Author: Kathmandu Khabar

काठमाडौँ : आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्नेनारासहितदेशभरचेतनामूलककार्यक्रमगरीमनाइँदैछ। हरेक वर्ष डिसेम्बर १का दिन यो दिवस मनाइने गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ। सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन्२०२२को अन्त्यसम्ममा आठकरोड ५६लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चारलाख जनाको मृत्यु भइसकेको छ ।विश्वमा हरेक दिन तीनहजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन्। केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ। नेपालमा हरेक दिन एक जना…

Read More

प्रख्यात कवि तथा कलाकार बालकृष्ण सामकी छोरी रश्मीराज्यलक्ष्मी शाह आफ्ना श्रीमान् जगतप्रकाशजंग शाहसँगै नेपाली कांग्रेसले नेतृत्व गरेको राणाविरोधी लोकतान्त्रिक आन्दोलनमा पूर्ण सहयोगी थिइन् । सन् १९६२ मा राजा महेन्द्रको सरकार विरुद्धको विद्रोहमा जगत शाह मारिएपछि रश्मि राज्य शरणार्थीको रूपमा कलकत्तामा बसिन् । छोरा नवीन प्रकाशजंग शाह श्रीमान्को मृत्युपछि मात्रै विवाहित महिलाको रातो चिह्न धारण गरेको सम्झना गर्छन् । माथिको कविता (शीर्षकविहीन कविता) सोही वर्ष तीजको एक दिनअघि उनले आत्महत्या गर्नुभन्दा केही समय अगाडि लेखेकी थिइन् । अनुसन्धानबाट हामी थप जानकारी पाउँछौं, रश्मी राज्यलक्ष्मी २००७ सालतिर भर्खरै स्थापित रेडियो नेपालको सहनिर्देशक पदमा कार्यरत थिइन् । सोही पदमा रहँदा उनी राजा त्रिभुवन,…

Read More

काठमाडाैँ । अग्रज सर्जक तथा लेखक तिलकप्रसाद लुईटेल गम्भीर अस्वस्थ्य भएका छन् । मृगौला सम्बन्धि रोगबाट ग्रसित भएका लुईटेल हाल नेपाल मेडिकल कलेज जोरपाटीको सघन उपचार कक्ष ( ICU) मा उपचार गरिरहेको पारिवारिका श्रोतले जनाएको छ । सघन उपचार कक्षमा १० दिनदेखि डायलाइसिस चलिरहेको लुइटेलको जीवनरक्षाको माग गरिएको छ । लामो समयदेखि बुढानीलकण्ठ १२ मा बसोबास गर्दै आएका लुईटेलले चार वेदलगायत अनेकौं संस्कृत ग्रन्थहरूका अनुवाद गरेका छन् । उनको उपचार गर्न आर्थिक अभाव भएका कारण सहयोग पुर्याइदिन एक अपीलसमेत सार्वजनिक भएको छ । उनको स्वास्थ्योपचारका लागि सहयोग पुर्याउन उनका छोरा विवेक लुइटेलको नामको लिखित नाम तथा बैंक खाता नम्बर सार्वजनिक…

Read More

हिन्दूधर्मअनुसार विष्णुलाई संसारको पालनकर्ता र श्रद्धा गरिन्छ । उनी आफ्ना करुणामयी रूप र गुणका लागि प्रख्यात मानिन्छन्। वैष्णधर्म हिन्दू समाजको प्रख्यात धर्म मानिदै आएको छ । परापूर्वकालदेखि नै यसलाई संरक्षण पनि गरिदै आएको छ । विष्णुलाई नारायणको रूपमा पनि नेपालमा पुजिदै आएको छ । विष्णुका अनेक मूर्तिहरू नेपालका थुपै्र मन्दिरहरू पाउन सकिन्छ । विष्णुलाई कतै मन्दिरहरूमा एक्लै भेट्टाइन्छ भने कतै उनी उनकी सहयात्री लक्ष्मीका साथमा भेटिन्छन्। विष्णुका प्रायः मूर्तिहरू स्थानक मुद्रामा पाइन्छन् । प्रायः विष्णुका चार हातहरूमा शंख, चक्र, गधा पद्म लिएकोपाइन्छ । विष्णुका वहान गरुड मानिन्छ । नेपालमा सबैभन्दा पुरानो विष्णु मूर्ति ६४७ ई.सं. को पाइएको हो भने काठमाडौंमा…

