काठमाडौं खबर मंसिर १९, २०८०
काठमाडौं । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अन्तर्राष्ट्रिय वाटरकलर महोत्सव भइरहेको छ। तेस्रो संस्कारण अन्तर्गतको यस महोत्सवमा ३९ देशका विभिन्न ३४० वटा कलाकृती प्रदर्शनमा राखिएको छ।
महोत्सवमा १५० नेपाली कलाकारसहित ३० जना विदेशी कलाकारले सहभागिता जनाएका छन्। यस महोत्सवले नेपालको मौलिक पहिचान विश्वसमक्ष पुर्याउन सहयोग पुग्ने आयोजकले जनाएको छ।
कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्यान्ड, बंगलादेश, भारत, अस्ट्रियालगायत देशका ३० जना कलाकार नेपालमा आएका छन्।
महोत्सवमा सहभागी तीन सय ४० कला सिर्जनामध्ये नेपालका एक सय १५ कलाकारका सृजना अहिले प्रदर्शनीमा राखिएको छ। अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपालको आयोजनामा भएको यो महोत्सव मंसिर २० गतेसम्म चल्ने छ।