्रवाह नै प्रभावित भएको हो । पालिकामा प्रमुख प्रशासकीय अधिकृत संघअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाउने व्यवस्था छ । तर, मन्त्रालयका अनुसार अहिले एक सय चार नगरपालिका, ८० गाउँपालिका र ६ उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । रिक्त हुने क्रम बढ्दै गएको मन्त्रालयले जनाएको छ । प्रमुख प्रशासकीय रिक्त रहेका अधिकांश पालिका निमित्तका भरमा चलेका छन् । उपसचिवको दरबन्दी हुने नगरपालिकामा वरिष्ठ शाखा अधिकृतलाई प्रमुख प्रशासकीयको जिम्मेवारी तोकेर पठाइएको छ । करिब ५० नगरपालिकामा शाखा अधिकृतलाई प्रमुख…
अज्ञात समूहले गत शनिबार राती धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाअध्यक्ष देबेन्द्र गुरागाईको घरमा आगजनी गरेको छ । राति घरको माथिल्लो तलामा सुत्न गएपछि भुईँ तलाबाट माथिल्लो तला जाने ढिकमा मुनिबाट ताला लगाई तल्लो तलामा रहेको लुगा जम्मा गरेर आगो लगाइएको गुरागाईंले बताए । सुतिरहेको समयमा लुगा डढेको गन्ध आएपछि उठेर हेर्न खोज्दा ढिकमा चाबी लगाएको थाहा पाएर छिमेकीलाई बोलाएर चाबी तोडेर हेर्दा लुगा एक ठाउँमा राखेर आगो लगाइएको नजिकै ग्याँसको सिलिन्डर राखेको पाइएको उनले बताए । कसले आगजनी गरेको हो भन्ने कुराको पहिचान हुन नसकेको र सो बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो ।…
भारतमा चार राज्यमा भएको विधानसभा चुनावको मतगणनाको नतिजा अत्तिम चरणमा पुग्दा केन्द्रमा सत्तासीन भारतीय जनता पार्टी (भाजपा)ले हिन्दीभाषी क्षेत्रका प्रमुख तीन राज्यहरुमा बहुमतसहितको जित हासिल गर्दैछ । जारी मतगणना अनुसार मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले बहुमत प्राप्त गरेको छ । मध्यप्रदेशमा आफ्नो सरकारलाई जोगाएको मात्रै छैन त्यहाँ विशाल जित हात पारेको छ । त्यस्तै, राजस्थान र छत्तीसगढ राज्यमा पनि ठूलो जित हात पारेको छ । ती दुवै राज्यमा कांग्रेसको सरकार थियो । नोभेम्बरमा चरणबद्ध रुपमा मध्यप्रदेश, राज्यस्थान, छत्तिसगढ, तेलंगाना र मिजोरम राज्यमा चुनाव भएको छ ।मिजोरम बाहेकका चारवटा प्रदेशको मतगणना आइतबार एकैसाथ भएको हो । मतगणना भएका चारवटा राज्यमध्ये…
काठमाडौं । अनलाइनमार्फत यौनधन्दा सञ्चालन गर्ने गिरोहलाई प्रहरीले पक्रेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने पाँच जनालाई समातेको हो । रामेछाप घर भई ललितपुर बस्ने छत्रबहादुर रोक्का, ओखलढुंगा घर भई कागेश्वरी मनोहरा बस्ने गोपाल थापा, सिन्धुली घर भई कालोपुल बस्ने सेते कार्की, सल्यान घर भई बालाजु बस्ने शिवराज परियार, नुवाकोट घर भई काठमाडौं बस्ने अमृत रोक्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइके रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वरलगायतका विभिन्न स्थानबाट सामाजिक सञ्जालमार्फत यौन व्यवसाय चलाउँदै आएका थिए ।
नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।यस्तै, तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेर चाँदी १५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडाैँ खबर सम्वाददाता/ काठमाडौँ । पछिल्ला समय हामीले धेरैभन्दा धेरै सुनिएको विषयमध्ये एक हो मिटर ब्याज र त्यसको संघर्ष । यो विषयमा थुप्रै आन्दोलन तथा संघर्ष भए पनि अझै आन्दोल एवम संघर्ष यथावत रहेको छ । कारण यो विषयलाइ अझै त्यो हैसियतमा सम्बोधन भएको छैन जुनरूपमा सम्बोधन हुनुपर्ने हो । संघर्ष समिति आजका दिन मा संघर्षको मैदानमा छ । महत्वपूर्ण कुरा यो विषयको संघर्षमा हाम्रो समाजमा आर्थिक हैसियतका सबैभन्दा कामजोर मानिने निम्न आयवर्गको बाहुल्यता रहेको छ । कानूनी रुपमै आर्थिक अपराध मानिने मिटर ब्याजको विषय व्यपितगत लेनदेनमा तोकिएको ब्याजदर भन्दा बढी ब्याजदर लिई त्यसलाई चक्रिय ब्याज लगाई मुलधनमा बदली असुल…