Read More

काठमाडौं । नेपाल आयल निगमले गए रातिदेखि पेट्रोलियम पदार्थको भाउ घटाएको छ । मध्यरात १२ बजेपछि पेट्रोलमा प्रतिलिटिर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँले घटाइएको जानकारी दिइएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटिर १६० रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिण्डर १८९५ रुपैयाँलाई यथावत राखिएको छ ।

Read More

जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टिकाराज राईलाई घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले निज सव–इन्जिनियर टिकाराज राईलाई सेवाग्राहीबाट ८० हजार रुपियाँ घुस रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार राईलाई बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ बाट आज  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौँ । बागमती सुधार आयोजनाबाट नदी व्यवस्थापन, नदी किनारामा गरिएको पुनःनिर्माण तथा सवलीकरणका क्रमका भएका संरचनागत त्रुटी सच्याउनु पर्नेमा विषयगत समितिका संयोजकहरुले जोड दिएका छन् ।  त्रिपुरेश्वरदेखि टेकु (कालोपुलसम्म) नदी किनारामा भएका सम्पदाहरुको स्थलगत अवलोकन गर्दै काठमाडौँ महानगरपालिका विषयगत समितिका संयोजकहरुले आज यस्तो भनेका हुन् । अवलोकनका क्रममा २०७२ सालको भूकम्पले जीर्ण तथा क्षति भएका सम्पदाहरुको पुनःनिर्माण, पुनःनिर्माणपछि हस्तान्तरण भएका सम्पदाहरुको अवस्था, पुननिर्माण हुन बाँकी सम्पदा, संरक्षणका लागि महानगरपालिकाले गर्नुपर्ने काम, धार्मिक, सामाजिक, सांस्कृतिक तथा कला प्रवर्धनात्मक कार्यक्रमको सम्भावनाका विषयमा छलफल भएको थियो । त्यस क्रममा सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर, सम्पदा समितिका संयोजक आशामान संगत, सामाजिक समितिका संयोजक रामकुमार…

Read More

कुमुद ढुंगेल प्रहरी उपरीक्षक एवम् महानगरीय प्रहरी परिसर काठमाडौँ प्रवक्ता हुन् । काठमाडौँकाे शान्ति सुरक्षालगायतका बिबिध  विषयमा भुवन के.सी.ले गरेकाे कुराकानीः तपाई व्यक्तिगतरूपमा काबिल प्रहरी अधिकृतको रुपमा चिनिनुहन्छ, काम ससरी गरिरहनुभएको छ ? म यो कार्यालयमा आएको केही महिना भयो । मेरो हिजोको जिम्मेवारी र आजको जिम्मेवारी फरक भएको छ । हिजो निरीक्षक हुँदा ईन्टिलीजेन्स कमाण्डको रुपमा फिल्डमा गएर काम गर्थेँ भने अहिले त्यसको मनिटरीङ., सुपरभिजन गर्ने जिम्मेवारीमा छु । आफ्नो पदीय आचरणमा रहेर आफुलाई तोकिएको जिम्मेवारी आफ्नो ज्ञान, सिप, योग्यता, क्षमतालाई संगठनले उपलब्ध गराएको स्रोत, साधनलाई र प्रबिधिसँग जोडेर परिणाम निकाल्ने गरी शान्ति, सुरक्षासँग सम्बन्धित कामहरु गरिरहेको छु ।…

Read More

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकोछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको छ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बाँकी भू–भागकाआंशिकबदलीरहनेछ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिने रकम बिना झन्झट एकमुष्ट दिइनु पर्ने बताएका छन् । थापाले हिजो पार्टी नेताहरूको छलफलमा उठेका कुरा तथा आफूले राखेको कुरा सार्वजनिक गर्दै भनेका छन्, सरकारले अस्थायी आवास निर्माणका लागि दिने भनेको पचास हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने भन्ने निणर्य भए अनुसार प्रधानमन्त्री ज्युलाई भेटेर यो विषयमा जानकारी गराएको छु। सामाजिक सन्जाल फेशबुक र ट्विटरमा एकसाथ स्टाटस लेख्दै थापा भन्छन्, यदि डर रकम दुरुपयोगको हो भने पनि त्यसको हिसाबकिताब, पछाडि स्थायी आवास निर्माण र पुनर्निर्माणको क्रममा गर्न सकिन्छ तर अहिलेको भुक्तानी प्रक्रिया…

Read More

काठमाडौं । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ । किसिन्जरको कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको रोयटर्सले जनाएको छ । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री भएका थिए । भियतनाम युद्धविरामका लागि पहल गरेका कारण सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कार पाएका थिए । उनी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए । चीनसँग सम्बन्ध विस्तारका लागि उनी पाकिस्तानको रावलपिण्डीबाट चीन गएका थिए । उनले चिनियाँ नेता माओ र राष्ट्रपति निक्सनबीच भेटवार्ता गराएका थिए, जसले चीन–अमेरिका द्वन्द्वलाई अन्त्य गराएको थियो । माओ–निक्सन भेटवार्ता विश्व राजनीतिमा निकै चर्चित…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन ८४ ले देश नबन्ने भन्दै दलहरुप्रति ब्यंग्य हानेका छन् ।आगामी २०८४ सालमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन-८४’ अभियान चलाइरहेको रवि लामिछानेको रास्वपालाई लक्षित गर्दै उनले कवितात्मक शैलीमा मिसन ८४ ले देश नबन्ने र नेताहरूलाई सकाएर मात्र देश बन्ने बताएका हुन् । र्यापर समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ ।’

Read More

काठमाडौं। कालीमाटी तरकारी बजारमा आज डल्ले च्याउको थोक मूल्य प्रतिकिलो २६ रुपैयाँले बढेको छ। बुधबार औसतमा २८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको डल्ले च्याउको मूल्य आज ३०६ रुपैयाँ पुगेको हो। यस्तै, सेलरीको मूल्य २० रुपैयाँले घटेको छ। आज सेलरीको प्रतिकिलो थोक मूल्य औसतमा १३५ रुपैयाँ तय भएको छ। बुधबार यसको मूल्य प्रतिकिलो १५५ रुपैयाँ थियो। सजिवनको मूल्य आज १५ रुपैयाँले घटेको छ। बुधबार प्रतिकिलो २०५ रुपैयाँमा बिक्री भएको सजिवन आज औसतमा १९० रुपैयाँ रहेको छ।

Read More

राजा आउनुपर्छ भनेर आदाेलित मेडिकल व्यपारी दुर्गा प्रसाईं नेतृत्वको समूहले हिजाे साँझ आयोजना गर्ने भनिएको मसाल जुलुस कार्यक्रम स्थगित भएको छ । प्रसाईं नेतृत्वको नागरिक मुक्ति अभियानले बेलुकी साढे ५ बजे पाटनमा निकाल्ने भनिएको राँके जुलुस राँको समाउने मान्छेको अभावमा रोकिएको बुझिएको छ । उता, भक्तपुरस्थित प्रसाईं निवासमा गौशालाबाट बिहान गएका केही प्रदर्शनकारी आज त्यहिँ बसेको बताइन्छ । प्रसाईं भने भाेलि भक्तपुरमा र शनिबार ललितपुरमा विरोध प्रदर्शन गरेपछि झापा जाने अभियानले जनाएको छ ।

Read More

कमल रिजाल वैदिक युग कहिलेदेखि सुरु भयो, यकिन जानकारी छैन । पौराणिक युगको अवस्था पनि त्यस्तै छ । कसैले केही भनेका छन्, कसैले केही तर वैदिक युगमा कर्मवादको प्रधान्यता थियो । पौराणिक युगमा त्यसको स्थान उपभोक्तावादले लिएको देखिन्छ । वैदिक युग र पौराणिक युगका देवताका स्वभाव र चरित्रले नै त्यसको पुष्टि गर्छ । वैदिक युगमा जुन देवता वीर, पराक्रमी र कर्तव्यनिष्ठ देखिन्छन्, पौराणिक युगमा तिनै देवता भीरू, डरपोक, लोभी, पापी र परमुखापेक्षी देखिएका छन् । उदाहरणका लागि वैदिक युगका प्रमुख देवता इन्द्र, अग्नि, वायु, सूर्य र अश्विनीकुमारलाई नै लिन सकिन्छ । वैदिक युगमा सर्वाधिक सम्मान पाउने देवतामा इन्द्र पर्छन् । ऋग्वेदमा३००भन्दाबढीसूक्तइन्द्रसितसम्बन्धितछन् । वैदिक ग्रन्थका अनुसार उनी महान् शक्तिशाली, अतुल पराक्रमी,…

Read More

काठमाडौं : मल्लकालसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट भोट (तिब्बत) जाने प्रमुख नाका थियो ‘सँक्व’ अर्थात् साँखु । उपत्यकामा पृथ्वीनारायण शाहले राज्य गर्न शुरु गरेपछि पनि यही नाका हुँदै भोटसँग व्यापार हुन्थ्यो। बनेपाबाट भोट जाने चलन भए पनि सँक्व सबैका लागि पायक मार्ग थियो। कालान्तरमा तातोपानी नाका विकास भयो, कोदारी राजमार्ग बन्यो, ती स्थानबाट भोटसँग व्यापार फस्टायो। त्यसपछि कुनै बेला नेपालमण्डल क्षेत्रको अर्थतन्त्रको आधार मनिएको ‘सँक्व’ भने ओझेलमा पर्‍यो। नेपालभाषामा ‘सँ’ भनेको भोट र ‘क्व’ भनेको (मुनि)। काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको ‘सँदेयाक्वय्’ भोटको मुनि रहेको यो देश कालान्तरमा ‘साँखु’ का रुपमा स्थापित भयो। स्थानीयका अनुसार नेपाली भाषाको उदय र बेलायतीहरुले नक्सा…

Read More

काठमाडौं उपत्यकाको दक्षिणी भेगमा अवस्थित चोबहाः अर्थात् चाेभारबस्ती अग्लोडॉडामा अवस्थित छ।उपत्यकाका प्राचीन बस्तिहरूमध्ये एक चोभारको अर्को पुरानो नाम सुवर्णगिरि कच्छपाल पर्वत् पनि हाे ।कछुवाको आकारमा देखिने डॉडा भएकोले कच्छपाल पर्वत् भनिएको सहजै बुझ्न सकिन्छ।हरेक नेवाः बस्तिमा जात्रा मनाउने परम्परा अनुसार चोभारबस्तीमा चैत दशैं रामनवमीका बेला प्रख्यात स्थानीय मन्दिरमा विराजमान आनन्दादिलोकेश्वरको जात्रा गरिन्छ। चैत्र शुक्ल प्रतिपदाबाट सुरु हुने जात्रा सुरुको दिन चौलाथ्व पारुमा लोकेश्वरको मूर्तिलाई स्नान गराइन्छ। त्यसपछि अष्टमी तिथिका दिन बिहान बागमती नदीमा नख्खु खोला मिसिने नख्खु दोभानमा बिहानैदेखि मेला लाग्छ। स्थानीय भाषामा नेखुइ ख्वाः सिलेगु भनिने उक्त मेला आनन्दादि लोकेश्वर र नन्द ग्वालाको कथासँग जोडिएको छ। नन्द ग्वाला चोभारकै…

Read More

दाङको बङ्लाचुली गाउँपालिका–३ स्थित बचनी गाउँ र बचनीबाट देखिएको पुथा, धौलागिरिलगायत हिम श्रृङ्खला । तस्बिरः कुलदीप न्यौपाने/रासस

Read More

काठमाडौं । सरकारले यो वर्ष ५ लाख क्विन्टल धान किन्ने भएको छ । सरकारी खाद्यान्न भण्डारणमा पर्यप्त मात्रामा धान चामलको जोहो गर्न र किसानलाई उचित मूल्यको प्रत्याभूती गर्न धान खरिदलाई तीब्रता दिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष एक अर्ब ७४ करोड १३ लाख २० हजार रुपैयाँको ५ लाख क्विन्टल धान खरिद गर्न सुरु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले जानकारी दिए । ‘हामीले धान खरिद सुरु गरिसकेका छौं,’ चन्दले भने, ‘एक अर्ब ७४ करोड १३ लाख २० हजार रुपैयाँको ५ लाख क्विन्टल धान खरिद गर्दैछौं ।’ गत वर्ष ढिलो धान खरिद गर्दा आलोचना भएपछि…

Read More

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० जारी गरेको छ । मंसिर ६ गतेको मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरिएको हो ।  योसँगै आठवटा रोगको सहुलियत उपचार कार्यक्रम पुन: नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामार्फत नै सञ्चालन हुने छ । यसअघि सो कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रममा नै समेटिएको थियो । बिमा कार्यक्रममार्फत सञ्चालन गर्दा प्रभावकारी र सहज नभएको गुनासो सेवाग्राहीबाट आएपछि महाशाखामार्फत नै सञ्चालन गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । सहुलियत सेवा प्रदान गर्न देशभरका १२० वटा अस्पताल सूचीकृत गरिएको छ ।  विपन्न नागरिक औषधी उपचार कार्यक्रमअन्तरगत मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दर्शन/सिद्धान्त तय गरेको छ । रास्वपाले आफूलाई ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी’को रूपमा आफ्नो सिद्धान्त तय गरेको हो ।  महोत्तरीको जलेश्वरमा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले महासचिव डा. मुकुल ढकालको राजनीतिक प्रतिवेदन पारित गर्दै बहुलवादी लोकतान्त्रिक पार्टीको रूपमा आफूलाई उभ्याएको हो ।  २०७९ सालमा स्थापना भएको रास्वपाले आफ्नो सिद्धान्त र दर्शन तय गरेको थिएन । रास्वपाले ‘वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहितापूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु’ पार्टीको ध्येय भएको प्रस्ट पारेको छ ।  रास्वपा प्रतिनिधि सभामा…

Read More

म्याग्दी जिल्लाको निस्कोटकी ८३ वर्षीया मंगली विक (सुनार) का कान्छा छोरा तुलप्रसाद सुनार गाउँबाट हिँडेको १७ महिनापछि अमेरिका पुगे। तुलप्रसाद अमेरिकामा पुगेर सेटल भएपछि यहाँका अरू १७२ जना युवा ऋणधन गरेर जति दुःख भए पनि जंगल र खोलानालाको बाटो छिचोल्दै, एजेण्टले मागेजति रकम बुझाउँदै अमेरिका पुगिसकेका छन्। घरबाट हिँडेको १७ महिनापछि भाइ अमेरिका पुगेपछि मंगलीका राहिला छोरा गोविन सुनार पनि ६५ लाख एजेण्टलाई बुझाएर चार महिना हिँडेर अमेरिका पुगेका मंगली सुनारले बताइन्। ‘मेरा पाँच भाइ छोराहरूमध्ये दुई भाइ अमेरिका पुगिसकेका छन्, अरू दुई भाइ पनि जाने तरखरमा छन्’ मंगलीले भनिन् ‘बराहा माईको पूजा र भाकल गरेर बसेका छन्, ढिलो चाँडो…

Read More

श्रीमान् श्रीमतीबीच झगडा परेपछि जर्मनीबाट थाइल्याण्डका लागि उडेको जहाज डाइभर्ट गरिएको छ ।यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार भारतको दिल्लीतर्फ डाइभर्ट गरिएको हो । “विशेष रूपमा पती–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि क्याबिन चालक दलले यस्तो निर्णय गरेको हो”, स्रोतले बताएको छ । दिल्ली विमानस्थलको उड्डयन सुुरक्षाले भनेको छ, “पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्यो ।” विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो । तर अज्ञात कारणले त्यो अनुरोध पूरा भएन । त्यसपछि विमान सुरक्षित रूपमा दिल्ली विमानस्थलमा अवतरण भयो…

Read More

काठमाडौं। एकै दिन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्दा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १९ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार प्रति तोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारका तुलनामा मंगलबार ३ सय रुपैयाँ बढेको थियो। चार दिनमा सुन तोलामा २ हजार ४ सय रुपैयाँ बढिसकेको छ। साताको पहिलो दिनका तुलनामा सोमबार ५ सय मात्रै बढेको थियो। लगातार बढेको भाउले गत सातादेखि घट्ने संकेत गरेको छैन। गत साताको प्रारम्भमा प्रति तोला १ लाख १५ हजार ७ सय थियो।  …

Read More

काठमाडौँ । देशभरका ७५३ स्थानीय तहमध्ये ७ वटा पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । आफ्नो पालिकाभित्रका अनौचापरिक क्षेत्रमा काम गर्ने श्रमिकलाई कोषमा आवद्ध गरेर उनीहरुको सामाजिक सुरक्षा गर्ने उदेश्यले ती स्थानीय तहहरु कोषमा आवद्ध भएका हुन् । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले अहिलेसम्म ७ स्थानीय तह कोषमा आवद्ध भइसकेका जानकारी दिए । कोषको छौटौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक अधिकारीले यस्तो जानकारी दिएका हुन् । कोषले स्थानीय तहहरुलाई आवद्ध गर्ने प्रयास पनि गरिरहेको छ । यही प्रयासस्वरुप कोषले १७ असोज २०८० मा ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी अनौपचारिक क्षेत्रका श्रमिकलाई स्थानीय तह समेतको सह–योगदान रहने गरी…

Read More

कमरेडबाट रातारात जय नेपाल बनेर दुई वर्षे कार्यकालका लागि ०७९ साउनमा चलचित्र विकास बोर्डमा पुगेका भुवन केसी फेरि अर्को लफडामा मुछिएका छन् । नियामक निकायमा बसेर आफैँले सिनेमा निर्माणको तयारी थालेसँगै उनको अर्को निणर्य विवादमा परेको हो । झण्डै ७५ लाख खर्चेर विकास बोर्ड आफैँ सिनेमा निर्माणको तयारीमा लागको छ । यसनिम्ति सरकारबाट ७५ लाख रूपैयाँ बजेटसमेत प्राप्त भइसकेको जनाइएको छ । नेपाली कला, संस्कृति, संस्कार, परम्परा तथा इतिहास झल्काउने सिनेमा निर्माणका लागि अहिले धमाधम कार्यविधि बन्दै छ । विकास बोर्डले भने आयल निगमले आफैँ पेट्रोल पम्प चलाउन हुने, बोर्डले फिल्म बनाउन किन नहुने भन्ने तर्क पेश गरेको छ ।…

Read More

सामाजिक सञ्जाल टिकटक प्रतिबन्धपछि कतै आलोचना र कतै प्रशंसा पाइरहेको सरकारले थप सामाजिक सञ्जाल प्रतिबन्धको तयारी गरिरहेको एकजना अधिकारीले बताएका छन्। टिकटकजस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालमाथि पनि निगरानी सुरु गरिएको प्रधानमन्त्री कार्यालयका एकजना अधिकारीले बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत प्रकाश रायमाझीले बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूमाथि पनि निगरानी भइरहेको बीबीसीलाई बताए। “म तीनलाई सोसल होइन एन्टी सोसल मिडिया भन्छु। तिनीहरूले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउनेबाहेक केही गरेका छैनन्,” रायमाझीले भने।“हामी यसको प्राविधिक पक्ष र समाजमा पारेका सकारात्मक नकारात्मक प्रभावहरूबारे अध्ययन गरिरहेका छौँ।”उनले प्रधानमन्त्री कार्यालयले विज्ञहरूसहितको…

Read More

(दन्त्यकथा-२) स्याङ्ग्री बूढीको नाति अघि नेपाल देश घनाजङ्गलले ढाकिएको थियो । मानिसहरू कम थिए ठाउँ-ठाउँमा दानवहरू बस्दथे । तिनीहरू मानिसको मासु खान्थे । वृन्दावन नामको एक ठाउँका छेउमा स्याङ्ग्री नाम गरेकी एउटी बूढी आइमाई बस्दथी । ऊसँग दश वर्ष पुग्न आँटेको एक नाति थियो । उनीहरू दुवै जना एउटा टुँगमा बस्दथे । टुँगमा चढ्न-ओर्लन एउटा डोरीको भर्‍ याङ् राखिएको थियो । डोरीको टुप्पो रूखको टुप्पामा बाँधिएको थियो । उनीहरू टुँगमा चढ्न वा ओर्लनासाथ भर्‍ याङ् उँभो तानेर टुँगमा राख्ने गर्दथे । एक दिन उनीहरू बसेको टुँगका फेदमा आई एउटी बूढी दानवीले आगो मागी । स्याङ्ग्री बूढीले आगो दिएँ भने…

Read More

मुस्ताङमा रहेको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी वर्षौंदेखि व्यक्तिको कब्जामा रहेको छ । मन्दिर दर्शन गर्न आएका अधिकांश तीर्थयात्री तथा धार्मिक पर्यटकले मन्दिरभित्र चढाएको पैसा, सुन, जिन्सी तथा बहुमूल्य गरगहना मन्दिरमा रहेका आनी–झुमाको कब्जामा पर्ने गरेको हो ।  एक दशकअघि तत्कालीन पुनरावेदन अदालत बागलुङले मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको भेटी, सुन, जिन्सी तथा बहुमूल्य गरगहना मन्दिरकै सम्पत्तिका रूपमा व्यवस्थित गर्न फैसला गरेको थियो । जिन्सी तथा नगद भेटी मुक्तिनाथ क्षेत्र विकास कोष मातहत ल्याउनुपर्ने सरोकारवालाको सुझाव र अदालतको फैसलालाई समेत कार्यान्वयन गर्न अटेर गरिएको छ । मन्दिरबाहिर राखिएका दानपेटीका र नगदी रसिदमार्फत प्राप्त भएको नगद भेटी मात्र गणना गरी कोषमा जम्मा गरिन्छ ।…

Read More

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेलमा रहेका नेता बालकृष्ण खाणका बारेमा विवादास्पद अभिव्यक्ति दिएका छन् । देउवाले रुपन्देहीमा भएको एक कार्यक्रममा अदालतले हेरिरहेको मुद्धामा खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन्। मंगलबार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए। भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका कांग्रेस नेता खाणलाई शरणार्थी प्रकरणमा फसाइएको आरोप कार्यकर्ताहरुले लगाएका थिए। ‘बालकृष्ण खाण यहाँको नेता हो, तपाईंहरुको प्रतिनिधि पनि हो त्यसकारण तपाईंहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो,’ देउवाले भने, ‘तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ।” अदालतमा विचाराधीन…

Read More